काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन । २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ । जसमध्ये ९ जनामा मात्र… Continue reading २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
Category: समाचार
कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा
न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४… Continue reading कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा
बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना
न्युयोर्क बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् । प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्याइएको हो । जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन… Continue reading बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना
न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण
न्युयोर्क शहर कोरोना महामारीको ईपिसेन्टर त हुँदै हो तर यहाँ मानिसमा मात्र कोरोना संक्रमण देखिएन । चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । न्युयोर्क ब्रोंक्सस्थित ब्रोंक्स जूमा राखिएको ४ बर्षीय बाघलाई सुख्खा खोकी देखिएपछि गरिएको जाँचमा कोभिड -१९ पोजेटिभ देखिएको वाईल्ड लाईफ कन्जर्भेसन सोसाईटीद्वारा आईतबार जारी बिज्ञप्तीमा जनाईएको छ । नदिया नामकी ४… Continue reading न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण
ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ
न्युयोर्क अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई साता अझै डरलाग्दो परिस्थिति सिर्जना हुने बताएको छ । भाइरस संक्रमणको उच्च जोखिम बाँकी रहेको कारण कार्यदलले सकेसम्म दैनिक उपभोग्य बस्तु किनमेलका लागि पनि बाहिर नजान अनुरोध गरेको हो । कोरोना भाइरस कार्यदलका सदस्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनिन् “आगामी दुई हप्ता अति… Continue reading ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ
अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ
न्यूयोर्क शनिबार अस्पतालले मृत्युको सूचना दिएका नेपाली आप्रवासी ङिमा तेम्बा शेर्पाको मुटु चलि रहेको नयाँ जानकारी प्राप्त भएको छ । ङिमाका दाजु लाक्पा यौलु शेर्पाले शनिबार न्यूयोर्क स्थित एलमष्ट हष्पिटलले भाइको मृत्यु भएको सूचना दिएपछि उनको नाममा परिवारमा पुजापाठ एवं फेसबुकमा श्रद्धाञ्जली लेख्ने काम भएको जानकारी दिएका हुन् । उनले अस्पतालको सूचनालाई आधेर मानेर फेसबुकमा… Continue reading अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ
कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।… Continue reading कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता
खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा
काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् । यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्ले चासो देखाउन थालेको छ । परिषद्का प्रशासन… Continue reading खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा
लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने
काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् । तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना गर्नुपर्नेछ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो । यो २५ चैतसम्म जारी रहनेछ… Continue reading लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने
मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना
काठमाडौं । नेपाली सेनाले कोरोनासँग सम्बन्धित मेडिकल सामग्रीको खरीद पारदर्शी हुने दावि गरेको छ । आइतबार पत्रकारहरुसँग भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा सेनाले उक्त दावि गरेको हो । स्वास्थ्य सामग्री खरिदको विषय विवादित बनेपछि यो जिम्मा सरकारले सेनालाई दिएको छ । तर, बाहिर सेनालाई दिने निर्णयको समेत आलोचना भइरहेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा… Continue reading मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना
नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन
अप्रिल ४, न्यूयोर्क नेवा:नख न्यूयोर्कका सल्लाहकार तथा समाजसेवी अजय मान छोंच्छुको आज साँझ न्यूयोर्कस्थित एल्महर्ष्ट अस्पतालमा ६४ वर्षको उमेरमा असामयीक निधन भएको छ । ज्वरोको कारण निमोनिया भएपछि निजलाई २ हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार आएकोले भोली अस्पतालबाट डिस्चार्ज गरी घर पठाउने तयारी गरिरहेकै अवस्थामा एक्कासी हृदयघात भई दुखद… Continue reading नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन
धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने
धनगढी । अब धनगढीमा आजबाट दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द हुने भएका छन् । धनगढीमा थप कोरोना संक्रमित फेला परेसँगै धनगढीमा आइतबारदेखि दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द गर्ने निर्णय भएको हो । धनगढी उप–महानगरपालिकाले सम्पूर्ण पसल बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन… Continue reading धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने
बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट
काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ । सोहीकारण अब ती जिल्लामा… Continue reading बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट
अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने
काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ । यसअनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने गरी निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए । त्यसअनुसार प्रदेशबाट प्रदेश र स्थानीय तहबाट स्थानीय तहसम्म समेत जान नपाउने गरी निर्णय भएको… Continue reading अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने
नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ । विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको… Continue reading नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो
नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्यो
काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना… Continue reading नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्यो
बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी
काठमाडौं । बहराइनमा एकै क्याम्पमा बसेका ९ जना नेपालीमा कोरोनाको पुष्टी भएको छ । यसअघि पोर्चुगलमा एकै पटक ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको छ । क्याम्पमा अरु पनि… Continue reading बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी
कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले
कपिलवस्तु । कपिलवस्तुमा आगलागीमा परी ४२ घर जलेर नष्ट भएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा शुक्रबार भएको भीषण आगलागीमा ४२ घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुगौलीस्थित काशीराम यादवको घरबाट सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । आगलालीले मानवीय क्षति भने हुन भएन । गाउँको उत्तरदेखि शुरू… Continue reading कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले
कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोनाको महामारीबाट बच्न सजगता अपनाउनु पर्ने बताएकी छिन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमै रहेको समेत उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको उनको दावि छ । सरकारले… Continue reading कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान
औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेहरुलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ । कोरोना रोकथामसम्बन्धी मेडिकल सामग्री ढिलासुस्ती र अनियमितता गर्नेलाई तत्काल जिम्मेवारी हटाएर कारवाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो । यो काम माफी योग्य नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक शुक्रबार विज्ञप्ति जारी गरेका… Continue reading औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस
पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?
काठमाडौं । शुक्रबार अपरान्ह एक समाचार भाइरल बन्यो । समाचार अनुसार पोखरामा एक कोरोना संक्रमित भेटिएको पुष्टी भएको थियो । उक्त समाचारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो नियमित प्रेस ब्रिफिंगका दौरान खारेज गरिदियो । स्वयम स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशका प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्टको खबर संचारमाध्यमलाई टिपाएका थिए… Continue reading पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?
कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको संक्रमणले १० लाख माथिको आंकडा पार गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको केही घण्टा भित्रै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो । बिहीबार साँझसम्मको तथ्यांक अनुसार कोभिड–१९बाट संक्रमितको संख्या विश्वभर १० लाखको नेटो काटेको हो । यस रोगबाट अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ ।… Continue reading कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो
कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल
प्रसान्त उप्रेती / पेरिस, फ्रान्स विश्वभर कोरोनाले आतंक मच्चाई रहँदा युरोपेली राष्ट्र फ्रान्स भने कोरोनाकै कहर बीच आप्रबासीहरुको हितमा उभिएको छ । फ्रान्सस्थित प्रभावशाली राजनीतिक दलहरु फ्रेन्च कम्युनिष्ट पार्टी, समाजवादी पार्टी अनि रिपब्लिक एन मार्च सहितका दलहरुले कोरोना भाइरस महामारीको समयमा गैह्र-कानूनी आप्रवाशीलाई बैधानिक गर्न सरकारसँग अपील गरेका छन् । ओलिभियर फाउर (संसद पीएस), फेबियन रसेल (संसद… Continue reading कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल
रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा… Continue reading रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने
काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् । तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ । धार्चुला, रुपैडिहा… Continue reading १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने
आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने
काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ । यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो । बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो… Continue reading आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने
नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी
काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् । उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।… Continue reading नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी
कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु
नयाँ दिल्ली । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। नेपालका लागि भारतको स्वास्थ्य अवस्था निकै महत्वपूर्ण हुने गर्छ । किनकी भारतमा संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म हुने गर्छ । भारतमा कोरानका कारण सबैभन्दा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो । मंगलबार ३ जनाले मात्र ज्यान… Continue reading कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु
एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित
काठमाडौं । कोरोना (केभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । ३१ डिसेम्बरबाट फैलावट शुरु भएको यो भाइरस संसारका करीव सबै मुलुक प्रभावित छन् । बुधबार विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ । यसअनुसार यो भाइरस अझै पनि थामिने पक्षमा छैन । अमेरिकामा मात्र २६ हजार भन्दा… Continue reading एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित
पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो । कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको… Continue reading पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती