काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिले चालेको कदमको प्रतिवाद गर्ने निर्ण गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन… Continue reading राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने कांग्रेसको निर्णय
Category: समाचार
प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका छन् । उनले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै षडयन्त्रकारीहरुको उक्सावट र चाहनामा फेरी पनि संसदको चिरहरण गरिएको बताएका छन् । उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देह्यले भएको कथित चुनाव उद्घोष जालझेल भएको समेत बताएका छन्… Continue reading प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल
संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई
काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन्… Continue reading संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई
राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ । एमाले ओली पक्षको गुटबाहेक अन्य राजनीतिक दल महामारीमा निर्वाचन भन्दा जनजिविका सहज बनाउन लाग्नुपर्ने पक्षमा थिए । तर, प्रधानमन्त्रीको भित्रि इच्छा पुरा गर्दै अन्ततः मुलुकमा निर्वाचन घोषणा भएको हो । यस सम्बन्धमा… Continue reading राष्ट्रपति र सरकारको कदमको चर्को आलोचना, कांग्रेस पदाधिकारी बैठक बस्दै
प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा
काठमाडौं । सरकारले वर्तमान प्रतिनिधिसभा भङ्ग गरि मध्यावधि निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरात १२ बजे बालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिसद बैठकले यस्तो निर्णय गरेको हो । यो सिफारिस अब रास्ट्रपति विद्यादेवि भन्डारी समक्ष पुग्ने छ । यसअघि आजै प्रधानमन्त्रीका लागि पेश भएका दुबै दावी खारेज गरि रास्ट्रपतिले निर्वाचनको ढोका खोलिदिएकि थिइन् ।
रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज
काठमाडौं । रास्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदका लागि परेका दुबै प्रस्ताव अयोग्य भएको घोषणा गरेकी छिन् । शुक्रवार मध्यरातमा रास्ट्रपति कार्यालयबाट जारि सूचनामा उक्त जानकारी दिइएको हो । प्रधानमन्त्री केपि शर्मा ओलि र विपक्षी दलका नेता शेर बहादुर देउवा दुबैको प्रस्ताव अमान्य घोषणा भए सङ्गै अब प्रधानमन्त्री ओलिको रणनीति अनुसार चुनावी… Continue reading रास्ट्रपतिबाट प्रधानमन्त्री दावी गरिएको दुबै प्रस्ताव खारेज
एमालेको ओली खेमामा आए योगेश भट्टराई
काठमाडौं । एमाले नेता तथा सांसद योगेश भट्टराई अब ओली पक्षमा लागेका छन् । नेपाल समुहबाट सक्रिय उनले शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पक्षमा हस्ताक्षर गरेनन् । यससँगै उनी अब अध्यक्ष ओली पक्षको खेमामा उभिएका छन् । यद्दपी उनले यो कदमलाई एमालेको एकता बचाउन गरेको दावि गरेका छन् । उनी नेकपामा शुरु भएको विवादबाटै… Continue reading एमालेको ओली खेमामा आए योगेश भट्टराई
प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकसँग अन्तरक्रियामा बसे । उक्त अवसरमा वर्तमान संसदले आफुलाई विश्वासको मत नदिने भन्दै सोहीकारण एक महिना भित्र लिनु पर्ने विश्वासको मतको प्रक्रियामा आफु नगएको दावि गरे । त्यस्तो दावि गरेको एक घण्टा भित्रै उनी राष्ट्रपति कार्यालय पुगेर भने, ‘म सँग १५३ जना सांसदको समर्थन छ,… Continue reading प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि
प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक
काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् । देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित… Continue reading प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक
नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२३५३ जनाको पिसिआरमा ८४०७ र ८३७ एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्। यो सहित हालसम्म ४ लाख ९७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ… Continue reading नेपालमा ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।
प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् । ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर बाहिरिएका स्रोतले जनाएको छ । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान… Continue reading प्रधानमन्त्रीको दावीसहित शीतलनिवासमा ओलीको पत्र
नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नयाँ सरकार बनाउन सफल नभएको दाबी गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाले सरकार बनाउन असफल भएको बताएका हुन् । उनले उनले भने परिस्थितीलाई विश्लेषण गरेर नै संवैधानिक व्यवस्थाको राजनीतिक व्याख्या अनुसार नै विघटन गरेको बताए । अदालतको व्यख्या रह्यो, प्रतिनिधी सभा… Continue reading नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन: प्रधानमन्त्री ओली
संविधान संशोधनका लागि पाँच जनाको कार्यदल गठन
काठमाडौं । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बिहीबार पाँच सदस्य कार्यदल गठन भएको बताए । उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।
इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत
काठमाडौं\एजेन्सी । इजिप्टको मध्यस्थतापछि इजरायल र प्यालेस्टीनी विद्रोहीबीचका युद्ध थामिएको छ । करीव दुई सातायता जारी युद्धका कारण अढाइ सय मानिसले ज्यान गुमाइसकेका छन् । बीबीसीका अनुसार युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका हुन् । युद्धविरामपछि गाजामा विजयोत्सव मनाउन… Continue reading इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत
महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास
काठमाडौं । कोरोना महामारीका कारण दैनिक २ सय मानिसले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजनको अभाव यद्दपी अभाव छ । जनतामा चरम निरासा र सास्ती छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली गत पुसमा आफुले चालेको संसद विघटन सही थियो भन्ने देखाउन हरसम्भव प्रयासमा लागेका छन् । उनकै मुडेबलमा अब मुलुक अग्रिम निर्वाचनमा… Continue reading महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास
पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान
काठमाडौं । नेपालमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्ने थियो । तर, आफ्नो पक्षमा विश्वासको मत लिन नसक्ने निश्चित भएपछि ओली पुनः अर्को कदममा गएका हुन् । उनले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जानकारी राष्ट्रपति विद्यादेवी… Continue reading पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान
शपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।
नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२८७ जनाको पिसिआरमा ८२२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ… Continue reading नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?
बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्। उनले ५०८८ मतभार पाए । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।
७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश
काठमाडौं । सांसद नरहेका ७ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्रीलाई मन्त्रिको हैसियतमा कामकाज गर्न नदिन आदेश दिएको हो । संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै… Continue reading ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदर गर्न सर्वोच्चको आदेश
राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा
हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान गर्ने प्रक्रिया शुरु भएको छ । गृहमन्त्री तथा एमालेका उमेदवार रामबहादुर थापा बादल र अर्का एमालेका उमेदवार डा. खिमलाल देवकोटा ९ बजे नै मतदान केन्द्रमा पुगेका छन् । मतदान सकिनासाथ गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ । मतदान ३ बजेसम्म हुनेछ… Continue reading राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा
एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक संजालमार्फत उनको निधन भएको पुष्टी गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो । उनी २०५६ सालको आम निर्वाचनमा धनुषा… Continue reading एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन
ताउ ते आँधीको प्रभाव, आज नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक आँधीको प्रभाव आज नेपालमा पूर्ण रुपमा देखिने भएको छ । यसको प्रभाव शुक्रबार सम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी छ । आज दिनभर देशभर पानी पर्ने सम्भावना छ… Continue reading ताउ ते आँधीको प्रभाव, आज नेपालमा भारी वर्षाको सम्भावना
कोरोनाबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । कोरोनाबाट प्रहरी संगठनमा ज्यान गुमाउने उनी बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाली संचारमाध्यमले नेपाल प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै जनाएका छन् । मुलपानी स्थायी घर भएका… Continue reading कोरोनाबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन
३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने
काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रहेका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजलाई कोरोना अस्पतालका रुपमा वर्गिकरण गरि तोकेको छ । यी अस्पतालमा विपन्न नागरिकले कोरोना संक्रमित पछि निःशुल्क उपचार गर्न सक्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको… Continue reading ३० निजी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने
नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टी, ७९८९ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६४ पिसिआर विधिबाट र १०९ जना एन्टीजेन विधिबाट संक्रमित पुष्टि भएका हुन्। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।
कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ५ हजार भन्दा माथि पुगेको… Continue reading कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु
उपत्यकामा २४८६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा २४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं मा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना संक्रमित भेटिएका हुन् ।