उपनिर्वानको मनोनयन आज, तयारी तिब्र

काठमाडौं । आगामी १४ मंसिरका लागि तोकिएको उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । त्यस दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो । स्थानीय तहमा हुने उपनिर्वाचनको मनोनयन दर्ता २७ कात्तिकका लागि राखिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार १० बजेबाट १ बजेसम्म मनोनयन दर्ता गरिसक्न पर्ने भएको छ । मनोनयन… Continue reading उपनिर्वानको मनोनयन आज, तयारी तिब्र

कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि उमेदरवारको टुंगो लगाएको छ । १४ मसिरमा उपनिर्वाचन हुँदैछ । कास्की, बाग्लुङ, दाङ,र भक्तपुरका विभिन्न प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लागेको कांग्रेसले जनाएको छ । बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लागि उम्मेदवार तोकेको हो । कांग्रेसको… Continue reading कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति

काठमाडौँ । भारतले पश्चिम नेपालका भूभाग आफ्नो क्षेत्रमा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिकृया स्वरुप नेपाल सरकारले विज्ञप्ति प्रकाशित गरेको छ । भारतले ५० बर्ष देखि मिच्न कोशिस गर्दै आएको भूभाग अन्नतः आफ्नो क्षेत्रफलमा समेटेर केही दिन अघि नयाँ नक्सा जारी गरेको थियो । पश्चिम नेपालका विवादिद क्षेत्रहरु लिपुलेक र कालापानी भारतले एकपक्षिय रुपले आफ्नो… Continue reading भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति

आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी कांग्रेस सांसद अफताव आलममाथिको बयान बुधबारसमेत जारी रह्यो । बुधबार सम्पन्न नभएको बयान बिहीबारसम्म चल्नेछ । बुधबार उनलाई दुई दर्जन प्रश्न सोधिएको छ । बिहान १० बजेदेखि जिल्ला अदालत रौतहतमा बयान शुरु भएको थियो । न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई प्रश्न सोधिएको थियो । प्रश्नको जवाफमा भने आलमले… Continue reading आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

न्युयोर्क आतङ्कवाद संवन्धि संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे पनि चर्चा गरिएको छ। प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’को… Continue reading अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

आलमको थुनछेक बयान जारी

रौटहत । इटाभट्टीमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा पक्राउ कांग्रेस सासंद महम्मद अफताब आलमको बयान मंगलबारबाट शुरु भएको छ । मंगलबार बयान नसकिएका कारण बुधबार निरन्तर जारी रहने भएको छ । रौतहट जिल्ला अदालतमा मंगलबार १ बजेबाट बयान सुरू भएको थियो । बयान कार्यालय समयमा मात्र लिने गरिन्छ । बुधबार बिहान १० बजेबाट पुनः बयान… Continue reading आलमको थुनछेक बयान जारी

भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो । भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको… Continue reading भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

सुरुङमा फसेका मझदुर मृत फेला

बझाङ । बझाङको कालङ्गागाड जलविद्युत आयोजनाको निर्माणाधिन सुरुङमा फसेका चार जना मजदुर मृत फेला परेका छन् । आइतबार अपरान्ह ३ बजेदेखि सुरुङभित्र फसेका उनीहरुसम्म सोमबार दिउँसो मात्र प्रहरी पुग्न सफल भएको थियो । त्यतिन्जेल निसास्सीएर उनीहरुको निधन भइसकेको प्रहरीले जानकारी दिएको छ । थुनिएको २४ घण्टापछि मजदुरहरुको शब सोमबार दिउँसो ३ बजे निकालिएको हो ।… Continue reading सुरुङमा फसेका मझदुर मृत फेला

नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ । यस पटक दुई… Continue reading नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

रौतहट । इटा भट्टामा मान्छेलाई जिउँदै जलाउने जघन्य अपराधको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरूद्ध जिल्ला अदालत रौटहतमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौटहत बमकाण्डका प्रमुख आरोपीआलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता गरेको हा । मूख्य आरोपी आलमसहित दस जनाविरुद्ध भिन्नाभिन्नै तीन कसूरमा अलग-अलग सजाय र एक जनालाई… Continue reading आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यससँगै महराको सांसद पदसमेत गुमेको छ । अब उनी अन्तिम फैसला नआएसम्म कारागार चलान भएका छन् । सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको… Continue reading अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साथै प्रदेशका लागि प्रमुखको नाम नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबार सरकारले यसअघि नियुक्त सातै जना प्रदेश प्रमुखलाई बर्खात गरेपछि नयाँ नियुक्त गरेको हो । सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २… Continue reading सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

न्युयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ गरिने भएको छ । नेपाली सांगितिक इतिहासमै पहिलो पटक विश्वभरका कालाकारहरु समेटेर यस्तो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा विश्वभर छरिएर बसेका प्रतिभाशाली कलाकारलाई प्रतिस्पर्धा गराएर उत्कृष्ठ छानिनेछ । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालको सहकार्यमा आयोजना गर्न लागिएको वर्ल्ड… Continue reading वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

म्याग्दी बस दूर्घटनामा ४ को ज्यान गयो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार राती बस दूर्घटनामा परेको छ । दूर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । यसै दिन यता सिन्धुपाल्चोकमा समेत बस दूर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । म्याग्दीमा ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११… Continue reading म्याग्दी बस दूर्घटनामा ४ को ज्यान गयो

डेलवेर दुर्घटनाका दोषीलाई १४ बर्ष जेल सजायको सट्टा १ बर्षको जेल बाहिरको परिक्षण

मेरिल्याण्ड राज्य निवासी एक पुरुषलाई गाडी दुर्घटना गरेर एकै परिवारका पिता र चार छोरीहरुको ज्यान गएको अभियोगमा १ बर्षको जेल बाहिरको परिक्षण अवधि तोकिएको छ । मेरिल्याण्डका ४६ बर्षीय अल्भिन हबर्ड थर्डले सन् २०१८ मा डेलवेरस्थित एक हाईवेमा बिपरित दिशामा गएर गाडी दुर्घटना गरेका कारण न्युजर्सीका एकै परिवारका पिता र ४ छोरीहरुको मृत्‍यु  भएको थियो… Continue reading डेलवेर दुर्घटनाका दोषीलाई १४ बर्ष जेल सजायको सट्टा १ बर्षको जेल बाहिरको परिक्षण

महराको थुनछेक बहस जारी

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि बलत्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबारबाट सुरु भयो । तर, आइतबार बहस नसकिएकाले सोमबार निरन्तर हुने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस भइरहेको छ । बन्द इजलासमा बहस जारी छ । बसहमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल,… Continue reading महराको थुनछेक बहस जारी

विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

काठमाडौं । नेपालभन्दा बाहिर संसारभर ७ जनवरी २०२० मा नेपाल भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचार गर्दै शूभारम्भ भब्य बनाउने गरी तयारी थाल्न परिपत्र गरेको छ । नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । पर्यटन मन्त्रालयले विदेशस्थित नियोगलाई गरेको पत्राचारमा सम्बन्धित देशका राष्ट्र… Continue reading विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

नेकपा सचिवालय बैठकको निर्णय : स्व. रविन्द्र अधिकारीको स्थानमा श्रीमती विद्या उम्मेदवार टंगो लाग्यो

पोखरा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराई नेकपाको तर्फबाट उम्मेदवार बन्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले स्वर्गीय नेता रबिन्द्र अधिकारीको स्थान प्रतिनिधिसभामा रिक्त भएपछि उपनिर्वाचन गर्न लागेको हो । विद्या भट्टराई (अधिकारी) स्व. रबिन्द्र अधिकारीकी पत्नी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो… Continue reading नेकपा सचिवालय बैठकको निर्णय : स्व. रविन्द्र अधिकारीको स्थानमा श्रीमती विद्या उम्मेदवार टंगो लाग्यो

न्यु ह्याम्पसरबाट घुम्दै हिँडेका जोडी टेक्ससमा मृत फेला

न्यु ह्याम्पसरबाट हराई रहेका एक दम्पत्ती टेक्ससस्थित समुन्द्री किनारामा मृत फेला परेका छन् । ४८ बर्षीय जेम्स बटलर र ४६ बर्षीय उनकी पत्नी मिसेल अन्तिम पटक अक्टुबर १५ का दिन उनिहरुको गाडी र आर भि ट्रेलर (क्याम्पिङ गर्ने गाडी जस्तो घर) सहित टेक्ससस्थित पाड्रे आइल्याण्डमा देखिएका थिए । उनिहरुको पाड्रे आइल्याण्डको बसाई न्यु ह्याम्पसरदेखि टेक्सससम्मको… Continue reading न्यु ह्याम्पसरबाट घुम्दै हिँडेका जोडी टेक्ससमा मृत फेला

आज मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

काठमाडौं । आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आफ्नो पछिल्लो स्वास्थ्य उपचारपछि उनले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो नियमित बैठक भने होइन् । बैठकमा आफनो स्वास्थ्य अवस्थाबारे मन्त्रीपरिषद्का सदस्यलाई जानकारी गराउने सम्भावना छ । यसअघि उनले नेकपाका नेताहरुलाई स्वास्थ्य अवस्थाबारे व्रिफ्रिंग गरेका… Continue reading आज मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

सेनाले भित्रायो कार्गो जहाज

काठमाडौं । नेपाली सेनाले नयाँ जहाज भित्राएको छ । यो जहाज कार्गोको प्रयोजनमा प्रयोग गर्ने सेनाको भनाई रहेको छ । जहाज शनिबार काठमाडौं आइपुगेको हो । यो जहाज इन्डोनेसियामा खरीद गरिएको सेनाले जनाएको छ । मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारमा यो जहाज प्रयोग गर्ने सेनाको योजना रहेको छ ।… Continue reading सेनाले भित्रायो कार्गो जहाज

कृष्णनगरमा भएको दंगाको मुख्य आरोपी पक्राऊ

काठमाडौं रुपन्देही कृष्णनगर भट्किएको दंगाको मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जन गर्न गइरहेको र्‍यालीमा उनले बिबाद श्रृजना गरेपछि घटना शुरुभएको थियो । उक्त बिबाद प्रहरीले रोक्न खोज्दा भएको झडपमा गोली लागी एक व्यवसायीको मृत्यु भएको कृष्णनगरमा भएको उक्त घटनामा जमालले मूर्ति विसर्जन यात्रामा विवाद खडा गर्न खोजेको भन्दै शनिवार… Continue reading कृष्णनगरमा भएको दंगाको मुख्य आरोपी पक्राऊ

अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

न्युयोर्क अमेरिकास्थित डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाल लगायत अन्य पाँच  मुलुकको टि पि एस (टेम्पोरेटेड प्रोटेक्टेड  स्ट्याटस ) को म्याद थप गरेको छ । सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पका कारण अमेरिकामा बिना कानूनी कागजात बसोबास गर्दै आएका करिब ५ हजार नेपाली यो सुबिधा प्राप्त गरी बसोबास  गर्दै आएका छन् । डिपार्टमेण्ट अफ होमल्यान्ड… Continue reading अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

अदालतमा महराको बयान, आरोप अस्वीकार

काठमाडौं । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामूख कृष्ण बहादुर महराको शुक्रबार अदालतले बयान लिएको छ । बयानमा उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो पुराना सामान बटुलेर फसाउन खोजिएको आरोप लगाएका छन् । महराले बलत्कार प्रयासको आरोप लगाउने महिलालाई २०४७ सालदेखि चिन्ने र उनी आफ्नो विद्यार्थीजस्तै भएको बयान दिएका छन् । उनको… Continue reading अदालतमा महराको बयान, आरोप अस्वीकार

पाईथनले घाटी बेरेको अवस्थामा एक महिला मृत फेला

अमेरिकाको ईन्डियाना राज्यस्थित एक घरमा ८ फिट लम्बाईको पाईथन सर्पले घाँटिमा बेरिएको अवस्थामा एक महिला मृत भेटिएकी छिन् । प्रहरी अधिकारीहरुका अनुसार ती ३६ बर्षीय महिलाको मृत्‍यु सर्पले बेस्सरी घाँटी कसेको कारण हुन सक्छ । ईन्डियानास्थित बेटल ग्राउन्ड निवासी मृतक लाउरा हर्स्ट जुन घरमा मृत अवस्थामा भेटिएकी थिईन सोही घरमा अरु १४० वटा सर्प पालिएको… Continue reading पाईथनले घाटी बेरेको अवस्थामा एक महिला मृत फेला

महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो। महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।… Continue reading महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ । घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर… Continue reading कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंमा बस दूर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौंको साखुँमा बस दूर्घटनामा परेको हो । प्रहरीका अनुसार बिहीबार सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट बस काठमाडौं आउँदै थियो । बा ५ ख ५०७० नम्बरको बस साँखुस्थित जंगलमा दुर्घटना भएको हो । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको… Continue reading काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको ज्यान गयो

कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउन भएको छ । सोही प्रयोजनका लागि बिहीबार पदाधिकारी बैठक डाकिएको छ । १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । देशभर करीव ५० पदमा उपनिर्वाचन हुनेछ । पदाधिकारी बैठकले उपनिर्वाचनका उमेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा… Continue reading कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा

काठमाडौं । पारस खड्काको राजिनामा पछि खाली भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र खड्कालाई दिइएको छ । निर्वतमान कप्तान पासर खड्काले यसको पुष्टी गरेका छन् । उनले ज्ञानेन्द्रलाई नयाँ जिम्मेवारीका लागि बधाई समेत दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको हो । क्रिकेट… Continue reading नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा