राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सकिने गरी तालिका राखिएको छ । ५९ सदस्य रहने राष्ट्रियसभाबाट १९ जना सदस्यको पदावधी २० फागुनबाट सकिदैछ । उनीहरुको पदावधी दुई वर्षे… Continue reading राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ । प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी… Continue reading आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर

कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि पार्टीका तर्फबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । पार्टी केन्द्रीय समितिले कांग्रेस पदाधिकारी बैठकलाई उमेदवार छनोटको अधिकार दिएको थियो । सोही अनुसार शनिबार १४ जना उम्मेदवारको टुंगो पार्टीले लगाएको छ । २ उम्मेदवारको नाम टुंगो लाग्न बाँकि रहेको छ । ९ माघमा हुने निर्वाचनमा… Continue reading कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार

शनिबार पनि मौसम प्रतिकूल

काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ । शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएको… Continue reading शनिबार पनि मौसम प्रतिकूल

नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उम्मेदवार छनोट गरेको छ । नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठसहित पूर्वमाओवादीबाट ७ र पूर्वएमालेबाट ९ जना पर्ने गरी उमेदवारको टुंगो लागेको छ । नेकपाले राजपासँग तालमेल गरेको छ । दुई जना राजपाबाट उमेदवार हुनेछन् । नेकपाले भने १६ जना उम्मेदवार तोकेको हो । निर्वाचन आयोगको… Continue reading नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

काठमाडौं । नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँट गर्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले महिला र अल्पसंख्यक तथा समाजवादीले दलित र अन्य पदको उमेदवारी दिने भएका छन् । सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र… Continue reading राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

आज लाग्ला सभामुखको टुंगो ?

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बिहान डाकिएको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र र सभामुख पदमा पार्टीका नेताको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । बिहीबार पनि बैठक बसेको थियो, तर सहमति हुन सकेन् । सभामुख पदमा अध्यक्षद्धय प्रचण्ड र केपी… Continue reading आज लाग्ला सभामुखको टुंगो ?

आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ । देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ… Continue reading आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोशाकमा खटिदै आएको समूह अब नखट्ने भएको छ । यसरी खटिदै आएको टोलीको ड्यूटी हटाएर अब पोशाकमै प्रहरी खटाउने निर्णय भएको छ । यस्तो निर्णय बिहीबारबाटै कार्यान्वयनमा आएको कार्यालयले जानकारी दिएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफै खटिदै आएको र महानगरीय अपराध नियन्त्रण… Continue reading अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश, ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको वक्यौता तिर्न निर्देशन दिएको छ। बिहीबार केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानको भुक्तानी तत्काल गर्न निर्दशन दिएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारबारे पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे । उनले वक्तौता… Continue reading सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

काठमाडौं । सर्वोच्च अदालतले सीमा विवादका सम्बन्धमा सन् १८१६ को सुगौली सन्धी यताका नेपालका आधिकारिक नक्सा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सा १५ दिन पेश गर्न सरकारका नाममा आदेश आएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखि कै दस्तावेज संकलन गर्न समत सरकारलाई आदेश दिएको… Continue reading सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

गायक राेशन गुरुङलाई मातृशोक

न्यूह्यामसर गायक रोशन गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा बेममाया गुरुङको काठमाडौँ स्थित ओम अस्पतालमा स्थानीय समय अनुसार सोमबार अपरान्ह सवा तीन बजे देहावसान भएको हो । फोक्सोको क्यान्सरबाट पिडित गुरुङ बि. सं. १९९८ सालमा जन्मिएकी थिइन् । स्वर्गीय गुरुङका पाँच छोरा र चार छोरी रहेका छन् । नेपाली आधुनिक गायनका लोकप्रिय गायक रोशन… Continue reading गायक राेशन गुरुङलाई मातृशोक

दोलखाका तत्कालिन प्रजिअ रिजाल पक्राउ

काठमाडौं । दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी निलम्बनमा परेका थिए । उनी उपसचिव हुन । रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको पुष्टी गरेको छ । रिजालले गरेको भ्रष्टाचार कसुरबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरेको अख्तियारको भनाई छ । सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि… Continue reading दोलखाका तत्कालिन प्रजिअ रिजाल पक्राउ

घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी इलाकामा अब घर बहालमा बस्नेहरुको विवरण घरबेटीले प्रहरीलाई बुझाउनु पर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकासहित देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै विवरण बुझाउनु पर्ने निर्ण गरेको हो । खासगरी मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको… Continue reading घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ

काठमाडौं । संसदीय समितिले नेपालको अतिक्रमित भूमी खाली गराउन सरकारका नाममा निर्देशन दिएको छ । भूमी खाली गराएर नयाँ नक्सा जारी गर्न संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सरकारलाई निर्देशन दिएको हो । समितिले मंगलवार गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमिसुधारमन्त्री पदमा अर्यालसहित सरोकारवालालाई बोलाएर छलफल… Continue reading संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ

मुक्तकमा ‘लिम्पियाधुरा’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट… लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२) सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु । किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२) ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।। सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो… Continue reading मुक्तकमा ‘लिम्पियाधुरा’

रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका रिजउडमा बन्ने भनिएको दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भई निर्माण कार्य प्रक्रिया अघि बढेको छ । रिजउड नेप्लिज सोसाइटिले आइतबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महापूराणमा दान कबुल गर्ने दाताहरुलाई जतिसक्दो चाँडो रकम दिन आग्रह गरेको छ । न्यूयोर्कमा नेपालीहरुको सामुदायिक भवन र दुर्गा मन्दिर स्थापना गर्ने उदेश्यले… Continue reading रिजउडमा बन्ने दुर्गा मन्दिरको भवन नक्सा पास

सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो… Continue reading सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष

फाइल तस्वीर

धनुषा । एक प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात हरेको निष्कर्ष प्रहरीले निकालेको छ । अनुसन्धानका दौरान विप्लव कार्यक्रताबाट विस्फोट गराएको निष्कर्षमा प्रहरी पुगेको हो । २७ मंसिरमा धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी बम बिस्फोट भएको… Continue reading धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष

माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपरान्ह सिंहदरबार प्रवेश गर्ने क्रममा पक्राउ परेका उनीसहित १५ जना नेता, कार्यक्रतालाई प्रहरीले साँझ छाडेको छ । सिंहदरवारमा हुलदंगा गरी प्रहरीमाथि ढुंगामुडा गर्न उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गजुरेलले सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई… Continue reading माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो

प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ । नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने… Continue reading प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन र विभाग गठनका सम्बन्धमा भएका निर्णय सच्चिनु पर्ने बताएका छन् । शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पोडेल पक्षधर नेताहरुको बैठकपछि आयोजित पत्रकार सम्मेलनका दौरान उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पौडेलसँगै उपस्थित थिए । पौडेलले सभापति शेरबहादुर… Continue reading संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

नेपाली समाज टेक्ससमा शर्मा

टेक्सस नेपाली समाज टेक्ससमा दिनेश शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  अध्यक्ष सहितको पदाधिकारीमा पद संख्या अनुसार नैं उम्मेद्वारी दाखेला भएपछि अध्यक्ष सहितको पदाधिकारी निर्विरोध निर्वाचित भएको थियो । तर कार्यसमिति सदस्यमा भने ६ पदका लागि ७ जनाको उम्मेद्वारी परेको थियो । कार्यसमिति सदस्यमा उम्मेद्वारी दिएकी निर्मला राईले समाजलाई मिलाएर लैजानका लागि निर्वाचनमा… Continue reading नेपाली समाज टेक्ससमा शर्मा

राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ

काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी, लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध कारवाही तिब्र बनाएको छ । स्वीप अपरेसनका दौरान शुक्रबार मात्र सयौं मानिस समातिएका छन् । बिहीबार र शुक्रबार गरी २ सय भन्दा बढी व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ । बसुन्धरा, टोखा, बाँसबारी, मन्डिखाटार, गौशाला, चाबहिल र बानेश्वर क्षेत्रबाट ति व्यक्ति पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको… Continue reading राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ

कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

काठमाडों । कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले केन्द्रीय कार्य समितिको अवधि एक बर्ष बढाएपछि कांग्रेसमा जारी किचलो अझ बढ्ने भएको छ । बहुमतबाट एकलौटी निर्णय आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षका नेता भने असन्तुष्ट छन् । शनिबार पौडेल पक्षका नेताहरु भेला हुँदैछन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल निकट नेताहरु भेला… Continue reading कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१… Continue reading मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो । शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले… Continue reading कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो । अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् । १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट… Continue reading छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कार प्रयासको आरोप लागेपछि यतिबेला व्यवस्थापिका संसद नेतृत्वबिहिन रहेको छ । तर, सत्तारुढ नेकपाले सभामुखको लागि पार्टी भित्रैबाटै सहमति निकाल्न सकेको छैन । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नै सहमति जुट्न नसकेपछि संसदले नयाँ सभामुख नपाएको हो । अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाइरहेको यो पदमा उनले समेत… Continue reading कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् । यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको… Continue reading अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने