आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो। सूचनामा लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज भएको र आजबाट जारी हुने पासको रङ नीलो… Continue reading आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

काठमाडौं । सरकारले जापान र हङकङको भिसा भएका र स्थायी बसोबास अनुमति पाएकाहरूलाई निजी खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ। कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो । लकडाउनका कारण जापान… Continue reading जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

काठमाडौं । सरकारले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन देशलाई कोरोना मुक्त बनाउने बताइन् । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत… Continue reading सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ… Continue reading शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर… Continue reading राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

न्युयोर्क अमेरिकाको न्युयोर्कस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना महामारीको कारण पोषणयुक्त खानाको अभाब भएकालाई नि:शुल्क खाद्य सामग्री वितरण गरेको छ । न्युयोर्क सहरको क्विन्सबोरो प्रेसिडेन्ट शारोन लिसँगको सहकार्यमा फाउण्डेशनले निशुल्क खाद्य सामाग्री वितरण गरेको हो । मे १३ बुधबार फाउन्डेसनले न्युयोर्क कुईन्सस्थित आफ्नै कार्यालय अगाडि खाद्य सामाग्री बितरण गरेको हो । फर्स्ट कम फर्स्टको … Continue reading जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने

काठमाडौं । अब काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने भएको छ ।काठमाडौंमा औसधि पसलबाहेक अन्य पसल खोल्न नपाउने गरि प्रहरीले कडाइ थालेको छ ।बिहीवार गृह मन्त्रालयमा सुरक्षा सम्यन्त्रको बैठक बसेको थियो ।बैठकले अब काठमाडौंमा भने लकडाउनको कार्यान्वयन कडा पार्ने निर्णय गरेको हो । काठमाडौंमा मङ्गलबार र बुधबार तिन जना तथा भक्तपुरमा २ जनामा कोरोना देखिएको थियो… Continue reading काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने

गृहबाट जारी सबै सवारी पास खारेज

काठमाडौं । सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो ।   बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने… Continue reading गृहबाट जारी सबै सवारी पास खारेज

नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा… Continue reading नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ड्युटीमा खटिएका चार सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइनमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको… Continue reading कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)

न्युयोर्क न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्‍यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी भवनको टुप्पोमा कोरोनाको कारण मृत्‍युहुनेहरुको अद्यावधिक संख्या देखाउने डिजिटल बोर्डलाई देश कै राष्ट्रपतिको नाम राखेर… Continue reading न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)

सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ बसेको बैठकले भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको निष्कर्ष निकालिएको छ । नेताहरुका अनुसार भारतले नेपालको भूमि मिचेकोमा दुई मत नरहेको निष्कर्षमा सर्वदलीय बैठक पुगेको छ । बैठक बुधबार साँझ बालुवाटारमा बसेको थियो । लिपुलेक क्षेत्रमा भारतले नेपाली… Continue reading सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ

लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको पिलुलेक नजिकै छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । लिपुलेक नजिकै करीव १० किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट खोलिएको छ । बुधबार गृह मन्त्रालयको टोली नेपाली सेनाको हेलिकोप्टरबाट दार्चुला सदरमुकाम गएको थियो । सदरमुकामबाट सोही हेलिकोप्टरमा थप सुरक्षाकर्मी लिएर भारतले भूमि अतिक्रमण गरी सडक… Continue reading लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

न्युयोर्क हाल १८७ देशमा फैलिएको कोरोना भाईरस संक्रमण भएका बिभिन्न मानिसमा बिभिन्न प्रकृतिका लक्षण र बिभिन्न्न प्रकृतिका घटनाक्रम देखिने गरेको छ । अमेरिकाको क्यलिफोर्नियास्थित ५४ बर्षीय एक पुरुष ६४ दिनको अस्पतालको बसाई पछि कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना भाईरस संक्रमण पछि उपचारको लागि ग्रेग गार्फिल्ड अस्पातल भर्ना भएको ६४ दिन मध्ये ३१ दिन… Continue reading चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )

चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो

न्युयोर्क       अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको  एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ ।  अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११ तारिख सोमबार समुन्द्रमा झरेको उक्त अनियन्त्रित टुक्रा गत मे ५ तारिखका दिन चीनको हाईनान प्रान्तस्थित… Continue reading चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो

भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित

काठमाडौं  । कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुईजना अस्पतालबाट भागेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।  उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए। महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।  वीरगन्जको नारायणी अस्पतालमा ६९ जना… Continue reading भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित

थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । कपिलवस्तु र बाँकेमा गरि थप २ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनि… Continue reading थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो

आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै

काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिपुलेक नजिकै आज नेपाली फौजको एक टोली खट्ने भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट टोली दार्चुलातर्फ लागिसकेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आजबाट फिल्डमा खट्ने भएको छ । यो क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर नेपालतर्फ पर्ने गृह मन्त्रालयले… Continue reading आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै

कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स

न्युयोर्क       ईटाली अर्को हप्तादेखि खुल्दै – कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेको ईटाली आगामी हप्ता मे १८ तारिखदेखि खुल्ने तरखरमा छ । अब ईटालीमा रेस्टुरेन्ट, बार, ब्युटी पार्लरहरु १८ तारिखदेखि खुल्ने छन् । ईटालीमा मंगलवारसम्म २ लाख १९ हजार ८ सय १४ संक्रमित र ३० हजार ७ सय ३९ को मृत्‍यु  … Continue reading कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स

काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७

काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको नयाँ अपडेट अनुसार आज थप २६ जनामा कोरोना जनामा कोरोना देखिएको थियो । दिउँसो ५७ जनामा कोरोना देखिएको थियो । मंगलबार मात्र ८३ जनामा कोरोना पुष्टी हुँदा कुल संक्रमित भने २१७ पुगेको छ ।… Continue reading काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७

एकै दिन ३९ संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा

वीरगन्ज । कोरोना भाइरसको जोखिम ह्वात्तै बढेसँगै पर्सामा निषेधाज्ञा जारी भएको छ । खासगरी वीरगञ्ज महानगरपालिकामा अब अत्यावश्यक बाहेक सबै प्रकारका गतिविधि रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा मंगलबार बेलुकाबाटै कार्यान्वयनमा आएको छ । पर्सामा दुई जना पत्रकारसहित मंगलबार एकै दिन ३९ जनामा कोरोना पुष्टी भएको छ । यस जिल्लामा समुदाय स्तरमै… Continue reading एकै दिन ३९ संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा

भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार हालसम्म १७ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ । प्रदेश ५ मा… Continue reading भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?

नेकपा स्थायी कमिटी बैठक बुधबार

फाइल तस्बिर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्नेछ। गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो। बैठकमा पेश गर्ने एजेन्डामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी… Continue reading नेकपा स्थायी कमिटी बैठक बुधबार

नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।… Continue reading नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

काठमाडौं । नेपालले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध र कोरोना भाइरसको संक्रमणको डरले मुलुक भित्र जारी लकडाउनका कारण विदेशमा कैयौं नेपालीका शव अलपत्र अवस्थामा छन् । सरकारले यी शवको अन्त्येष्टी विदेशमा होस भन्ने चाहन्छ । किनकी त्यसले शव नेपालसम्म ल्याउन लाग्ने खर्च बच्नेछ । सोहीकारण अहिले सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारसँग विदेशमै शव अन्त्येष्टि… Continue reading आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार व्हाईट हाऊसमा आयोजित कोरोना भाईरस प्रेस ब्रिफिङबाट पत्रकारसँग जंगिएर निस्किए । कोरोना भाईरस सम्बन्धि प्रेस ब्रिफिङको अन्तिम समयमा राष्ट्रपति ट्रम्पले वाईजा जियाङ नामकी एक पत्रकारको प्रश्न लिएका थिए । ती महिला पत्रकारले ट्रम्पलाई सोधेकी थिईन्; “किन तिमी भाईरस परिक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशहरु भन्दा अमेरिकाले एकदमै… Continue reading राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)

लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो भेगमा सरकारको उपस्थिति नहुँदा भारतले नेपाली भूमिमा हालिमुहाली गर्न पाएको छ । अब कालापानी नजिकैको… Continue reading लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

काठमाडौं । नेपाल र भारतबीच लिपुकेल विवाद लामोसमय देखि जारी छ । यसको कूटनीतिक समाधानबारे नेपाल सरकारले सिघ्र वार्ताको तयारी गरेपनि भारतले विविध बाहना बनाउँदै टार्दै आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । भारत सरकारले लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरी सडक बनाएपछि फेरी एकपटक यो विषय टुंग्याउन भारतसँग आग्रह गरेको छ । साथै सडक संचालनमा… Continue reading सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

काठमाडौं । सरकारले नेपाली भूमि भारतीय पक्षबाट मिचिएको सम्बन्धमा भारत सरकारका प्रतिनिधिसँग जानकारी लिएको छ । परराष्‍ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका हुन् । उनले त्यस सम्बन्धमा राजदूतलाई स्पष्ट जानकारी गराएको मन्त्रालयले जनाएको छ । नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना… Continue reading सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स

न्युयोर्क       विश्व – जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडा अनुसार विश्वभरी ४० लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन्  भने २ लाख ७९ हजारको मृत्‍यु भै सकेको छ ।   अमेरिका – अमेरिकामा १३ लाख भन्दा धेरै मानिस संक्रमित र ७८ हजार मानिसको मृत्‍यु भएको छ । अमेरिकामा सि डि सि डाइरेक्टर… Continue reading विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स