काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले यस्तो जानकारी गराएको हो । आयोगमा बिहीवार पत्रकार सम्मेलन गर्दै आयोगले देशभर २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको उनको भनाइ छ ।… Continue reading निर्वाचनको तयारी पूरा, २१ हजार ९०० मतदान केन्द्रबाट भोट हालिने
Category: समाचार
काठमाडौं महानगरमा उम्मेदवारमध्ये कसले कहाँबाट हाल्ने छन् मत ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका उम्मेदवारहरुले काठमाडौंका विभिन्न मतदान केन्द्रमा भोट हाल्दैछन । गठबन्धनकि सिर्जना सिंहले वडा नम्बर १६ बाट भोट दिने भएकि छिन । केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्। सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान… Continue reading काठमाडौं महानगरमा उम्मेदवारमध्ये कसले कहाँबाट हाल्ने छन् मत ?
पूर्वसांसदसहित काङ्ग्रेसले पाँच जनालाई निलम्बन गर्यो
काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भरतपुर महानगरपालिका-१ घर भएका पूर्वसांसद श्रेष्ठसहित भरतपुर-४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय… Continue reading पूर्वसांसदसहित काङ्ग्रेसले पाँच जनालाई निलम्बन गर्यो
मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही
काठमाडौं । जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने भएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु… Continue reading मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही
दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु
काठमाडौं । यूरोप-अमेरिकाबाट कतारको दोहा झरेका वा दोहामै रहेका यात्रु समेत अब कुवेत ट्रान्जिट गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउन पाउने भएका छन् । जजिरा एयरवेजले जहाज दोहा–कुवेत–भैरहवा रुटमा उडाउने गरि तालिका सार्वजनिक गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान २ जेठमा हुने छ । नियमित उडान भने २९ जेठबाट शुरु हुनेछ । २९… Continue reading दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु
कुन-कुन कागजातका आधारमा हाल्न पाइन्छ भोट ?
काठमाडौं । मतदाता नामावलीमा नाम भएका सबैले कुनै पनि आधिकारिक प्रमाणपत्रको आधारमा मतदान दिन पाउने भएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो। आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिँदैछ। यस्तै, परिचय पत्र… Continue reading कुन-कुन कागजातका आधारमा हाल्न पाइन्छ भोट ?
आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा
इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा… Continue reading आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा
नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण
काठमाडौं । स्थानीय तह निर्वाचनको दौरान अहिले मौन अवधी जारी छ । तर, नेताहरुले जानेर वा नजानेर सामाजिक संजालमा बढी आचारसंहित उल्लंघनका घटना भएका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाई छ… Continue reading नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण
श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो
काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाजको इन्जिन आकासमै फेल हुँदा आकस्मिक अवतरण गर्नु परेको छ । काठमाडौंबाट धनगढीका लागि उढेको जहाजको इन्जिन फेल भएपछि बुधबार काठमाडौंमै डाइभर्ट गरिएको छ । जहाज काठमाडौंबाट २४ नटिकल माइल उडेपछि काठमाडौं फिर्ता भएको हो । जहाजमा ८७ जना मानिस थिए । उनहिरुलाई बुधबार नै अर्को उडानबाट धनगढी लगिएको छ… Continue reading श्री एयरलाइन्सको जहाज जब सिंगल इन्जिनको सहारामा काठमाडौं डाइभर्ट भयो
गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ
काठमाडौं । प्रहरीले गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका एकजना प्रतिनिधि खुकुरीसहित नियन्त्रणमा लिएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन्। बुधवार बिहान वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन झोला बोकेर पुगेका गुरुङलाई शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी… Continue reading गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि खुकुरीसहित पक्राउ
शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति
काठमाडौं । शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था कटौती गर्ने निर्णय गरेको हो । मन्त्रालयको अनुसार सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ… Continue reading शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति
अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी दिन नपाउने भएका छन् । नेपाल राष्ट्रबैंकले विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सीमित कर्मचारी खटाएर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने छ। यस्तै, सेवाग्राहीले एकै… Continue reading अब बैंक बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म खुल्ने
देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरि देशभर साढे २ लाख सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा प्रवन्धनको तयारी पुरा भएको बताइएको छ । गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा… Continue reading देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने
मतदान स्थलबाटै आज र भोली मतदान परिचय पत्र लिन सकिने
काठमाडौं । मतदान परिचय पत्र लिन बाँकी मतदाताले मतदान स्थलमा पुगेर आज र भोली मतदान परिचय पत्र लिन सक्ने भएका छन् । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगको भनाई छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय… Continue reading मतदान स्थलबाटै आज र भोली मतदान परिचय पत्र लिन सकिने
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका २ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको… Continue reading कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरि मौन अवधि लागु भएको छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहने छ । यस पटक ३० वैशाखमा निर्वाचन हुँदैछ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम… Continue reading निर्वाचन लक्षित मौन अवधि कार्यान्वयनमा, के के गर्न पाइदैन ?
मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको… Continue reading मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने
मौन अवधि शुरु हुनै लाग्दा गठबन्धनको अपिल, जनताको सुख:दुखमा साथ दिन्छौं
काठमाडौं । सत्तारुढ दलहरुले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा अपिल सार्वजनिक गरेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेका छन् । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता जाहेर गरिएको छ ।… Continue reading मौन अवधि शुरु हुनै लाग्दा गठबन्धनको अपिल, जनताको सुख:दुखमा साथ दिन्छौं
सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौं । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। तर कात्तिक १६… Continue reading सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
स्थानीय तह निर्वाचनमा ९ जना बने ‘विशेष पर्यवेक्षक’
काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ बनाएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षक स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिने छन् । त्यसमध्ये ९ जनाले ‘विशेष पर्यवेक्षक’को मान्यता पाएका हुन् । निर्वाचन आयोगले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र… Continue reading स्थानीय तह निर्वाचनमा ९ जना बने ‘विशेष पर्यवेक्षक’
कांग्रेसका बागी उम्मेदवारले समर्थन गरेपछि पोखरामा गठबन्धनलाई राहत
पोखरा । कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पोखरामा गठबन्धनलाई राहत पुगेको छ । उनले उम्मेदवारी फिर्ता लिएर गठबन्धनबाट मेयर पदमा उठेका नेकपा समाजवादीका धनराज आचार्य र उपमेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति निकाल्दै पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन मान्दै आफ्नो… Continue reading कांग्रेसका बागी उम्मेदवारले समर्थन गरेपछि पोखरामा गठबन्धनलाई राहत
चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै
काठमाडौं । ३० वैशाखको निर्वाचनलाई लक्षित गरि आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ । सीमा नाका निर्वाचन सम्पन्न भएपछि मात्र खुला हुने छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ… Continue reading चुनावभर भारत र चीनसँगको सीमा नाका बन्द गरिँदै
आज राती १२ बजेबाट मौन अवधि शुरु, के के गर्न पाइदैन ?
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ । १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्म मौन अवधि मानिनेछ । यस अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन नपाइने निर्वाचन आयोगको भनाई छ । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका… Continue reading आज राती १२ बजेबाट मौन अवधि शुरु, के के गर्न पाइदैन ?
नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजिवी छन् : ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेका कुरा बुझ्ने थौरै मात्र बुद्धिजीवि नेपालमा रहेको बताएका छन्। पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेका नीति बङ्ग्याएर प्रस्तुत गर्न खोजिएको आरोप लगाए । ‘एमालेका नीतिहरू बङ्ग्याएर प्रस्तुत गर्न खोजियो, मैले बोलेको त बुझ्ने बुद्धिजीवि थोरै मात्र छन् कि क्या हो नेपालमा भन्ने… Continue reading नेपालमा मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजिवी छन् : ओली
सोल्टीमोडमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नम्बरको स्कुटर र ना५ख १९०९ नम्बरको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीया विमलादेवी भट्टराईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी… Continue reading सोल्टीमोडमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
निर्वाचनको दिन देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको हो । यस दिन सार्वजनिक यातायात चल्ने छैनन् । निजी… Continue reading निर्वाचनको दिन देशभर सार्वजनिक बिदा
जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई
काठमाडौं । जिम्बाब्वे ए विरुद्धको एक दिवसिय क्रिकेट सिरिज नेपालले जितेको छ । सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपालले पाहुना टोली जिम्बाब्वेमाथि ६ विकेटको सानदार जित निकाल्यो । नेपालले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । खेल वर्षाका कारण केही बेर प्रंभावित भयो । सोहीकारण ३३ ओभरमा छोट्याइएको थियो । टस जितेको… Continue reading जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई
प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने
धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार धनगढी पुगेर यतै बास बसेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष… Continue reading प्रधानमन्त्री देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने
नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना
काठमाडौं । स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा लम्बिएको छ । मौसमको यो प्रणाली निर्वाचनको दिनसम्म लम्बिन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सोमबार देशभर मौसममा बदली देखिएको छ। बिहान पहाडी भूभागमा आंशिक बदली हुनुका साथै दिउँसो देशभर बदली रहने महाशाखाको अनुमान छ ।… Continue reading नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना
भरतपुरमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या
भरतपुर । चितवनको भरतपुरमा आइतबार एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियारको भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले संचारमाध्यमलाई बताए अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको… Continue reading भरतपुरमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या