Category: समाचार

  • ओलीको कटाक्ष –‘ गोरु ब्याउँदैन भन्थे, सर्वोच्चमा पाँचवटा बाच्छा पायो ’

    ओलीको कटाक्ष –‘ गोरु ब्याउँदैन भन्थे, सर्वोच्चमा पाँचवटा बाच्छा पायो ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर सरकार ढालेको आरोप लगाएका छन् ।

    प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनको समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए ।

    ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ ।

    संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मानिसहरु मरेपछि पनि दुनियाँले सम्झिरहुन् भन्ने इच्छा राख्ने तर आफूमा भने त्यस्तो इच्छा नभएको बताए ।

    उनले मरिसकेको मान्छेलाई सम्झिनु समयको बर्बादी मात्रै रहेको पनि बताएका छन्।

    ‘मरिसकेको मान्छेलाई सम्झिनुभन्दा आफ्ना छोराछोरीलाई राम्रा शिक्षादिक्षा दिउन्, समाजका लागि राम्रा काम गरुन्, मरिसकेको मान्छेलाई सम्झिएर बेकारमा समयको बर्बाद !’ उनले भने।

    उनले अतितमुखी नहुन र भविष्यका लागि काम गर्न पनि आग्रह गरेका छन्। ‘सम्झिएर एक घोगो मकै फल्छ ? एक बाला धान फल्छ ? एक मानो दुध आउँछ सम्झिएर ? केही हुन्छ सम्झिएर ? एउटा फूल फुल्छ सम्झेर ? सम्झिएर केही हुनेवाला छैन। भविष्यका लागि काम गर, अतितमुखी नहोउ, सम्झिने झन्झट छोड्देउ,’ उनले भने।

  • बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन ‘र्‍यापिड एक्सन टास्क फोर्स’ बनाउने

    बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन ‘र्‍यापिड एक्सन टास्क फोर्स’ बनाउने

    काठमाडौं । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ।

    मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिए।

    त्यस्तै मन्त्रिपरिषदले फोहरमैलासम्बन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गरेको छ भने नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै पत्रकार दुर्घटना बिमा निर्देशिका स्वीकृत गर्ने, वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका स्वीकृत गर्ने र औधोगिक व्यवसाय नियमावली स्वीकृत गर्ने तथा सार्वजनिक खरिद ११औं संशोधन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए।

    त्यस्तै उनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि भएको बताए।

    मन्त्रिपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत पनि प्रदान गरेको छ। बिउबिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस भइ आइबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ।

  • नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क

    नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क

    काठमाडौं । नेपालमा ५० वर्ष भन्दा माथिका नागरिकको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । वर्षको एक पटक नियमित परीक्षण निशुल्क हुने भएको हो । मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय समेत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जानकारी गराएको हो ।

    मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य मन्त्री खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि सोही निर्णय कार्यान्वयन गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिंदै मुख्य सचिव शंकरदास बैरागीले पनि अंगदान गर्ने घोषणा गरेका छन् ।

  • स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

    स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

    काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको छ ।

    छलफलमा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराइने भएको छ । यसमा दलहरुको अपेक्षा समेत आयोगले सुन्ने छ । निर्वाचन घोषणा भएको एक महिनाको अवधिमा आयोगले गरेका कामबारे जानकारी लिइने भएको छ । यसबीचमा दल दर्ताको काम पुरा भएको छ । आयोगले ७९ दललाई मान्यता दिएको छ ।

  • संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु

    संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ।

    मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३१ वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई रहेका छन् ।

    त्यस्तै मादी-६ का ३० वर्षीया सीता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी-५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल रहेका छन् ।

    त्यस्तै मादी-५ का ५५ वर्षीय श्याम शेर्पा, मादी-४ का आइतबहादुर तामाङ, मादी-२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी-४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी-५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका छन् ।

    बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • रुस युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य सम्पन्न, सबैभन्दा धेरै पोल्याण्डतिर

    रुस युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य सम्पन्न, सबैभन्दा धेरै पोल्याण्डतिर


    काठमाडौं । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकासं नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ ।

    रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् ।

    जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको बताए ।

    खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको बताए ।

    उनले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए ।

    पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् ।

    राजदुत खड्का अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँ दिल्ली हुँदै नेपाल जाने तयारीमा छन् ।

    युक्रेनबाट निस्केका मध्ये ४०जना नेपालीले यात्रा अनुमति पत्र ९ट्राभल्स डकुमेन्ट० लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

    करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थाईबसोबास गर्दे आउनुभएकोले पारिवारी, कानुनी रव्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

  • संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

    संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

    गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् ।

    ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

    संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् ।

    घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पु-याइँदैछ । चैनपुरबाट हेलिकोप्टरमा धरान पुर्याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।

    घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सड्कबाट तीन सय मिटर तल खसेको प्रजिअ खतिवडाले बताए ।

    यात्रुहरू कति थिए भन्ने एकीन नभएकाले खोजीकार्य जारी रहेको जनाइएको छ ।

  • संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

    संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

    काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

    संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानाकारी दिए ।

    उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।

    बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

    घाइतेहरूको चैनपुरमाा उपचार हुँदैछ । हाल घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

  • संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा बस सडकबाट खसेको छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे सात बजे दुर्घटनामा परेको हो ।दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भइसकेको डिएसपी लालध्वज सुवेदीले संचारमाध्यमसँग गरेका छन् । सडकबाट बस ३ सय मिटर तल खसेको देखिएको छ । सामाजिक संजालमा दुर्घटनास्थबाट स्थानीयले तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेका छन् ।

  • च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

    च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक गरेपछि नतिजा रियलको पक्षमा आएको हो ।

    पिएसजी ३–१ गोलले हारेको छ । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । सान्टियागो बर्नबेउमा बुधबार राति खेलको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १(० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । उनले ६१, ७६ र ७८ औं मिनेटमा गोल गरे ।

  • त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

    त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

    अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताए । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृति जाँच गरि यात्रुलाई जहाजतर्फ पठाउने छन् । वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएसँगै सरकारले यस्तो निर्णय लिएको हो । विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने छन् ।

  • कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

    कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

    काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन लागिएको हो ।

    अभियानमा हरेक घरमा पुगि जनतासँग अन्तरक्रिया गर्ने तयारी कांग्रैसको छ । यसको संचालन स्थानीय पार्टी पंक्तिले गर्ने भएको छ । डा. महतका अनुसार विपक्षीले पार्टीका सम्बन्धमा छरेको भ्रम चिर्न समेत यस्तो अभियान चलाउने निर्णय भएको हो । कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारणबारे जनतालाई जानकारी गराउने उनले उल्लेख गरे ।

  • नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त

    नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ गरी २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ७०९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ० रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

  • दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

    दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

    दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका १ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।


    मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही(३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

  • जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

    जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर मङ्गलवार एक जनाको ज्यान गएको छ ।
    देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    आगो निभाउने क्रममा बोहोराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी गराएका छन् । घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा सामान्य उपचार गरी प्रभु एअरको हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रेफर गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

  • नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

    नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० गरी १९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ६४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

  • पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को

    पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को

    काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य अत्यधिक हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएको बीबीसीले लेखेको छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको उनले उल्लेख गरे।

    रुस-युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ताबीच अन्तर्राष्ट्रिय शेअर बजारहरूमा गिरावट आएको छ। साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो। रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ।

    यसअघि सोमवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो। एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

  • मध्यरातमा राजमार्गमा गाडी रोकेर तोडफोड गर्ने ३ जना पक्राउ

    मध्यरातमा राजमार्गमा गाडी रोकेर तोडफोड गर्ने ३ जना पक्राउ

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राससका अनुसार उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी गराएका छन् ।

    पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ । आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए । उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए । घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु७२प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

  • काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

    काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

    काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यो घटना सोमबार रातीको हो । यसअघि सोमबार नै ललितपुरमा एकै घरका ५ जनाको निसास्सिएर मृत्यु भएको थियो । सोमबार रामकोटमा बेहोस अवस्थामा भेटिएका मध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

  • आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभर मनाईंदै

    आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभर मनाईंदै

    काठमाडौं मंगलबार ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ८ मार्चमा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन बसेको हो । सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ ।

    नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री र नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् ।

    त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालिएको हो ।

  • जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ

    जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ

    काठमाडौं । जब सेन्टरका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । प्रंहरीका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।


    यसैगरी, काठमाडौं ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्। उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भन्ने प्रचार गरि मानिसलाई आकर्षित गर्दै आएका थिए ।

    जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए। सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको प्रहरीको भनाई छ ।

  • नेपालमा थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमण मुक्त

    नेपालमा थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ गरी ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ५६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ४६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको छ ।

  • एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)

    एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेकामा असहमति जनाउँदै तीन नेताले ‘नोट अफ डिसेन्ट’ राखेका छन्।

    बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार जारी माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी गराएका हुन् ।

    नोट अफ डिसेन्ट जनाउनेमा नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महरा रहेका छन् ।

    सत्ता गठवबन्धनमा रहेको दल नेकपा (माओवादी केन्द्र) भित्र भने यो विषयको वहस सेलाएको छैन ।

    अध्यक्ष प्रचण्ड ब्याख्यात्मक घोषणा सहित अनुमोदनमा गएपछि पार्टीभित्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मौखिक असहमति २० फागुनको केन्द्रीय समिति बैठकमा राखेका थिए ।

    अमेरिकी अधिकारीले नै सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दबाब दिनुले यो सम्झौता पछाडिको सामरिक उद्देश्यअनरुप अन्तर्निहित रहेको यथार्थता प्रष्ट भएको भन्दै तीन नेताले पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस् भनी अनुरोध गरेका छन् ।

    यस्तो छ तीन नेताले लेखेको नोट अफ डिसेन्ट :

    आदरणीय अध्यक्ष कमरेड
    विषय : एमसीसी अनुमोदनको विषयमा असहमति
    यही फागुन १५ गते सदनबाट ब्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको कुरा स्पष्ट गर्दछौँ । उत्त दिन बिहान अध्यक्षको निवास खुमलटारमा पूर्वस्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश ईन्चार्जहरुबीच भएको अनौपचारिक छलफलमा अध्यक्ष कमरेडले राख्नु भएको उक्त प्रस्तावमा हामीले असहमति प्रकट गरेका थियौँ ।

    उक्त छलफल कुनै निश्चित पार्टी कमिटीको औपचारिक बैठक नभएकोले निर्णय पुस्तिका पठाउने र नोट अफ डिसेन्ट लेख्ने व्यवस्था भएन । अतः एमसीसी अनुमोदनसम्बन्धी हाम्रो असहमति लिखित रुपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ज गरियोस्‌ र आउँदो केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गरियोस्‌ भनि अनुरोध गर्दछौँ ।

    किनभने एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरुले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साभ्नेदारीको अंग भन्नु र अमेरिकी अधिकारीले नै सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दबाब दिनुले यो सम्झौताको पछाडिको सामरिक उद्देश्यअनरुप अन्तरनिहीत रहेको यथार्थता प्रष्ट हुन्छ ।

    यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सम्झौताको अंग बन्ने कुनै वैधानिक हसियतको कुनै बाध्यकारी व्यवस्था नरहेको १२ बुँदे ब्याख्यात्मक घोषणा नेपालको सार्वभौम अधिकार नै खण्डित हुने एमसीसी करार सम्झौतालाई सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको छ ।

    यस प्रकारणको रणनीतिक विषयमा सदनबाट अनुमोदन पूर्व केन्द्रीय समितिको बैठक बसी निर्णय गरिनुपर्थ्यो । त्यतिमात्र होइन संसद्मा प्रतिपक्षले ६ महिनापूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसदको बैठक सञ्चालनसम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एकैदिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरियो । अतः यी विषयहरुमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस्‌ भनि अनुरोध गर्दछौँ ।

    धन्यवाद
    कृष्ण बहादुर महरा
    लिलामणि पोखरेल
    देव गुरुङ
    २०७८ फागुन १८ गते

  • २ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

    २ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

    काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् ।

    ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

    यो घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ।

    घटनास्थलमा अहिले प्रहरीले डाक्टरसहित अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घरभित्र आगो बालेको कोइला र केही बान्ता गरेको देखिएको छ।

  • कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा

    कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको मूल्य सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ । यसले संसारभरको अर्थतन्त्रमा प्रभाव पर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।
    रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ। बीबीसीले पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएको जनाएको छ । यसको प्रभाव नेपालमा समेत उस्तै देखिएको छ ।

  • भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार

    भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार

    काठमाडौं । भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार भएको छ । यो पदार्थ तेजाव हो वा अन्य वस्तु भन्ने खुलेको छैन । प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका ४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    पक्राउ पर्नेमा ६५ वर्षीय श्रीमान श्याम गुभाजु छन् । उनले ६० वर्षीय श्रीमती पूजामाथि केमिकल प्रहार गरेको बताइएको छ । श्यामले घरायसी विवादका कारणले श्रीमतीमाथि कुटपिट गरी रसायन प्रहार गरेको बताइएको छ । पूजाको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

  • नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमण मुक्त

    नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ५०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

  • कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?

    कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?

    काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको हो ।

    समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

    संविधानको धारा १०१ को उपधारा ३ र ४ एवंम प्रतिनिधीसभा नियमावली २०७५ को नियम १६२ वमोजिम सभामुखले महाअभियोग सिफारिस समिति गठन सम्वन्धि प्रस्ताव संसदमा पेश गर्नुपर्ने ब्यवस्था छ ।

    महाभियोग लागेका व्यक्तिले संविधानको गम्भीर उल्लंघन गरेको तथा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने सूचना सही रहेको भनी प्रतिनिधि सभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा समितिले त्यस्तो उजुरीमाथि छानबिन अघि बढाउन सक्नेछ ।

    छानबिन समितिले महाअभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधि सभा समक्ष सिफारिस गर्नेछ र महाअभियोग प्रस्ताव अघि बढ्नेछ ।

    यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ । महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने कार्य भने महाअभियोग सिफारिस समितिले गर्नेछ ।

    प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धन दलहरुले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।

    महाअभियोग प्रस्तावमा जबराकोे कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ ।

    महाअभियोग लागेपछि सम्बन्धित व्यक्तिले कारबाहीको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन । महाअभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मौका पनि दिइनेछ ।

  • तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु

    तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु

    काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ ।

    डिसेम्बर २० बाट बन्द भएको पोखरा ९ जोमसोमको नियमित उडान आइतवारदेखि सुचारु गरेको हो ।

    आज ५ ओटा प्यासेन्जर फ्लाईट भएको थियो । इन्डियन नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेका थिए ।

    यो रुटका लागि कम्पनीले एउटा ट्विनअटर पोखरा बेस राखेरै उडान गर्नेंछ।

    हवाई उडानका लागि मौसम अनुकूल भइसकेकाले आन्तरिक र बाह्य पर्यटकसँगै स्थानीयलाई पोखरा(जोमसोम आउजाउ सजिलो बनाउन उडान शुरु गरेको एयरलाइन्सले जनाउको छ ।

    यती एयरलाइन्सको सहायक कम्पनी ताराले मुलुकका विभिन्न विकट गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

    जोमसोम, लुक्ला, सिमिकोट आदिको बुकिङ हेर्दा यो बर्ष पर्यटक बढ्ने एयरलाइन्सको दाबी छ ।

  • संसद बैठक बस्दै, एमालेको अवरोध जारी

    संसद बैठक बस्दै, एमालेको अवरोध जारी

    काठमाडौं । एमालेको निरन्तरको अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन् । एमालेले संसदमा सभामुखको राजिनामा वा आफूहरुले कारबाही गरेका १४ सांसदलाई हटाउन माग राखि आन्दोलन गरिरहेको छ ।