Category: समाचार

  • चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय

    चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय

    काठमाडौं । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको एक नेताले जानाकारी दिए ।

    यस्तै गठबन्धनले सत्ता गठबन्धन भित्र मात्रै चुनावी तालमेल गर्ने पनि निर्णय गरेको छ।

  • पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

    पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

    काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    विहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

    तर, वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो ।

    लोकसेवाले गृह मन्त्रालयले नै गरेको सिफारिसलाई बुधबार सदर गरेपछी सरकारलाई बढुवाका लागि बाटो खुलेको हो ।

    यस्तै, गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जनाकारी दिए ।

  • सेनाले माग्यो एकसाथ माग्यो स्थायी सेवामा चार हजार कर्मचारी

    सेनाले माग्यो एकसाथ माग्यो स्थायी सेवामा चार हजार कर्मचारी

    काठमाडौं । नेपाली सेनाले एक साथ चार हजार भन्दा बढी कर्मचारीको भर्ना गर्न आवेदन खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको सेनाको सूचनामा उल्लेख छ । बिहीबारको गोरखापत्रमा सेनाले सूचना निकालेको छ । सेनाले चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग गरेको छ ।

    बिहीबारबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने भएको छ । देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। फारम बुझाउँदा १५० दस्तुर तोकिएको छ । ८ कक्षा पास गरेकाले पनि दरखास्त दिन सक्नेछन् । पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च र महिलाका लागि न्युनतम ५ फिट तोकिएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा जेठ ५ मा तोकिएको छ ।

  • प्रधानमन्त्रीको भारत भ्रमण अगाडी आज सत्ता गठबन्धनको बैठक बस्दै

    प्रधानमन्त्रीको भारत भ्रमण अगाडी आज सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री शुक्रबार भारत भ्रमणमा जाँदैछन् । यसको पूर्वसन्ध्यामा सत्तारुढ दलको बैठक आजै बस्ने भएको छ । साथै दलहरुबीचमा आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा समेत छलफल हुने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको हो । सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले समेत औपचारिक निर्णय गरेपछि सत्तारुढ दल अब यसको मोडालिटीमा जुट्ने भएका छन् ।

  • सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

    सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको निधन, दिनभर स्थानीयको विरोध

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीमा टिपले किचेर दुई बालिकाको मृत्यु भएपछि सो क्षेत्र दिनभर असान्त बनेको छ । स्थानीयले प्रशासनको वेवास्ता र टिपर चामलको लापरवाहीको विरोधमा दिनभर जसो विरोध गरिरहे । बुधबार बिहान दिदीबहिनी सृष्टि र श्रेया घिसिङलाई बुबासँगै विद्यालय जाने क्रममा टिपरले किचेको थियो । स्थानीयका अनुसार टिपरले ब्याक गरेर बाइकमा सवार उनीहरुलाई किचेको हो ।

    सृष्टि नौ वर्षकी थिइन् । उनी वल्र्ड युथ इन्टरनेशनल स्कूलमा कक्षा तीनमा पढ्थिन् भने चार वर्षकी श्रेया एलकेजीमा पढ्ने विद्यार्थी हुन् । छोरीहरुलाई स्कुल पु¥याउन हिँडेका उनीहरुका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा गम्भीर अवस्थामा उपचार जारी छ । यउो घटनापछि टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । बा ४ ख ६९६८ नम्बरको टिपरको ठक्करबाट स्कुल जाने बेला बालिकाको ज्यान गएपछि स्थानीय निकै आक्रोशित बनेका हुन्
    ।

  • गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक हो, एक्लै चुनाव लड्छु भन्ने नसोच्नू : अध्यक्ष ओली

    गठबन्धन ५ किलो र एमाले एक क्विन्टलको ढक हो, एक्लै चुनाव लड्छु भन्ने नसोच्नू : अध्यक्ष ओली


    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन्।

    भक्तपुरको सूर्यविनायकस्थित एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

    अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताएका हुन् । साथै उनले सत्ता गठबन्धन एक–एक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताए ।

    ‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘अब हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ ।’

    एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए ।

    सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन रहेको आरोप लगाउँदै ओलीले पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुने दाबी गरे ।

    निर्वाचन आयोगले मनोनयनको समय दुई दिन राखेर सत्ता गठबन्धनलाई सहज बनाइएको ओलीको भनाई छ । ‘निर्वाचन आयोगले मनोनयनको दर्ता दुई दिन राखेको छ । गठबन्धनमा कुरा मिल्दैन भनेर दुई दिन राखिएको हो । नत्र मनोनयन पनि दुई दिन राखिन्छ र ?’, ओलीले प्रश्न गरे ।

    देशैभर एमालेको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भएको उनको भनाई छ । ओलीले भनेका छन्, ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन्, हाम्रो पार्टी भरिन लागेको छ, यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो ।’

  • प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

    प्रतिकुल बन्दै मौसम, आज धेरै स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । बुधबार र बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था भने निरन्तर रहने छ । जसका कारण प्रदूषण पनि कायमै रहने छ ।

    भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने छ । अहिले प्रिमनसुन अवधि जारी छ । मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई प्रिमनसुन अवधि भनिन्छ । यो अवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन र चट्याङ पर्ने सम्भावना हुन्छ ।

  • कांग्रेसको चुनावी कमाण्डर तोकिए उपसभापति खड्का

    कांग्रेसको चुनावी कमाण्डर तोकिए उपसभापति खड्का

    काठमाडौं । नेपाली कांग्रेसको चुनावी कमाण्डरमा उपसभापति पूर्णबहादुर खड्का तोकिएका छन् । उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा का्रग्रेसको प्रचार अभियानको नेतृत्व गर्नेछन् । मंगलबार केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई राखिएको हो ।

    समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्ने भएका छन् । निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महत चयन भएका छन् । अन्य सदस्य सभापति देउवाले गर्ने बताइएको छ ।

  • एमालेविरुद्ध गठबन्धन बनाएरै निर्वाचन लड्ने कांग्रेसको निर्णय

    एमालेविरुद्ध गठबन्धन बनाएरै निर्वाचन लड्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेलमा जाने निर्णय गरेको छ । यस्तो तालमेलको अर्थ पाँच दलीय गठबन्धन एकातर्फ र एमाले अर्कोतर्फ हुने हो । स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो । केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको हो ।

    स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भएको बताइएको छ । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्ने छ । कांग्रेसले देशव्यापी रुपमा पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यता वितरण पनि सुरु गर्ने निर्णय गरेको समेत बताइएको छ ।

  • त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियारले प्रा.डा. ढकालसहित सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

    उनिहरुलाई २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोप लागेको छ ।

    आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको हो ।

    सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो ।

    उक्त परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमासमेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको भन्दै उजुरी परेको थियो ।

    उजुरी पश्चात छानविन गर्ने क्रममा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने पाइएको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

  • बसन्तपुरमा रहेको गद्दी बैठक आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

    बसन्तपुरमा रहेको गद्दी बैठक आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

    काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक आजबाट साधारण नागरिकको अवलोकनका लागि खुला भएको छ । दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने भएका छन् । २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक सर्वसाधारण नागरिकले हेर्न सक्ने गरि खुला हुन लागेको हो । गद्दी बैठकसँगै ऐतिहासिक हातहतियार र वृत्तचित्र समेत हेर्न सकिने भएको छ ।

    गद्दी बैठकको पुननिर्माण सम्पन्न गरेर २०७५ साल असार १३ गते अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यहीदिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठकको उद्घाटन गरेका थिए । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा नवशास्त्रीय शैलीमा बनेको हो । विदेशी राष्ट्रअध्यक्षहरुको स्वागतमा विशेष समारोह आयोजना यसै बैठकमा गरिन्थ्यो।

  • नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

    नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान, के छ कार्यक्रम ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल हुँदै अंकरातर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी गराएका छन् । मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् । अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।

  • चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने

    चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने

    काठमाडौं । आसन्न निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने सम्बन्धमा सत्तारुढ दल नेपाली कांग्रेसले आज निर्णय गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका धेरैजसो नेता चुनावी तालमेलको पक्षमा छन् । उनीहरुको आशंका पुनः कम्यूनिष्ट एक हुन सक्नेतर्फ रहेको छ । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका छन् ।

    महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा भने कांग्रेस एक्लै चुनावमा जानु पर्ने पक्षमा रहेका छन् । चुनावी तालमेलको ढाँचालगायत विषयमा आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् । कांग्रेसले अन्य दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गरि पछि कसरी तालमेल गर्ने भन्ने विषय टुंग्याउने तयारी छ । केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको बाहुल्यता छ। सोहीकारण सभापति देउवा चुनावी तालमेलको पक्षमा उभिएको अवस्थामा कांग्रेसले सोही बाटो अपनाउने छ ।

  • धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

    धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

    जनकपुर । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको ज्यान गएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।


    तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव छन् ।

  • कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

    कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

    काठमाडौं । चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा बढेसँगै दोस्रो ठूलो शहर सांघाईमा लकडाउन घोषणा भएको छ । बीबीसीका अनुसार सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।

    सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात् एप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ। अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरूमाथि रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालय बाहिरैबाट काम गर्नुपर्नेछ। सांघाईको पश्चिमी आधा भागमा शुक्रवारबाट लकडाउन गरिनेछ। ठाउँ ठाउँ छुट्याएर मानिसहरूको ठूलो सङ्ख्यामा परीक्षण गरिँदैछ र सङ्क्रमण देखिनेलाई अस्पताल वा क्वारन्टीनमा पठाइनेछ।

    चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्रले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको सङ्ख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन। अढाई करोड जनसङ्ख्या रहेको सहरमा अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए।

    तर शनिवार त्यहाँ महामारीका सुरुका दिनमा देखिएयता उच्च सङ्ख्यामा सङ्क्रमित देखिएपछि अधिकारीहरूले लकडाउन गर्ने निर्णय लिएको देखिएको छ। अधिकारीहरूले लकडाउनसम्बन्धी सुझावहरू वीच्याटमा प्रकाशित गरेका छन्। उनीहरूले सर्वसाधारणलाई महामारीबाट जोगिने र त्यसलाई नियन्त्रण गर्ने काम बुझेर त्यसमा सहयोग र समर्थन गर्न पनि भनेका छन्।

  • पछिल्लो २४ घण्टा २१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ३ जना मात्रै

    पछिल्लो २४ घण्टा २१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ३ जना मात्रै

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार १५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३४७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३१९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार १४२ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार २५४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप तीन जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ, भक्तपुर र ललितपुरमा एक–एक जना संक्रमित मात्रै थपिएका हुन्।

  • काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    काठमाडौं । काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ ।

    एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

    काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १५९ रहेको छ ।

    एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।

    रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

    रिपार्ट अनुसार विश्वका प्रदूषित सहरहरूको सूचीको तेस्रो नम्बरमा बङ्गलादेशको ढाका परेको छ । बङ्गलादेशको ढाका प्रदूषण मापन सूचक एक्यूआई १५५ रहेको छ ।

    पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर, पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेका छैनन् ।

    भारतको मुम्बई पाँचौं, राजधानी नयाँदिल्ली १२२ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित आठौं प्रदूषित सहरमा परेको छ ।

    नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ।

  • राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

    राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

    पार्टीको हाइकमाण्डकारुपमा गठित समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् ।

    कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् ।

    यस्तै, महामन्त्रीहरू डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् ।

    केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार कार्यसम्पादन समितिमा रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

  • मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

    मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ ।

    सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो।

    मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। उनी शनिबार नै स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।

    पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

    भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उनले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

    भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

    प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    यसअघि गुजरातमा हुने सम्मेलनमा जाने भनिएपनि ओमिक्रोन संक्रमण बढेका कारण प्रधानमन्त्रीको भारत यात्रा स्थगित भएको थियो ।

  • युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

    युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताए । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ।

    युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ। तर निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उनले बताए। जेलेन्स्कीले भने सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताएका छन्। उनले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ।’

    आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने उनले जनाएका छन्। ९० मिनेट लामो भिडिओ अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, ‘मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ। त्यसले तेस्रो विश्वयुद्धतिर डोर्‍याउँछ। मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छु।’ युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताए ।

  • पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

    पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

    पाल्पा । पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेको छ । राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाई छ ।

    पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग रहेको तथ्यांक छ । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको व्यवसायीले बताएका छन् । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पु(याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताएका छन् ।

  • नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग

    नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग

    काठमाडौं । नेपाली सेनाले पाइलटसहित एक साथ २ सय कर्मचारी भर्नाको आवेदन खुलाएको छ । लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको सेनाले सूचना प्रकाशित गरि जानकारी गराएको छ । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । चार जना प्राड उपसेनानी माग भएको छ । चार जना पाइलट उपसेनानी समेत भर्ना गर्न लागिएको छ ।

    समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै सोमबार आवेदन खुलाएको हो । सोमबारबाट ०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर एक हजार रूपैयाँ तोकिएको छ । उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको सेनाले जनाएको छ ।

  • कुन प्रदेशमा कति मतदान केन्द्र  ?

    कुन प्रदेशमा कति मतदान केन्द्र ?

    काठमाडौं । निर्वाचन आयोगले टुंगो लगाएको मतदान केन्द्र अनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो । वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ । मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । दोस्रो नम्बरमा बागमती प्रदेश छ । यसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ ।

    प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् । प्रदेशमा सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ । यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । जिल्लातर्फ सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा आठ सय २० र सबैभन्दा कम मनाङमा २८ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगको भनाई छ ।

  • स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३

    स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३

    काठमार्डौं । आगामी स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गाएको हो । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ ।

    यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् । सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् ।

    २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए । यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।

  • नेपालमा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ गरी २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३३२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६४ हजार ८२३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते

    सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ ।

    वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ११ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएको छन् ।

    दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    घटनाको थप विवरण भने आउन बाँकी छ ।

    बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशंका छ ।

  • नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह

    नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ। भेटको क्रममा ओलीले नेपालसँगका नाका खुलाउन वाङ यीसँग आग्रह गरेका छन् ।

    ओलीले बिआरआईअन्तर्गतका आयोजनाहरुलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान पनि विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए ।

    भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख डा राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी थिए।

  • एक्सनएड नेपालको १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

    एक्सनएड नेपालको १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

    काठमाडौं । एक्सनएड नेपालले आफ्नो १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार भएको कार्यक्रममा एक्सनएड नेपालले सन् २०२१ मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिको प्रस्तुति र छलफल गरेको थियो।

    नीति तथा कार्यक्रम प्रमुख सरोज पोखरेलले उपलब्धिहरु प्रस्तुत र संस्थाका प्रशासन तथा वित्त प्रमुख कुमार जंग ठकुरीले सन् २०२१ मा भएको संस्थाको आयब्यय विवरण प्रस्तुत गरेका थिए ।

    सन् २०२१ मा संस्थाले ३६ करोडको हाराहारीमा खर्च सञ्चालन गरेकोमा ८४ प्रतिशत कार्यक्रमतर्फ, ३ प्रतिशतकोष अभिबृद्धी तर्फ, १ प्रतिशत शुसासनतर्फ र १२ प्रतिशत कार्यलय व्यवस्थापनतर्फ खर्च भएको तथ्यांक सार्वजनिक भएको छ ।

    एक्सनएड नेपालले विगत ४० वर्षदेखि गरिबी निवारण, सामाजिक न्याय र असमानता विरुद्ध काम गरिरहेको छ।

    कार्यक्रममा एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले सन् २००२ देखि स्थानीय स्तरमा तथा सन् २००४ देखि राष्ट्रिय स्तरमा जवाफदेहीता तथा पारदर्शिता सुनिश्चित गर्न एक्सनएड नेपालले निरन्तर रुपमा वार्षिक रुपमा सामाजिक लेखाजोखाको आयोजना गर्दै आएको बताइन्।

    कार्यकारी निर्देशक माथेमाले वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम गर्दा गत वर्षमा प्राप्त परिणामहरुको सहभागिता मूलक प्रक्रियाद्वारा पुनरावलोकन तथा मूल्यांकन गरी भावी कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सरोकारवालाहरुको रचनात्मक तथा आलोचनात्मक सुझावहरु संकलन गर्ने अवसर दिएको बताइन्।

    समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले लेखाजोखा कार्यक्रमलाई सम्वोधन गर्दै गैरसरकारी संस्थाका क्रियाकलापहरुको पारदर्शिताको प्रश्न दिगो विकास लक्षसँग जोडिएको धारणा राखेका थिए ।

    यदि संस्थाहरुले पारदर्शिताको सेवालाई सहि सम्वोधन गरिदिने हो भने दिगो विकास लक्ष्यका सम्बन्धित सूचकहरुमा लक्ष्य पुरा गर्न सहज हुने उनको धारण थियो ।

    कार्यक्रमममा सरकारी निकायका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, लक्षित समुदायका प्रतिनिधि, साझेदार संस्था, सरोकारवाला, सञ्चार माध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र शुभचिन्तकहरुले सहभागिता जनाएका थिए ।

    यस संस्थाले सरकार, सामाजिक संजाल/संगठन, नागरिक समाजसँग समन्वय, सहकार्य र साझेदारी गरी बिपन्न र सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि, संंगठन निर्माण गरी आफ्नो हक अधिकार दाबी गर्न सक्षम बनाई सम्मानजनक जीवन यापनका लागि देशका बिभिन्न क्षेत्रमा सहयोगी भूमिका खेल्दै आएको छ ।

  • सानेपामा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

    सानेपामा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

    काठमाडौं । ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गतराती सवा १ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल पल्टिँदा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तनहुँको आँबुखैरेनी घर भइ प्रहरी वृत्त सातदोबोटोमा कार्यरत प्रहरी जवान सुमनकुमार सिंहको स्टार अस्पतालमा नै उपचार जारी रहेको छ ।

  • आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

    आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

    काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् ।

    उनी आजै दिउँसो बेइजिङ प्रस्थान गर्नेछन् । विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ ।