काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेस अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो । निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी पार्टीबाट ५ वर्षका लागि निस्काशनमा परेका छन् । उता, पूर्वमन्त्री तथा कैलालीका महासमिति… Continue reading पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित
Category: समाचार
साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र १८१ को मृत्यु
काठमाडौं । २०७७ साल शुरु भएयताको साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र करीव २ सय जनाको ज्यान गएको छ । वैशाखयता बाढी, पहिरो र चट्याङका कारण १८१ जनाले ज्यान गुमाइसकेको सरकारी तथ्यांकले देखाएको छ । यी विपत्तिमा परी अझै ५१ बेपत्ता रहेको तथ्यांक छ । यी घटनामा २७८ जना घाइते भएको पाइएको छ । राष्ट्रिय… Continue reading साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र १८१ को मृत्यु
निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी
कंचनपुर । कंचनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको आज दुई वर्ष पुरा भएको छ । तर, यसअवधिमा समेत अपराधी पत्ता लगाउन नसकेको प्रहरी प्रशासनविरुद्ध भने जनताको प्रश्न अझै कायम छ । आखिर किन प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन ? प्रहरीले यसअघि दोषि किटान गरेका व्यक्तको डीएनए नमिलेको भन्दै छाडेपछि कुनै पनि… Continue reading निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी
सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी
झापा । झापाको पूर्वी नाका काँकडभिट्टास्थित सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षण गर्न नमुना संकलन गरी धरान पठाइएको थियो। उनीहरुमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो… Continue reading सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी
संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र
न्युयोर्क कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि… Continue reading संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र
काठमाडौंमा थप १० जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पर्सा जिल्ला वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो । वीरगन्जको नारायणी कोभिड अस्पतालको आइशोलेनशमा उपचारको क्रममा शुक्रकार बिहान उनको मृत्यु भएको हो । ती महिलामा मुटु रोग र निमानियाको… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण, १ सय ७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ वटा नमुना परिक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३… Continue reading नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण, १ सय ७ जना डिस्चार्ज
युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक
काठमाडौं । २२ वर्षीया युवतीलाई एसिड आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरी प्रहरी सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा… Continue reading युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक
कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै
एजेन्सी टाउकोको कपाल खुइलिएका ‘तालु खुईले’ मानिसलाई कोरोना संक्रमण भयो भने त्यस्ता मानिसलाई अस्पताल भर्ना हुनै पर्ने सम्भावना ४० प्रतिशत ज्यादा रहेको एक अध्ययनले दाबी गरेको छ । वेष्ट भर्जिनिया युनिभर्सिटीका अनुसन्धानकर्ताको एक टोलीले अनुसन्धानपछि यस्तो दाबी गरेका हुन् । फोक्सो सम्बन्धि रोग, मधुमेह, ब्लड प्रेसर, मुटुको रोग, मोटोपना, कमजोर प्रतिरक्षा प्रणाली, मृगौलाको रोग, लिभर… Continue reading कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै
नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द
न्युयोर्क कोरोना महामारीले केही महिना बन्द रहेको न्युयोर्क अहिले चौंथौं चरणमा समेत खुलिसकेको छ । मार्चपछि कोरोना संक्रमणको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्क सहर ३ महिना अस्वाभाविक रुपमा सुनसान रह्यो । गत जुलाई २० तारिख चौथौं चरणमा समेत अर्थतन्त्र खुली सकेपछि न्युयोर्कमा भिडभाड बढ्न थालेको छ । लामो समय घर भित्रै थन्किएका न्युयोर्कबासी बजार ब्यबसायमा जान… Continue reading नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द
राजधानीमै युवतीमाथि एसिड प्रहार
काठमाडौं । राजधानी काठमाडौंमै बिहीबार साँझ एक युवतीमाथि एसिड प्रहार भएको छ । सीतापाइलामा युवतीमथि एसिड प्रहार भएको हो । प्रहरीका अनुसार ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार हो । घरबाट सामान किन्न बजार निस्किएको बेला उनीमाथि एसिड हानिएको हो । एसिड हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको अनुहारमा… Continue reading राजधानीमै युवतीमाथि एसिड प्रहार
‘न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन’
काठमाडौं । आज सर्वोच्चको एक फैसला कार्यान्वयनप्रति आम मानिस संतुष्ट छैनन् । सामाजिक संजालदेखि चिया पसलसम्म न्यायालयमाथि प्रश्न उठ्ने गरी सर्वोच्चबाट भएको एक फैसला कार्यान्वयनमा आएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रन्जन कोइरालालाई सर्वोच्चले सजाय छूट दिएको छ । उनी बिहीबार नै रिहा भएका छन् । किशोर अवस्था… Continue reading ‘न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन’
काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका १ जना,… Continue reading काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण
नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार… Continue reading नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण
जन्मकैदको सजाय काटिरहेका पूर्वडीआईजी रञ्जन कोइराला रिहा
काठमाडौं । श्रीमतीको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला आज जेलमुक्त भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय घटाएर साढे आठ वर्षमा झारिदिएपछि कोइराला डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । श्रीमती गीता ढकालको हत्या गरेपछि उनी जेल परेका थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर… Continue reading जन्मकैदको सजाय काटिरहेका पूर्वडीआईजी रञ्जन कोइराला रिहा
लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै
काठमाडौं । सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपनि उपत्यकामा प्रवेश गर्न पास चाहिने भएको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि ठ काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो । सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने व्यवस्था गरेको थियो । मंगलवारदेखि… Continue reading लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै
नेपालमा कोरोनाबाट थप थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका ६ का ७० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको… Continue reading नेपालमा कोरोनाबाट थप थप एक जनाको मृत्यु
कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता
न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड… Continue reading कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता
नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक
न्यूयोर्क लामो समय रिपब्लिकन राज्यको रुपमा रहेको टेक्सासमा यसपाली रोचक प्रतिश्पर्धा देखिएको छ । बुधबार सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका हुन् । ८८० रजिष्टर्ड भोटरबीच गरिएको सर्भेक्षणमा ४५ प्रतिशतले बाइडेनलाई मत दिने बताएका छन् भने ४४ प्रतिशतले ट्रम्पप्रति आफ्नो झुकाव देखाएका छन् । गत जुनमा ट्रम्प… Continue reading नयाँ सर्भेले देखायो टेक्सासमा बाइडेनको ‘लिड’, दुई दिन यता ट्रम्पको व्यवहार फरक
कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले
न्युयोर्क कोरोना संक्रमितको कुल संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ । क्यालिफोर्नियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार ७ सय ६३ पुगेको छ भने कुनै बेलाको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्कमा हालसम्म ४ लाख १५ हजार ९४ कुल संक्रमित छन् । हाल कोरोना नियन्त्रित न्युयोर्क राज्यमा मृतकको हालसम्मको जम्मा संख्या भने ३३ हजार ३ सय… Continue reading कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले
फेरी कट्यो अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या एक हजार
न्युयोर्क महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय ७९ को मृत्यु भएको अमेरिकामा गत मंगलबार जुलाई २१ का दिन १ हजार २९ को मृत्यु भएको… Continue reading फेरी कट्यो अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या एक हजार
अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश
अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो । अमेरिकन जनताका ब्यक्तिगत सुचना र अमेरिकन नागरिकका सम्पत्तिको सुरक्षाका लागि नियोगलाई बन्द गर्ने आदेश… Continue reading अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश
डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा
न्युयोर्क न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यले थप १० राज्यबाट आउनेहरुलाई पनि बाध्यकारी क्वारेन्टिन लागू गरेको छ । यसअघि दक्षिण पश्चिमका २१ वटा राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुको हकमा मात्र क्वारेन्टिनको नियम लगाईएको थियो ।अब आसपासका थप १० राज्यलाई पनि क्वारेन्टिनको सुचीमा राखेपछि जम्मा ३१ राज्यबाट आउनेहरु क्वारेन्टिनमा बस्नु पर्ने भएको छ… Continue reading डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा
नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो । पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो
नेपालमा थप १ सय जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ८९ वटा नमुना परिक्षण गरिएकोमा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय… Continue reading नेपालमा थप १ सय जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो
नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा चिनियाँ नागरिकको मृत्यु भएको हो । पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट… Continue reading नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु
अझै खुलेनन् देशभरका मूख्य राजमार्ग
काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका मूख्य राजमार्गको अवरोध अझै जारी रहेको छ । ठूलो पहिरो आएको, पुल नै बगाएको र कतिपय स्थानमा पानी पर्ने क्रम जारी रहेका कारण समेत यातायात सूचारु गर्न समस्या भइरहेको सडक विभागले जनाएको छ । पहिरो हटाउन समस्या भएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग नै खुलाउन सकिएको… Continue reading अझै खुलेनन् देशभरका मूख्य राजमार्ग
लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द
काठमाडौं । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। त्यस्तै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै थप लकडाउन कायम रहनेछ । साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने, भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबहाक सवारीसाधनहरु… Continue reading लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द
निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?
काठमाडौं । सरकारले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ । । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानाकारी दिए । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय… Continue reading निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?