योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधव पक्षमा खुले, १५ नेताको ओलीविरुद्ध वक्तब्य

काठमाडौं । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि भएको प्रस्तावमा हस्ताक्षर गर्न नमानेका योगेश भट्टराई र हस्ताक्षर गरेपछि नखुलेका गोकर्ण विष्ट पुनः माधव नेपाल समुहमा खुलेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादि शैलीमा कारबाहीको डण्डा चलाएको भन्दै आज १५ स्थायी कमिटी सदस्यको वक्तब्य आएको छ ।… Continue reading योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधव पक्षमा खुले, १५ नेताको ओलीविरुद्ध वक्तब्य

गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्‍यो आइसोलेशन सेन्टर

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ १२ ।गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवा सहित २५ बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जगडोल स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामती स्मारकमा रहेको भवनमा आज एक कार्यक्रम बिच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेशन केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख… Continue reading गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्‍यो आइसोलेशन सेन्टर

चीनले १० लाख डोज भेरोसेल खोप अनुदान दिने

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप दिने भएको छ । सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप दिने घोषणा बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनजिङले गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज खोप सहयोग स्वरुप दिएको थियो। चीनले उक्त १० लाख डोज खोप… Continue reading चीनले १० लाख डोज भेरोसेल खोप अनुदान दिने

पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ८४५ जना संक्रमितको मृत्यु भएको छ।

नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९३० जनाको पिसिआर विधिबाट ६६७७ र ३२२ जनाको एन्टीजेन परीक्षणमा ३७ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ३५… Continue reading नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने निर्णय महन्थ ठाकुर र राजन्द्र महतो समूहले गरेसँगै जनता समाजवादी पार्टीमा भाँडभैलो शुरु भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई सोधेको स्पष्टीकरण नआउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई… Continue reading प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण

शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने

Photo : PTI

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न हुने चक्रवात यासको प्रभाव भारतका विभिन्न राज्यमा देखिन थालेको छ । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक अति शक्तिशाली चक्रवात विकसित भइरहेको छ । भारतमा तटीय क्षेत्रमा रहेकाहरुलाई सो क्षेत्र छाड्न २४ घण्टा अगाडी नै चेतावनी दिइसकिएको छ । यो आँधिको प्रभाव नेपालमा समेत देखिन थालेको छ । मंगलबारबाट देखिएको प्रभाव… Continue reading शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने

नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६९ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ।उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पिसिआर विधिबाट ८३८७ र ६३० जनाको एन्टीजेन परीक्षणमा २४९ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २८… Continue reading नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको… Continue reading उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ ।… Continue reading अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु

काठमाडौं । पाँच दिनअघि गोली प्रहार भई गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । पाण्डे र एक भारतीय नागरिकमाथि अघिल्लो बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार… Continue reading ५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु

लायन्सले गर्‍यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग

अमृता के सी ( रोनी )काठमाडौँ जेष्ठ १० ।लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले जोरपाटी स्थित नारायणटारमा रहेको शंकरापुर हस्पिटललाई करिब ३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जेष्ठ ९ गते आइतबार पूर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले शंकरापुर हस्पिटलका निर्देशक डा.रमेश ढकाललाई ३… Continue reading लायन्सले गर्‍यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग

अन्ततः फुटको संघारमा एमाले

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नामको शक्तिशाली पार्टीबाट सत्तायात्रा शुरु गरेका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा एकै पटक दुई पार्टी विभाजनको अपजस भोग्नु पर्ने भएको छ । अदालतको आदेशमार्फत नेकपा एमाले र माओवादी केन्द्र गरि दई पार्टी अलग भएपछि एमालेको नेतृत्व ओलीले गरिरहेका थिए । उनले आफ्नो सत्ता टिकाउन अन्ततः एमाले समेत विभाजन गर्ने गरि… Continue reading अन्ततः फुटको संघारमा एमाले

माधव नेपाल र झलनाथ खनालसहित एमालेबाट ११ नेता निष्काशित

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको छ । थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय समेत पार्टील गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी… Continue reading माधव नेपाल र झलनाथ खनालसहित एमालेबाट ११ नेता निष्काशित

नेपालमा १ लाख १५ हजार बढी संक्रिय संक्रमित, सोमबार कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्। सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका… Continue reading नेपालमा १ लाख १५ हजार बढी संक्रिय संक्रमित, सोमबार कुन जिल्लामा कति थपिए ?

पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ज्ञड५ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ५३१ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा ७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्। सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका… Continue reading नेपालमा ७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

१४६ सांसदको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । १४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । उनीहरुले राष्ट्रपतिले बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई नियुक्त नगरेको भन्दै अदालतमा रिट दायर गरेका छन् । रिटमा संसदमा रहेका बहुमत सदस्य रहेकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभाको… Continue reading १४६ सांसदको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात

काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात गर्न सफल भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले यो लक्ष्य पुरा गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को १० महिना (साउन-वैशाख)मा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ… Continue reading नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात

नेपालमा कोरोना : थपिए ७९१४ संक्रमित, ७६६४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८९६५ पीसीआर परीक्षणमा ७५८९ जना र ९३१ एन्टिजेन परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९३ जनाले कोरोना संक्रमणको कारण… Continue reading नेपालमा कोरोना : थपिए ७९१४ संक्रमित, ७६६४ जना संक्रमणमुक्त

बूढानीलकण्ठ नगरपालिका १३ का कर्मचारीलाई संक्रमण

अमृता के सी ( रोनी )काठमाडौँ जेष्ठ ९ ।बूढानीलकण्ठ नगरपालिका १३ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकोले वडा कार्यालय बन्द गरिएको छ।निषेधाज्ञाको समयमा पनि वडा कार्यालयले सुरक्षाको मापदण्ड सहित सेवा प्रदान गर्दै आएको थियोे । वडामा संक्रमित संख्या वृद्धि साथै कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोना पोजेटिभ देखिएकोले कोरोना जोखिम नियन्त्रण र रोकथामका लागि भन्दै… Continue reading बूढानीलकण्ठ नगरपालिका १३ का कर्मचारीलाई संक्रमण

राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ। अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता… Continue reading राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ३४६ जना संक्रमितको मृत्यु भएको छ।

देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी… Continue reading देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ । ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो । जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले यस्तो निर्णय लिएको हो । यो बैठकको… Continue reading महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण

एट्लेटिको म्याड्रिड बन्यो स्पानिस च्याम्पियन

Image credit: Getty Images

म्याड्रिड — एट्लेटिको म्याड्रिडले यस वर्षको स्पानिस लिगको उपाधी जितेको छ । बार्सिलोनाले आफ्नो प्राथमिकतामा नराख्ने घोषणा गरेपछि म्याड्रिड पुगेका लुइस स्वारेज वर्षभर नै यो टीमका लागि भाग्यमानी सावित भए । शनिबार राती सम्पन्न निर्णायक खेलमा समेत उनकै गोलको सहायतामा एट्लेटि च्याम्पियन बन्न सफल भएको हो । शनिबार टोलीले रियल भालाडोलिडलाई हरायो । हारसँगै भालाडोलिड… Continue reading एट्लेटिको म्याड्रिड बन्यो स्पानिस च्याम्पियन

महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश… Continue reading महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने

प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् । अदालतले फैसलामा अन्य विकल्प… Continue reading प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोधिने भएको हो । अन्यको हकमा भने थप सोधपुछपछि… Continue reading एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टिकरण सोध्यो