काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको समयमा यसको नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने तयारी गरिएसँगै शनिबार बिहानै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी… Continue reading प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस
Category: समाचार
सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक
काठमाडौं । जारी आरोहण सिजनको पहिलोटोली सगरमाथाको चुचुरोमा पुगेको छ । यो सगरमाथाको आरोहणमार्गमा डोरी टाँग्ने शेर्पा विशेषज्ञहरुको टोली हो । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि अब सगरमाथा आरोहणको ढोका खुलेको छ । सेभेन समिट ट्रेक कम्पनीले उल्लेख गरे अनुसार शुक्रबार साँझ ६ बजे एक दर्जन आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।… Continue reading सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक
काठमाडौं उपत्यकामा ४१०६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्। जसमध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना छन् । योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार… Continue reading काठमाडौं उपत्यकामा ४१०६ जना कोरोना संक्रमित थपिए
नेपालमा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी, ५० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३… Continue reading नेपालमा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी, ५० जनाको मृत्यु
कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस परीक्षण गर्न स्वाव दिएका छन् । उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाव दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा प्रधानमन्त्रीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित सय जनाभन्दा बढीले स्वाव दिएका छन् । वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने… Continue reading कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन
राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी
काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । आफू पदमुक्त भएपछि रिक्त बनेको पदमा बादलले नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटा स्वतन्त्र उम्मेदवार हुन् । अघिल्लोपटक माओवादी केन्द्रबाट… Continue reading राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी
राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुने भएको छ । निर्वाचन आगामी जेठ ६ गते तोकिएको छ । निर्वाचन आयोगले शुक्रबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्ने र आजै उम्मेदवारको नामावली पनि प्रकाशित गर्ने तयारी रहेको छ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी… Continue reading राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?
कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टी संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदो बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने तयारी… Continue reading कांग्रेसले शनिबार बोलायो संसदीय दलको बैठक
मुम्बईमा एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण
मुम्बई । भारतको मुम्बई एयरर्पोटमा एक एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण गराउनु परेको छ । बिरामी बोकेर नागपुरबाट उडेको जहाजको पाङ्ग्रा भाच्चिएसँगै विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गराउनु परेको हो । भारतीय संचारमाध्यमका अनुसार यो जहाजमा दुई क्रू मेम्बर, एक बिरामी, बिरामीका एक आफन्त र एक डाक्टर सवार थिए । जहाज नागपुरबाट हैदरावादका… Continue reading मुम्बईमा एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण
लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो
अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख २३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णले दश शैयाको अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको छ । प्रहरी प्रभाग गोकर्णले प्रभाग परिसरमा नै अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको हो । कोरोना भाइरसको दोश्रो लहरमा संक्रमण वृद्धि संगै अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको साथै कारागारमा… Continue reading लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो
काठमाडौं उपत्यकामा एकै दिन ३९७२ जना कोेरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३९७२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३१६३, ललितपुरमा ५६७ र भक्तपुर जिल्लामा २४२ जना संक्रमित थपिए हुन् ।
नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ ।… Continue reading नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ५४ जनाको मृत्यु
‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका प्रधान बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।… Continue reading ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन
कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण
काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ । अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ… Continue reading कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण
प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले नकार्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्दै आज नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा पुगेका छन् । तर, देउवाले भने उनलाई निरास बनाए । किनकी कांग्रेसको संस्थापन निर्णय नै विश्वासको मतको विरुद्धमा भोट हाल्ने रहेको छ । देउवा निवास बूढानीलकण्ठमा प्रधानमन्त्री दलबलसहित पुगेका थिए । त्यहाँ उनले सहकार्यको प्रस्ताव गरे ।… Continue reading प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले नकार्यो
कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै
न्युयोर्क कोरोना महामारीका कारण न्युयोर्क र न्युजर्सी राज्यमा बन्द गरिएका अधिकांस ब्यापार ब्यवसाय र सेवाहरु आगामी मेई १९ तारिखदेखि क्रमैसँग खुल्ला गरिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले सोमबार बताएका छन् ।अबको दुई हप्तापछि न्युयोर्कस्थित रेस्टुरेन्ट, म्युजियम, नाट्यशाला, सिनेमा हल, रिटेल ब्यबसाय, बार्बर सप पूर्णरुपमा सुचारु हुने भएका हुन । गत बर्ष कोरोना महामारीका कारण तोकिएका… Continue reading कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै
भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार
काठमाडौं । सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनबा बस्न सरकारले ८ वटा होटेल तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टिनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलकोक्वारेन्टिनमा लगिने छ। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट… Continue reading भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार
नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा… Continue reading नेपालमा एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टी
राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलविरुद्धमा विपक्षीपार्टीले साझा उम्मेद्वार बनाएका छन् । उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्। माधव नेपाल समूह निकट रहेका डा। देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् । वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि… Continue reading राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा
आज सांसदहरुको कोरोना परीक्षण गरिँदै
काठमाडौं । आज सङ्घीय संसद् सचिवालले सबै सांसदहरुको कोरोना परीक्षण गर्ने भएको छ । वैशाख २७ गते बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन अगाडी सभामुखसहित सबै सांसदको कोरोना परीक्षण हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने भएको सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रियसभा अध्यक्ष… Continue reading आज सांसदहरुको कोरोना परीक्षण गरिँदै
आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक
काठमाडौं । तपाईं आजबाट काठमाडौँ उपत्यका छाड्दै हुनुहुन्छ भने तपाईं जान चाहेको स्थानीय तहबाट सिफारिस मगाउनु होला । सरकारले उपत्यका छाड्नेको हकमा अब स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने निश्चित भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने दिइने बताएका छन् ।… Continue reading आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाको हैसियतमा बहुमत सदस्यबाट प्रधानमन्त्रीमा निर्वाचित बनेका केपी शर्मा ओलीलाई समर्थन फिर्ता गर्ने निर्णय मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत… Continue reading माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बैतडीमा शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु
बैतडी । बैतडीमा शवलाई पोष्टमार्टम गर्न लैजाँदै गरेको एक जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य पाँच जना घाइते… Continue reading बैतडीमा शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु
नेपालमा एकैदिन ७६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ जना र ५७१ एन्टिजेन परीक्षणमा ७३ जना गरी ७६६० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ… Continue reading नेपालमा एकैदिन ७६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु
राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् । उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)… Continue reading राष्ट्रपतिद्धारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी
अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा… Continue reading अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक
उपत्यकाको २९ गतेसम्म निषेधाज्ञा थप, साँझ पसल खोल्न नपाइने
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र… Continue reading उपत्यकाको २९ गतेसम्म निषेधाज्ञा थप, साँझ पसल खोल्न नपाइने
जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा
काठमाडौं । जेठ २५ देखि ८ असारसम्म निर्धारित जनगणना रोकिएको छ । कोरोना महामारीका कारण घरघर पुगेर जनगणना हुने अवस्था नभएसँगै सरकारले जनगणना रोक्ने निर्णय गरेको हो । जनगणना हरेक १० वर्षमा हुने गर्छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम गर्नुपर्ने भएकाले तत्कालका लागि यो कार्यक्रम नै स्थगित गर्नु परेको… Continue reading जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा
अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्यो
न्युयोर्क गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।२२ वर्षीय मृतक शाहलाई… Continue reading अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्यो
भारतबाट खुसीको खबर, ७ प्रदेशमा घट्न थाले संक्रमित
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतबाट आततायी घटना, समाचार र भिडियो सार्वजनिक भइरहेको समयमा एक खुसीको खबर आएको छ । टाइम्स अफ इण्डियाले आज गरेको एक रिर्पोटिंग अनुसार भारतको सात वटा राज्यमा संक्रमणको गति थामिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसको पुष्टी समेत गरेको छ । सबैभन्दा बढी महाराष्ट्र, पन्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगाना,… Continue reading भारतबाट खुसीको खबर, ७ प्रदेशमा घट्न थाले संक्रमित