काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले जानकारी गराएको छ ।
तुइनबाट महाकाली पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा स्थानीय ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयबासिन्दाले दावि गरेका छन् । स्थानीय प्रशासनबाट भने व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएको जानकारी पाएको बताएको छ । भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक पुष्टी हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता युवाको खोजी भने आज पनि जारी रहने छ ।
काठमाडौं । नेकपा विवाद टुंग्याउने प्रयोजनका लागि निर्णायक भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । बैठकमा केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ । एमालेले साउन २५ मा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
एमाले अध्यक्ष ओलीले आजको बैठक निर्णायक हुने यसअघि नै बताएका थिए । बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकतामा गरिएको प्रगतिबारे बैठकमा व्रिफिङ गर्ने छन् । अध्यक्ष केपी शर्मा ओलीले एकताको प्रयासका लागि दिएको सहमतिको समयसीमा सकिएको छ ।
बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकलाई प्रगतिबारे जानकारी गराउने छन् । साथै बैठकले अब के गर्ने भन्ने तय गर्ने बताइएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल १० बुँदे सहमतिमा असन्तुष्ट छन् । तर, ओली पक्ष भने यसमा लचिलो हुने संकेत गरेका छैन ।
काठमाडौं । हेलमेट नलाई बाइक चलाइरहेका पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनको व्यापक आलोचना शुरु भएको छ । शुक्रबार राती महाराजगञ्जस्थित नारायणगोपाल चोकमा उनी चेकजाँचमा परेका थिए । ट्राफिक प्रहरीले रोकेपछि आक्रोसिनत बनेका उनले दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनले हेलमेट समेत नलगाएका कारण प्रहरीले समातेको थियो । प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा उनी भिडिरहेको भिडियोमा देखिन्छ ।
घम्साघम्सी र वादविवादमै उत्रिएर उनले प्रहरीको हुर्मत लिन खोजेका छन् । प्रहरीले उनलाई गाडीमा राखेर चौकीमा लैजान खोजेको थियो । उनले भने ‘जान्न, यहीं बस्छु’ भनिरहेका थिए । पारसको समर्थनमा केही युवाले नारा समेत लगाएका थिए । प्रहरीले सम्झाएर पठाएको भनेपनि उनलाई पक्राउ भने गरेन । पोखरामा हेलमेट नलगाई निस्फिक्रि डुल्ने गरेका उनलाई काठमाडौंमा भने प्रहरीले समातेको हो ।
कैलाली । शुक्रबार एकै परिवारका पाँच जना सवार रहेको जीप कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको थियो । सो क्रममा तीन जना छोराछोरी घाइते अवस्थामा उद्धार गरिएको छ भने दम्पत्ति नदीमा वेपत्ता भएका छन् । उनीहरुको खोजि कार्य जारी रहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरु सवार जीप भने भेटिएको छ । शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जीप ‘टुुक्रा–टुुक्रा भएको अवस्थामा फेला परेको छ । जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको खोजि जारी छ । दुर्घटना जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते भएक हुन् । उनीहरुको नेपालगञ्जमा उपचार जारी छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जानकाी गराएको छ ।
दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को लापरवाहीका कारण दार्चुलामा एक नेपाली युवाको ज्यान गएको छ । तुइनबाट महाकाली नदी तरिरहेका ३० वर्षिय युजा जयसिंह धामी नदी पार नहुँदै तुइनको फलामे डोरी भारतीय सीमा सुरक्षा बलले निकालिदिंएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । महाकालीमा खसेर उनी पौडिन नसकेपछि खोलाले बगाएको छ । घटना शुक्रबार बिहान भएको हो ।
दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनीमाथि सुरक्षाबलले जानाजान लापरवाही गरेको छ । धामीसँगै गएका तीन जना तुइन तरेर पार भएका थिए । ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्ढाथोकीले नेपाली संचारमाध्यमलाई जनाए अनुसार धामी नदी छेउमा नपुर्ग्दै एसएसबीले फलामे डोरी निकालेको हो ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गर्दै यस्तो आग्रह गरिएको हो । धामी नेपाली सेनाको जागिर छाडेर विदेश जाने योजनामा थिए । सोही अनुसार भिसा आएपछि उनी काठमाडौं जान दार्चुलाको सदरमुकाम जान नदी पार गर्दैथिए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ र ४८७८ एन्टिजेन परीक्षणमा ११४४ जना गरी ३६११ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।
पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।
काठमाडौं। नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न पाउनुपर्ने माग गरेका हुन्।
एससीसीबारे सबैले थाहा पाउनु पर्ने उनको भनाइ थियो। यो राष्ट्रका हितमा नभएको उनको जिकिर थियो।
रावलले भने, ‘एमसीसीका विषयमा जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्छ। अनुदान हो भने निस्वार्थ अनुदान हुनुपर्छ। सामरिक विषयसँग साटिनु हुँदैन।’ राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए।
काठमाडौं । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो।
शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए।सर्वोच्च अदालत नियमावली-२०७४ मा मुद्दाको पक्ष वा कानुन व्यवसायीले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कारण देखाई मुद्दा पेसीको दिनभन्दा अघिल्लो दिन निवेदन दिएमा प्रधान न्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूची प्रकाशन गर्दा नै स्थगित गर्न सक्नेछ। भनी उल्लेख छ।
उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिनेछ। यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो।
एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए।
उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए। सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए।
माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए। त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए।
काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गको पहिलो प्याकेज अन्तर्गत पर्ने सुरुङमार्ग र पक्की पुलको डिजाइन बनाउन चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ । द्रुतमार्ग अन्तर्गत महादेवडाँडामा तीन किलोमिटरभन्दा लामो सुरुङमार्ग बन्ने छ । साथै पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेका हुन् । उनीहरु नेपाली सेनाको समन्वयमा नेपाल आएका हुन् ।
सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको छ । प्राविधिक टोलीको मुख्य काम सुरुङमार्ग र पुलको डिजाइन तयार गर्नु रहने छ । टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिस्टसहितका प्राविधिकहरू रहेका छन् । निर्माण सम्झौता भएको छ महिनाभित्र प्राविधिकले डिजाइन तयार गर्ने छन् । त्यसपछि उनीहरु चीन फर्कने छन् । निर्माणका लागि भने अर्को प्राविधिक टोली नेपाल आउने छ ।
द्रुतमार्गको दुइटै प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुल (हाइब्रिज) निर्माण गर्न नेपाली सेना र चिनियाँ कम्पनीसँग वैशाख २९ गते सम्झौतामा हस्ताक्षर भएको हो । एक महिनाअघि द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको मकवानपुरको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र पुल (हाइब्रिज) डिजाइन गर्न सो खण्डको निर्माण ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोलीले कार्यस्थलमा पुगी काम सुरु गरिसकेका छन् । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपैयाँ हो ।
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुङ्ग्याउन शीर्ष नेतालाई जिम्मेवारी तोकेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै यस्तो निर्णय लिएको हो । क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई अब पार्टीका शीर्ष नेताले टुंगो लगाउने छन् । यस्तो काम पाँच दिनभित्र गरिसक्ने गरि मिति समेत तोकिएको छ ।
विवादित विषयलाई पाँच दिनभित्र शीर्ष नेताले टुङ्ग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी गराए । क्रियासिल सदस्यताको विषय सकिएपछि भने निर्वाचन समितिका काम अघि बढ्ने भएका छन् । कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २, बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्य बारे विवाद छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २३३५ र ४७८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ४४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।
पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
काठमाडौं । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो।
नेकपा ९एमाले० प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए।
आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले क्रियासिल सदस्यताको विषय टुंग्याउँदै छ । करीव साढे ४ लाख नयाँ सदस्य थप गरि सभापतिलाई प्रस्ताव गरिएको सदस्यताको विषयबारे छलफल गर्न आज सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसको भनाई छ ।
बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा चौधौं महाधिवेशनको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ । नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो ।
सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । काँग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । तर, निर्धारित समेतमा महाधिवेशन हुने नहुने भन्ने निश्चित भने छैन । सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडानमा छ ।
काठमाडौं । चीनका प्रधानमन्त्री ली खछयाङले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन् । उनले चीन प्रधानमन्त्री देउवासँग मिलेर काम गर्न आतुर रहेको समेत बताएका छन्। प्रधानमन्त्री देउवालाई सरकारको नेतृत्व गरेकोमा बधाई सन्देश दिँदै चिनियाँ प्रधानमन्त्री लीले दुवै देशबीच रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने बताएको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन् ।
नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री लीले पठाएको सन्देशलाई ट्वीटमार्फत सार्वजनिक गरेकी हुन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले समेत यसबारे जानकारी गराएको छ । चिनियाँ प्रधानमन्त्री लीले चीन र नेपाल हिमालय र नदीले जोडिएको तथा एउटा ढुंगामा रहेर एक अर्कालाई सहयोग गर्ने रहेको उल्लेख गरेको समाचारमा उल्लेख छ ।
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा बुधबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर चार जनाको पाल्पामा उपचार जारी छ । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा, वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडाकी ६२ वर्षीया सुनिता विक छन् । उनीहरुमध्ये थापा र कार्की स्थानीय व्यवसायी हुन् । उनीहरुसहितका व्यापारी शान्तिपुरबाट सरकारलाई कर तिर्न जिल्ला सदरमुकाम तमघास हिँडेका थिए । दुर्घटनाको कारण खुलेको छैन । सडकबाट करीव ४ सय मिटर तल झरेको जिप दुर्घटनामा तीन जनाको भने घटनास्थलमै ज्यान गएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८४० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३८४० जनामा संक्रमण पुष्टी भएको हो ।
काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८८ हजार ३०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ । २९ हजार ४४४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ ।
काठमाडौं । नेपालले १२ वर्ष भन्दा माथिका किशोर किशोरीमा कोरोना विरुद्धको खोप दिने प्रयोजनका लागि भाइजर खोप किन्ने तयारी गरेको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले नन डिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरिसकेको बीबीसीले लेखेको छ । उसले स्वास्थ्य मन्त्रालयका सचिव लक्षण अर्याललाई यो विषयको पुष्टी गरेको छ ।
सरकारले कोभिड १९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि एक तहको समझदारी भइसकेको र उक्त खोप खरिद गर्न स्रोतको समेत जोहो भइसकेको सचिव अर्यालले बताएका छन् । अमेरिकासहित केही मुलुकमा फाइजर बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा समेत लगाइएको छ । यो खोप नेपालमा समेत १२ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीमा दिइने भएको छ ।
नेपालमा बालबालिकाको सङ्ख्याका आधारमा ६० लाख फाइजर खोप प्राप्तिका लागि पहल अघि बढाइएको समेत बीबीसीले लेखेको छ । नेपालले कोभ्याक्स सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप नेपालमा ल्याउने तयारी गरेको समेत बताइएको छ । अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ।
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका दुई प्रदेश प्रमुखले पुनः नियुक्ति पाएका छन् । यससँगै ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरुको भने जागिर गएको छ । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त गरेकी छिन् ।
मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । शेरचन नेकपा माओवादी केन्द्रका नेता हुन् । उनी यसअघि गण्डकी प्रदेश प्रमुख थिए । तर, ओलीले उनलाई गत २० वैशाखमा हटाएका थिए ।
उनको स्थानमा सीता पौडेललाई नियुक्त गरिएको थियो । लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनी कांग्रेसका नेता हुन् । राजनीतिक प्रतिसोधमा यसअघि हटाइएको दुई नेतालाई पुननियुक्ति दिएर देउवा सरकारले ओलीसँग बदला लिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थप भएका छन् । आसन्न १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ । जसमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थप भएका हुन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
जसमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३ औं महाधिवेशनमा कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए । कांग्रेसले क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको छ । क्रियासिल सदस्यमा ६ लाख ५३ हजार ४३८ पुरुष छन् । १ लाख ९९ हजार ९७ जना महिला छन् । अन्य वर्गमा १७६ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या तीन लाख नजिक छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ । २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य देखिएको छ । यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् । अधिकांश नेतृत्व रहेको उमेर समूह ६१–७५ उमेर समूहमा भने मात्र ८३ हजार १० क्रियासिल रदस्य रहेको देखिएको छ । कांग्रेसमा सबैभन्दा बढी खस–आर्य समुदाय सदस्य रहेको पाइएको छ ।
यो समूहबाट तीन लाख ६७ हजार ६११ क्रियाशील सदस्य रहेका छन् । आदिवासी जनजातिबाट २ लाख ८ हजार १५९ जना रहेको देखिएको छ । अल्पसंख्यकबाट ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५ र पिछडिएको क्षेत्रका १४ हजार ९१४ जना क्रियाशील सदस्य बनेका छन् । अपांगता भएका क्रियाशील सदस्य २०१ जना छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८९९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५५ जनाको पीसीआर २७२६जनामा र ४८६३ जनाको एन्टिजेन परीक्षणमा ११७३ जना गरी ३८९९ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७७८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ । २८ हजार ८३६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।
सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने जमात बढ्दा स्थानीयमा आक्रोस बढेको हो ।
यसले कपन क्षेत्रमा हरेक दिन लुटपाट, चोरी , सडक दुर्घटना र ग्यांग फाइटका घटना समेत बढ्दै गएका छन् । स्थानीयहरुका अनुसार स्थानीय संरचनामा क्षति गर्ने, टेलिफोनको तार चोर्ने सम्मका गतिविधि बढेका छन् । जगडोलस्थित स्थानिय झण्डा पार्कमा बसेर रातको एक दुई बजे सम्म होहल्ला गर्दा स्थानीयलाई सास्ती बढेको जगडोलका स्थानीय बासिन्दा राम प्रसाद पौडेलले बताए ।
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत साबिक कपनका प्रसिद्ध गुम्बा मन्दिर पार्क वरिपरीका स्थानमा अहिले आन्तरिक पर्यटकको घुँइचो बढेको छ । तर, पर्यटकको भेसमा अवान्छित गतिविधि गर्नेहरु बढेपछि भने स्थानीयमा चिन्ता बढेको हो । बिहान र साँझ वाकिङ गर्ने र सामान्य घुमघाम गर्ने देखि काठमाडौं उपत्यका, चागु , बौद्ध , स्वयम्भू , शिवापुरी , बुढानिलकण्ठ लगायतको मनमोहक दृस्य हेर्न समेत यो स्थान धेरैको रोजाइमा परेको छ ।
एक्लै हिड्न डराउँछन् स्थानीय लागु औषध र मदिरा सेवन गरि भिड जमाएर बस्नेहरुका कारण यो क्षेत्रमा स्थानीयलाई एक्लै हिँड्न समेत डर लाग्ने भएको छ । साझ, बिहान स्थानीयले एक्लै हिड्न पनि मुस्किल भएको पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकल स्ट्न्ट गरेर डाँडोमा उडाउउने देखि झण्डा पार्कको डिलमा बसेर गाँजा तान्नेहरुको जमात बढेको छ । बढ्दो आन्तरिक पर्यटनलाई रचनात्मक ढङ्गबाट सेवा पुर्याउन तथा पर्यटनबाट लाभ लिन यस क्षेत्रमा केही राम्रा रिसोर्ट र रेस्टुरेन्टहरु खुलेको भए पनि स्थानियहरुले भने यस्ता भिडबाट प्रत्यक्षरुपमा कुनै फाईदा लिन नसकेको गुनासो गर्छन् ।
स्वादिस्ट खानपान र बास सहितका यी रिसोर्टहरु अलि टाढाका पर्यटकहरुको गन्तब्य बन्न पुगेको छ । स्थानियले भने रिसोर्ट र रेस्टुरेण्टबाट समेत रोजगारी तथा अन्य कुनै फाईदा लिन सकेका छैनन् । केही सिमित व्यवसायीलाई यो क्षेत्रको आन्तरिक पर्यटनले प्रत्यक्ष फाइदा पुर्याए पनि पर्यटकको भिड भित्र लागु औषध दुर्ब्यसननी बढेपछि स्थानियमा त्रास बढेको झण्डा पार्क छेउमा नै घर भएका एक स्थानिय बताउछन् । उनी भन्छन्, अब त गाँऊका मान्छे त्यो पार्कको बाटो हिंड्न नसकिने भइयो । उनका अनुसार युवा युवती आपत्तिजनक अवस्थामा भेटिनु सामान्यजस्तै भएको छ । रातको दुई बजे सम्म गाँजा तान्नेहरुको झुण्ड पार्कमा बसेको हुन्छ ।
प्रभावहिन गस्ती झण्डापार्कमा पहल बढेपछि गाउँलेहरुले यहाँ पालो पालो गस्ती गर्थे । तर यसले गाउँले कै जिउज्यान असुरक्षित हुन पुगेपछि प्रहरी गुहारिएको थियो । थोरै दरबन्दी भएको प्रहरीको टुकुडी पनि शहिद पार्कको गेटमा यस्ता व्यक्तिबाट आक्रमणमा परिसकेको छ । त्यसपछी प्रहरीले समेत यहाँ गस्ती रोकेको छ । जगडोल झण्डा पार्क असुरक्षित भए पछी स्थानिय क्लब जगडोल युवा क्लब तथा गाँऊलेहरुले संयुक्त रुपमा वडा अध्यक्ष राजु अधिकारीसँग सि सि क्यामरा बत्ती र फोहोर फाल्ने डस्ट बिन माग गरेका थिए ।
तर, वडाबाट यसमा कुनै काम नभएको क्लबका अध्यक्ष संजय पौडेलले बताए । घुम्ने बहानामा आउने यस्ता भिडबाट गाउँ असुरक्षित बन्दै गएपनि प्रशासनले कुनै पहल लिन नसकेको उनको भनाई छ । पार्कमा आउनेहरुसँग पार्किङ शूल्क लिएर व्यवस्थित गर्न सके मात्र पनि स्थानीयले निजी सुरक्षा गार्ड राख्न सक्ने उनी बताउँछन् । यसले रोजगारी पनि सिर्जना हुने उनको भनाई छ । वडाले सहमति दिए मोटरसाईकल र कार पार्किङको शूल्क उठाइने उनले बताए ।
केही समय अगाडी दिलिप थापा मगर लगायत युवा कपन गुम्बा छेउको खाली जग्गामा हुने यस्ता समस्या लिएर वडा कार्यालय तथा कपन चौकीमा समेत पुगेका थिए । हाल उनीहरुको सकृयतामा , सिभिल प्रहरी , गस्ती प्रहरी समेतले निगरानी राखी अनैतिक गतिविधिमा लाग्नेलाई सम्झाउने बुझाउने र अटेर गरेलाई कारबाही समेत हुन थाले पछि केही न्यूनीकरण भएको बताइएको छ । चेतना मुलक पोस्टर , पम्प्लेटको ब्यबस्था गर्ने , युवाहरुलाई गाइड गर्ने, अभिभावकलाई सजक तुल्याउने जस्ता कार्यक्रम स्थानीय सरकारले ल्याउनु पर्नेमा स्थानीयको माग छ ।
भविश्यका कर्णधारको दयालाग्दो दृष्य घुम्न आउनेहरु विभिन्न उमेरका हुन्छन् । तर, यहाँ युवापुस्ताको अवस्था भने दयालाग्दो देखिने गरेको स्थानीयहरु बताउँछन् । लागू पदार्थ सेवन गरि झालझुलमा झुलिरहेका, मादक पदार्थ सेवन गर्दै वोतल फुटाउने , अपशब्द बोल्ने, महिलाहरुलाई जिस्काएर अभद्र व्यबहार गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, झैझगडा र हुलदङ्गा गर्नेहरु अधिकांश युवा उमेरका मानिस छन् । स्थानीय ज्योती के सीले सिर्जनात्मक गतिविधि गर्दै आफ्नो करियर र सामाजिक विकासमा लाग्नु पर्ने युवा यसरी दुर्ब्यसनीमा फस्नु भनेको समाज नै खराब बन्दै जानु भएको बताउँछन् । देखेर नदेखै झै गरि हिड्नु , मेरा बाल बच्चा होइनन अरु कै त हुन भनी बेवास्ता गर्नाले भोलि स्थानीयका युवा युवतीमा समेत यस्तो दुर्ब्यसनीको लत बस्ला भन्ने पिर स्थानीयमा छ ।
वडाको प्रतिक्रिया के छ ? बुढानिलकण्ठ ११ का वडा अध्यक्ष राजु अधिकारीका अनुसार सो क्षेत्रमा उछृङ्खल गतिविधि बढ्दै गएको गुनासो स्थानीयबाट धेरै नै आएको छ । यस्ता गतिविधि रोक्न स्थानीय तथा सुरक्षा निकायसङ्ग औपचारिक छलफल गरि छिट्टै योजना बनाएर काम गर्ने प्रतिवद्धता उनले जनाए । पर्यटन र पर्यावरण विकासको साथै यसको चुनौतीको सामना गर्न वडाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने स्थानीयको मागमा आफु सहमत रहेको उनको भनाई छ ।
काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि प्रहार गर्न थालेपछि शुरु भएको जनता समाजवादी पार्टीको किचलो अन्ततः टाउका गनेर छिनोफानो गरेसँगै टुंगिएको छ । अब डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आधिकारिक रुपमा पार्टीको संस्थापन पक्ष बनेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवादलाई केन्द्रीय कार्यकारिणी समितिको सनाखतका आधारमा आधिकारिकता प्रदान गरेको हो ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोगले जानकारी दियो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा बोलाएर सनाखत लिएको हो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरे । महन्थ ठाकुर पक्षमा १६ जनाको मात्र हस्ताक्षर भयो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका रेशम चौधरी भने तटस्थ बसे । यादव पक्षले आधिकारिकता पाएसँगै अब ठाकुर पक्षले नयाँ नाम र चुनाव चिन्ह लिएर नयाँ दल खोल्न सक्नेछन् ।
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । एक जहाजमा यात्रु बेहोस भएका कारण मेडिकल प्रयोजनमा जहाजको आकस्मिक अवतरण भएको हो । अर्को एक जहाजमा भने प्राविधिक गडबडी देखिएको छ । त्रिभुवन विमानस्थल कन्ट्राल टावरका अनुसार काठमाडौंबाट ६९ यात्रु लिएर धनगढीका लागि उडेको जहाज साँझ ६ बजे काठमाडौंमा आकस्मिक अवतरण गरेको हो ।
अर्को जहाज भने ७० यात्रु सहित नेपालगन्जका लागि उडेको थियो । सो जहाजमा एक यात्रु बेहोस भएपछि काठमाडौं नै फर्काइएको छ । यो जहाज भने भैरहवा नजिकै पुगेपछि काठमाडौं फर्काइएको हो प्राविधिक गडबडी आएको जहाजका यात्रुलाई अर्को जहाजबाट धनगढी पठाइएको छ । नेपालगन्ज उठेको जहाज भने बिरामीलाई काठमाडौं झारेर पुनः गन्तब्यमा उडेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २४० जनाको पीसीआर २३९१ जनामा र ५०३२ जनाको एन्टिजेन परीक्षणमा १०३० जना गरी ३४२१ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६८६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेको छ । २७ हजार ९०८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।
काठमाडौं । सरकारले बिदेश जानेहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन अस्पताल तोकिदिएको छ । सरकारले अध्ययन तथा कामदार भिसामा बिदेश जानेहरुका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि खोप लगाउन उक्त दुई अस्पताल तोकिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप लगाउन जाँदाखेरि भिसा र पासपोर्ट अनिवार्य लिएर जानुपर्नेछ । कामदार तथा अध्ययनका लागि बिदेश जाँदा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरे ।
छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् ।
आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एक मात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।
आयोगले आज आधिकारिकताका लागि जनता समाजवादी पार्टीका दुवै पक्षका नेतालाई बोलाएको थियो।
आधिकारिकताका लागि भएको सनाखतमा उपेन्द्र यादव पक्षमा २४ जनाले हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुर९राजेन्द्र महतो पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। राजेन्द्र महतोले ५१ जना नेता तलमाथि हुनु प्रविधिक रुपमा फुट भएको तर्क गरे।
निर्वाचन आयोगले कहिल्यै दल नबनाउने तर सधैं फुटाउने गरेको अभिव्यक्ति दिए ।
दल विभाजनका लागि आफूहरु निर्वाचन आयोगमा उपस्थित नभएको तर्क गर्दै उनले जनता आफ्नो पक्षमा रहेको जिकिर गरे।
काठमाडौं । जसपाको पार्टीमा देखिएको विवादका सम्बन्धमा आज जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत निर्वाचन आयोगमा हुँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई आयोगले बोलाएको छ । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा छ । सोहीकारण आधिकारिकता डा. बाबुराम भट्टराई । उपेन्द्र यादव पक्षले पाउने छ ।
यो समूहले केपी शर्मा ओलीको कदमविरुद्ध उभिएको थियो । महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने अल्पमतमा पर्ने छ । यो समूह भने यसअघि केपी ओलीलाई समर्थन गर्दै सरकारमा समेत गएको थियो । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसपा आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । यो निर्णयविरुद्ध अन्तिरिम आदेश माग्दै महन्थ ठाकुर पक्ष सर्वोच्च समेत पुगेको थियो । तर, अदालतले अन्तिरम आदेश दिन मानेन ।
काठमाडौं । १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको आज तीन वर्ष पुरा भएको छ । तर, दोषि पहिचान गरि कारवाही गर्न नसक्दा आफन्तले न्याय पाउने आशा भने मारिसकेका छन् । कन्चनपुरको यो घटनालाई तत्कालिन प्रतिपक्षीका रुपमा शेरबहादुर देउवाले निरन्तर खबरदारी गरेका थिए । अब भने उनी स्वयमः प्रधानमन्त्रीको कुर्सीमा छन् , दोषि पत्ता लगाएर कारवाही गर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर उनले यस्तो निर्देशन दिएका छन् । उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी समेत लिएका छन् । कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो ।