Category: समाचार

  • नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १३ हजार २१७ पीसीआर परीक्षणका क्रममा ३१९४ र ५९०६ एन्टीजेन परीक्षणका क्रममा १७१० जना गरी ४९०४ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २० हजार ६८० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २११५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७१ हजार १९८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३५जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

  • सडकमा हिडिँरहेका प्रहरी इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु

    सडकमा हिडिँरहेका प्रहरी इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु

    बुटवल । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको ज्यान गएको छ । सडकमा हिँडिरहेको समयमा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । तनहुँको म्याग्दे गाउँपालिका ४ का ४३ वर्षीय कपिल वाग्लेको गत राती रुपन्देहीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज हुन् । उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गतराती आठ बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

    न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

    म्यानचेस्टर

    न्यू ह्यामसायरमा आयोजित भेटरान्स कप फुटबल (सकर) प्रतियोगिताको उपाधि म्यानचेस्टर दाजुभाइ टिमले जितेको छ । गुरुङ तमु समाज न्यू ह्यामसरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राज्यका बिभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार टिमले भाग लिएका थिए । 

    प्रगियोगितामा सहभागिताका लागि न्यूनतम उमेर ३५ बर्ष तोकिएको थियो । प्रौढावस्था तर्फ प्रवेश गर्दै गरेको उमेर समुहमा खेलप्रतिको भावना जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको समाजका सदस्य एवं प्रतियोगिताका ‘को-अर्डिनेटर’ नरेन्द्र गुरुङले बताए । ‘बिषेश गरि हामी नेपालीहरुमा उमेर उकालो लाग्दै गएपछि खेलकुद आफ्नो लागि होइन भन्ने मान्यता रहेको छ, उनले विश्व न्यूजसँग भने- खेलकुद र स्वास्थ्य उमेरमा होइन आफ्नो मेहनत र लगावमा भर पर्छ भन्ने सन्देश स्थापित गर्न प्रतियोगिता आयोजना गरेका हौँ ।’

    स्थानीय इष्ट म्यानचेस्टर सकर मैदानमा आयोजित प्रतियोगितामा काठमाडौँ बजार कंकर्डलाई ४-१ गोल अन्तरले हराउँदै म्यानचेस्टर दाजुभाइ टिमले उपाधि हात पारेको हो । फाइनलमा बिजेता एवं उप बिजेता टोलीलाई समाजका अध्यक्ष हितमान गुरुङ र संस्थापक अध्यक्ष तोप गुरुङले नगद पुरस्कार सहित खादा लगाएर सम्मान गरेका थिए । प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरु बिजेता टोलीका गोविन्द गुरुङ र तेन्जिङ उर्गेनलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगितामा सम्पन्न गर्न कुशलता पुर्वक रेफ्रीको जिम्मेवारी निभाउने हेम गुरुङ, दिनेश गुरुङ र सुमन गुरुङलाई पनि सम्मान गरिएको थियो । 

    पुरस्कार वितरणपछि सम्बोधन गर्दै समाजका अध्यक्ष गुरुङले पहिलो चोटी राज्यमा आयोजित भेटरान्स कपमा नेपालीहरुले देखाएको सहभागिताले आफुहरुलाई उत्साहित बनाएको बताए ।  ‘भेटरान्स कपको अवधारणाले प्रौढ उमेरमा प्रवेश गरेका हामीजस्तामा पनि खेलकुदप्रति युवा जोश पलाएको छ, उनले भने – छोटो समयको तयारीमा समेत खेलाडीहरुको उत्साहजनक सहभागिताले हामीलाई यस्ता प्रतियोगितालाई निरन्तरता दिन प्रेरित गरेको छ ।’

  • कर्मचारीको बढेको तलवमान लागु

    कर्मचारीको बढेको तलवमान लागु

    काठमाडौं । निजामति कर्मचारी तथा सबै सरकारी कर्मचारीको बढेको तलवमान कार्यान्वयनमा आएको छ । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको समेत उनले जानकारी दिए ।

    परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय समेत सरकारले गरेको छ । नेपाल कृषि तथा बन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अनुसार साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने निर्णय समेत सरकारले गरेको छ ।

  • थप ३६५१ जनामा कोरोना पुष्टी‚ २२ जना संक्रमितको मृत्यु

    थप ३६५१ जनामा कोरोना पुष्टी‚ २२ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ४४५ पीसीआर परीक्षणका क्रममा २६०९ र ६१४९ एन्टीजेन परीक्षणका क्रममा १०४२ जना गरी ३६५१ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १७ हजार ४८२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७८४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

  • नयाँ विवरण अध्यावधिक: जसपा अध्यक्षबाट ठाकुर आउट, १६ केन्द्रीय सदस्यको पद खोसियो

    नयाँ विवरण अध्यावधिक: जसपा अध्यक्षबाट ठाकुर आउट, १६ केन्द्रीय सदस्यको पद खोसियो

    काठमाडौं। जनता समाजवादी पार्टी जसपाको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको हो।

    अध्यावधिसँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ। अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए।

    आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात निर्वाचन आयोगमा पेश गरेका थिए।

    आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन्। यद्यपि पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने देखिएको छ।

    अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए। पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन्।

  • एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने

    एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने

    काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

    तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

    कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताउनुभयो । उहाँका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

    स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

    हाल एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ ।

  • भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश पनि जारी गरेको हो ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

    आयोगलाई स्वामित्व ग्रहण नगरी राजनीतिक प्रेरणाबाट प्रभावित रही खारेज गरेको भन्दै अध्यक्ष देवी ज्ञवाली साउन २४ मा रिट लिएर सर्वोच्च पुगेका थिए । भूमिआयोग खारेजविरुद्ध अरु तीन वटा रिट पनि सर्वोच्चमा दर्ता भएका थिए ।

    सर्वोच्चले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न रिट निवेदक देवी ज्ञवाली र सरकार पक्षलाई पनि भदौ १ गतेका लागि झिकाएको छ।

  • त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

    त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने सबै प्रकारका परीक्षा नरोकिने भएको छ । परीक्षाबारे अन्यौल उत्पन्न भइरहेको समयमा विश्वविद्यालयले यस्तो जानकारी गराएको हो । भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने त्रिविले जनाएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने छ ।

    विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएका छन् । विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो परीक्षा २८ साउनमा सकिने छ । यो परीक्षा पठनपाठन शुरु भएको २० महिनापछि लिइएको छ ।

    उता, स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि जारी छन् । भदौ ५ गतेपछिको परीक्षाबारे भने कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने भएको छ । विश्वविद्यालयले भदौ ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखेको छ ।

    त्यसैगरी भदौ २७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षा गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ । भदौ २५ गतेबाट स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी विश्वविद्यालयको भए पनि परीक्षा कार्यतालिका सार्वजनिक गरिएको छैन । राष्ट्रिय परीक्षा बोर्डले भने ३१ साउनमा निर्धारित पूर्वघोषित कक्षा १२ को परीक्षा स्थगित गरेसँगै त्रिविमा अन्यौल बढेको थियो ।

  • कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

    कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

    काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए लामो समय दोस्रो मात्रा कुरेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज खोप प्रदान गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाले यसबारे जानकारी गराएको हो । जापानले नेपाललाई दिएको कुल १० लाखमध्ये ८ लाख डोज नेपाल आएको छ । भुटानबाट ३ लाख डोज खोप आएसँगै अब कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकाले दोस्रो डोज पाउने भएका हुन् ।

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने जानकारी गराएका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाले खोप पाउने छन् ।

  • वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा जगडोल सामुदायिक वनमा वृक्षारोपण

    वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा जगडोल सामुदायिक वनमा वृक्षारोपण

    अमृता के सी ( रोनी )

    काठमाडौं, श्रावण २५। वन तथा भु-संरक्षण विभाग बबरमहल डिभिजन वन कार्यालयद्वारा सामुदायिक वन दिवस तथा भु-संरक्षण दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण समारोह २०७८ सम्पन्न गरेको छ।

    “प्रकृतिको भरपोषण प्रभावकारी भु – संरक्षण “को नाराका साथ भु-संरक्षण दिवस साथै “सामुदायिक वनको सम्पति:समृद्धि,प्रकृति र संस्कृति” नाराका सामुदायिक वन दिवस दुई वटै कार्यक्रम समायोजन गरेर सौन्दर्यजात र फलफूलका वृक्षहरु रोपण गरेर मनाइएको थियो।

    वन तथा भु-संरक्षण मन्त्रालयका सचिव डा.पेम नारायण कडेलले वृक्षरोपण गरि समुद्घाटन गरेको कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पोखरेल, वन तथा भु-संरक्षण विभागका महानिर्देशक देवशमणी त्रीपाटी, डिभिजन वन कार्यालय प्रमुख बद्री कुमार कार्की, बौद्ध प्रहरी वृत्त प्रमुख ढुण्डीराज न्यौपाने, गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, फेकाेपन महासचिब बृख बहादुर शाहि ,सचिब ठाकुर भण्डारी, राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, सामुदायिक वन अध्ययन केन्द्रका प्रमुख विष्णु ज्ञवालि लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा आफ्नो भनाइ राख्दै राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष एवं सामुदायिक वन पर्यापर्यटन तथा वन उधम राष्ट्रिय संजालको अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती ( स्मारक ) सातै प्रदेशको पर्यापर्यटनको अभियानको एउटा स्तम्भ केन्द्र बिन्दुको रूपमा जाने बताए। साथै उनले जनप्रतिनिधि, जनता,राजनीति दल र सरकारको तर्फबाट शहिदहरुलाई माल्यर्पण गर्ने पुन्य भुमिमा वृक्षरोपण समारोह गरि दुई वटा कार्यक्रम संगै गर्न सफल भएको बताए।कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा भु-संरक्षण मन्त्रालयका सचिव डा. कडेलले माटो र पानी प्राकृतिका आधारभूत स्रोतहरु भएकोले यसको संरक्षण गर्ने विषयलाई प्रभावकारी बनाउने बाताए।साथै कडेलले वृक्षरोपण गरि भु -संरक्षण हुने र सामुदायिक वन सबैको साझा सम्पति भएकोले सबैले संरक्षणमा जोड दिनु पर्ने बताए।

  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

    काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

    सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा पहिलो प्रथामिकताका कोरोनाविरुद्धको खोप राखिएको छ । कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।

    सार्वजनिक गर्ने क्रममा संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने बताइएको छ ।

    भ्रष्टाचार न्यून गर्न भन्दै इ बिडिङ मोडलमा काम गर्ने रहेको छ । कृषि बीमाको व्यवस्था गरी जोखिम न्यूनिकरण गर्ने,आन्तरिक लगानीमा नै ठूला जलाशय युक्त आयोजना निर्माण गर्ने र निर्यातका लागि वैदेशिक लगानी लिने कार्यक्रम रहेको छ ।

    पर्यटन क्षेत्रको विकासको लागि तत्कालै राहतका कार्यक्रम ल्याउने बताइएको छ । उत्पादन मुलक उद्योग स्थापनामा जोड दिने, आन्तरिक उत्पादनको प्रयोगमा जोड दिने नीति रहेको छ । संविधान अन्सार भूमिहिनलाई भूमि उपलब्ध गराउने रहेको छ ।

    यस्तै नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कुटनीतिक तवरबाट हल गर्ने पनि कार्यक्रममा समावेश छ।

    यस्तै जसपाको मागअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम पनि समावेश छ। कार्यक्रममा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।

  • थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

    थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । त्यस्तै गत २४ घण्टायता कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् ।

    थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । अहिले ३५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ४७५ जना क्वारेन्टाइनमा छन् ।

    हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पीसीआर र ३ लाख ५७ हजार ५९५ वटा एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५५ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३पुगेको छ ।

  • कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनेका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

    कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनेका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

    काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खोप सोमबारबाट लगाइँदै छ । यो खोप सोमबार र मंगलबार लगाइनको लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

    यसअघि एस्ट्राजेनेकाले नै विकास गरेको तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दोस्रो मात्राको रूपमा उक्त एस्ट्राजेनेका खोप लगाइन लागिएको हो ।

    खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन अनुरोध गरिएको छ।

    जिल्लाभरका सबै नगरपालिका तथा महानगरपालिकाका सबै वडा कार्यालय र विशेषा तोकिएका स्वास्थ्य संस्थामा उक्त खोप लगाउन सकिनेछ । यो खोप विशेषगरी ५५ वर्षमाथिकालाइ र अन्य लक्षित समूहलाइ लगाइनेछ ।

    स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण दर्ता भएकाहरुलाई मात्र खोप प्रदान गर्न भनेको छ ।

    अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरू नै जिम्मेवार हुनुपर्नेछ ।

    खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्नेछ।

  • नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टी, १७२२ जना संक्रमण मुक्त

    नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टी, १७२२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२१८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २२३१ र ४७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७२२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६७ हजार २१० जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

  • कक्षा १२ को परीक्षा हाललाई स्थगित

    कक्षा १२ को परीक्षा हाललाई स्थगित

    काठमाडौं । कक्षा १२ को परीक्षा हाललाई स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

    ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा पछि सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगित भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित जानकारी दिए ।

    बोर्डले परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय गरेको छ । यसअघि कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

    साथै विद्यार्थी संगठन र अभिभावकहरुले पनि परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न तथा नसकेको अवस्थामा स्थगित गर्न माग गर्दै आएका थिए ।

  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो ।

    गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

    केहीबेरमै नतिजा बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ ।

    एसईईको नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।

    त्यसैगरी नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ ।

  • कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा, कसरी ताेकिन्छ खाेप केन्द्र ?

    कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा, कसरी ताेकिन्छ खाेप केन्द्र ?

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।

    उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

    सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

    कोभिशिल्ड दोस्रो डोज स्थानीय स्तरमा

    कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेकाले उत्पादन गरेको खोप शुक्रवार देखि नै विभिन्न जिल्लाहरूमा पठाउन सुरु गरिएको छ । शुक्रवार भुटान सरकारले नेपाललाई दिएको करिब ३ लाख डोज खोप काठमाडौँ आइपुगिसकेको छ ।

    यो खोप आज (शुक्रवार)देखि नै विभिन्न जिल्लामा पठाउन थालिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    यस्तै जापान सरकारले अनुदान स्वरूप दिने १६ लाख एस्ट्राजेनेका खोपमध्ये शनिवार पहिलो लट खोप काठमाडौँ आइपुग्दै छ । थप खोप पर्सी अर्थात् आइतबार काठमाडौँ आइपुग्ने छ ।

    भोलि आइपुग्ने खोप भोलि र पर्सी आइपुग्ने खोप पर्सी नै जिल्ला जिल्लामा पठाइने डा. गौतमले बताएका छन् । यसअघि एस्ट्राजेनेकाकै भारतमा उत्पादित खोपको पहिलो डोज लगाएकाहरूलाई यो खोप दोस्रो डोज लगाइने भएको छ ।

    भारतबाट ल्याइएको एस्ट्राजेनेकाको पहिलो डोज लगाएका झन्डै १४ लाख भन्दा बढी नागरिकले दोस्रो डोज लगाउन ढिला भइसकेको अवस्थामा जापानबाट आइरहेको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाउन थालिने उनले बताए ।

    कसरी ताेकिन्छ खाेप केन्द्र ?

    हाल देशभर भेरोसेल र जे एन्ड जेको खोप सञ्चालनमा आइरहेको छ । यस्तो अवस्थामा एस्ट्राजेनेका खोप कसरी लगाइउने भन्ने व्यवस्थापनको पाटो पनि चासोको विषय बनेको छ ।

    यस विषयमा डा. गौतमले भेरोसेलको खोप अभियान रोकेर एस्ट्राजेनेका लगाइने बताएका छन् । ‘कसरी र खोप केन्द्र कहाँ-कहाँ तोक्ने भन्ने निर्णय जिल्लाले नै गर्छ, दुवै खोप नबाझिने किसिमले लगाउन हामीले निर्देशन दिन्छौँ’, उनले भने ।

    डा. गौतमका अनुसार एस्ट्राजेनेकाको दोस्रो डोज लगाउनका लागि खोप केन्द्र जिल्लाले नै तोक्ने छ । यद्यपि, भेरोसेल खोप र एस्ट्राजेनेका एउटै दिन लगाउने गरी मिति भने तोकिने छैन ।

  • कोरोनाबाट विदेशी भूमिमा ४८६ जना नेपालीको मृत्यु,९१.८६ प्रतिशत संक्रमणमुक्त

    कोरोनाबाट विदेशी भूमिमा ४८६ जना नेपालीको मृत्यु,९१.८६ प्रतिशत संक्रमणमुक्त

    काठमाडौं । विभिन्न देशमा कोेरोेनाबाट हालसम्म ५ सय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोनाबाट गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । २९ देशमा रहेका नेपालीले विदेशमा मृत्यु भएको हो ।

    संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोरोनाबाट प्रभावित भएका छन् । संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ । यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन् ।

    विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन् । उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१।८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

  • बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

    बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

    काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

    औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।

    दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

    “आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तर, नियन्त्रणमा आइसकेको छैन । केही कम भने भएको प्रहरीले जनाएको छ ।

    बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।

    सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ ।

    नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।

  • नेपालमा थप ३७२९ जनामा कोरोना पुष्टी, १८८५ जना संक्रमण मुक्त

    नेपालमा थप ३७२९ जनामा कोरोना पुष्टी, १८८५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७२९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २४३० र ६१८२ एन्टिजेन परीक्षणमा १२९९जना गरी ३७२९ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा देशभर थप २५ जनाको मृत्यु भएसँगै उक्त संख्या १० हजार नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २५ जनाको मृत्यु भएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

  • नेपाल पक्षको शर्त:ओलीलाई आत्मालोचना गर्न एक साताको समय, अनि एकता

    नेपाल पक्षको शर्त:ओलीलाई आत्मालोचना गर्न एक साताको समय, अनि एकता

    काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले साउन २४ गतेसम्म एकताको काम सक्न वार्ता टोलीलाई निर्देशन दिएको छ ।

    शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमालेसँगको एकतालाई अन्तिम रुप दिन वार्ता टोलीलाई साउन २४ गतेसम्मको समय दिएको हो ।

    बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि आत्मालोचना माग गरिएको छ ।

    असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ ।

    नेपाल पक्षका सांसद मेटमणि चौधरीले केपी शर्मा ओलीलाई अध्यक्ष मानेर जान नसकिने भन्दै एमालेबाट उनको बर्हिगमन हुनुपर्ने भन्दै बताए ।

    उनले पहिले कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्ने आफूहरुको अडान रहेको बताए ।

    ‘पहिले ओलीको बहिर्गमन हुनुपर्छ । कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्यो । यदि हामीले ओलीलाई हटाउन नसकेमा नयाँ पार्टी बनाएर पनि जानुपर्छ । हामीले साउन २४ सम्मको अल्टिमेटम दिएका छौँ,’ बैठकमा नेताहरुले भने ।

    नेता चौधरीले एक हप्ताभित्र अध्यक्ष ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र यदी त्यसो नभए छुट्टै कमिटी बनाएर जाने निर्णय भएको बताए । उनले सरकारमा जान पनि आवश्यक तयारी गर्ने विषय बैठकमा उठेको बताए ।

    ‘पार्टी एकता बन्द भएको होइन । सरकारमा पनि जाने पार्टी एकता पनि बढाउने कुरा हो,’ नेता चौधरीले भने ।

    अर्का नेता सुरेन्द्र पाण्डेले तत्काल पार्टी विभाजनको तयारी नभएको भन्दै आफूहरु एकताको पक्षमा रहेको बताए ।

    ‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, उनले भने, ‘अहिले पार्टीमा दुईवटा रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’

  • भूटानले आफैँ ल्याइदियो नेपाललाई ३ लाख डोज कोभिडविरुद्धको खोप

    भूटानले आफैँ ल्याइदियो नेपाललाई ३ लाख डोज कोभिडविरुद्धको खोप

    काठमाडौं । भुटानले नेपाललाई अनुदानस्वरुप दिएको कोभिड खोप एस्ट्राजेनने शुक्रबार नेपाल ल्याइएको छ ।

    भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो ।

    भुटानले यसअघि आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर बाँकी रहेको खोप छिमेकी मुलुकलाई दिने घोषणा गरेको थियो ।

    कोभिडविरुद्धको ३ लाख डोज खोप भुटानले नेपाललाई उपलब्‍ध गराएको हो । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गरेको हो ।

    खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन ।

    अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

  • न्यू ह्यामसर नेपाली समाजमा विष्ट

    न्यू ह्यामसर नेपाली समाजमा विष्ट

    म्यान्चेस्टर
    न्यू ह्यामसर नेपाली समाजको अध्यक्षमा शान्ता विष्ट चयन भएकी छिन् । हालै सम्पन्न समाजको निर्वाचनबाट विष्ट आगामी दूई बर्ष (२०२१–२०२३) का लागि सर्वसम्मत चयन भएकी हुन् ।
    समाजको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव माधव गुरुङ, कोषाध्यक्ष भेष शर्मा, सचिव प्रभात भट्टराई एवं सह–कोषाध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा रिकाश गुरुङ, सुजन केसी, शेखर राई, प्रदिप कार्की, राधिका भण्डारी, मुना कोइराला, शिवानी श्रेष्ठ, रन गुरुङ एवं विद्यार्थी सदस्यमा नेहा शर्मा चयन भएका छन् ।
    राज्यको सबैभन्दा ठूलो सहर म्यान्चेष्टरमा आयोजित एक समारोहमा बिभिन्न क्षेत्रका अगुवाहरुले नव निर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना दिए । समाजका निवर्तमान अध्यक्ष सोम गुरुङले नयाँ कार्यसमितिले राज्यमा बसोबास गर्ने सबै नेपालीलाई समेट्दै भाइचारा बढाउनेमा आफुले विश्वास लिएको बताए । राज्यमा बसाइँ सरेर आउने नेपालीहरुको संख्या बढ्दै गएको परिप्रेक्षलाई ध्यानमा राखेर संस्थाले काम गर्नुपर्ने उनको सुझाव थियो । यस्तै संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रविन थापा, सामाजिक अभियन्ता इश्वरी भट्ट, निर्वाचन समिति संयोजक शम्भू गुरुङ एवं सदस्य छत्र गुरुङलगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

    कार्यक्रममा नव निर्वाचित अध्यक्ष विष्टले राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्थाको रुपमा समाजलाई अघि बढाउन अहिलेसम्मको नेतृत्वले पुर्याएको योगदानप्रति धन्यवाद दिइन् । समाजले सुरु गरेको नेपाली सामूदायीक भवन निर्माण अभियानलाई आफु नेतृत्वको कार्यसमितिले उच्च महत्व दिने प्रतिवद्धता उनले व्यक्त गरिन् । युवा पुस्तालाई समाजको गतिविधीमा समेट्दै उनीहरु माझ नेपाली संस्कृति चिनाउने र विस्तार गर्ने आफ्नो अर्को प्राथमिकता रहेको उनको भनाइ थियो ।

  • २३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै

    २३ साउनदेखि एक सातासम्म देशव्यापी मास्क अभियान चलाइँदै

    काठमाडौं । कोरोना भाइरस विरुद्ध जनस्तरबाटै समर्थन जुटाउन सरकारले मास्क अभियान चलाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २३ साउनबाट एक सातासम्म देशव्यापी मास्क अभियान चलाउने बताएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको जानकारी दिएको छ । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको जनाएको छ ।


    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको हो । जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेका कारण मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको हो । महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ ।

    म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउन सरकारले आह्वान समेत गरेको छ ।

  • नेपालमा ३९३८ जना कोरोना संक्रमित थपिए, ३७ जनाको निधन

    नेपालमा ३९३८ जना कोरोना संक्रमित थपिए, ३७ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९३८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८७० पीसीआर परीक्षण गर्दा ३००७ र ६५३८ एन्टिजेन परीक्षणमा ९३१जना गरी ३९३८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०१२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

  • आजदेखि विदेश जानेलाई विद्युतीय खोप प्रमाणपत्र, अनलाइनबाटै यसरी लिनुहोस्

    आजदेखि विदेश जानेलाई विद्युतीय खोप प्रमाणपत्र, अनलाइनबाटै यसरी लिनुहोस्

    काठमाडौं । सरकारले आज (बिहीबार) देखि अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराएको छ ।

    खोप प्रमाणीकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गर्दै साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिएको हो ।

    विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

    स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न https://vaccine.mohp.gov.np/public-request-form मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

    अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा गएर फारम भर्न सकिने छ ।

    फारम भर्न सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छायाँ कापी, खोप कार्डको छायाँ कापी, कबुलियतनामा कागजात आवश्यक पर्नेछ ।

    ३ दिनभित्र विदेश जानेहरुले भिसाको छायाँ कापी र टिकटको छायाँ कपि पेश गर्नुपर्नेछ ।

  • आज बस्ने एमाले माधव समुहको बैठकमा पार्टीको नाम जोडेको भन्दै ओली समूहको आपत्ति

    आज बस्ने एमाले माधव समुहको बैठकमा पार्टीको नाम जोडेको भन्दै ओली समूहको आपत्ति

    काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बुधबारका लागि बोलाइएको थियो । तर, केही सदस्य उपत्यका भन्दा बाहिर रहेपछि बैठक आजका लागि सारिएको हो । यो बैटक बिहान ११ बजे क्वालिटी ब्यांक्वेट बुद्धनगरमा बस्नेछ । संसद् पुनर्स्थापना भएपछि पहिलोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव सुन्ने र शीर्ष नेताहरुले राजनीतिक घटनाक्रमबारे बताउने भएका छन् । तर, यो बैठकप्रति अध्यक्ष केपी शर्मा ओली पक्षका नेता भने ससंकित छन् ।

    उनीहरुलेले पार्टी विभाजन गर्न यो बैठकले महत्वपुर्ण निर्णय लिन सक्ने समेत बताएका छन् । बैठकप्रति अध्यक्ष केपी शर्मा ओलीले समेत ध्यानाकर्षण भएको जनाएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बैठक राखिएकोमा आपत्ति जनाएका हुन् । पार्टी विधान, संविधान र प्रचलित ऐन विपरीत गतिविधि गरिएकोमा ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।