Category: समाचार

  • काठमाडौं उपत्यकामा एकैदिन १५३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकैदिन १५३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३८ जना कोभिड संक्रमित थपिएका छन् ।

    आज काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएका हुन् ।

    बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

  • नेपालमा एकैदिन ३०७५ जना कोरोना संक्रमित थपिए

    नेपालमा एकैदिन ३०७५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २७८ जना संक्रमणबाट मुक्त भएका छन्।

    बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

  • उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

    काठमाडौं । उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ। बीबीसीका अनुसार जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो। नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा गरेका थिए। त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन्।

    मङ्गलवार गरिएको प्रक्षेपणको दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए र उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए। केसीएनए समाचार संस्थाले त्यसपछि उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा उच्च गतिशीलता भएको भनी व्याख्या गरेको थियो। उत्तर कोरियाले यसअघि जनवरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो। उक्त कदमपछि अमेरिका, यूके, फ्रान्सलगायत देशहरूले त्यसको निन्दा गर्दै प्योङयाङलाई अस्थिर कार्यहरू रोक्न आह्वान गरेका थिए।

    हाइपरसोनिक अस्त्रहरू प्रायः बलिस्टिक क्षेप्यास्त्रभन्दा निसानातर्फ कम उचाइ हुँदै जान्छन्। तर त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६,२०० किलोमिटर हुनसक्छ। हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ। अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन्।केसीएनए समाचार संस्थाले शेअर गरेका तस्बिरहरूमा अन्य अधिकारीसँग परीक्षणको अवलोकन नेता किमले पनि गरेको देखिन्छ।

  • जरुरी काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह

    जरुरी काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अत्यावश्य काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह गरेको छ । हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइमा नजान आह्वान गरेको हो । कार्यालयले विज्ञप्ति निकाल्दै जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइमा विमानस्थल नजान भनेको हो ।

    विमानस्थलमा अनावश्यक भिडभाड नगर्न भन्दै हवाई यात्रामा स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गर्न समेत कार्यालयले भनेको छ । यस्तो मापदण्ड पालना गर्न सरोकारवालासँग समेत आह्वान गरिएको छ । कोभिड –१९ को जोखिमलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक पास समेत वितरण रोकेको छ ।

  • पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण

    पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण

    काठमाडौं । आज पुस २७, देशभर पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस विविध कार्यक्रम आयोजना गरि मनाइयो । यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सिंहदरबार अगाडी रहेको सालिकमा पुगेर माल्यार्पण गरेका छन् । माल्यार्पणपछि यो अवसर जुटाएकोमा राष्ट्रपतिले नेपाल सरकारसहित सबै सरोकारवालालाई धन्यवाद दिएकी छिन् ।

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारबाहिर अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत मङ्गलवार नै माल्यार्पण गरे । उनी पुग्दा समर्थकले चर्को नाराबाजी गरेका थिए । यस पटक सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको जानकारी भने उनको सचिवालयले सोमवार नै दिएको थियो।


    पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा शाहले एक विज्ञप्ति जारी गर्दै नेपाल विदेशीहरूको खेल मैदान बनेको समेत टिप्पणी गरेका थिए।
    तत्कालीन गोरखा राज्यमा विक्रम संवत् १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए।

  • लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

    लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी

    काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकसहितका संरचना बनाउँदा पनि सरकार नबोलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले खबरदारी गरेको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति निकाल्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेको उल्लेख गरेका छन् । यस विषयामा एमालेको ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरेका छन् ।

    नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेको धारणा छ । सडकलगायत संरचना निर्माण रोकेर वार्ताको माध्यमबाट यो विषय टुङ्गो लगाउने भन्दै एमालेले विज्ञप्तीमा लेखेको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’ भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बल मिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।

  • विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

    विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

    काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् ।

    नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

    नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा विवाद उत्पन्न भएको थियो।

    त्यसको छानबिनका लागि पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा समिति बनेको थियो।

    छानबिन प्रतिवेदनमा बतास समूहलाई जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको औल्याइएको थियो।

    संग्रहालयभित्र अवैध संरचना निर्माण गर्नुमा दाहालको मुख्य कमजोरी देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    उनी अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ‍नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएक थिए ।

    धन्यवाद ।

  • नेपालमा एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टी

    नेपालमा एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८४ जनाको पीसीआर परीक्षण गर्दा १९८१ जना र २४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ गरी २४४४जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३५हजार ९२७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।

  • काठमाडौं उपत्यकाका प्रशासनद्वारा नयाँ आदेश जारी, २५ जनाभन्दा बढी भेला हुन रोक

    काठमाडौं उपत्यकाका प्रशासनद्वारा नयाँ आदेश जारी, २५ जनाभन्दा बढी भेला हुन रोक

    काठमाडौैं । उपत्यकाका सार्वजनिक ठाउँमा भेला हुन रोक लागेको छ ।

    मंगलवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी २५ जनाभन्दा बढी भेलामा रोक लगाउने निर्णय गरेको हो ।

    जसमा घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ ।

    राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा पनि मापदण्डको पालना गर्न भनिएको छ।

    सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ। आत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले जनाएको छ।

  • काठमाडौं उपत्यकामा एकैदिन थपिए १२८६ जना कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन थपिए १२८६ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ ।

  • काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै

    काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै

    काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजबाट कोभिड १९ भाइरसविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाउन लागिएको हो । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

    पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ । यसबाट नेपालमा खोप लगाउने प्रतिशत समेत ठूलो हुने छ ।

  • आज पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

    आज पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईंदै

    काठमाडौं । आज नेपालमा पृथ्वीजयन्ती परेको छ । प्रत्येक वर्ष पुस २७ मा राष्ट्रनिर्माताका नामबाट पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने गरिएका ेछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको हो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

    पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए । पृथ्वीनारायणको अवसान पछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए ।

    नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

    नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

    यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।

  • नारायणहिटीमा बतासको क्याफेबारे छानविन समितिको निष्कर्ष के आयो ?

    नारायणहिटीमा बतासको क्याफेबारे छानविन समितिको निष्कर्ष के आयो ?

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे खोल्न दिइएको अनुमतिका सम्बन्धमा सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको छ । चमेनागृह सञ्चालन गर्न गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको मन्त्री आलेले तीन दिन अगाडी समिति गठन गरेका थिए ।

    समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सोमबार मन्त्री आलेलाई प्रतिवेदन बुझाए । छानबिन समितिले नारायणहिटी विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई पत्राचार गरी अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न र समितिसँग समन्वय नगरी निर्माण गरेका र सम्झौतामा उल्लेखित क्षेत्रभन्दा बढी क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण संरचनाहरु हटाउन अनुरोध गरेको उल्लेख गरेको छ ।

    क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको पनि छानबिन समितिको निष्कर्ष छ । क्यान्टिन, क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन र क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरु निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संबर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरेको नदेखिएको पनि समितिले उल्लेख गरेको छ ।

    सम्झौताविपरीत बी म्यानेजमेन्टले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेका थिएनन् । क्यान्टिन र क्याफ्टेरिया भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिँदा कायम भएको दररेटलाई स्वभाविक मान्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

    आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिई करिब १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरु निर्माण भएको देखिएको पनि समितिको निष्कर्ष छ ।

  • सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

    सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरि निर्णय गरेको छ । कोरोना संक्रमण फैलिएसँगै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको हो । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने निर्णय लिइएको छ ।

    अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्न पाइने छ । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना गर्न पाइने छैन । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ ।

  • नेपालमा थप १४४६ जनामा कोरोना संक्रमण पुष्टी, २५५ जना संक्रमण मुक्त

    नेपालमा थप १४४६ जनामा कोरोना संक्रमण पुष्टी, २५५ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १४४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ गरी १४४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ ।

  • कोरोनाको जोखिममा उपत्यका, एकैदिन थपिए ८७६ जना संक्रमित

    कोरोनाको जोखिममा उपत्यका, एकैदिन थपिए ८७६ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् ।

    सोमवार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।

    हाल नेपालमा रहेका सक्रिय संक्रमित मध्ये ५१ प्रतिशत बढी राजधानी उपत्यकामा मात्र रहेका छन्।

    हाल नेपालमा ७ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४ हजार १८८ जना सक्रिय संक्रमित उपत्यकामा मात्र छन्। पछिल्लो साता देशभर कोभिड १९ संक्रमण दर तिब्र गतिमा वृद्धि हुँदै गएको छ।

  • मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

    मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

    काठमाडौं । सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरेर उपत्यकाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरूद्ध खोप दिन लागेको जनाएको हो ।

    केही स्थानीय तहमा भने यो अभियान केही दिन अघिदेखि नै सुरू भइसकेको जनाएको छ।

    बालबालिकाहरूलाई फाइजर र मोडर्नाको खोप दिन लागेको हो। त्यसैले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।

  • माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

    माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

    काठमाडौं । संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

    सीसीएमसीसीको आइतबार बसेको बैठकले ओमिक्रनको संक्रमण बढ्दै गएपछि जाडो बिदा लम्ब्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

  • बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

    बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।

    उता, बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको ज्यान गएको छ । ठक्कर दिने टिपरको नम्बर खुलेको छैन । प्रहरीले खोजी गरिरहेको जनाएको छ । नेपालमा दुई पा्रग्रे सवारी साधनका कारण अत्यधिक मानिसको ज्यान गइरहेको छ ।

  • झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु

    झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंमा झारफुकमा विश्वास गरि कथित ‘माता’को आश्रममा राखेकी एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको हो । केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार हुन सकेको थिएन । तर, पनि परिवारले अस्पताल लगेको थिएन ।

    शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मात्र मनमोहन अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको समेत जनाएको छ । प्रहरीले यस प्रकारका अन्धविश्वासमा नलाग्न समेत सबैमा आह्वान गरेको छ ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचार संहिता शुरु

    राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचार संहिता शुरु

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि सोमबारबाट आचार संिहता शुरु भएको छ । निर्वाचन माघ १२ मा हुने छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको जनाएको छ । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

    आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ । चारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन । आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

  • होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

    होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ । नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमण र मानिसहरुलाई खोपमा अनिवार्य गराउन यस्तो निर्णय लिइएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार यस्तो निर्णय गरेको हो । व्यवस्था माघ ३ बाट लागु हुने भएको छ । निर्णय अनुसार सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश गर्न खोप कार्ड चाहिने भएको हो ।

    आन्तरिक हवाई यात्रामा समेत खोपकार्ड अनिवार्य गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म १ करोड ११ लाख ३४ हजार ६९८ जनाले पूर्ण मात्रामा अर्थात दुबै डोज खोप लगाएका छन् । ४० लाख मानिसले कम्तीमा एक डोज खोप लगाइसकेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीडभाड कम हुने गरी उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने भएको छ ।

    नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर लगातका आइसोलेसन सेन्टरमा राख्ने निर्णय सीसीएमसीसीले गरेको हो । सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेष्ट बुथ राखिने भएका छन् । साथै नेपालमा कोरोना खोपलाई अभियानका रुपमा चलाइने भएको छ ।

  • कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द

    कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द गर्ने निर्णय लिएको छ । आइतबार प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै सरकारले यस्तो घोषणा गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार नेपालमा ११६७ जनामा कोरोना भाइरस संक्रमण देखिएकोृ छ ।

    कोरोनाको बढी संक्रमण काठमाडौं उपत्यका र सीमा नाका भएका शहरमा बढी छ । अहिले नेपालमा संक्रमण दर ९.५ प्रतिशत रहेको छ । डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्ट दुबैको संक्रमण समुदाय स्तरमा पुगेको छ । सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरिएको छ ।

    कतिपय विद्यालयमा हिउदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय भएको हो विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन समेत सरकारले आह्वान गरेको छ । सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा बार्षिक परीक्षा रोकिने छैनन् ।

  • नेपालमा थप ११६७ जनामा देखियो कोरोना, २२४ जना डिस्चार्ज

    नेपालमा थप ११६७ जनामा देखियो कोरोना, २२४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ११६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।

    यही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन्।

  • दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

    दिनानाथ शर्मा र शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शक्ति बस्नेत र उनकी पत्नी तथा नेतृ सत्या पहाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पहाडीले सामाजिक सञ्जालमार्फत श्रीमान श्रीमती नै कोरोना भएर होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्। ‘तेस्रोपटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा’, उनले लेखेकी छन्।

    पार्टीको आठौँ महाधिवेशनमा सहभागी भएका नेताहरूलाई एकपछि अर्कोलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैगरी माओवादी केन्द्रका नेताहरू मातृका यादव, हरिबोल गजुरेलल पनि संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएकै दिन केन्द्रीय सदस्य ७६ वर्षीय दिनानाथ शर्मालाई पनि पुष्टि भएको छ ।

  • मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

    मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

    भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आएपछि भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् । शनिबार विमानस्थल अनुगमनमा पुगेका उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । उनका अनुसार क्यालीब्रेसन फ्लाइटका तयारी पूरा भएको छ । मौसममा सुधार भएपछि उडान हुने छ ।

    मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए । उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिए । उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु हो ।

  • पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

    पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

    इस्लामावाद । पाकिस्तानमा हिमपातमा परी ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार देशको उत्तरी भेगमा हिमपातमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी समेत छन् । अर्को एकै परिवारका पाँच सदस्यको समेत ज्यान गएको छ ।

    बीबीसीका अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा हिमपातमा मानिसहरुले ज्यान गुमाएका हुन् । खबर अनुसार हिल स्टेशनमा हिउँमा खेल्न गएको समयमा उनीहरुको ज्यान गएको हो । शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भएको थियो । पर्यटक बीचबाटोमै अलपत्र परेका थिए ।

    कतिपय सवारी साधन हिउँमै पुरिएको समेत खबर छ । धेरैको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको हो । हिमपातपछि भएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।

  • प्रधानमन्त्री आइसोलेशनमा, आइतबार कोरोना परीक्षण हुने

    प्रधानमन्त्री आइसोलेशनमा, आइतबार कोरोना परीक्षण हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । यद्दपी उनले आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भने भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबारदेखि आइसोलेशनमा बसेका प्रधानमन्त्रीको कोरोना परीक्षण आइतबार हुनेछ ।

    शुक्रबार प्रचण्ड र देउवाबीच नजिकबाट भेट भएको थियो । बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा र प्रचण्ड सँगै बसेका थिए । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ल, सुमन देवकोटा, सुबोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डे कोरोना संक्रमण भएको छ ।

  • ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?

    ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुगेका हुन् । भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराएका छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको विषयलाई लिएर संसद् चल्न दिएको छैन ।

    संसद्को बैठक पुस २८ गते बुधवारका लागि बोलाइएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच भएको आजको भेटमा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा नेकपा एमालेसँग छलफल गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । गठबन्धन समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ओलीसँग छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेका हुन् ।

  • प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

    प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उच्च माओवादी नेतालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएसँगै माओवादी पार्टीले महाधिवेशनमा सहभागी भएका १,७०० प्रतिनिधिलाई समेत कोरोना भाइरस परीक्षण गर्न भनेको छ । माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको छ ।

    कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ। शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

    उनी अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्ड केही दिन आइसोलेसनमा रहने समेत बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार मात्रै माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए ।