गैरआवासीय नेपालीलाई नेपालसंग जोडन १० बुँदे कार्ययोजना लन्डन, २४ सेप्टेम्बर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९/२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। भूतपूर्व गोर्खा सैनिक हरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा… Continue reading एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Category: समाचार
दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट
काठमाडौं । दशैंमा घर पुग्ने यात्रुहरुको सहजताका लागि ८ दिनसम्म रुट परमिट स्वतन्त्र गरिएको छ । यसको मतलव बीना रुट परिमिट गाडीहरु जुन सुकै सडकमा गुड्न सक्ने भएका छन् । काठमाडौबाट करीव २० देखि २५ लाख हाराहारी मानिस दशैंको अवसरमा बाहिरिने अनुमान छ । यातायात व्यवस्था विभागका अनुसार १२ असोजबाट ८ दिनसम्मका लागि सार्वजनिक सवारी… Continue reading दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट
विप्लवका उपत्यका इन्चार्ज पक्राउ
काठमाडौं । माइला लामालाई प्रहरीले पक्रिएपछि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तोकेको नयाँ उपत्यका ब्युरो इञ्चार्ज नवीन बिकेलाई समेत प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार राती ललितपुरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । यसअघि ललितपुर इन्चार्ज रहेका बिकेलाई विप्लवले उपत्यका इन्जार्च तोकेको थियो ।… Continue reading विप्लवका उपत्यका इन्चार्ज पक्राउ
नवलपरासीमा ट्रकले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु
नवलपरासी । ट्रकले कारलाई ठक्कर दिएर भएको दूर्घटनामा सोमबार ५ जनाको निधन भएको छ । सोमबार राती पूर्वपश्चिम राजगार्गअन्तर्गत कावासोती नगरपालिकाको खरकट्टा जङ्गलमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार ठोक्किएको प्रहरीले जनाएको छ । कारमा सवार पाँचै जनाको निधन भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनीहरुलाई उपचारका… Continue reading नवलपरासीमा ट्रकले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु
मुलधारको राजनीतिमा प्रतिनिधित्व गर्न दक्षिण एसियालीहरुको जोड
न्यूयोर्क/अमेरिका दक्षिण एशियाली आप्रवासीहरुलाई एक्यबद्ध गर्ने, सहकार्य, विकास र उनीहरुले अमेरिकामा गरेको योगदानबारे अमेरिकी सरकारका प्रतिनिधिलाई सुनाउने उदेश्यले ‘साउथ एसियन कन्भेन्सन २०१९’ सम्पन्न भएको छ । दक्षिण एसियाली मुलुकबाट आएका आप्रवासीहरुलाई संगठित गर्दै आफ्नो समुदायलाई सुदृढ बनाउनका लागि गत वर्षदेखि साउथ एसियन कन्भेन्सन गरिदै आएको हो । साउथ एसियन अमेरिकन भोटर्स एसोसिएसनले आइतबार साँझ आयोजना… Continue reading मुलधारको राजनीतिमा प्रतिनिधित्व गर्न दक्षिण एसियालीहरुको जोड
छोरीको हत्यापछि बाउद्धारा आत्महत्या
धनगढी। आफ्नो तीन वर्षीया छोरीलाई हत्या गरेपछि एक बाबु्ले आत्महत्या गरेका छन् । धनगढी, गौरीगंगा नगरपालिका–५ मा यस्तो घटना घटेको हो । यहाँका स्थानीय रामबहादुर कलेलले विष खुवाएर छोरीको हत्या गरेका थिए । त्यसपछि आफूले पनि विष खाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । गत बैशाखमा उनकी श्रीमती सरिता कलेल घरमै… Continue reading छोरीको हत्यापछि बाउद्धारा आत्महत्या
अब एक हजारको नोटमा दुइ वटा हात्ति
काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ । नयाँ डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ। चिनियाँ कम्पनीबाट यो नोट प्रकाशित हुने भएको छ । नोट छपाइको… Continue reading अब एक हजारको नोटमा दुइ वटा हात्ति
काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का
काठमाडौं । काठमाडौं र धादिङबीच सुरुङमार्ग बन्ने पक्का भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्बन्धमा आइतबार सम्झौता भएको हो । नागढुंगा सुरुङमार्ग आयोजना र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता भएको हो । तिहारपछि (नोभेम्बर) सुरुङमार्ग निर्माणको काम थालिनेछ । यो आयोजनाको काम साढे ३ वर्ष भित्र सक्ने गरी सम्झौता… Continue reading काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का
बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो
काठमाडौं । उपत्यकाकोबाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले बाहिरी चक्रपथमा चासो देखाएको चिनियाँ कम्पनी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो । यो आयोजनामा पनि सरकारले लगानी जुटाउन सकेको छैन । काठमाडौं उपत्यकाको दीर्घकालिन विकास र भविश्यसँग जोडिएको यो आयोजनाको कार्यान्वयनले ठूलो रणनीतिक फाइदा… Continue reading बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो
निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत
काठमाडौं । बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल निर्माण गर्न स्वीट्जरल्याण्डको ज्यूरिच एयरपोर्टको प्रस्ताव स्वीकृत गरिएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले लगानी सम्मेलनका दौरान आएका ७ प्रस्तावमध्ये ६ वटालाई अयोग्य ठहर गरेको हो । एक मात्र प्रस्ताव स्वीकृत गरिएको र उक्त प्रस्ताव ज्यूरिच विमानस्थलको रहेको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले जानकारी दिए ।… Continue reading निजगढ विमानस्थल बनाउन ज्यूरिच विमानस्थलको प्रस्ताव स्वीकृत
महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा
कल्पना घिमिरे न्यूयोर्क/अमेरिका संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार बिहान न्यूयोर्क आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यब्यस्तता र केही अस्वस्थताका कारण सहभागी हुन नसकेपछि प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आइपुगेका हुन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी साहित्यकार सरस्वती ज्ञवाली, राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट,… Continue reading महासभालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री न्यूयोर्कमा
प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
काठमाडौं । प्रहरीले चाडपर्व लक्षित गर्दै नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ । योजना अनुसार चाडपर्व अवधिभर सादा पोशाकमा प्रहरी खटिने छन् भने मोटरसाइकलबाट चुस्त गस्तीलाई प्राथमिकता दिइने भएको छ । नाकाहरुमा तालीमप्राप्त कुकुरसहितका प्रहरीले कडा चेकजाँच गर्ने भएका छन् । प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि तयार पारेको विशेष सुरक्षा योजना लागू… Continue reading प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट
काठमाडौं । दशैमा काठमाडौंबाट बाहिरिने यात्रुले टिकटको जोहो शुरु गरेका छन् । यातायात व्यवसायीले लामो दूरीको यात्राका लागि आइतबारबाट अग्रिम बुकिङ खुला गरेका छन् । व्यवसायीहरुका अनुसार आइतबार मात्र हजारौं यात्रुले टिकट काटेका छन् । टिकट बुकिङ खुल्ने दिन हजारौं यात्रु एका बिहानै काउन्टर पुगेका थिए । काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो… Continue reading खुल्यो बसको अग्रिम टिकट बुकिङ, हजारौंले लिए टिकट
६ यात्रुसहित अरुणमा झरेको जीप भेटिएन
संखुवासभा । गत मंगलबार राति ६ यात्रुसहित अरुण नदीमा झरेको यात्रुबाहक जीप अझै वेपत्ता छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले गरेको खोजिका क्रममा समेत जीप र यात्रु नभेटिएको संखुवासभा प्रहरीले जानकारी दिएको छ । टोलीले तीन दिन सम्म नदीमा जीप र यात्रुको खोजी गरेको थियो । बिहीबारबाट खोजी कार्य शुरु भएपनि अझै फेला परेको छैन… Continue reading ६ यात्रुसहित अरुणमा झरेको जीप भेटिएन
भिजिट इयरको उद्घाटनमा राष्ट्रप्रमुखलाई सहभागी गराउन कूटनीतिक नियोगमा पत्राचार
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा सम्बन्धित मुलुकका राष्ट्रप्रमुखलाई सहभागि गराउने वातावरण मिलाउन विदेशस्थित कूटनीतिक नियोगमा पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटटराईका अनुसार नेपाली कूटनीतिक नियोग रहेका मुलुकले जनवरी पहिलो साता कुनै एक दिन भब्य रुपमा उक्त देशमा भ्रमण वर्षको उद्घाटन गर्न र उद्घाटनमा उक्त देशको… Continue reading भिजिट इयरको उद्घाटनमा राष्ट्रप्रमुखलाई सहभागी गराउन कूटनीतिक नियोगमा पत्राचार
चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा
काठमाडौं । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने निश्चित भएको छ । उनी दशैं पछि नै नेपाल भ्रमणमा आउने भएका हुन् । भारतमा आयोजित एक कार्यक्रममा भाग लिएर चीन फर्कने क्रममा उनी नेपालमा बस्नेछन् । चिनियाँ राष्ट्रपति ११ अक्टोवरदेखि भारत भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । भारतमा एक सम्मेलनका दौरान १४… Continue reading चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा
गोरखामा गयो बिहानै भूकम्प
काठमाडौं । काठमाडौं । शनिबार बिहान गोरखा केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । त्यसको महसुस आसपासका जिल्ला धादिङ, तनहुँ र लमजुङसम्म गरिएको थियो । गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ । बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।… Continue reading गोरखामा गयो बिहानै भूकम्प
सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको सपना निद्रामा देख्नुको कुनै औचित्य नहुने बताएका छन् । आफ्नो दल र सरकारले देखेका सपना ब्यूझेकै अवस्थामा देखेको भन्दै उनले यी सपना केवल सपना मात्र सिमित नहुने बताएका हुन । संविधान दिवसको अवसर पारेर मूल समारोह समितिद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू र आफ्नो दलले… Continue reading सपना ब्यूझिएकै बेला देख्ने हो : प्रधानमन्त्री
आज संविधान दिवस, धुमधामले मनाइदै
काठमाडौं । ४ वर्ष अगाडी संविधानसभाबाट जारी भएको संविधानको उत्सवमा आज चौथौ संविधान दिवस मनाइदैछ । सरकारले यस दिनको अवसर पारी सार्वजनिक बिदा दिएको छ । सम्पूर्ण सरकारी कार्यालयहरुले बिहानै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेका छन् । नेपालको झण्डा बोकेर विविध कार्यक्रममा कर्मचारीलाई सरिक बनाउने योजना सरकारको छ । घरघरमा दिपावली गर्न र… Continue reading आज संविधान दिवस, धुमधामले मनाइदै
किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान
किर्तिपुर एउटा ब्यक्ति सामान्य रुपमा आयो । सर्वसाधारणकै लाईनमा बसेर सामान्य स्वास्थ्य जाँच गरायो । स्वास्थकर्मीले अनुमति दिएपछि बेडमा पल्टियो र रक्तदानको लागि आफ्नो हात सुम्पियो । वरिपरीका व्यक्तिहरुले पछि रगत झिकिसक्दा पो थाहाँ पाए कि उहाँ त कीर्तिपुर नगरपालिकाकै मेयर हुनुहुँदो रहेछ । एक नर्सले कीर्तिपुर नगरपालिकाका मेयरलाई उदृत गर्दै भनें; ‘कति सरल !… Continue reading किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान
संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका
काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य हुने दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको भएपनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम झिकिएको थियो । अन्तिम दिन तीन वटा बैठक बसे । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक… Continue reading संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका
संसदमा आज प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व्यवस्थापिका संसदमा संबोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो दुई बजे सम्बोधनका लागि प्रधानमन्त्री संसद भवन जाने कार्यक्रम रहेको छ । लामो समय बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री बुधबारदेखि भने सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् । संघीय संसदको चालू बजेट अधिवेशन बिहीबार अन्त्य हुने संसद सचिवालयले… Continue reading संसदमा आज प्रधानमन्त्रीको सम्बोधन
नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट
काठमाडौं । नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी अग्रिम बुकिंग खुलाएको छ । १ असोजबाट लागु हुने गरी अग्रिम बुकिंग खुला गरेको नेपाल एयरलाइन्सले जनाएको हो । निगमको केन्द्य्रिय कार्यालयस्थित काउन्टरबाट टिकट बुक गर्न सकिने निगममो उल्लेख गरेको छ । निगमसँग आन्तरिक उडानमा ९ वटा जहाज रहेको भएपनि तीन वटा मात्र उड्ने गर्छन् । ती जहाजबाट… Continue reading नेपाल एयरलाइन्समा अग्रिम बुकिंग खुल्यो, भाडामा जेष्ठ नागरिकलाई छूट
संघीय संसद भवन सिंहदरबारमा बन्ने, ८ अर्ब लागत
काठमाडौं । संघीय संसद भवनको बुधबार शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गर्दैछन् । सिंहदरबारस्थित पुतली बगैचामा करीव ८ अर्ब रुपैयाँ लागतमा यो भवन बन्न लागेको हो । सहरी विकास मन्त्रालयका अनुसार भवनको पूर्वतयारीको काम सकिएको छ । अब निर्माणले गति लिने छ । सरकारले पुनः एकपटक सरकारी भवनलाई सिंहदरबार भित्रै… Continue reading संघीय संसद भवन सिंहदरबारमा बन्ने, ८ अर्ब लागत
भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पार्टी समाजवादीले पञ्जालाई चुनावचिन्ह रोजेको छ । उक्त पार्टीले पञ्जालाई चुनाव चिन्ह तय गरी निर्वाचनमा आयोगमा मंगलबार दर्ता गरेको हो । आयोगले यस विषयमा निर्णय लिन भने बाँकि रहेको छ । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीको एकताबाट नयाँ पार्टीको जन्म भएको थियो… Continue reading भट्टराई र यादवको पार्टीले रोज्यो चुनाव चिन्ह ‘पञ्जा’
गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान
काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ । त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु लोकप्रिय गायक राजेशपायल राईले गुमाउनु परेको छ । सोमबार दिउँसो उनको काठमाडौं, शान्तीनगरस्थित घरमा आगलागी… Continue reading गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान
लुक्लामा ३ सय पर्यटक अलपत्र, पर्यटक बोकेका ९ हेलिकोप्टर बाटोमै रोकिए
काठमाडौं । मौसम प्रतिकूल बनेर जहाज उड्न नपाएपछि सोलुखुम्बुको लुक्लामा ३ सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् । वायुसेवा संचालक संघ नेपाल (आयोन)का प्रवक्ता योगराज कँडेल शर्माका अनुसार मंगलबार पर्यटक लिएर लुक्लाबाट काठमाडौं उडेका हेलिकोप्टरसमेत काठमाडौंको मौसम प्रतिकुल बनेपछि बाटोमै अलपत्र परेका छन् । मंगलबार बिहानै लुक्लाको मौसम केही खुलेपछि ११ हेलिकोप्टरले काठमाडौंका लागि… Continue reading लुक्लामा ३ सय पर्यटक अलपत्र, पर्यटक बोकेका ९ हेलिकोप्टर बाटोमै रोकिए
अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि
अमेरिका । अमेरिकामा सार्वजनिक विद्यालयमा भर्ना हुने अश्वेत बालबालिकाको संख्या पछिल्लो साढे दुई दशकमा दोब्बर बनेको छ । यसले मुलुकको नयाँ जनसांख्यिक बनौटको चित्र प्रस्तुत गर्न थालेको वासिङ्टन पोष्टको विश्लेषणले देखाएको छ । त्यति हुँदा पनि ठूला सहर एवं सहरी इलाकाका बालबालिका तुलनात्मक रुपमा विभाजित स्कुल डिष्ट्रिक्टहरुमा भर्ना हुने गरेका छन् । विशेषगरी काला जातिका… Continue reading अमेरिकी विद्यालयहरूमा बिद्यार्थीहरुको तस्वीर बदलिंदै-बिद्यालय जाने अश्वेत बालबालिकाको संख्यामा वृद्धि
संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी
काठमाडौं । २ असोजमा देशभरका सरकारी अस्पतालमा निःशूल्क ओपीडी सेवा उपलब्ध हुने भएको छ । ३ असोजमा भव्यताका साथ संविधान दिवस मनाउने तयारी सरकारको छ । सोही क्रममा अस्पतालहरुमा एक दिनका लागि ओपीडी निःशूल्क गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण हुने जानकारी… Continue reading संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी
५ महिनामा विपद्ले लियो २७१ को ज्यान
काठमाडौं । प्राकृतिक विपत्तिमा परी ५ महिनाको अवधिमा २ सय ७१ जना मानिसले ज्यान गुमाउन बाध्य भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख २०७६ यता प्राकृतिक विपत्तका कारण ति मानिसको ज्यान गएको हो । यसबीचमा ६ सय ४६ जना मानिस घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बाढी पहिरोले नेपालीको ज्यान लिएको… Continue reading ५ महिनामा विपद्ले लियो २७१ को ज्यान