Category: समाचार

  • आज महाशिवरात्री, पशुपतिमा पुग्दैछन् लाखौं भक्तजन

    आज महाशिवरात्री, पशुपतिमा पुग्दैछन् लाखौं भक्तजन

    काठमाडौं । लगातार दुई वर्ष घरबाटै भगवान शिवको आरधना गरेका हिन्दु धर्मावलम्बी यस पटक भने शिवको शरणमै पुगेर दर्शन गर्न पाएका छन् । आज शिवरात्री, सोहीकारण काठमाडौंमा रहेको पशुपतिनाथसहितका शिव मन्दिरमा भक्तजनको ठूलो घुइंचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा(आराधना गरी आज देशभर मनाइँदैछ ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

    राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको छ ।

    महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

    Photo: THT


    यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
    मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

    नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

  • नेपालमा थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त

    नेपालमा थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ गरी १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ९८४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८ हजार २३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

  • चौतर्फी विरोधपछि प्रचण्डको पत्रकार सम्मेलन-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’

    चौतर्फी विरोधपछि प्रचण्डको पत्रकार सम्मेलन-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण संविधानमाथि प्रहार हुने देखिएकाले अनुमोदन गर्न सहयोग गरेको बताएका छन् ।

    एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा आफू किन पुगियो भन्नेबारे उनले सोमबार पत्रकार सम्मेलनमार्फत एमसीसी पास नभएको भए संविधानमाथि नै प्रहार हुने देखिएको बताएका हुन् । संविधानको रक्षाका लागि बनाएको गठबन्धन जोगाउन पनि एमसीसी पास गर्न सहयोग गरिएको उनको भनाइ छ ।

    ‘ हामीले संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौँ । तर एमसीसीको कारण संविधानमाथि नै प्रहार हुने देखियो ।

    एमसीसीकै कारण फेरि नयाँ सरकार बन्ने, सभामुख हटाउने, सांसदको पद खारेज गर्ने जस्ता थुर्पै खतरा बढे ।’ उनले भने, ‘फेरि देशमा ठुलो संकट आउने देखिएपछि एमसीसी संशोधन गरि कसरी पास गर्न सक्छौँ भन्ने तर्फ हामी लाग्यौँ । अन्तिममा व्याख्यात्मकसहित पास गर्यो भने अति उत्तम हुन्छ भन्ने निष्कर्षमा पुग्यौँ। हिजो एमसीसी पास भयो । देश दुर्घटनाबाट बचेकाले म खुसी छु ’

  • महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

    महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

    पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागी छुट्टा- छुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ ।

    धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

    महाशाखाका अनुसार कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।

    भक्तजनहरूका लागि सिफल चौर,गुह्येश्वरी पारी,पशुपति क्षेत्र विकास कोषको कार्यालय,भण्डारखाल,तिलगंगा करिडोरमा पार्किङ स्थल तोकिएको छ।

    आवश्यक अनुसार थप सवारीसाधन डाइभर्सन गर्ने महाशाखाले जनाएको छ।

  • शेयर बजारमा देखिएन एमसीसी प्रभाव, हाइड्रोपावरमा पहिरो

    शेयर बजारमा देखिएन एमसीसी प्रभाव, हाइड्रोपावरमा पहिरो

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ ।

    साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँ बराबरको ७८ लाख ३४ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । त्यसदिन ३ अर्ब २७ करोड २७ लाख ७३ हजार ३४७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आइतबार नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने हाइड्रोका लगानीकर्ता रहेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.०९ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, फाइनान्स, निर्जीवन बीमा समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अरुण भ्याली कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड बढीको कारोबार भएको छ ।

    कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।

    यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इदी मर्दी, लिबर्टी इनर्जी र रुरु जलविद्युत्को शेयर मूल्य ५ प्रतिशतले घटेको छ भने एक्सल डेभलपमेन्ट बैंक, रसुवागढी, नेशनल हाइड्रो, राष्ट्रिय बीमासहित १ दर्जन कम्पनीको मूल्य ४ प्रतिशतले घटेको छ ।

  • रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो

    रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो

    काठमाडौं । रुसी फौजले युक्रेनको लगभग सबै दिशाबाट हमला थालेको युक्रेनी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको बताए । उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरको भनाई छ ।

    बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनको दाबी छ। यद्यपि यसको पुष्टि हुन सकेको छैन। ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाएको छ । ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।

    युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्। रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ।

  • एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ ? (पूर्णपाठ)

    एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्।

    सत्तारुढ पाँचमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदबाट एमसीसी पास गराउनका लागि ११ बुँदे व्याख्यात्मक टिप्पणीको सहारा लिएका छन्।

    एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धमा बाँधिएको मानिने छैन भन्ने घोषणा गरेका छन्।

    यो व्याख्यात्मक टिप्पणीलाई मूल प्रस्तावमा पूरक बनाएर समावेश गरी पारित गर्ने सहमति गठबन्धनबीच भइसकेको छ।

    सत्तारुढ दलले कम्प्याक्टको दफा ३.२ (ख) का सम्बन्धमा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित र कम्प्याक्टअनुसार नियमित हुनेछ भन्ने स्पष्ट पारिएको छ ।

    बौद्धिक सम्पत्तिको हकमा एमसिसीको स्वामित्व रहने छैन र कम्प्याक्ट कार्यक्रमअन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिउपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्नेमा सत्तारुढ दल सहमत भएका छन्।

    ११ बुँदे व्याख्यात्मक टिप्पणीमा

    १. कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएका कारण नेपाल र संयुक्त राज्य अमेरिकाको इन्डो-प्यासिफिक स्ट्राटेजी (Indo-Pacific Strategy) लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा (alliance) बाँधिएको मानिने छैन भन्ने घोषणा गर्दछ।

    २. कम्प्याक्टको दफा २.७, दफा ५.२(ख)(३), दफा ५.२(ख) (४) को सम्बन्धमा, कम्प्याक्टको उक्त दफाको उद्देश्य एमसीसी अनुदानको उपयोग सन्दर्भमा मात्रै लागु हुन्छ भन्ने बुझाई नेपालको रहेको छ। उक्त प्रावधानले एमसीसी अनुदानको प्रयोगबाहेक अन्य कुनै पनि उद्धेश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानुन र नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।

    ३. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले संचालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ।

    ४. कम्प्याक्टको दफा ३.२ (च) सम्बन्धमा, कम्प्याक्टको दफा ३.२ (च) अनुसारको बौद्धिक सम्पत्तिमाथि एमसीसीको स्वामित्व रहने छैन। कम्प्याक्ट कार्यक्रमअन्तर्गत आउने सम्पूर्ण बौद्धिक सम्पत्ति उपर नेपालको स्वामित्व रहने छ। त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्ने घोषणा गर्दछ।

    ५. कम्प्याक्टको दफा ३.५ सम्बन्धमा, कार्यन्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागु गरिनेछ घोषणा गर्दछ।

    ६. कम्प्याक्टको दफा ३.८ (क) को सम्बन्धमा, एमसीए नेपालको सबै गतिविधि तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानुनबमोजिम महालेखा परीक्षकबाट पनि गरिने भन्ने घोषणा गर्दछ।

    ७. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा, कम्प्याक्ट वा कम्प्याक्ट अन्तर्गतका गतिविधि/कार्यक्रमले नेपालको कानुन वा नीतिहरूको उल्लङ्घन गरेमा नेपालले ३० दिनको पूर्व लिखित सूचना दिएर कम्प्याक्ट वा एमसीसी अनुदान रकम खारेज गर्ने अधिकार नेपालसँग रहेको घोषणा गर्दछ।

    ८. कम्प्याक्टको दफा ५.५ (ग) सम्बन्धमा, कम्प्याक्टको समाप्ति, निलम्बन वा अन्त्यपछि पनि लागु हुने भनिएका प्रावधान बाँकी रहेको एमसीसी अनुदान रकमको उपयोग लगायत कम्प्याक्ट अन्तर्गतका परियोजनाको मूल्याङ्कन, लेखापरीक्षण र करको फर-फारकको हदसम्म प्रासङ्गिक हुने घोषणा गर्दछ।

    ९. कम्प्याक्टको दफा ७.१ सम्बन्धमा नेपालको संविधान कम्प्याक्ट भन्दामाथि रहने छ भन्ने घोषण गर्दछ। साथै, कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रम/परियोजनाको कार्यान्वयन नेपालको कानुन र कम्प्याक्ट बमोजिम गरिनेछ भन्ने घोषणा गर्दछ।

    १०. कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा, विद्युत प्रसारण आयोजना (Electricity transmission project) लगायत सबै चल तथा अचल सम्पत्ति, आयोजनासँग सम्बन्धित जग्गा नेपाल सरकार वा सरकारका निकायको स्वामित्वमा रहने घोषणा गर्दछ।

    ११. नेपालले मिति २०७८/५/२३ मा मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट प्राप्त पत्र पत्रमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसनको जवाफले कम्प्याक्टको व्याख्या तथा कार्यान्वयनमा मद्दत गर्ने नेपालको मत छ।

  • ‘एमसीसी नेताहरूकै कारण बाँदरको घाउ हुँदै क्यान्सरको अवस्था पुग्यो,राष्ट्रहितमा छ स्वीकार गरौं’

    ‘एमसीसी नेताहरूकै कारण बाँदरको घाउ हुँदै क्यान्सरको अवस्था पुग्यो,राष्ट्रहितमा छ स्वीकार गरौं’

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै भट्टराईले नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए ।

    ‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ भनेर प्रश्न गरे ।

    भट्टराईले जनताको सार्वभौम अधिकारमा हनन् भएको भन्दै क्षमा समेत मागे । ‘जनताको सार्वभौम सत्ता प्रतिनिधिसभामार्फत् अभिव्यक्त हुन्छ ।

    म दुःखका साथ भन्छु, गत ६ महिनादेखि प्रतिनिधिसभालाई जसरी बन्धक बनाएका छौं, यसले जनताको सार्वभौम अधिकारको अपमान भएको छ, म क्षमा माग्न चाहन्छु,’ उनले भने ।

    उनले एमसीसीलाई बद्लिदो भू–राजनीतिको शिकार बनाउन खोजिएको भन्दै त्यसमा चनाखो हुन आवश्यक रहेको बताए ।

    ‘म नैतिक जिम्मेवार लिन्छु,’ उनले भने, ‘कसरी राष्ट्रघाती छ एमसीसी ?’ उनले नेपालको पूर्वाधार विकास गर्ने एमसीसीको तुरुन्तै पारित गरिनुपर्ने बताए।

    ‘एमसीसी एउटा सामान्य अनुदान सम्झौता थियो । यसलाई ठूलो बनाइयो,’ उनले भने,‘सामान्य घाउ कोट्याउन थालियो । हामी आपसमा लड्दैछौं ।’ उनले एमसीसी नेपालको हितमा भएको र विकासको बाटोमा भएको बताए ।

    एमसीसीको विरोध गर्ने दलहरूले जनतालाई अतिरञ्जित तरिकाले भ्रममा पारेको आरोप लगाएका हुन् ।

    ‘एमसीसीबारे तलसम्म यति विषाक्त प्रचार गरिएको छ कि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जान नसकिने अवस्था छ ।

    ढिलै भए पनि साथीहरुले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पारित गर्ने कुरा गर्नुभएको छ,’ भट्टराईले भने, ‘पहिला आफैंलाई जनताको बीचमा जान नसकिने गरी वातावरण विषाक्त गर्नुभयो, अहिले पातलो लँगौटी लगाएर जनतामा लाज छोप्ने काम गर्नुभएको छ उनले भने’ ।

  • नेपालमा थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त

    नेपालमा थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ८६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।

  • ‘एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्,संसद्‍बाट अस्वीकार गरियोस्’- भीम रावल

    ‘एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्,संसद्‍बाट अस्वीकार गरियोस्’- भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेता रावलले उक्त एमसीसी सम्झौतामा रहेका केही बुँदाले नेपालको सार्भभौम सत्तामा आँच पुर्‍याउने बताए। उनले भने, ‘यदि जबरजस्ती एमसीसी एमसीसी पास भयो भने यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्‍याउँछ।’

    प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेश हुनु आपत्तिजनक भएको उनले बताए। ‘एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो। देश र जनताप्रति धोका हो। यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्,’ नेता रावलले भने। एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए।

    सम्झौताको एक प्रावधानमा आयोजनाको अवधि पाँच वर्ष भनिए पनि त्यसका अन्य प्रावधानले अनिश्चितकालसम्म रहने सांसद रावलको दाबी छ। ‘नेपालले अमेरिकाको वर्तमान र भविष्यमा बन्ने कानुनसमेत मान्नुपर्नेछ र अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थअनुरूप नेपाल सरकारले काम गर्नुपर्ने अवस्था भई नेपालको संविधानमा उल्लेखित स्वतन्त्र परराष्ट्र नीति र असंलग्नतामा आघात पुग्नेछ,’ रावलले भने।

  • जबर्जस्ती करणी मुद्दा लागेर फरार पल शाहद्वारा प्रहरी समक्ष आत्मसमर्पण

    जबर्जस्ती करणी मुद्दा लागेर फरार पल शाहद्वारा प्रहरी समक्ष आत्मसमर्पण

    काठमाडौं । अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

    बलात्कार मुद्दा लागेर फरार रहेका शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए। त्यसको केही समयमै उनले प्रहरीसामू आत्मसमर्पण गरेका हुन्।

    एक नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका छन्। उनले जिल्ला प्रहरी तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन्।

    कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो।

    महानगरीय प्रहरी परिसर काठमाडौंदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत खोजीमा लागेको थियो। आज बिहान शाहले आफूले प्रहरीमा आत्मसमर्पण गर्न लागेको जानकारी दिएका थिए।

  • एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

    एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले गठबन्धन जोगाउन एमसीसीमा केही लचकता अपनाएका छन् ।

    सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो ।

    सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।

    बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको थियो ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिन थालेपछि पुनः प्रतिगनकारी शक्ति अगाडि आउने भो भनेर एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।

    माओवादी केन्द्र प्रतिनिधिसभामा अनुमोदनका लागि टेबल भएको एमसीसीको पक्षमा उभिएसँगै आजको संसद् बैठकमा त्यसमाथि छलफल हुने निश्चितजस्तै देखिएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

  • आज संसद बैठक, एमसीसीबारे छलफल हुने

    आज संसद बैठक, एमसीसीबारे छलफल हुने

    काठमाडौं । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भएको छ । तर, दलहरुबीच सहमति हुन नसकेपछि छलफल हुन भने सकेको छैन । सोहीकारण पटक पटक स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको छ । फागुन ८ मा एमसीसी सम्झौता अनुमोदन गर्न संसदमा टेबुल भएको हो । आइतबार बैठक दिउँसो १ बजे बस्ने छ ।

    संसद सचिवालयको सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीबारे छलफल हुने बताइएको छ । तर, राजनीतिक दलहरुमा भने यसबारे सहमती जुटेको छैन । कांग्रेस जसरी पनि एमसीसी पास गर्ने पक्षमा छ । एमालेले गठबन्धन भत्किए, सभाुमख माथि कारवाही गरेर १४ जना सांसदमाथि कारवाही गरेमा एससीसीमा भोट हाल्ने अडान लिएको छ । माओवादी केन्द्र र समाजवादी नेपाल दल भने यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा छन् । आज पनि दलहरुबीच यसबारे दिनभरजसो छलफल हुने छ ।

  • विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण

    विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण

    काठमाडौं । सरकारले विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    यो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने अर्थ मन्त्रालयले बताएको छ। विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने मन्त्रालयको भनाई छ।

    ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले सबै नेपालीमा, विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ।’ उनले नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्धको सुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेकोसमेत दावी गरे।

    विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे। उनले कोरोना भाइरसको विभिन्न उत्परिवर्तित रूपहरूले अर्थतन्त्र तथा सामान्य जीवनयापनमासमेत समस्या सिर्जना गरिरहेका बेला यस किसिमको वित्तीय सहायता महत्वपूर्ण हुने बताए।

  • कांग्रेस र एमालेको बैठक निष्कर्षमा पुगेन

    कांग्रेस र एमालेको बैठक निष्कर्षमा पुगेन

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको शनिबार अबेरसम्म चलेको वार्ता समेत विना निश्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताले आआफ्नै अडान कायम राखे । जसका कारण सहमति जुट्न नसकेको हो बैठक भने जारी राख्ने सहमति भएको बताइएको छ ।

    आइतबार एमसीसीबारे संसदमा छलफल हुँदैछ । भोली नै पास गर्ने रणनीतिमा प्रधानमन्त्री छन् । उनले गठबन्धनबाट राम्रो साथ नभएको भन्दै एमालेको शरण खोजेका थिए । तर, एमालेले आफ्नो माग पुरा नभएसम्म सरकारलाई साथ दिन नसक्ने अडान राखिरहेको छ ।

  • नेपालमा थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

    नेपालमा थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ गरी १५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ७७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५४० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ ।

  • प्रतिनिधि सभा बैठकमा आइतवार एमसीसीबारे छलफल हुने

    प्रतिनिधि सभा बैठकमा आइतवार एमसीसीबारे छलफल हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। गत फागुन १२ गतेका लागि बोलाइएको बैठक १३ गतेलाई र १३ गतेका लागि बोलाइएको बैठक आइतबारको लागि तोकिएको थियो।

    बैठकको कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। ‘माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम ल्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने’, कार्यसूचीमा भनिएको छ।

    २०७६ असार ३० गते दर्ता भएको प्रस्ताव गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा टेबल गरेका थिए।

    सम्बन्धित मन्त्रालयका मन्त्री शर्मा भने त्यस दिन ‘बिरामी’ भएका थिए। यसअघि १२ गते सामान्य छलफलका लागि प्रस्तुत गर्ने भनी कार्यसूचीमा तोकिएको भए पनि मन्त्री शर्मा भने पर्वत गएका थिए। त्यसक्रममा उनले एमसीसी पारित हुन नदिने बताएका थिए।

  • ‘बाहिर राष्ट्रवादी भनेर राष्ट्रघात गर्ने माओवादी एमसीसीमा साथ नदिए सरकारबाट जानोस्’

    ‘बाहिर राष्ट्रवादी भनेर राष्ट्रघात गर्ने माओवादी एमसीसीमा साथ नदिए सरकारबाट जानोस्’

    काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार छोड्न आग्रह गरेका छन्।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए।

    संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न आग्रह गरे ।

    भट्टराईले भने, ‘यो एमसीसी सहमतीबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आईपर्दैछ। त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ। यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ।

    यस्तो महत्वपूर्ण मुद्दामा १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ। त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ। त्यसो गर्न पाईदैन।’

  • संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

    संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।

    शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित भएको हो ।

    बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

    सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेको हो।

    कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।

    बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।

  • जसरी पनि एमसीसी पास गर्न कुन शर्तमा एमालेलाई फकाउलान् प्रधानमन्त्रीले ?

    जसरी पनि एमसीसी पास गर्न कुन शर्तमा एमालेलाई फकाउलान् प्रधानमन्त्रीले ?

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि पास गर्ने रणनीतिमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनलाई अब सहकार्य गर्न नसकिने जानकारी गराइसकेका छन् । किनकी गठबन्धनमा रहेका अन्य दल एमसीसी सम्झौता पास गर्न नहुने पक्षमा छन् । एमसीसीबारे छलफल गर्न शुक्रबार संसद् बैठक बस्दैछ । त्यस अगाडी नै एमालेलाई फकाएर सहमतिमा ल्याउने दाउमा छन् प्रधानमन्त्री ।

    एमाले पनि विगतमा आफुले गरेको गल्ती ढाकछोप हुने गरि उत्पन्न परिस्थितिका कारण मख्ख छ । उसले चाहेजस्तै प्रधानमन्त्रीले गठबन्धन टुटाउन तयार भएका छन् । यो अवस्थामा अब दुई ठूला दलबीच सत्ता साझेदार, सभामुख माथि महाअभियोगसहित अन्य प्याकेजमा सहमतिको सम्भावना रहेको बताइएको छ । दुई दलबीचको छलफल सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

    माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी छ । यही मेसोमा एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडानलाई कार्यान्वयन गर्न सक्नेछ ।

  • रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी

    रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी

    काठमाडौं । रुसले युक्रेनमाथि बिहीबार गरेको आक्रमणयता एक दिनमै १३७ जना मारिएको पुष्टी भएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो पुष्टी गरेका हुन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । रुसतर्फको क्षति सार्वजनिक गरिएको छैन । तर, दर्जनौं सैनिक मारिएको हुन सक्ने खबर छ । रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

    राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ। रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो। बीबीसीका अनुसार विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन्।

    सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन्। युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्। त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ।

    रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुनः आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्। पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

    तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसङ्मा अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ। जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ।

  • सत्ता गठबन्धन टु्ट्ने, एमाले र कांग्रेसबीच सहकार्य गर्ने सैद्धान्तिक सहमती

    सत्ता गठबन्धन टु्ट्ने, एमाले र कांग्रेसबीच सहकार्य गर्ने सैद्धान्तिक सहमती

    काठमाडौं । अमेरिकी अनुदान एमसीसीका कारण नेपालको राजनीतिमा अर्को उथलपुथल आएको छ । अब प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएका सत्तारुढ दलबीचको गठबन्धन टुट्ने भएको छ । त्यसको साटो नेपाली कांग्रेस र एमाले गठबन्धनका लागि सहमत भएका छन् । यसले एमसीसी पास गर्नेदेखि सत्तामा समेत यी दुई दलले भागबन्डा गर्ने छन् ।

    बिहीबार राती प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जारी राजनीतिक गतिरोधलाई समुचित सहकार्यमार्फत निकास दिने सहमति जुटेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति जुटेको स्रोतको भनाई छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री देउवाले विगतमा मुलुकलाई निकास दिन कांग्रेस र एमालेले पटक पटक सहकार्य गरेको स्मरण गराएका छन् ।

    संसदबाट एमसीसी पास गर्ने शर्तमा उनी गठबन्धन समेत तोठ्न तयार भएका हुन् । उनको भनाईमा केपी ओली समेत सहमत भएका कारण दुई ठूला दलबीच सहमति भएको हो । ओलीले निकासका लागि एमाले बाधक नबन्ने बताएका थिए । अहिलेकै अवस्थामा एमाले संसदमा प्रवेश गर्ने वातावरण नभएको र त्यो वातावरण बनेमा अवरोध नगर्ने उनको भनाई छ । एमालेको माग कसरी पुरा गर्ने भन्ने चाँही स्पष्ट भइसकेको छैन । दुई दलबीच शुक्रबार समेत छलफल हुने छ ।

  • नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

    नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ५१२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ६७८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।

  • एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्‍दै देउवा

    एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्‍दै देउवा

    काठमाडौं । एमसीसी अनुमोदनको लागि गठबन्धनको साथ नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलसँग सामूहिक संवाद थालेका छन्।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा ओलीसँग एक्लाएक्लै छलफलपछि प्रधानमन्त्री देउवाले अन्य नेतासहितको छलफल गरेका हुन् ।

    छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए भने कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा सहभागी थिए।

    बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो।

    विहीवारको लागि बोलाइएको वैठकमा अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक नै स्थगन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए।

    सरकारको आग्रहबमोजिम सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक स्थगन गरेका थिए ।

  • सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

    सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक बिहीबार दिउँँसो १ बजेका लागि बोलाइएको थियो ।

    आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

  • संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा, एमसीसी विरुद्ध प्रदर्शन जारी

    संसद भवनबाहिर सुरक्षा व्यवस्था कडा, एमसीसी विरुद्ध प्रदर्शन जारी

    काठमाडौं । प्रतिनिध सभाको बैठक बस्ने दिन आज एमसीसीबारे संसदमा छलफल हुँदैछ । अर्कोतर्फ यसको विरोध गरिरहेको कम्युनिष्ट घटकहरुले सडकमा समेत माहोल तताउने तयारी गरेका छन् । सोहीकारण संसद भवन वरिपरि प्रहरीले काँडेतारले घेरेको छ । सुरक्षा प्रवन्ध कडा गरिएको छ । गत आइतबार संसदमा एमसीसी टेबुल हुने दिने प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको थियो ।

    आज समेत विरोधीहरुले चर्को आन्दोलनको तयारी गरेका छन् । आज बस्ने बैठकमा आजबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टबारे छलफल प्रारम्भ हुने छ । सत्तारुढ दलमध्ये कांग्रेस जसरी पनि एमसीसी पास गराउने दौडधुपमा छ । अन्य दल विपक्षमा छन् । सोहीकारण प्रधानमन्त्री शेर बहादुर देउवाले एमालेलाई फकाइरहेका छन् ।

  • संसदको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथिको छलफल प्रस्ताव

    संसदको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथिको छलफल प्रस्ताव

    काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

    संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

    कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै सम्भावित कार्यसूचीको पहिलो नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने जनाइएको छ।

  • पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टी भएको हो ।

    हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन्।

    दुईजनाको मृत्यु भएको छ ।

  • संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई सर्कुलर

    संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई सर्कुलर

    काठमाडौं । नेपाली कांग्रेसले बिहीवार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

    संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्।

    सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन्।

    ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ। तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ’, भुसालले भनिन्।

    हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन्। तीमध्ये दुईजना निलम्बित छन्। सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन्।

    कांग्रेस एमसीसीको पक्षमा छ। कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन्। उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुनु भनेर म्यासेज पठाएको पुष्टि गरिन्।

    सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ। संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन्। एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन। एमालेले आफ्नो माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ।

  • रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध

    रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाँचवटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले रुसका सबैभन्दा बढी सम्पत्ति भएका तीन व्यक्तिमाथि पनि प्रतिबन्ध लगाएका छन्। बीबीसीले जनाए अनुसार यूकेमा भएको रुसी सम्पत्ति रोक्का गरिएको छ । ती बैंकका प्रतिनिधिलाई बेलायत आउन समेत प्रतिबन्ध लगाइएको छ।

    आफुहरुले यूकेका कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न नदिने समेत उनले बताए । उनले यी कदम पहिलो चरणको प्रतिबन्ध भएको उल्लेख गर्दै थप प्रतिबन्धहरू लगाउनका लागि पनि आफू तयार रहेको जनाएका छन्। रुसी राष्ट्रपतिले युक्रेनमा आक्रमण गर्न सक्ने आशंकाका बीच पश्चिमा मुलुकहरुले रुसमाथिको प्रतिवन्ध कडा गरेका हुन् ।