Category: समाचार

  • चावहिलमा युवाबीच झडप, एक जना मारिए

    चावहिलमा युवाबीच झडप, एक जना मारिए

    काठमाडौं । काठमाडौं महानगरपालिका ७ स्थित चाबहिल मित्रपार्क ओरालोमा चार जना युवाबीच झडप हुँदा एक जना मारिएका छन् । मृत्यु हुनेको नाम नखुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश दर्नाल पक्राउ परेका छन् ।

    झडपमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद भएको र त्यसले झगडाको रुपम लिएको प्रहरीको भनाई छ । झगडापछि ओरालो बाटोबाट तलतिर झर्दा गम्भीर घाइते भएका ती युवाको नेपाल भारत मैत्री अस्पताल, मित्रपार्कमा उपचारका क्रममा ज्यान गएको हो ।

  • नेपालमा थप ५२९२ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

    नेपालमा थप ५२९२ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५२९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३४७२ जना र ५७२० जनाको एन्टिजेन परीक्षण गर्दा १८२० गरी ५२९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५३ हजार ९१३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८१९१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ ।

  • संसारकै लामो दावी गरिएको बागलुङ र पर्वत जोड्ने पुलको नामाकरण गर्नेलाई पुरस्कार

    संसारकै लामो दावी गरिएको बागलुङ र पर्वत जोड्ने पुलको नामाकरण गर्नेलाई पुरस्कार

    काठमाडौं । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ ।

    पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो ।

    सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राख्नुभएको थियो । शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभयोे ।

    नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो ।

    सापकोटाले नाम मात्रै राख्नुभएको थिएन उहाँले राखेको नामको विस्तृत अर्थसमेत समावेश गर्नुभएको थियो । पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो ।

    बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो । अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।

    शहीदपार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका शहीदको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहीदको बलिदानीले नै अहिलेको व्यवस्था आएको बताउनुभयो ।

  • किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

    किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदरमा कडाई गरेसँगै अब किस्तामा गाडी किन्दा मूल्य बढी पर्ने भएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो। जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी निर्धारण गनुपर्ने व्यवस्था भएको छ । हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने ब्यवस्थालाई निरन्तरता दिइएको छ ।

    हायर पर्चेज कम्पनीले निजी तथा सार्वजनिक यातायातका साधन बिक्री वितरण गर्छन्। साथै मेसिन, इक्विपमेन्टको बिक्री समेत यी कम्पनीबाट हुन्छ । यस अघि यो दर ३ प्रतिशत मात्र थियो । यस संगै अब किस्ताबन्दीमा गाडी खरीद गर्दा महंगो हुने भएको हो । अब कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस अघि यो सीमा तोकिएको थिएन।

    अब भने नयाँ गाडी खरीद गर्दा न्युनतम २० प्रतिशत रकम सुरु मै तिर्नु पर्ने छ । यस अघि शुन्य प्रतिशत किस्ताबन्दीमा पनि कम्पनीहरुले अफर ल्याएका थिए । यी कम्पनीहरूले अब अर्धवार्षिक नभई त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेस गर्नुपर्ने भएको छ ।

  • खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

    खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

    काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

    रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू निन्दनीयभन्दा पनि माथि भएको बताएकी छिन् । ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धान थालिएको जनाएको छ। उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको धम्कीू र गरिएको धम्कीपूर्ण व्यवहारूको पनि अनुसन्धान गरिरहेको बताएको छ ।

    ट्रक चालकले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्। उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन्।

    क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्। कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन्।

    प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई सानो सङ्ख्याका अल्पसङ्ख्यक भनेका थिए। कन्जरभेटिभ नेता एरिन ओटूलले केही प्रदर्शनकारीहरूलाई भेटेका छन् र शान्तिपूर्ण प्रदर्शनको अधिकारको पक्षमा बोलेका छन्। तर उनले ओटावामा रहेका स्मारकहरूको अपमान गर्ने व्यक्तिको आलोचना गरेका थिए ।

    टूडोको लिबरल सरकारले जनवरी १५ मा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो। त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ। अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ।

  • बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन

    बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन

    काठमाडौं । भारतमा बीना सुनुवाई ४१ वर्ष जेल जिवन काट्न बाध्य भई गत वर्ष नेपाल र्फकन सफल दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका उनी घर आएसँगै आमाको मुहारमा खुसी फर्किएको थियो । तिम्सिनाकी आमा धनमाया ८७ वर्षकी थिइन् । धनमायाको आइतबार बिहान निधन भएको नाति गोपाल तिम्सिनाले संचारमाध्यमलाई जानकारी गराएका छन् ।

    इलामको माई नगरपालिका–१० लुम्बाकस्थित गाउँमा धनमायाले आफ्नो छोरालाई ४१ वर्षपछि ८ चैत २०७७ देखेकी थिइन् । दुर्गाप्रसाद मानसिक रुपमा विक्षप्त छन् । उनी अझै पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । छोरासँग खुलेर कुरा गर्ने आमाको धोको भने अधुरै रहेको छ । २०२४ सालमा श्रीमानको मृत्यु भएको थियो । दुर्घटनामा परेर उनको एउटा हात काट्नुपरेको थियो ।

    कामको खोजीमा दुर्गाप्रसाद परदेश भासिएपछि जीवनको लामो अवधि धनमायाले अभाव र पिर चिन्तामा गुजारेकी थिइन् । कामको खोजीमा दार्जिलिङ गएका दुर्घ प्रसाद भने हत्या अभियोगमा पक्राउ परे । तर उनको पक्षमा बहस गरिदिने कोही भएन । सोहीकारण उनी जेलमा बीना सुनुवाई ४१ वर्ष रहनु पर्यो । वेस्ट बंगाल रेडियो क्लबमा उनीबारे समाचार आएपछि उनको रिहाईको बाटो खुलेको थियो ।

  • थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

    थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५४०जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २३५ जना र ३०४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ गरी३५४०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार ९३२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५४ हजार ४४८७०७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३२ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ जनाको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३२ जना संक्रमितको निधन भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

  • सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

    सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

    काठमाडौं । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला परेको छ । ८६ मेगावाटको यो हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए ।

    अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन हाइड्रोपावरमा एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इञ्जिनियरको ज्यान गएको थियो ।

  • आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

    आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

    काठमाडौं । आइतबार बस्ने गरि बोलाइएको प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेसम्म स्थगित गरेको हो । त्यसो त दलहरबीच सहमति नबन्दा एमालेले संसदमा लगातार अवरोध गरिरहेको छ । सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक अब माघ २६ गते बुधबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो ।

  • आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

    आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

    काठमाडौं । नेपालमा आज शहीद दिवस मनाइंदैं छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेको सम्झनामा हरेक वर्ष १६ माघमा शहीद दिवस मनाइन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउँछ ।

    स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते आइतबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ ।

    प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

  • नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।


    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४०४, ललितपुरमा ३०५, कैलालीमा १२०, काभ्रेमा ११६, कास्की र चितवनमा ११५र११५, भक्तपुरमा १११ र धनुषामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

  • स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

    स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

    काठमाडौं । स्थानीय तहको निर्वाचन जेठ भित्रै गर्न सत्तारुढ गठबन्धनमा रहेका दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।

    बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति समेत दलहरुबीच भएको छ । सरकारले तोकिएको समयमा स्थानीय तहको निर्वाचन नगर्ने आशंकका बीच स्थानीय तहको निर्वाचनका लागि माहोल तयार बनेको हो ।

  • माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

    माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमा भएपनि पार्टी त्यसको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराउने बताए । चुनावसँग समाजवादी पार्टी नआत्तिएको भन्दै उनले भने, ‘चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं ।’

    उनले स्थानीय तहको पहिले भएपनि केन्द्रीय चुनाव पहिले भए पनि सामना गर्न तयार रहेको बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको बताए । अध्यक्ष नेपालले २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखेका हुन् ।

  • आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

    आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

    काठमाडौं । पछिल्लो दुई साता लगातार प्रतिकुल बनेको मौसम शनिबारबाट केही सुधार हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यका, तराई र पहाडी भेगका धेरैजसो क्षेत्रमा दुई सातादेखि खुलेर घाम लागेको छैन । धुम्मिएको मौसममा शनिबारबाट सुधार देखिने मोसम पूर्वानुमान महाशाखाको भनाई छ । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने अनमाुन छ । मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने सम्भावना हुन्छ । तर, तत्काल पानी पार्ने कुनै प्रणाली भने सक्रिय छैन । घाम लाग्दा तापक्रम बढ्ने छ ।

  • नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

    नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

    काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा खोप अभाव नहुने सरकारको भनाई छ ।

    महाशाखाका अनुसार भेरोसेल छ लाख ११ हजार ३८२ मात्रा, जोन्सन एण्ड जोन्सन ६ लाख ३२ हजार २ सय, अस्ट्राजेनेका १३ लाख १९ हजार, कोभिसिल्ड २५ लाख ४३ हजार ३१० मात्रा, फाइजर तीन लाख ५२ हजार ९६८ र मोडर्ना १८ लाख ७६ हजार ५४० मात्रा स्टमा रछ । नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप प्राप्त भएको छ।

    खरिद गरिएको एक करोड २० लाख, विभिन्न दातृ निकायबाट अनुदानमार्फत् प्राप्त गरेको ५४ लाख ६२ हजार ७२०, कोभ्याक्समार्फत खरिद गरिएको ७५ लाख ९७ हजार २००, कोभ्याक्समार्फत् अनुदानमा प्राप्त रहेको एक करोड दुई लाख ३६ हजार १२०, कोभ्याक्सको एएमसीमार्फत् प्राप्त भएको आठ लाख ७२ हजार ६०० गरी नेपालले अहिलेसम्म चार करोड ३३ लाख ६८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।

    नेपालमा कोभिसिल्ड ९४ लाख ८७ हजार, भेरोसेल एक करोड ९७ लाख ३६ हजार ४००, जान्सन एण्ड जान्सन ३७ लाख ११ हजार ५००, अस्ट्राजेनेका, ४३ लाख ५६ हजार ५६०, फाइजर सात लाख ६५ हजार १८०, मोर्डना ५३ लाख १२ मात्रा खोप नेपालले प्राप्त गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ।

    सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ६ लाख चार हजार १५२ मात्रा खोप लगाइसकेको छ ।
    एक करोड ६४ लाख ७४ हजार ५१४ ले एकमात्रा र एक करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। कुल जनसंख्याको ५४.२ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

  • स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

    स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

    काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान गरिएको छ ।

    निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिइसकेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को प्रावधान छ । शुक्रबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलमा यसबारे अनौपचारिक सहमति जुटेको बताइएको छ ।

  • त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

    त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न पाउने छन् ।

    उक्त कार्य भए, नभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्नेछन् । मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी गरिएको हो । अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्योग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।

    प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था मिलाउने र अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ

  • माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

    माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

    काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरिएको हो । सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालय खुला हुँदैछन् ।

  • काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

    काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हटेको छ । निजी सवारीमा भने कायम छ । बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लागु हुने छैन । आम सर्वसाधारणलाई अन्य सबै गतिविधि कायम राखेर यातायातमा कडाई गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो । यसले सार्वजनिक सवारी साधनमा अत्यधिक भिडभाड हुँदा कोभिडको अझै जोखिम बढेको भन्दै विरोध भएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेपछि प्रशासनले सो निर्णय गरेको हो ।

  • नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

    नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टी, १० संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६०७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २० गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४४हजार ७४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९४ हजार ४७४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १० रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

  • देउवाका पूर्व आर्थिक सल्लाहकार आचार्य बेलायतको राजदूतमा नियुक्त

    देउवाका पूर्व आर्थिक सल्लाहकार आचार्य बेलायतको राजदूतमा नियुक्त

    काठमाडौं । नेपाल सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।

    शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

    आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव थिए।

    वर्तमान गठबन्धन सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि यहाँ राजदूतको पद खाली भएको थियो।

  • प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

    प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

    काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

    मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा  सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न,  व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमति/सहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा  संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

  • रास्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, के भयो कुराकानी ?

    रास्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीसङ्ग भेट गर्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका छन् ।
    भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । नियमित भेटघाटका क्रममा प्रधानमन्त्रीले मुलुकको समसामयिक विषयमा रास्ट्रपतिलाई जानकारी गराएका थिए । पछिल्लो समय एमाले र सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा खिचातानी शुरु भइरहेको समयमा रास्ट्रपति र प्रधानमन्त्री बीच भेट भएको हो ।

  • मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो

    मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो

    विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित  उखुबारीमा खाल्डो खनेर दुई शव पुरिएको अवस्था भेटिएको छ । त्यसमध्ये एउटा शवको पहिचान समेत भएको छ ।

    बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए । प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।
    एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ ।
    बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

  • काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला

    काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला

    काठमाडौं । काठमाडौंको शंकरापुरमा एक दम्पत्ती मृत फेला परेका छन्। शंकरापुर नगरपालिका–३ स्थित बोजेनीमा बुधबार राती खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन्।

    महानगरीय प्रहरी वृत्त वौद्धका अनुसार बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछि दुई छोराहरु सूर्यबहादुर र सुनिल थिङले ढोका फोडेर हेर्दा बाबुआमा दुबै मृतअवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वौद्ध र अपराध अनुसन्धान महाशाखाको टाली घटनास्थल पुगेको थियो। वौद्धबाट ३५ किलोमिटर टाढा भएका कारण प्रहरी बिहान १० बजेमात्र थिङ दम्पत्ती मृत भेटिएको घरमा पुगेको थियो।

    प्रहरीका अनुसार थिङ दम्पत्तीले राति सुत्नुअघि माकल बालेका पाइएको छ। कोठा न्यानो बनाउनका लागि माटोको भाँडोमा कोइला बालेर छाडेका कारण निस्सास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

    प्रहरीसँगै घटनास्थलमा पुगेका डाक्टरले पनि झ्यालढोका बन्द गरेर कोइला बालेका कारण अक्सिजनको मात्रा कम भई निसास्सिएर मृत्यु भएको हुनसक्ने बताएको छ। दम्पत्ति सुतेको कोठामा कोइला बाल्न प्रयोग हुने माकल पनि भेटिएको छ।

    शरीरको अन्य भागमा चोटपटक नदेखिएको कारण पनि उनीहरुको निसास्सिएरै मृत्यु भएको प्रहरीको अनुमान छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मृतक दम्पत्तीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

  • प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं

    प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थितिको मूल्यांकन गरि २३ माघबाट विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्थाको समेत माग गरेको हो ।

    प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर २३ गतेदेखि खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न, आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने, पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको केन्द्रीय अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।

    विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको भन्दै कोरोना संक्रमण दर यही दरमा रह्यो भने त्यो सम्भव नहुने उनको भनाई छ । संक्रमण घटेको अवस्थामा खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग प्याब्सनको छ ।

    सरकारले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको छ । प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

  • धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि

    धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि

    काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल परेको छ। राससका अनुसार आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ ।

    ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो। प्रधानमन्त्री देउवा सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुतगतिमा अघि बढेको, खोप केन्द्र आवश्यकताअनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको राससले लेखेको छ ।

    हाल सबै प्रदेशमा कोभिसिल्डरएस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ। प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन्। मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

    बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ७९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ।

  • ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने

    ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकले आफ्नो खाताबाट २ लाख रुपैयाँसम्म रकम निकाल्न चेक वा एटीएम नचाहिने भएको छ । यो बैंकका ग्राहकले २ लाख रुपैयाँसम्म निकाल्न क्यूआरमार्फत नगद भुक्तानी दिने व्यवस्था मिलाएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्न यो सुविधा शुरु गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए ।

    बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्नेछन् । यो सुविधा सबै शाखा कार्यालयहरुको काउण्टरमा उपलब्ध हुने बैंकले जनाएको छ । योसँगै अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर जानु पर्दैन । बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा छन् ।

  • राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

    राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात वटै प्रदेशको नतिजा आएको छ । जसमा एक सिटमा एमाले विजयी हुँदा अन्य सिटमा भने गठबन्धनले स्वभाविक जित निकालेको छ । कुल १९ सिटका लागि ९ दलका ४३ जना उमेदवार भिडेका थिए ।

    प्रदेश नं १ मा खुला तर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । नेकपा एमालेका गुरु बराल र उनको समान मतभार ४४८८ आएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथामा उनले बराललाई पराजित गर्दै गठबन्धन दल अन्तरगत कांग्रेसका उमेदबारका रुपमा विजयी भए । प्रदेश नं १ मा अल्पसंख्यकबाट नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए । उनले गठबन्धनमा जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ्लाई हराए । यस प्रदेशमा गठबन्धन दलबाट उमेदबार बनेकी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई महिलातर्फ राष्ट्रियसभा सदस्यमा विजयी भइन् ।

    राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । मधेस प्रदेशमा दुई सिटका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ पाँच दलको संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका खालिद सिद्दिकी विजयी भए । उनीहरुले एमालेका उमेदवारलाई हराए ।


    बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित भए ।

    गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी भइन् । माओवादी केन्द्रका सुरेश आले मगर खुला र दलिततर्फ भुवन सुनार विजयी भए ।

    लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भए । तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनका नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) की राज्यलक्ष्मी गैह्रे र राष्ट्रिय जनमोर्चका तुलबहादुर विश्वकर्मा विजयी भए ।


    कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवार बिजयी भए । नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा बिजयी भए ।


    सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि बुधबार भएको निर्वाचनबाट सत्ता साझेदार दलका उम्मेदवार विजयी भए । खुलातर्फ नेपाली काङ्ग्रेसबाट कैलालीका नारायणदत्त मिश्र विजयी भए । महिला खुलातर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) विजयी भइन् । दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्की विजयी भए ।