Category: समाचार

  • एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ, दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

    एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ, दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ गरिदिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले दिएकाे रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

    सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उक्त रिट दरपीठ भएको जनाइएको छ । लामो समयको विवादमा रुमलिएको एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा टेबुल भएको छ । साडे दुई वर्षपछि सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरेका हुन् ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतामा आइतबारको संसद बैठकमा एमसीसी टेबुल हुन पुगेको हो । संसद्को नेतृत्व, सत्ता साझेदार केही दलहरुले एमसीसी संसदमा लैजाने प्रस्तावको विरोधमा रहे पनि कांग्रेस र प्रधानमन्त्री देउवाको अडानमा एमसीसी संसदीय प्रक्रियामा प्रवेश गरेको हो ।

    केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए । तर, तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन । २९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको थियो ।

  • ललितपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    ललितपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । ललितपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका-३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भ्यानका चालकलाई पक्राउ गरिएको छ ।

  • लमजुङमा भूकम्पको धक्का महसुस

    लमजुङमा भूकम्पको धक्का महसुस

    कास्की । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ ।

    जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु ३.२ रेक्टर स्केलकै भूकम्प गएको थियो । त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका(१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्‍याएको थियो ।

  • नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

    नेपालले अब एक खेल जितेमा विश्वकप खेल्ने पक्का, क्यानडा हार्यो

    काठमाडौं । नेपाल यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोटको नजिक पुगेको छ । मंगलबार नेपालले यूएईलाई हराएर फाइनलमा प्रवेश गर्न सकेमा विश्वकपमा छनोट हुने छ । सोमबार नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै आइसीसी टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यससँगै अब एक खेलबाट नेपालको विश्वकप यात्रा तय हुने छ ।

    नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई हराएको हो । टस जितेर ब्याटिङ रोजेको क्यानडालाई नेपालले १५ ओभरमा ८० रनमा अलआउट गर्यो । जवाफमा १४.१ ओभरमा दुई खेलाडी गुमाई नेपालले ८१ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन प्रहार गरे । उनीहरु अन्तिम सम्म क्रिजमा रहे । आसिफ सेख १७ रनमा आउट भए ।

    कुशल मल्लले रन जोड्न सकेनन् । नेपालले सबै तीन खेल जितेर समूह ुबी को विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । यो समूहबाट ओमान दोस्रो बनेर सेमिफाइनल पुगेको छ । समूह (ए)बाट विजेता बनेको आयरल्याण्डले ओमानको सामना गर्नेछ । दुबै खेल मंगलबार हुने छन् ।

  • नेपालमा थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    नेपालमा थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र २९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ८०६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

  • सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

    सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । सोमबार समेत नेपालको पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार जस्तै साँझबाट पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आइतबार पोखरामा भीषण असिना पानी परेको थियो । पछिल्लो मौसमी प्रणालीको प्रभाव मंगलबारबाट हट्ने छ ।

    बुधबार भने पुनः पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना छ । त्यसपछि बुधवार र बिहीवार देशका धेरै ठाउँमा पानी पर्नेछ । तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा बुधवार र बिहीवार वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

  • पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

    पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

    पोखरा । नेपाल को पर्यटकीय नगरी पोखरामा भीषण असिना पानी वर्षिएको छ । बाक्लो असिनासहितको पानीका कारण पोखराको सडकमा असिना थुप्रिएको थियो । सो असिना अटाउन डोजको प्रयोग गर्नुपरेको छ । स्थानीयका अनुसार पोखरामा यती भयानक असिना परेको अनुभव यसअघि भएको थिएन । असिना पानीका कारण पोखरामा आइतबार दिउँसो सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडक ढोको थियो ।

    सवारीसाधन रोकिनुका साथै बाटो हिड्नेलाई समेत अवरोध सिर्जना भएको थियो । अचानक परेको असिना पानीले धेरैलाई प्रभावित बनाएको थियो । असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतका अन्नबालीमा क्षति पुगेको बताइएको छ । यसले मौसमी तरकारीलाई ठूलो क्षती गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पानीसहित असिना परिरहेको मौसमविद्ले जनाएका छन् ।

  • नेपालमा थप २६२ जनामा कोरोना पुष्टी, १३३८ जना संक्रमण मुक्त

    नेपालमा थप २६२ जनामा कोरोना पुष्टी, १३३८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ३२४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ५५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

  • संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा

    संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो नाराबाजीलाई कायम राखेको छ ।

    प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

    प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

  • सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति

    सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो।

    तर सत्ता गठबन्धनले निर्णय सार्वजनिक गरिसकेको छैन।

    गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन।

    अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ।

    आजै प्रतिनिधि सभा बैठक पनि बस्‍दैछ । दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ ।

  • आगो ताप्दै गर्दा जलेर जुम्लामा एक जनाको मृत्यु

    आगो ताप्दै गर्दा जलेर जुम्लामा एक जनाको मृत्यु

    जुम्ला । जुम्लामा आगो ताप्दाताप्दै जलेर एक जनाको मृत्यु भएको छ । आगोले जलेर तातोपानी गाउँपालिका–४ गिरिखोलाका २६ वर्षीय गोविन्द रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि घाइते भएका रोकायाको उपचारका क्रममा ज्यान गएको हो । उनी बिहीवार दिउँसो ५ बजेतिर रोकाया गाउँ नजिक रानीजङ्गलमा बाख्रा चराउन गएका थिए ।

    चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाया चिच्चाएका थिए । त्यसपछि प्रहरीले उनको उद्धार गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगेको थियो । सोही अस्पतालमा उनको निधन भएको समाचारमा उल्लेख छ ।

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

    काठमाडौं । नेपालमा पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुने गरि बढाएको मूल्य अनुसार मूल्य सबैभन्दा माथिल्लो विन्दुमा पुगेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ । यसअघि निगमले माघ १८ मा मूल्य बढाएको थियो ।

    नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको र सोही अनुसार भारतीय आयल कर्पोरेशनले मूल्य बढाएपछि त्यसको मारमा नेपाली उपभोक्ता समेत परेका छन् । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

  • आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन

    आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन

    काठमाडौं । अइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । लामो समयदेखि एमालेको अवरोध र सत्तारुढ दलहरुबीच एमसीसीका विषयमा जारी विवादका कारण सदन सूचारु हुन सकिरहेको छैन । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज एमसीसी टेबुल गर्ने कांग्रेसले दावि गरेको छ । सत्ता गठबन्धनमा भने यसबारे सहमति भइसकेको छैन । सहमति गर्न आज पनि गठबन्धनका शीर्ष नेताको बैठक बोलाइएको छ । बैठक १० बजे बस्ने छ ।

  • भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु

    भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु

    काठमाडौं । भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसारमध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको हो । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

    मध्यपुर थिमी–२, सानोथिमीस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुकुल लगाई अचेत अवस्थामा रहेका मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

    उता, सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । यी घटनाहरुबारे प्रहरीले अनुसन्धान समेत गरिरहेको छ ।

  • मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री

    मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । यो काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए ।

    ७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, दातृ निकाय सबैको प्रयासमा मुलुकलाई समृद्ध र सुशासनको मार्गमा अघि बढाउन प्रतिबद्ध छ ।’

    २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्ने राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए

  • राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही

    राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको  छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरे ।
    पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने उनले बताए । शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले भने, ‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ । तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’
    राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका

  • आज प्रजातन्त्र दिवस मनाइदै

    आज प्रजातन्त्र दिवस मनाइदै

    काठमाडौं । आज नेपालमा प्रजातन्त्र दिवस मनाइदै छ । यस अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

    २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

    टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गरे ।

    समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अंकित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

  • दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

    दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

    काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् ।

    दलित समुदायबाट पुरुषहरू भने यसअघि सीडीओ बनिसकेका छन् । कास्कीको रुपा गाउँपालिका–१ मा जन्मिएकी सीता शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिसकेकी छिन् ।

  • स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?

    स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि आचार संहिताको टुंगो लगाएको छ । उमेदवारको नाममा सरकारी पेश्की र बेरुजू रहन नपाइने भएको छ । यसले उमेदवारहरुलाई जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

    लेखापरीक्षणबाट उम्मेदवार हुने व्यक्तिको नाममा बेरुजू देखिएमा फर्स्योट गरेको हुनुपर्ने प्रावधान समेत राखिएको छ । आयोगले उम्मेदवार हुने व्यक्तिले स्थानीय तहको पदाधिकारीबाट राजिनामा दिनुपर्ने प्रावधान राखेको छ । स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको, स्थानीय तहबाट अनुदान प्राप्त संस्ठामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित र मनोनित पदाधिकारीले स्ठानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजिनामा गर्नुपर्ने भएको छ ।

  • सत्ता गठबन्धनको बैठक बस्दै, निस्केला निकास ?

    सत्ता गठबन्धनको बैठक बस्दै, निस्केला निकास ?

    काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको बैठक बिना निष्कर्ष सकिएपछि शुक्रबार पुनः बैठक बोलाइएको हो । गठबन्धनका शीर्ष नेताले बिहान ९ बजे बैठक बसी साझा धारणा बनाउन कोसिस गर्ने भएका छन् ।

    बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिए पनि त्यसो हुन सकिरहेको छैन । बिहीबार सत्तारुढ दलको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री शेर बहाखुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

  • नेपालमा ५७० जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    नेपालमा ५७० जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नौ हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आंकडा छ । यस अवधिमा थप एक हजार नौ सय ९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

    योसहित अहिलेसम्म निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार तीन सय ३० जना पुगेको छ । यही अवधिमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ११ जना पुगेको छ । थप दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

    सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

    काठमाडौं । सत्तारुढ दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोटमा पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा श्रीमती डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् ।

    भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि के निष्कर्ष आयो भन्ने खुलाइएको छैन । सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी)बारे छलफल भए पनि सहमति जुटेको थिएन । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने भएको छ ।

  • नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

    नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

    काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट हुने भएको हो । थाइल्याण्डबाट एरो थाइले ल्याएको विमानबाट आगामी एक हप्तासम्म भैरहवा क्षेत्रको आकासमा उडान गरि विमानस्थलको परीक्षण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जडान भएका उपकरणहरुले काम गरे÷नगरेको जाँच गर्न थाइल्याण्डबाट बिहीबार एरो थाइको जहाज नेपाल आएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुकुन्द मिश्रका अनुसार आगामी एक सातासम्म हरेक दिनजसो यो जहाज भैरहवाको आकासमा उड्ने भएको हो । जसले यहाँ जडान भएका हरेक उपकरणले विमानस्थल सञ्चालनका दौरान काम गरे, नगरेको परीक्षण गर्नेछ । जहाजमा कुल ७ जना अट्छन् । जसमा २ जना पाइलट हुन्छन् । क्यालिब्रेसन उडानमार्फत एयर ट्राफिक कन्ट्रोल टावरमार्फत कम्यूनिकेसन प्रणालीबारे परीक्षण हुनेछ । तालिका अनुसार शुक्रबार प्राधिकरण र क्यालिब्रेसन गर्ने टीमबीच ब्रिफिङ हुनेछ । त्यसपछि भने उडान सुरु हुनेछ ।

    जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसअगाडि २३ फेब्रुअरीका दिन सबै क्रु मेम्बर र प्राविधिकहरुको आरामका लागि बिदा दिइएको छ । त्यसबाहेक १८ फेब्रुअरीदेखि २७ सम्म हरेक दिनजसो जहाजले उपकरणहरुको जाँच गर्नेछ । खासगरी नयाँ विमानस्थल बनेपछि उडान रुटहरु निर्धारण गर्न, सञ्चार उपकरणको परीक्षण गर्न यस्तो उडान अनिवार्य गरिएको हुन्छ ।

    एरो थाइको जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसपछिको १५ दिनमा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रिर्पोट बुझाउने छ । यस्तो रिर्पोट आएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो जहाजबाट परीक्षण उडान गर्न सक्नेछ । नेपालमा २००६ सालमा त्रिभुवन विमानस्थल बनेयता पहिलो पटक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।

  • सत्तारुढ दलको बैठकमा जुटेन सहमति, एमसीसीमा आ-आफ्नै अडान कायमै

    सत्तारुढ दलको बैठकमा जुटेन सहमति, एमसीसीमा आ-आफ्नै अडान कायमै

    काठमाडौं । सत्तारुढ दलको बिहीबारको बैठकमा सहमति जुट्न नसकेसँगै सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा बढेको छ । बिहीबार प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सत्तारुढ दलको बैठकमा दलहरु आआफ्नो अडानमा अडिग रहे । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखे । उनीहरुले एमसीसीबारे थप छलफल जरुरी रहेको भन्दै यस्तो शर्त राखेका हुन् । उता कांग्रेसले भने शुक्रबार कुनै पनि हालतमा एमसीसी टेबुल गर्ने बताएको छ ।

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताएका हुन् । उनले ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ भन्दै कांग्रेसको अडान राखेका थिए ।

  • ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

    ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

    रियो दि जिनेरो । ब्राजिलमा अचानक आएको भिषण वर्षा र बाढीका कारण करीव १ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार ब्राजिलको पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । रियो दि जिनेरोबाट उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछि मुसलधारे वर्षा भएको थियो।


    सडकमा पानीको भेल पस्दा कार यत्रतत्र भएका थिए । पहाडी खोँचमा रहेका घर पहिरोले बगाउँदा सो संख्यामा मानवीय क्षति भएको हो । हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवार घरबार विहीन बनेको समेत खबर छ । अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन्। रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन्। पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

    खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्। एकजना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताएका छन् । रुस भ्रमणमा रहेका राष्ट्रपति जाइर बोल्सोनारूले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन्। पेत्रोपुलिस एउटा पर्यटकीय गन्तव्य हो ।

  • स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने

    स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने

    काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना निकाल्दै निर्वाचनमा भाग लिन दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार बिहीबारबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने भएको छ । दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्नेछ ।

    दल दर्ता गर्न निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ । विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।

  • एमसीसीबारे आज सत्तारुढ दलहरुबीच ‘निर्णायक वार्ता’

    एमसीसीबारे आज सत्तारुढ दलहरुबीच ‘निर्णायक वार्ता’

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलहरुबीच आज निर्णायक भनिएको वार्ता हुँदैछ । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको छ । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी छ । यस विषयमा साझा धारणा बनाउने वा एक्लाएक्लै जाने भन्ने विषयमा आज निर्णय हुने भएको हो ।


    बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी रहेपनि दलहरुबीच सहमति नजुटेपछि स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भए अनुसार बिहाीबार बैठक बोलाइएको हो ।

    माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिइसकेको छ । माओवादी केन्द्रले बुधबार एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई आन्दोलनमा उतारेको छ । नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना संसदमा लैजान नहुने पक्षमा छन् ।

  • नेपालमा थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

    नेपालमा थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जना र २९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७४ हजार ४९३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १६०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

  • देउवा–प्रचण्डबीच गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति, आज एमसीसी टेबल नगर्ने

    देउवा–प्रचण्डबीच गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति, आज एमसीसी टेबल नगर्ने

    काठमाडौं । बुधवारको लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप निर्णयविना एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

    माओवादी केन्द्रको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

    सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने कुरा बताएपछि देउवा ब्याक भएका हुन्।

    एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् ।

    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। दुई नेताबीचको छलफलबाट भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बालाइएको छ ।

  • एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

    एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    संसदीय दलको बैठकले संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्।

    उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे।

    ‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’

    माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले ‘नेकपा माओवादीको संसदीय दलको बैठक सकियो, संसद सुचारू नहुँदासम्म र सहमति नबन्दासम्म MCC टेबल गर्न नसकिने निष्कर्ष,’ फेसबूकमा लेखेकी छन् ।