काठमाडौं । नेपालमा लगातार दोस्रो दिन ९ सय भन्दा बढी मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् ।
Category: समाचार
-

अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने
काठमाडौं । अहिले सरकारले मुलुकभर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । तर, यो जिल्ला प्रशासन कार्यालयमा मात्र सिमित हुँदा अत्यधिक भिडभाड बढेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ । राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको थियो ।
राष्ट्रिय परिचयपत्र लिन काठमाडौंमा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले बताए ।
सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइनसकेकोले राहदानी बनाउन काठमाडौं आउने नागरिकको हित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको उनले बताएका छन् ।
यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा व्यवस्था गरिएको छ ।
-

एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य
काठमाडौं । बिहीबार राती करीव १ बजे काठमाडौं महानगरपालिका–६ कपनमा घरको कोठा भित्र ठूलै झगडा भएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे । खबरपछि प्रहरी पुग्दा एक युवक र एक युवती रक्ताम्य अवस्थामा थिए । युवतीको ज्यान गइसकेको थियो । युवकको सास चलिरहेको पत्ता पाएपछि तुरुन्तै प्रहरीले अस्पताल पु्यायो । तर, अस्पतालले मृत घोषणा गर्यो । यो घटनाले पछिल्लो समय युवा जमात कसरी बाचिरहेको छ भन्ने एक तथ्य उदांगो् पारिदिएको छ । काठमाडौं महानगरपालिका–६ कपनमा यो जोडी ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ ।
खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई र सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको भेट भने एक महिना अगाडी मात्र भएको र प्रेममा परेपछि उनीहरु लिभिङ टुगेदरमा बसेको पाइएको छ । प्रहरीका अनुसार उनीहरु पब्जी खेलबाट नजिकिएका थिए । झण्डै एक महिनादेखि सँगै बस्थे । उनीहरु प्रायजसो कोठा भित्रै बस्ने गरेको र रातीसम्म पब्जी खेल्ने गरेको् समेत छिमेकीहरुले बताएका छन् ।उनीहरुका अविभावक भने गाउँमै थिए । काठमाडौंमा आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भीर अवस्थामा फेला परेको परिवारको भनाई छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ । युवतीको शरीरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ देखिएको छ ।
-

सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी
काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै सरकारले सरकारी अस्पताललाई परिस्थिति जटिल बन्न सक्ने भन्दै सचेत गराएको छ । सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ ।
मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ । त्यस्तै मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्ट पृष्टि भएको छ ।
पुस महिनामा एक हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालका प्रवक्ता संगीता मिश्राले जानकारी दिनुभएको छ। एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा ओमिक्रोन पृष्टि हुनेको संख्या २७ पुगेको छ। नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ ।
२४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ३१ ह्जार ५२ जनामा कोारेना पृष्टि भएको छ । जसमध्ये आठ लाख १३ हजार ७०९ जना संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा ११ हजार ६०२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्युदर १.४ प्रतिशत रहेको छ ।
-

नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ९६८ जना संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ र बिहीवार ५४० संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ गरी ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३१ हजार ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६२जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।
-

‘परिणाम राम्रो आएन भनेर अनौठो मन्नु पर्दैन, एमाले एक्लै चुनावमा जान्छ’-ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययन विना नै टिकाटिप्पणी भइरहेको बताएका छन् ।
पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।
एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए । आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।
‘सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘एमाले ठूलो पार्टी हो । एमालेलाई गठबन्धन चाहिँदैन । जो कमजोर छ उसैले चुनावसम्म नै यो गठबन्धन चाहिन्छ भनिरहेका छन् ।’
राष्ट्रिय सभाका रिक्त १९ पदका लागि १२ दलले चुनावमा भाग लिँदैछन् । मुख्यगरी सत्तागठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ । पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ ।
गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ ।१९ पदका लागि ४३ जना उम्मेदवार छन् ।
-

नेपालमा कोरोना नयाँ भेरियन्ट ओमिक्रोन फैलियो, थप २४ जनामा संक्रमण पुष्टी
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टी भएको छ।
जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टी गरेको हो ।
पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो।
एस जिन नेगेटिभ पत्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
ओमिक्रोन भेरियन्टलाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।
उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि सरकारले निर्देशन दिएको प्रवक्ता डा.संगीता कौशल मीश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
-

काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिक एक घरको कोठामा युवक–युवती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमले प्रहरीलाई उदृत गर्दै जनाए अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका छन् ।
बौद्ध प्रहरीका अनुसार उनीहरु डेरामा सँगै बस्दै आएका थिए । उनीहरुको शरीरमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनास्थलमा धारिलो हतियारसमेत भेटिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान समेत अगाडी बढाएको छ ।
-

एमालेको जिल्ला अधिवेशन आज
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन आज हुने भएको छ । यसअघि विभिन्न कारणले स्थगित गरिएका बाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको एकसाथ उदघाटन गर्ने भएका छन् । काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने तयारी गरेको सार्वजनिक भएपछि कोरोना संक्रमण बढ्ने भन्दै आलोचना भएको छ ।
एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला-जिल्लमा केही दिनदेखि नै खटिएका छन् । यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।
-

कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके
काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित भेटघाट स्थगित गरेका छन् । उनको सचिवालयका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको हो ।
पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको समेत अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले जनाएकी छिन् । उनका अनुसार अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने भएको छ । उनले तत्कालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत भिडभाड नगर्न र सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।
-

परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीवार टेलिफोन वार्ता भएको छ । जयशंकरले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् । उनका अनुसार टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको छ ।
‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि स्थगित भएको छ । भारतका विदेशमन्त्री जयशंकरले आफूले नेपालका परराष्ट्रमन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा टेलिफोनमा कुराकानी गरेको बताएका छन् । दुई देशबीचको विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय रहेको भन्दै उनले सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको समेत उल्लेख गरेका छन् ।
-

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौं नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी छ । ढकालले मापसे गरेको खुलेको छ ।
-

पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधबार राति भएको आगलागीमा तीनवटा घर घर जलेको प्रहरीले जनाएको छ ।
स्थानीय जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजीत राई र मनबहादुर राईका घर जलेका छन् । तीनवटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ ।
आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सुख्खायाम भएको कारण नेपालमा अब आगलागी का घटना बढ्ने गर्छन् ।
-

न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन
कंकर्ड
युवा साहित्यकार डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचन माथिको समिक्षात्मक छलफल न्यूह्यामसायरमा सम्पन्न भएको छ । राज्यको राजधानी कंकर्डमा शनिबार सम्पन्न छलफलमा साहित्यकार महेश्वर पन्त एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका (अनेसास) केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा लगायतले कृति माथि समिक्षा गरेका थिए ।

पन्तले उपन्यासले नेपाली मध्यम वर्गीय युवा पुस्ताको प्रतिनिधित्व गरेको बताए । किताबमा लेखकको गहिरो अध्ययन र मेहनत छचल्किएको उनको भनाइ थियो । किताबमा प्रस्तुत त्रिकोणात्मक प्रेम सम्बन्धले वर्तमान समय र समाजलाई प्रतिनिधित्व गर्ने समेत उनले बताए ।
साहित्यकार पूजा उपन्यासले नारीमाथि गहिरो सम्मान दर्शाएको एवं समकालिन नेपाली लेखनमा आचार्यले फरक पहिचान स्थापित गरेको बताए । उपन्यास बौद्धिक एवं भाषाशैली सरल रहेको कारण सबै वर्गका पाठकलाई प्रभाव पार्ने उनको भनाइ थियो । समयअनुकुल जति आधुनिक बन्न खोजेपनि अन्त्यमा अध्यात्मलाई अनुशरण गर्ने मानवीय यथार्थ पनि उपन्यासमा प्रतिबिम्बित रहेको उनले उल्लेख गरे । ‘सुखान्त कथा रहेको उपन्यासले नेपाली आख्यान विधामा नयाँ इँटा थपेको छ’ उनले भने ।

लेखक आचार्यले अग्रज साहित्यकारहरुको सुझाव र टिप्पणीले आफुलाई भावी लेखनमा सुधारको प्रेरणा मिलेको बताए । ‘हामीले बाँचेको समय गुरु प्रसाद मैनालीको परालोको आगोको युग होइन जहाँ एक महिलाले मुखमा पानी हालेपछि घर भित्रका सारा झै झगडा अन्त्य हुन्छन्, उनले प्रष्ट्याए- अहिले नारीले मुखमा पानी हालेर बस्ने होइन कुन तहको विद्रोह गर्न सक्छन् भनेर कितावमा देखाउन खोजेको छु ।’ आचार्यले आफ्नो उपन्यास एमाजोनमा समेत उपलब्ध रहेको जानकारी दिए ।
अमेरिकामा विद्यावारिधी गरेर नेपाल फर्किएपछि आचार्यले आफ्नो पहिलो उपन्यासको रुपमा मोचन प्रकाशित गरेका थिए । मोचन मन्थनमा अनेसास न्यूह्यासायर च्याप्टरका प्रधान सम्पादक इश्वरी भट्ट, साहित्य अनुरागी राम भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व अनेसास न्यूह्यामसायर च्याप्टरका अध्यक्ष हरिमाया खतिवडाले गरेकी थिइन् ।
-

काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काममा तीव्रता दिन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।
बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाएका प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन । उनले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।
उनले विकास-निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा, सुविधालाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउन सबै मन्त्री, सबै सचिवहरुलाई निर्देशन दिएको समेत कार्कीले जानकारी दिए । बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराएका थिए ।
-

प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।
प्रधानमन्त्री देउवाको साथमा २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा पहिलोपटक भारत जान लागेका हुन् ।
-

नेपाल कोरोनाको तेस्रो लहरको जोखिममा, एकैदिन थपिए ४३५ जना संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ गरी ४३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार २ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार १६७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।
-

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
काठमाडौं । फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दा हेर्न नमिल्ने भएको छ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने पेशी तोकिएको थियो ।सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो।
शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।
उनलाई शृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको थियो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्।
-

प्रतिनिधिसभा फेरि स्थगित
काठमाडौं । विहीवार लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको सूचना जारी गरेको हो।
सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १: ०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
यसअघि १८ पुसका लागि बोलाइएको संसद् बैठक माओवादी केन्द्रको महाधिवेशन नसकिएको भन्दै उसको अनुरोधमा २२ पुसका लागि सारिएको थियो।
-

यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना
काठमाडौं । आजबाट देशभर पुनः हिउँदे वर्षा हुने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम प्रतिकुल रहने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ ।
विभागले हिउँदे वर्षाले पु-याउने असरबाट जोगिन आह्वान गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । बिहीबारदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ । सो क्रममा बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहनेछ ।
यी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भएर हल्कादेखि मध्यम वर्षा गराउनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनेछ । केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ । प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ । ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ । वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ ।
यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।
-

तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो
तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जनाको शव भेटिएको छ । राससका अनुसार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उता, आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।
-

कुपन्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको कुपण्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार जारी छ ।
-

चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु
जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।
-

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)
काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन्।
जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको नाममा दावी विरोधका लागि पुस २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । अधिकांश सिटमा ५ दलीय गठबन्धनले नै जित्ने निश्चित जस्तै छ ।
यी हुन उम्मेदवारी दिनेहरु:
कुन दलबाट को उम्मेदवार
नेकपा एमाले
नेकपा एमालेका तर्फबाट प्रदेश १ मा गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन्। प्रदेश २ मा उसमान अन्सारी र विना र साह, बागमतीमा गोपाल शाक्य र निरकुमारी कुँवर उम्मेदवार बनेका छन्।
यस्तै गण्डकीमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल, लुम्बिनीमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन्। कर्णालीमा पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा तथा सुदूरपश्चिममा सन्तोषकुमारी शर्मा थापा, नरेश विक र डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।
नेपाली कांग्रेस
सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो मागमा परेको प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएको छ।
नेकपा (एकीकृत समाजवादी)
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी साह (गरिमा)लाई उम्मेदवार बनाएको छ।
यस्तै जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेशमा खालिद सिद्दिकीलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ।
लोसपाले प्रदेश २ मा श्याम सरदार र रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाएको छ।
नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ।
-

धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन
धरान । धरानमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिका–६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको मङ्गलबार उदघाटन गरेका हुन् । फोहोरमैला प्रशोधन गरि उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गरे ।
गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि मंगलबार सो केन्द्रको उद्घाटन गरिएको हो ।
भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताएका छन् ।
२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको भने लगानी छैन ।
प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।
-

बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालमा बुधबारबाट मौसम प्रतिकुल बन्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएसङ्गै मौसम प्रतिकुल बन्ने भएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यो साताभर वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविदले अनुमान गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव देशभर पर्ने छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
साथै बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार र बुधबार कम तथा बिहीबार, शुक्रबार र शनिबार बढी प्रभाव पर्नेछ । अन्य प्रदेशहरुको तुलनामा यसको प्रभाव प्रदेश १ र २ मा कम पर्ने अनुमान छ ।
-

बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई
काठमाडौं । बंगलादेशदेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बंगलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ।
बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान दिइएको हो।
बंगलादेशका मुक्तियुद्धसम्बन्धी मन्त्री एकेएम मोजाम हकले उहाँहरूलाई सो सम्मान प्रदान गर्दै डा रिजालले त्यहाँ अध्ययनका क्रममा ११ वर्ष रहँदा रेडियोमा काम गरी स्वतन्त्रताका लागि योगदान गरेको तथा अध्यक्ष रिजालले दुई देशबीच सम्बन्ध बढाउन पुलका रूपमा काम गरेको बताए।
फाउन्डेशनका संयोजक सदी–उज जमान, सचिव मदुल हक तैयब, चौधरी नेजारुल हक, विशाल जैन, पाञ्चाली देव वर्मा ९भारत०लगायतले समाजको शान्ति, एकता, संस्कृति, अनुशासन, सम्बन्ध विस्तार र शोषणको अन्त्य जोड दिँदै विश्वमा विवादको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिए।
सो अवसरमा डा रिजालले ‘हाम्रो बङ्गलादेश…’ बोलको गीत तथा अन्य कलाकारले बङ्गलादेशी गीतसङ्गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपालबाट अधिवक्ता दीपक दाहाल, सरला रिजाल, निशिषकुमार रेग्मी, डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठलगायत बङ्गलादेश र भारतका प्रबुद्ध व्यक्तित्वको सहभागिता थियो।
-

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत, को-को परे (नामावलीसहित)
काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्।
मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्।
राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?
१. दिपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेमबहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भिमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०। ठाकुरप्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं
१५. भक्तिप्रसाद सिटौला, झापा
१६. मोहनकुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०. पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२। सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह (भोला), सिराहा
२४। रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती केसी अधिकारी, काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं
-

आज राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता गरिदै
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुने भएको छ । आगामी माघ १२ मा निर्वाचन हुदैछ । सो प्रयोजनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ ।
निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जानकारी गराएको छ ।
रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहका रहेका छन् ।
आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।
चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् ।
१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् । एमाले भने एक्लै चुनावी मैदानमा लड्नेछ ।
-

मनाङमा हिमपहिरोमा परेर हराइरहेका व्यक्ति मृत भेटिए
मनाङ । अघिल्लो साता हिमपहिरोमा परि बेपत्ता भएका एक किसान चार दिनपछि मृत अवस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । चार दिनदेखि हिमपहिरोमा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।
हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो ।
गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन् । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ ।
