सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

प्रतिकात्मक तस्वीर

मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो । घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ… Continue reading सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार

वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस सम्बधी मुद्दाको सुनुवाइमा गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने योजना बनाएका हुन् । यसअघि प्रगठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएपछि विवाद भइरहेको छ । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार… Continue reading वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

काठमाडौं । सरकारले नेपालको पहाडबाट उत्खनन गरि गिट्टी बालुवा भारत निकासी गर्ने गरि लिएको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेको छ । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र त्यसका माध्यमबाट व्यापार घाटा कम भन्दै सरकारले बजेटमा यो नीति राखेको हो । सत्ता टिकाउन भारतलाई रिझाउने गरि राष्ट्रहीत विरोधी कदम चालेको भन्दै… Continue reading गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअवधिमा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७७९९ पुगेको छ । नेपालमा कुल संक्रमितको १.६ प्रतिशत मानिसले ज्यान गुमाउनु परेको छ । पछिल्लो केही… Continue reading कोरोनाबाट नेपालमा थप ६८ जनाको मृत्यु

नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते

काठमाडौं । नेपालमा शनिबार ५ हजार मानिसमा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना पुष्टी भएको हो । यस अवधिमा १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । पछिल्लो दिनमा परीक्षण कम भएसँगै संक्रमित समेत केही कम भएको देखिएको छ ।… Continue reading नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते

सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिर परिसरबाट घाट हटाउने तयारी गरेको छ । मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्तावको तयारी कोषले गरेको हो । राससका अनुसार यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार… Continue reading सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?

काम चलाउ सरकारका प्रधानमन्त्रीले पुनः गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, को आए-को बाहिरिए ?

काठमाडौं । संसद विघटन गरि काम चलाउ बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर पक्षको नेताहरुलाई १० मन्त्री बनाएका उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले यसअघिको मन्त्रिमण्डलमा रहेका एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्य मन्त्रीलाई बिदा गरेका छन् । नयाँ मन्त्रिपरिषदमा… Continue reading काम चलाउ सरकारका प्रधानमन्त्रीले पुनः गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, को आए-को बाहिरिए ?

जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको स्रोतले बताएको छ । केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत भएको हो। महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधान सहित शहरी विकास… Continue reading जसपाको ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा, को-को भए मन्त्री ?

नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ।

नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या… Continue reading नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट शुरु भएको मुद्धाको अर्को सुनुवाई अब २७ जेठमा हुनेछ । नागरिकता अध्यादेशबिरुद्ध ६… Continue reading नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई २७ गते

मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ । राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले… Continue reading मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६… Continue reading नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ७५ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ।

लायन्स क्लबको आयोजनामा काठमाडौँको गोकर्ण र सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २०।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १… Continue reading लायन्स क्लबको आयोजनामा काठमाडौँको गोकर्ण र सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न

‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन – डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानाकारी गराएको हो । बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित थियो । हाल नेपालमा अल्फा… Continue reading ‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन – डब्ल्यूएचओ

आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

काठमाडौं । नेकपा एमाले भित्र गूट वा फूटको अन्तिम लडाई जारी छ । माधव नेपाल पक्षका नेताहरुमध्ये केहीले ओलीसँग पुनः वार्ता अगाडी बढाएपछि उत्पन्न परिस्थितिका बीच आज दुबै समुहको महत्वपूर्ण बैठक बस्दैछ । ओली पक्ष र नेपाल पक्षका छुट्टाछुट्टै बैठक बस्ने भएका हुन् । ओली समुहले स्थायी कमिटी बैठक बोलाएको छ । खनाल, नेपाल समूहले… Continue reading आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

टेक्सस २५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु… Continue reading बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न

पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ।

नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७ हजार… Continue reading नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त

उपत्यकामा १४५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १४५६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १४५६ जनामा संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सात दिनभित्र कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा… Continue reading सात दिनभित्र कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?

File photo

काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १० दिन थप भएको छ । सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही जेठ ३१ गतेसम्म थप भएको हो । बुधबार तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन… Continue reading उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?

रहस्यमय दरवार हत्याकाण्डको २० वर्ष पुरा

काठमाडौं । नेपालमा साढे दुई वर्ष पुरानो राजसंस्थाको विरासत अन्त्य गराउने सुत्रधार सावित भएको रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पुगेको छ । २०५८ जेठ १९ मा राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गरिएको थियो । यसको आरोप तत्कालिन युवराज दीपेन्द्र शाहमाथि लगाइए पनि जनता भने यो स्वीकार गर्न तयार छैनन् । यो… Continue reading रहस्यमय दरवार हत्याकाण्डको २० वर्ष पुरा

बाजुराको जगन्नाथ गाँऊपालिकालाई काठमाडौँबाट लायन्स क्लबले स्वास्थ्य सामाग्री पठाउने अभियान

अमृता के सी ( रोनी )काठमाडौं, जेष्ठ १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले बाजुराको जगन्नाथ गाउँपालिकाको लागि स्वास्थ्य सामाग्री संकलन गरेको छ।नेपालकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरामा कोरोना कहरको दोस्रो लहर व्यापक रुपमा फैलिराखेको अवस्थामा हाल सम्म ५०२ जना कोरोना संक्रमित भेटिएका छन् ।जगन्नाथ गाउँपालिकाबाट कोरोना… Continue reading बाजुराको जगन्नाथ गाँऊपालिकालाई काठमाडौँबाट लायन्स क्लबले स्वास्थ्य सामाग्री पठाउने अभियान

नेपालमा थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।… Continue reading नेपालमा थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६८ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४५४ पुगेको छ।

विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं । कोरोना संक्रमणको कारण विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारत ४४ वर्षीय थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो… Continue reading विवेकशील साझाका नेता उज्वल थापाको निधन

दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १२. ७१ अंकले घटेर २७७०.१२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१६ कम्पनीको ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर किनबेच… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीवाट निष्काशन गरेको हो । उनीहरुलाई कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकेको… Continue reading महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित