काठमाडौं । सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो । वर्तामा एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएको… Continue reading सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति,रेमश चौधरीको रिहाइका लागि पहल गर्ने
Category: समाचार
स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो
जेनेभा । कोरोनाभाइरसका नयाँनयाँ प्रकार देखिएका छन् । यसले सबैभन्दा पहिले कुन मुलुकमा देखियो भन्ने आधारमा स्थान विशेषको नामबाट उच्चारण गर्ने गरिएको छ । यसमा हुने नामाकरणमा विवाद भएपछि विश्व स्वास्थ्य संगठनले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ। बीबीसीका अनुसार अबदेखि यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका… Continue reading स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो
नेपालमा कोरोनाबाट थप ११४ जनाको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ११४ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ३८६ पुगेको छ।
नेपालमा थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६२जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।… Continue reading नेपालमा थप ४७६२ जनामा संक्रमण, ६४९१ जना संक्रमण मुक्त
लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा पनि सत्तारुढदल पराजित
काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दुगनारायण पाण्डे निर्वाचित भएका छन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष,… Continue reading लुम्बिनीको राष्ट्रिय सभा सदस्यमा पनि सत्तारुढदल पराजित
लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरिसद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण
अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ १७।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले अक्सिजन भरिएको केही थान सिलिन्डर हस्तान्तरण गरेको छ ।लायन्स क्लब नयाँपाटी भिक्टोरिसले गोकर्णेश्वर नगरपालिका वडा नं १ लाई हस्तान्तरण गरेको हो । कोभिड -१९ को दोस्रो लहरमा धेरैजसो कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या आए पछी अक्सिजन… Continue reading लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरिसद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण
चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने
काठमाडौं । नेपाललाई चीन सरकारले अनुदानमा दिएको थप १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको चार्टर जहाज आज बेइजिङ उड्दैछ । जहाज राती ११ बजे बेइजिङ जाने त्रिभुवन विमानस्थल कार्यालयको तालीकामा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले राष्ट्रपति विद्यादेवि भण्डारीसँगको टेलिफोन वार्तापछि खोप सहायता घोषणा गरेका हुन् । यससँगै अब चीनले नेपाललाई अनुदानमा दिएको… Continue reading चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने
आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ । कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी… Continue reading आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?
नेपालमा विद्युतीय माध्यम दुरुपयोग गरि अपराध बढ्यो
काठमाडौं । नेपालमा विद्युतीय दुरुपयोग गरि हुने प्रकारको अपराध बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ । आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले यस्तो सजग बनाएका हुन् । यसका लागि केही आपराधिक समूह नै सक्रिय रहेको ब्यूरोको भनाई छ । ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक… Continue reading नेपालमा विद्युतीय माध्यम दुरुपयोग गरि अपराध बढ्यो
नेपालमा ४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा४३६९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको… Continue reading नेपालमा ४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमण मुक्त
नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०९ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार २७२ पुगेको छ।
एमालेको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीको व्यस्थताको कारण वैठक स्थगित भएको स्रोतले जनाएको छ । पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ ५ बजे बैठक बोलाएका थिए ।… Continue reading एमालेको स्थायी कमिटी बैठक स्थगित
शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा
काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । सरकारले यसअघि ७ लाखसम्मको सीमा बढाएर २५ लाख पुर्याएको हो । विगतमा पनि निकै प्राथमिकताका साथ घोषणा भएपनि कार्यान्वयनमा असफल भएको कार्यक्रमलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः प्राथमिकतामा राखेका छन् । उनका अनुसार स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल… Continue reading शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा
पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।
नेपालमा ४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४७८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४३११ र ७४६ एन्टिजेन विधिबाट १६७ गरि ४४७८ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको… Continue reading नेपालमा ४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त
नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?
काठमाडौं । नेपालमा पछिल्लो १५ वर्षमा कतिपय लोपोन्मुख वन्यजन्तुको संख्या करीव दोब्बरले बढेको पाइएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार बाघ र अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले बढेको छ । अब नेपालमा बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ पुगेको तथ्यांकले देखाएको छ । गैंडाको संख्यामा भने अझै पनि चूनौति रहेको… Continue reading नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?
आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट
काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस मनाईंदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनको अवसर पारी नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो । गणतन्त्र घोषणा भएको समेत १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको… Continue reading आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना भाइरसको संक्रमण पुष्टी भएका उनको भेन्टिलेटरमा राखेर उपचार जारी छ । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील… Continue reading विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित
काठमाडौं । कोभिड १९ संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राती कुटपिट गरेका छन् । यो घटनाको शुक्रबार देशभर कडा निन्दा तथा आलोचना भएको छ । घटनामा सत्तारुढ एमाले निकट प्रदेश स्तरीय नेताको समेत हात रहेको पुष्टी भएसँगै यो घटनाप्रति आक्रोस बढेको छ । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक… Continue reading भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित
प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वयमा आइसोलेशन सेन्टर संचालन
अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १४ ।बागमती प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वय र काठमाडौँ महानगरपालिका ६ नं वडा कार्यालयको नेतृत्वमा अक्सिजन सहित १० शैयाको आइसोलेशन सेन्टर सुचारु भएको छ । कामपा महांकाल स्थित श्री जनकल्याण माध्यामिक विद्यालय,आर्ट अफ लिभिङ लगायत विभिन्न संघ संस्थाको साझेदारीमा आइसोलेशन सेन्टर निर्माण भएको हो ।प्रदेश संसद लामाले… Continue reading प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वयमा आइसोलेशन सेन्टर संचालन
यस्तो छ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन ( पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनमा ओलीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन्। उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन्। खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको… Continue reading यस्तो छ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन ( पूर्णपाठ)
नेपालमा ६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९५१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख… Continue reading नेपालमा ६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त
नेपालमा थप ९६ जना कोरोना संक्रमितको निधन, मृतकको संख्या ७ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
धरानमा प्रहरी चौकीभित्रै युवाहरुबीच ग्याङ फाइट, तीन प्रहरी घाइते
धरान । धरानमा प्रहरी चौकीमा स्थानीय युवाहरुका दुई समूह ग्याङ फाइट भएको छ । फाइट छुट्याउन खोज्दा तीन प्रहरी घाइते भएका छन् । दुई समुहबीच प्रहरी चौकी भित्रै खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको समयमा अर्को समुहले चौकी मै आक्रमण गर्न आएको थियो ।… Continue reading धरानमा प्रहरी चौकीभित्रै युवाहरुबीच ग्याङ फाइट, तीन प्रहरी घाइते
कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा
नयाँ दिल्ली । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा आएको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन्… Continue reading कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा
नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ९५१ जना संक्रमितको मृत्यु भएको छ।
नेपालमा ६९३९ जना कोरोना संक्रमित थपिए, ७२२६ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ४२… Continue reading नेपालमा ६९३९ जना कोरोना संक्रमित थपिए, ७२२६ जना संक्रमण मुक्त
देशभर वर्षा, अबको तीन दिन उच्च सावधानी अपनाउन अनुरोध
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको… Continue reading देशभर वर्षा, अबको तीन दिन उच्च सावधानी अपनाउन अनुरोध
प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।… Continue reading प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध
काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली आँधी यासको प्रभाव नेपालमा मंगलबारबाटै देखिन थालेको हो । यसको प्रभावले अहिले देशभर वर्षा भएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ । प्राधिकरणले यसबीचमा बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका… Continue reading ‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध