पोखरा महानगरमा थालियो मतगणना

पोखरा । पोखरा महानगरपालिकामा मतगणना शुरु भएको छ । दिउँसो चार बजेबाट मतगणना थालिएको हो । यहाँ अझै प्रारम्भिक नतिजा आइसकेको छैन । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरेको थियो । तर, व्यवस्थापनको काम सक्दा अबेर मात्र शुरु भएको हो । पोखरामा वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको हो… Continue reading पोखरा महानगरमा थालियो मतगणना

भरतपुरमा रेणुले लिइन् अग्रता, बदर मत कम हुँदै

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा टक्कर देखिएको छ । कांग्रेसका बागी उम्मेदवारका कारण उनीमाथि दवाव भने छ । यस क्षेत्रमा अहिले रेणु दाहालले अग्रता लिएकी छिन् । उनले १०३ मत पाउँदा एमालेका विजय सुवेदीले ६८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवारको पक्षमा १९ मत पर्दा १३ मत बदर भएको… Continue reading भरतपुरमा रेणुले लिइन् अग्रता, बदर मत कम हुँदै

कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

डोल्पा । स्थानीय तह प्रमुखमा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय, उपाध्यक्षमा अमृता लामा र गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले जितेको छ। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा… Continue reading कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो

सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै

Setopati

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार बालेनले २१३ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई कांग्रेस र एमालेले पच्छ्याइरहेका छन् । शरुवातमा बालेनसँग प्रतिस्पर्धामा गइरहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई अहिले एमालेका केशव स्थापितले उछिनेका छन् । पछिल्लो मतगणना अनुसार स्थापितले १५९ भोट ल्याएका छन् । सिंहको १४८… Continue reading सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै

पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

मनाङ । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस क्रममा सबै स्थानीय तहको नतिजा आउने पहिलो जिल्ला मनाङ बनेको छ । यहाँ चार वटा गाउँपालिका छन् । मनाङमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई÷दुई गाउँपालिका अध्यक्षमा जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८… Continue reading पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह

हेटौडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसलाई अग्रता

हेटौडा । हेटौडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एसले प्रारम्भिक अग्रता लिएको छ । हेटौडामा ६५० मत गन्दा नेकपाल एसकी मिना लामो पक्षमा १९८ मत आएको छ । एमालेका अनन्त पौडेलले १९० र राप्रपाका दिपकबहादुर सिंहले १८१ मत पाएका छन् । यो यसअघि एमालेले जितेको क्षेत्र हो ।

भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

भरतपुर । चितवनको भरतपुरमा पहिलो १२ मत गन्दा ४ मत बदर भएको पाइएको छ । यहाँ कांग्रेसका बागी उम्मेदवार उठेका छन् । जसले गर्दा गबन्धनकी उम्मेदवार रेणु दाहाल मारमा पर्ने देखिएको छ । महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालको पक्षमा ३ मत… Continue reading भरतपुरमा बदर मतको मारमा रेणु, विजय सुवेदीले लिए प्रारम्भिक अग्रता

काठमाडौंमा बालेन र सिर्जनाबीच टक्कर, बालेनको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र गठबन्धनकी उम्मेदवार सिर्जना सिंहबीच टक्कर हुने देखिएको छ । महानगरको वडा नं १ र ३२ को गणना भइरहेको छ । शूरुवाती ७५ मत गन्दा बालेनले २२ मत पाएका छन् । उनलाई सिर्जनाले १८ मतका साथ पच्छ्याइरहेकी छिन् । केशव स्थापितले मात्र १३ मत पाएका छन्… Continue reading काठमाडौंमा बालेन र सिर्जनाबीच टक्कर, बालेनको अग्रता

काठमाडौं र विराटनगर महानगरपालिकाको मतगणना शुरु

File

काठमाडौं । प्रतिक्षित काठमाडौं महानगरपालिका र विराटनगर महानगरपालिकाको मतगणना करीव एकै समयमा शुरु भएको छ । काठमाडौंको मतगणना राष्ट्रिय सभागृहमा शुरु भएको हो । पहिलो चरणमा वडा नं १ र ३२ का बाकस खोलिएको छ । यहाँ केशव स्थापित, बालेन शाह र सिर्जना सिंहबीच कडा टक्कर हुने देखिएको छ ।

ललितपुर महानगरमा ११ बजेपछि मतगणना, काठमाडौंमा अझै अन्यौल

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट शुरु हुने भएको छ । सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । उता, काठमाडौं महानगरपालिकाको मतगणनाको समय भने अझै अन्यौलमा छ । यसअघि बिहान ८ बजेबाट गर्ने भनिएको मतगणना स्वतन्त्र उम्मेदवारहरुको प्रतिनिधि कति जना राख्ने भन्ने विषयमा विवाद हुँदा रोकिएको छ । भरतपुरमा समेत अझै गणना शुरु भइसकेको… Continue reading ललितपुर महानगरमा ११ बजेपछि मतगणना, काठमाडौंमा अझै अन्यौल

अपडेट : कांग्रेस ७६, एमाले ४५ र माओवादी केन्द्रलाई २६ स्थानमा अग्रता

काठमाडौं । देशभर स्थानीय निर्वाचनपछि मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले सीटमा अग्रता लिएको छ । एमालेले पच्छ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । अन्य दलअरुको भने अझै उपस्थिति देखिएको छैन । एकिकृत समाजवादीले ३ स्थानमा अग्रत लिएको छ । यसअघि स्वतन्त्र विजेतासहित एमालेले अहिलेसम्म ३ स्थानीय तहमा विजयी… Continue reading अपडेट : कांग्रेस ७६, एमाले ४५ र माओवादी केन्द्रलाई २६ स्थानमा अग्रता

बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा एमाले विजयी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् ।उनले ८४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत ल्याएका छन् ।

मनाङबाट कांग्रेसले खोल्यो खाता

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १ सय ५८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्व स्वतन्त्र कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भए । उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो ।… Continue reading मनाङबाट कांग्रेसले खोल्यो खाता

मुस्ताङबाट एमालेको विजयी शुरुवात

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्टले ६ सय ८९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले… Continue reading मुस्ताङबाट एमालेको विजयी शुरुवात

स्थानीय तह निर्वाचन : काङ्ग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना  विभिन्न स्थानमा जारी छ । कतै भने अझै सुरु भइसकेको छैन ।  देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको हो । शनिबार बिहान ७ बजेसम्मको अपडेट अनुसार देशभर कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर/अध्यक्षमा… Continue reading स्थानीय तह निर्वाचन : काङ्ग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

ललितपुर महानगरको मतगणना शनिबारबाट, काठमाडौंमा मध्यरातिबाट

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शनिबार विहान मात्रै ललितपुर महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको छ । शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको छ । त्यसपछि मतगणना शुरु हुने छ । सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति भएमा काठमाडौं महानगरपालिकामा… Continue reading ललितपुर महानगरको मतगणना शनिबारबाट, काठमाडौंमा मध्यरातिबाट

काठमाडौंमा आधा मात्र मत खस्यो, देशभर कति ?

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो (जनसंंख्याका आधारमा) काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्र भोट खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएका कारण मुलुकभर त्यसको असर देखिएको छ । देशभर ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार… Continue reading काठमाडौंमा आधा मात्र मत खस्यो, देशभर कति ?

ओलीको आरोप : सत्तापक्षले हिंसा भड्कायो

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित… Continue reading ओलीको आरोप : सत्तापक्षले हिंसा भड्कायो

४४ मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने

तस्वीर साभार : गोरखापत्र

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने… Continue reading ४४ मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने

देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा सुरक्षा कमजोरी

काठमाडौं । देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा सुरक्षा कमजोरी मूख्य कारण रहेको निर्वाचन आयोगले बताएको छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएका कारण यस्तो परिस्थिति आएको आयोगको भनाई छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण… Continue reading देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा सुरक्षा कमजोरी

निर्वाचनमा सहभागीताका लागि प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचनमा भाग लिइ सम्पन्न गराएको भन्दै मतदातालाई धन्यवाद दिएका छन् । देशभर सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागि भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्रीले मतदातामा धन्यवाद व्यक्त गरेका हुन् । उनले निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिनु भएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु,… Continue reading निर्वाचनमा सहभागीताका लागि प्रधानमन्त्रीले दिए धन्यवाद

स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको छ । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा… Continue reading स्याङ्जामा जीप दुर्घटना, १३ जनाको मृत्यु

शीर्ष नेतामध्ये कसले कहाँबाट गरे मतदान ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय… Continue reading शीर्ष नेतामध्ये कसले कहाँबाट गरे मतदान ?

मतदानका दौरान देशका विभिन्न स्थानमा तनाव, कहाँ कस्तो छ अवस्था ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका दौरान देशभर मतदान जारी छ । तर, केही स्थानमा भने तनाव भइरहेको छ । बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न… Continue reading मतदानका दौरान देशका विभिन्न स्थानमा तनाव, कहाँ कस्तो छ अवस्था ?

अत्यावश्यक र पास लिएका बाहेक देशभर सवारी साधन चलाउन पूर्ण निषेध

file

काठमाडौं । स्थानीय तहको निर्वाचन शुरु भएको छ । तर, देशभर मतदाता तोकिएको स्थानमा पैदल नै हिड्नु पर्ने भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । निर्वाचनमा आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनी सवारीसाधनमार्फत मानिसहरुको आवतजावत रोकिएको हो । यस अवधिमा अत्यावश्यक सवारी साधन… Continue reading अत्यावश्यक र पास लिएका बाहेक देशभर सवारी साधन चलाउन पूर्ण निषेध

देशभर एकैपटक शुरु भयो मतदान

तस्वीर साभार : गोरखापत्र

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशभर एकै पटक मतदान शुरु भएको छ । हरेक ५÷५ वर्षमा स्थानीय तहको सरकार संचालनका लागि आफ्नो जनप्रतिनिधि चुन्न जनताले आज मतदान गर्नेछन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया मतदानका लागि बिहान ६ः५५ मा मध्यपुर ठिमीको वडा नं १ लोकन्थली उपस्वास्थ्य चौकीमा बनाइएको मतदान केन्द्रमा पुगेका छन् । निर्वाचन… Continue reading देशभर एकैपटक शुरु भयो मतदान

पौने दुई करोड मतदाताको हातमा डेढ लाख उम्मेदवारको भविश्य, आज मतदान

काठमाडौं । स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन आज देशभर एकै चरणमा हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजे शुरु भएको निर्वाचनमा मतदान गर्ने काम साँझ ७ बजे सम्पन्न हुने छ । त्यसपछि मतपत्र संकलनको काम शुरु गरिने छ । कतिपय स्थानमा शुक्रबार साँझबाटै मतगणना शुरु हुने भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र… Continue reading पौने दुई करोड मतदाताको हातमा डेढ लाख उम्मेदवारको भविश्य, आज मतदान

बालिग मताधिकार हाम्रो संवैधानिक अधिकार हो : प्रधानमन्त्री

rss

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बालिग मताधिकार संवैधानिक अधिकार भएको भन्दै निर्धक्कसँग निर्वाचनमा सहभागी हुने आम मतदातासँग आह्वान गरेका छन् । शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न उनले देशबासीमा अपील गरेका हुन् । प्रधानमन्त्री देउवा मतदानका लागि डडेलधुरामा जानेछन् । उनले बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो आह्वान गरेका… Continue reading बालिग मताधिकार हाम्रो संवैधानिक अधिकार हो : प्रधानमन्त्री

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो : राष्ट्रपति

Photo : RSS

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छिन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै राष्ट्रपतिबाट यस्तो आह्वान गरिएको हो । उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान समेत गरेकी छिन् । शुक्रवार हुन गइरहेको पालिका चुनावका सम्बन्धमा राष्ट्रपतिले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु… Continue reading निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो : राष्ट्रपति

निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं

File

काठमाडौं । निर्वाचन आयोगले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्न आम मतदातामा आह्वान गरेको छ । बिहीबार बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको छ… Continue reading निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं