काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान मृत्यु भएका निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनि परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले… Continue reading नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि
Category: समाचार
के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?
काठमाडौं । राष्ट्रप्रमुखका रुपमा निर्वाचित भइसकेपछि दलको दायराबाट माथि उठ्नुपर्ने पद राष्ट्रपति यतिबेला नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विवादको मियो बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका सबै कदममा आँखा चिम्लेर समर्थन गर्दै आएकी थिइन् । त्यसमाथि शनिबार प्रधानमन्त्रीले आफ्नो कुर्सीको बचाउमा अब राष्ट्रपतिलाई समेत मुछेका छन् । प्रधानमन्त्री निकटकै मानिसबाट शनिबार… Continue reading के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?
कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड
एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको छ ।बेलायतस्थित एण्ड्रु र रेचल मन्टगले ‘क्लियर वाटर हाईजिन’ नामक कम्पनी मार्फत अग्रपङ्तिका कामदार लक्षित उच्च गुणस्तरको सेनिटाईजर उत्पादन सुरु गरेको १२ हप्तामा नै ३० मिलियन बराबरको कर्पोरेट कण्ट्र्याक्ट गर्दै बजारमा स्थापित भएको हो ।कोरोना… Continue reading कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड
प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पार्टी एक भएर जान नसक्ने निष्कर्षमा पुगेका छन् । उनले सोही भावको सन्देश शनिबार मन्त्रीहरुलाई समेत दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका प्रधानमन्त्रीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको उल्लेख गरे । बालुवाटार स्रोतका अनुसार अब मन्त्रीहरुले समेत कित्ता छुट्याउने समय आएको भन्दै… Continue reading प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ
कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला
धनगढी । कैलालीमा विष सेवन गरेका दुई युवतीको ज्यान गएको छ । शनिबार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जानकारी गराएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावत विष सेवन गरेपछि मृत भेटिएको प्रहरीले जनाएको… Continue reading कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला
बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा
बझाङ । बझाङमा गएको पहिरोमा मृत्यु हुनेको संख्य ६ पुगेको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै एक जना वेपत्ता रहेको बताइएको छ । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका… Continue reading बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या यससँगै संक्रमितको संख्या १५ हजार… Continue reading नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो
बझाङ पहिरो : दुई जनाको शव भेटियो
बझाङ । बझाङमा गएको भिषण पहिरोमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार राती गएको पहिरोमा १७ वटा घर बगेको स्थानीय बताएका थिए । त्यसमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । अझै केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीयको भनाई छ । मृतकको पहिचान हुन बाँकि रहेको छ… Continue reading बझाङ पहिरो : दुई जनाको शव भेटियो
बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि
बझाङ । बझाङमा पहिरोमा १७ घर पुरिएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएका छ । प्रहरी घटनास्थलमा पुग्न बाँकि रहेका कारण क्षतिको एकिन विवरण भने नआइसकेको प्रहरीले बताएको छ पहिरो आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले नेपाली सेना र प्रहरी… Continue reading बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या
एजेन्सी पश्चिम अफ्रिकाको मालीमा गत बुधाबार अज्ञात बन्दुकधारीद्वारा दर्जनौ मानिसहरुको हत्या भएको छ ।मोटर साईकल चढेर आएका बन्दुकधारीहरुले ३२ जना डोगोन किसानहरुको हत्या गरिएको हो ।आक्रमणकारीहरुले बुर्किना फासो जनिकैको मोप्ती क्षेत्रका चारवटा गाँऊमा बसोबास गर्ने डोगोन जातीको हत्या गरेको एसोसिएट्स प्रेसले जनाएको छ । स्थानिय अधिकारीहरुले बुधाबार मारिएकाहरुको कुल संख्या बिहीवार सार्वजनिक गरेका थिए भने घटनामा… Continue reading अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या
न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो
न्युयोर्क न्युयोर्कमा तीन हप्तापछि पहिलो पटक कोरोना संक्रमितको संख्या पुन: बृद्धि भएको छ । न्युयोर्कमा बिहीवार संक्रमितको संख्या ९ सय १८ र मृतकको संख्या ९ गणना गरिएको न्युयोर्क गभर्नर एण्ड्रु कुमोले बताए ।महामारी सुरु भएपछि अन्तिम दिन जुनको १२ तारिख ९ सय १६ संक्रमित देखिएको न्युयोर्कमा त्यसपछि संक्रमितको संख्या लगातार घटेको थियो । तीन हप्तासम्म… Continue reading न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो
प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास
काठमाडौं । शुक्रबार नेकपा भित्रको विवाद मिलाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड बीच करीव चीन घण्टा वार्ता भयो । वालुवाटारमा भएको यो वार्तालाई निर्णायक माानिएको थियो । वार्तामा दोस्रो पुस्ताका नेता विण्णु पौडेल र जनार्दन शर्मासमेत सहभागी भएका थिए । नेकपा स्रोतका अनुसार वार्तामा दुबै नेता आफ्नो अडानमा टसमस भएनन् । त्यसकारण… Continue reading प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास
अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट
जुलाई ३, न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले दिनु भएको छ। साधारण सभा र नलेज कन्भेन्सनको मुख्य… Continue reading अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट
मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या
एजेन्सी म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही बन्दुकधारी प्रवेश गरी सबैलाई भुँईमा घोप्टिन लगाएर गोली हानी हत्या गरिएको प्रहरीको हवाला दिंदै स्थानीय… Continue reading मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या
नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना
काठमाडौं । नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्। कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । हालसम्म… Continue reading नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड
कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो। उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्याइएको थियो। मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए।… Continue reading कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि
काठमाडौं । रोल्पामा क्वारेन्टिनमै आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । मृतक दुवईबाट गत असार १० गते रोल्पा पुगेका… Continue reading क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि
स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए
न्युयोर्क नेपाली कांग्रेसका पुर्व सभापति, नेपाली राजनीतिका शिखर पुरुष तथा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकाको न्युयोर्कमा मनाए । जिपी कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्क ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा मनाएको हो । जन्मदिवस जुलाई २ तारिखको अवसर पारेर KBF Peanut Butter Dark Chocolate Bars ५०० बक्स र ५०० शुद्ध दुध ज्याक्सन हाईट्सको… Continue reading स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए
रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी
न्युयोर्क आगामी कार्यकाल २०२०/२१ को लागि रोटरी क्लव न्युयोर्क, डिष्ट्रिक्ट ७२५५ ले भर्चुअल भेला (भिडियो सम्मेलन) गरी नयाँ अध्यक्षमा जनक भण्डारीलाई चुनेको छ । नव निर्वाचित अध्यक्ष लगायतका नयाँ कार्य समितिलाई क्लवको तेश्रो कार्यकालको लागि चुनेको हो। भेलाका प्रमुख अतिथि, रोटरी डिस्ट्रिक्ट ७२५५ का District Governor Jacquelyn (Jax) Yonick ले नयाँ कार्यसमितिका पदाधिकारीहरु सपथ गराएको… Continue reading रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी
लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता
गुल्मी । पहाडी जिल्ला गुल्मीमा पहिरोले क्षति पुर्याउन थालेको छ । लगातार वर्षाछि गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुई जना वेपत्ता भएका छन् । पहिरोमा परेका दुई जनाको उद्धार भएको छ । एक जना महिला र एक जना पुरुष वेपत्ता रहेको स्थानीय प्रशासनले जानकारी गराएको छ । एकजना महिला र… Continue reading लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता
प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुबै पद नछाड्ने अडान दोहोर्याएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिसँग मिलेर सुटुक्क संसद अधिवेशन स्थगित गरेका प्रधानमन्त्रीले पार्टी फुटाउने गरी फेरी अध्यादेश ल्याउने तयारी गर्न लागेको आशंका गरिएको छ । नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको… Continue reading प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?
२४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको हो । यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष,… Continue reading २४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए
नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या… Continue reading नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९
कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया… Continue reading कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो
संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।… Continue reading संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु
बारा । बारामा चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । बाराका दुई छुट्टाछुट्टै बिहाीबार बिहान परेको चट्याङले उनीहरुको मृत्यु भएको हो । घटनामा ५ जना घाइते छन् । बिहीबार बिहान साढे सात बजे खेतमा चट्याङ परेको थियो । त्यसबेला खेतमा धान रोपिरहेका महिलाहरु यसको शिकार बन्न पुगेका हुन् । खेतमा धान रोपीरहेका बाराको… Continue reading बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु
अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति
काठमाडौं । अब नेपालमा निजी प्रयोगशालाबाट समेत कोरोना परीक्षण हुने भएको छ । सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको अनुमति दिइएको छ । अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने… Continue reading अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति