कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?

RSS

काठमाडौं । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ। त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा… Continue reading कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?

सरकार र सहकारी पिडितबीच सहमति

काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसनरधर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो। छलफलबाट सहकारी संस्थाका बचतकर्ताको… Continue reading सरकार र सहकारी पिडितबीच सहमति

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् । समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा भएका हुन् । पोखरेलको स्वास्थ्यको कारण देखाउँदै र खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने शर्तमा काठमाडौं जिल्ला अदालतले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।

‘सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको… Continue reading ‘सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’

सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनरत सहकारीबाट पीडितहरुले सडक प्रदर्शनसमेत थालेका छन् । काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरु विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन् । बिजुलीबजारको आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको छ । जसमा १०/१५ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर भएको… Continue reading सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं महानगरले भन्यो-‘ मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै मापदण्ड विपरित राखिएका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्रमा हटाउन आग्रह गरेको छ । महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको… Continue reading काठमाडौं महानगरले भन्यो-‘ मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउनू’

छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै

काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले १५ वटा परीक्षा केन्द्र तोकेकाे छ । महानगरले भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा परीक्षा केन्द्र तोकेको हाे । यस्तै पद्मकन्या विद्याश्रम मा.… Continue reading छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै

बारुला खाँदा ८ जना गम्भीर बिरामी

Gorakhapatra

काठमाडौं । विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् । बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय… Continue reading बारुला खाँदा ८ जना गम्भीर बिरामी

काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो। कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २… Continue reading काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने

कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई… Continue reading कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?

रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको बताइएको छ । रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले… Continue reading रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ । बैठकमा खासगरी समसामयिक… Continue reading माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर

नासाको भोइजर टू यान कहाँ हरायो ?

काठमाडौं । अन्तरिक्षमा अर्बौँ किलोमिटर पर सम्पर्कविहीन भएको भोइजर टू अन्तरिक्षयानबाट सङ्केतहरू प्राप्त गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। गलत निर्देशनका कारण नासाले गत महिनादेखि त्यससँग सम्पर्क गर्न सकेको थिएन। उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्न छ। पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो। फलतः… Continue reading नासाको भोइजर टू यान कहाँ हरायो ?

विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा

file

काठमाडौं । विभिन्न देश र नियोगका लागि सरकारले प्रस्तावित गरेको छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गत सार्वजनिक सुनुवाइ समितिको आज बुधवारको बैठकमा न्युयोर्कमा रहेको नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो । बैठकमा न्युयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत… Continue reading विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा

सभामुख छोडेको भोलिपल्ट बाबुरामलाई मन्त्रीपद उपहार

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखबाट राजीनामा गरेकै भोलिपल्ट बाबुराम गौतमले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन् । सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री उद्धव थापाले शपथ लिए लगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई… Continue reading सभामुख छोडेको भोलिपल्ट बाबुरामलाई मन्त्रीपद उपहार

लुटपाटको प्रतिकार गर्दा रोहितको गोली हानेर हत्या

काठमाडौं । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा… Continue reading लुटपाटको प्रतिकार गर्दा रोहितको गोली हानेर हत्या

म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् । पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार… Continue reading म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन

रवि लामिछानेले ल्याए महिलालाई निःशुल्क बस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । ‘ मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै… Continue reading रवि लामिछानेले ल्याए महिलालाई निःशुल्क बस

जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

ARUN CHANDRABOSE

काठमाडौं । गत जुन महिनामा दक्षिणी भारतीय राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए। गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो। उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले… Continue reading जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष… Continue reading माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज… Continue reading आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

काठमाडौं । प्रेमिकाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा हालेको अभियोगमा एक आरोपीलाई प्रहरीले मलेसियाबाट नेपाल ल्याएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोलको एनसीबी (नेशनल कन्ट्रोल ब्यूरो) काठमाडौंले इन्टरपोल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विकविरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस… Continue reading प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यासको मूल्य भने घटेको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो… Continue reading ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ (२) अनुसार मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाको पद तथा गोपनीयताको शपथ बुधबार बिहान १०ः३० बजे हुने बताइएको छ । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका… Continue reading कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए । दाबीपत्रमा कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी… Continue reading कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धन सरकार नै बन्न नसक्ने अवस्थामा पुगेपछि मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र) को संसदीय दलको सदस्य भएका छन् । सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा… Continue reading गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

रक्सी पिउन लाइसेन्स अनिवार्य

काठमाडौं । गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाइसेन्स अनिवार्य गरेको छ । गाउँपालिकालाई ‘मदिरा निषेधित पालिका’ घोषणा गर्नको लागि भाद्र १ गतेदेखि लागू हुने गरी लाइसेन्स अनिवार्य गरेको हो । मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार पालिकाभित्र मदिरा उत्पादन गर्ने, वितरण गर्ने, सेवन गर्ने तथा ओसार पसार गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा लाईसेन्स लिनु पर्ने… Continue reading रक्सी पिउन लाइसेन्स अनिवार्य

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै साउन २२ गते सोमबारका लागि बोलाइएको हो । क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको… Continue reading प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासलले ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएका हुन् । काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर आफनाे जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन ) आचार्यले… Continue reading मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ । आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो… Continue reading सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम