अमेरिकाको अवस्था अत्यासलाग्दो : यद्यपी साथमा केही शुभ समाचार

न्युयोर्क आइतबारसम्म न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या ५९ हजार नाघेको छ भने ९ सय ६५ को न्युयोर्क राज्यमा मात्र मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ सय ३७ जनाको मृत्‍यु भएको छ । न्युयोर्कस्थित गभर्नर कुमोले आगामी अप्रिल १५ तारिखसम्म अत्यावश्यक काम नभई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै आएका छन् ।  राज्य भित्रका… Continue reading अमेरिकाको अवस्था अत्यासलाग्दो : यद्यपी साथमा केही शुभ समाचार

सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

काठमाडौं । सरकारले मजदुर तथा कोरोनाबाट अति प्रभावित नागरिकका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । अब स्थानीय तहले राहत दिन पर्ने नागरिकको लगत संकलन गर्ने छ । स्थानीय तथा प्रदेशबाट उनीहरुलाई राहतको व्यवस्था गरिने भएको छ । सबै मजदुरको चैत महिनाको तलव सम्बन्धित रोजगारदाताले दिनुपर्ने र त्यसका लागि मजदुर लोककल्याणकारी कोषको उपयोग गर्न सकिने… Continue reading सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि लकडाउनको अवधि बढाइएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन पालना गरेकोमा सरकारले धन्यवाद दिएको छ । अब चैत २६ गतेसम्म लकडाउन जारी रहने सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । २५ चैतसम्म अन्तराष्ट्रिय सीमा नाका… Continue reading लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

काठमाडौं । सरकारले तोकिएको अवधि भित्र अनिवार्य क्वारेन्टाइनमा नबस्नेमाथि कानूनी कारवाही शुरु गर्ने भएको छ । खासगरी विदेशबाट फर्केका व्यक्तिले निर्वाध घुम्ने, डुल्ने गरेको र स्थानीय तहमा क्वारेन्टाइनमा बस्न अटेरी गरेको खबर सार्वजनिक भएको छ । शनिबार बागलुंगमा कोरोना प्रभावित पुष्टी भएकी युवती ज्वरो आउँदा पनि क्वारेन्टाइनमा नबसेको र गाउँमा निर्वाध डुलेको खबर सार्वजनिक भएको… Continue reading क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

१५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान १५ अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १ अप्रिलसम्म मात्र स्थगन भएको हवाई उडान कोरोनाको जोखिम भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप दुई साता लम्ब्याउने निर्णय भएको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लकडाउनको अवधि थप्ने सिफारिस समेत… Continue reading १५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

काठमाडौं । आकस्मिक उपचारका लागि आउने बिरामीलाई अब कुनै पनि अस्पतालले फिर्ता पठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अब कुनै पनि अस्पतालले आकस्मिक सेवाका बिरामीलाई फिर्ता पठाउन नपाइने निर्णय गरेको हो । त्यसो गरेको पाइए कडा कारवाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार सरकारले कोरोना विशेष… Continue reading आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

बुटवल । बुटवलमा एक जनाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । यद्दपी उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने खुलेको छैन । रुपन्देहीमा निर्माण गरिएको अस्थायी अस्पतालमा ३३ वर्षिय युवकको ज्यान गएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु… Continue reading कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

लकडाउन उल्लंघन गरे २ घण्टा सडकमै

काठमाडौं । लकडाउन तोडेर मानिसहरुले आवतजावत बढाएपछि प्रहरीले कडा कारवाहीको तयारी गरेको छ । आजबाट लकडाउन तोडेमा अब दुई घण्टा सडकमै उभिनु पर्ने भएको छ । दुई घण्टा सडकमा उभ्याएर प्रहरीले सडकमै कक्षा संचालन गर्ने भएको छ । भारतमा लकडाउन तोडेर निस्कनेमाथि प्रहरीले भाडा बर्साउने गरेको छ । तर, नेपालमा भने प्रहरीलाई सार्वजनिक स्थानमा भाटा… Continue reading लकडाउन उल्लंघन गरे २ घण्टा सडकमै

विश्वशान्तिका लागि जपयज्ञ सम्पन्न

न्यूयाेर्क विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न आयाेजित तीन दिने ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम सम्पन्न भएकाे छ । यही मार्च २५, २६ र २७ गते सम्पन्न यस जपयज्ञका लागि विश्वभरका विभिन्न संघसंस्थाले आह्वान गर्दै व्यवस्थापन गरेका थिए ।  विश्वभरका हजाराैं सहभागी आ-आफ्नै घरबाट जपयज्ञमा सम्मिलित हुनुभएकाे थियाे ।  विश्व अध्यात्म… Continue reading विश्वशान्तिका लागि जपयज्ञ सम्पन्न

नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चीनबाट कोरोना भाइरसको संक्रमणसँग जुध्ने मेडिकल किट नेपाल ल्याएको छ । शनिबार अपरान्ह चीन उडेको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चीनको ग्वांझाउबाट सामान ल्याएको हो । यो जहाज नेपाल सरकारले चार्टर्ड गरेको हो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि… Continue reading नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट

अमेरिकी सरकारको राहत प्राप्त हुनु अघि नै ठग्ने गिरोह सकृय : होसियार !

न्युयोर्क अमेरिकास्थित संघीय सरकारले प्रदान गर्ने भनिएको द्रुत राहत चेक सरकारले जारी गरेकै छैन तर त्यही राहत रकमको नाममा ठगी गर्नेहरु भने सकृय भै सकेका छन् ।  सरकारले प्रति ब्यक्ती दिने १२ सय डलरको राहत चेक पठाउन अन्य थप जानकारी चाहिने भन्दै फोन, टेक्स्ट, ईमेल र वेबसाइट मार्फत संपर्क गर्दै ठगी गर्ने समुह सकृय हुन… Continue reading अमेरिकी सरकारको राहत प्राप्त हुनु अघि नै ठग्ने गिरोह सकृय : होसियार !

न्युयोर्कमा कोरोनाका कारण मृत्‍यु भएका अनिलको दाहसंस्कार आज

न्यूयोर्क      गत मंगलवार न्युयोर्क क्वीन्सस्थित एल्महर्स्ट  अस्पतालमा मृत्‍यु भएका अनिल सुब्बा (लिम्बु) को दाहसंस्कार ५ दिनपछि शनिबार हुने भएको छ । आज शनिबार लिम्बुको दाहसंस्कार हुने भएपनि स्वर्गीय लिम्बुको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न परिवार तथा शुभचिन्तक शुभेक्षुकहरुको भने उपस्थिती नहुने कुरा लिम्बुका नजिकका नातेदार तथा नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले… Continue reading न्युयोर्कमा कोरोनाका कारण मृत्‍यु भएका अनिलको दाहसंस्कार आज

धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

काठमाडौं । शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । यससँगै कूल संक्रमितको संख्या पाँच पुगेको छ । सरकारले यसअघि शुक्रबार धनगढीमा भेटिएका संक्रमितको समेत विस्तृत जानकारी सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धनगढीमा ३२ वर्षिय युवाका संक्रमण पुष्टी भएको थियो । उनी २०… Continue reading धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् । कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र… Continue reading नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

बार्सिलोना । स्पेनमा चार जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित मध्ये स्पेन पनि एक मुलुक हो । कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको संचार माध्यमले जनाएका छन् । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका नेपालीमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु अस्पतालमा छन् । बार्सिलोनास्थित… Continue reading स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु विरुद्ध प्रहरीले कडाई थालेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कडाई थालेको हो । शनिबार एकाबिहानै प्रहरीले उपत्यकाबाट करीव १ सय ५० जनालाई पक्राउ गरेको छ । उनीहरु लकडाउन उल्लंघन गर्दै सडकमा हिँडिरहेका थिए । प्रहरीले अति आवश्यक काम… Continue reading लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभाव न्यूनिकरण गर्न सरकारलाई चार बुँदे सुझाव दिएका छन् । उनले तत्काल राहतका कार्यक्रम घोषणा गर्न समेत सरकारसँग माग गरेका हुन् । उनले शुक्रबार विज्ञप्ति निकाल्दै आर्थिक प्याकेज घोषणाको माग गरेका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको… Continue reading कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

काठमाडौं । नेपालका कोरोना भाइरसको चौथो संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । दुबईबाट फर्किएका युवामा कोरोनाको संक्रमण पुष्टी भएको हो । उनको बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ । युवक ११ चैतमा अस्पताल भर्ना… Continue reading नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

काठमाडौं । देशभर विदेशबाट फर्किएका नागरिकको विवरण संकलन शुरु भएको छ । यसमा स्थानीय प्रशासनले सक्रियता लिएका छन् । काठमाडौं महानगरपालिकाले हालै विदेशबाट फर्किएका सबै नागरिकको विवरण संकलन शुरु गरिएको बताएको छ । उपत्यका बाहिर पनि हरेक जसो स्थानीय तहले विदेशबाट फर्किएका नागरिकको विवरण खोजिरहेका छन् । नेपालमा विदेशबाट फर्किएका दुई जनामा कोरोना संक्रमण देखिएको… Continue reading विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

काठमाडौं । काठमाडौंमा कडा लकडाउन छ । घरबेटीले ताल्चा लगाएर गेट बन्द गरेका छन् । जसले गर्दा निर्वाध काममा निस्कन समस्या भएको गुनासो कामदारले गरेका छन् । सोहीकारण सरकरले घरबेटीसँगै आह्वान नै गर्नुपरेको छ । अत्यावश्यक सेवामा काम गर्ने कामदारले घर बाहिर निस्कन रोक्न पाउने छैनन् । घरपरिवारले समेत यस्तो सेवाका खटिएका आफ्नो परिवारका सदस्यलाई… Continue reading अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

काठमाडौं । जर्मनी र फ्रान्सले नेपालबाट आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी लैजाने भएका छन् । जर्मनीले शुक्रबार र शनिबार कतार एयरवेजको जहाज चार्टर्ड गरी नेपालमा फसेका पर्यटक लैजान लागेको हो । फ्रान्सले पनि चार्टर्ड जहाज ल्याउने तयारी गरिएको छ । सोहीकारण बिहीबार पोखरा तथा लुक्लामा रहेका विदेशी नागरिकलाई धमाधम काठमाडौं ल्याइयो । पोखराबाट करीव १… Continue reading जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

काठमाडौं । सरकारले अब आधा सिलिण्डर मात्र भएपनि ग्यास बिक्रि गर्ने भएको छ । ग्यासको आपूर्ति सर्वसुलभ बनाउन यस्तो प्रस्ताव गरिएको हो । अब शुक्रबारदेखि आधा सिलिण्डर मात्र भरिएको ग्यास उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । अहिले एक सिलिन्डरमा १४.२ केजी… Continue reading अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

न्यूयोर्क शहरमा कोरोना संक्रमित र मृत्‍यु हुने अधिकांशको उमेर यस्तो छ

न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर बन्दै गएको न्यूयोर्क शहरमा कोरोना भाइरस संक्रमणबाट मृत्‍यु हुनेको संख्या १९९ र संक्रमितको संख्या १७ हजार ८ सय ५६ पुगेको हेल्थ डिपार्टमेन्ट न्युयोर्कले जनाएको छ । संक्रमित मध्ये अधिकांश ५० बर्ष भन्दा कम उमेरमा भएको हेल्थ डिपार्ट्मेन्ट्को डाटाबाट पाईएको छ ।  संक्रमितमध्ये ५६ प्रतिशत मानिस ५० बर्ष मुनीका छन् ।  … Continue reading न्यूयोर्क शहरमा कोरोना संक्रमित र मृत्‍यु हुने अधिकांशको उमेर यस्तो छ

चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

काठमाडौं । सरकारले चीनसँगका दुई नाका तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको छ । भारतसँगको सीमा नाका बन्द गरेसँगै आयात निर्यात ठप्प हुने अवस्था रहेको छ । यस्तोमा दैनिक उपभोग्य सामानको आयात तथा निर्यातका लागि यी दुई नाका खोल्ने निष्कर्षमा सरकार पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य… Continue reading चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण पछि घरमा आराम गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणविरुद्ध उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निकै सक्रिय छन् । उनले कुशलतापूर्वक जिम्मेवारी समेत बहन गरिरहेका छन् । जसले गर्दा प्रधानमन्त्रीलाई तुलनात्मक रुपमा बढी आराम गर्ने मौका मिलेको छ । बुधबार प्रधानमन्त्रीले ट्वीटमा आफ्नो उपस्थिति देखाए । सामाजिक सञ्जाल… Continue reading प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण पुष्टी भएको छ । यूएईबाट ५ चैतमा फर्किएका एक युवामा कोरोना भाइरसको पुष्टी भएको टेकुस्थित शुक्रराज अस्पतालले जनाएको छ । यो संगै अब नेपालमा तेस्रो पोजेटिभ पुष्टी भएको हो । यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । आइतबार मात्र… Continue reading नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कैलाली । भारतसँगको सीमामा आएर नेपाल प्रवेशमा रोक लगाइएका नेपाली नागरिकको उद्दार गर्न थालिएको छ । मंगलबार राती गौरीफन्टा नाकाबाट मात्र ९ सय १४ जना नेपालीलाई नेपाल तर्फ ल्याइएको हो । उनीहरु कैलाली प्रवेश गरेका छन् । सीमाको भारतीय भूमिमा करिब २८ घण्टा रोकिएपछि बल्ल उनीरुको उद्दार भएको हो । नेपाल सरकारले लकडाउन घोषणा गरेपछि… Continue reading भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

काठमाडौं । नेपालम आइतबार थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् । उनीसँगै एउटै जहाजमा ४ चैतमा नेपाल आएका सबैमा कोरोना संक्रमणको आंशका छ । सरकारले उनीहरु सबैको पहिचान भइसकेको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विमल देवकोटाले ति युवतीसँगै हवाई यात्रा गरी… Continue reading कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान

कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ । खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष… Continue reading कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने

यशूको नाम लिँदै कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ

कास्की । यशूको नाम लिँदै कोरोना भाइरसको भ्रम फैलाउने एक जना पास्टरलाई प्रहरीले पक्राउ गरेको छ कोरोनाका बिरामी निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका हुन् । सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ । उनले केही दिन अगाडी चर्चमा गरेको भाषण सामाजिक संजालमा भाइरल भएको थियो… Continue reading यशूको नाम लिँदै कोरोनाबारे भ्रम फैलाउने पास्टर पक्राउ