बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटनमा भएको दुर्घटनामा बेहुला बेहुली भने घाइते रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा दशरथचन्द नगरपालिका–९,… Continue reading बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु
Category: समाचार
गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै
पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको… Continue reading गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै
५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको अवस्था हेरी लकडाउनको निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएसीको बैठकले शहरी भेगमा ५ सय सक्रिय संक्रमित नाघेमा र पहाडी भेगमा २ सय सक्रिय संक्रमित नाघेमा लकडाउन गर्न सकिने गरी सिफारिस गरेको हो । यसबारे निर्णय… Continue reading ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस
उपत्यकामा एकैदिन १४९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२ जनाको पीसीआर परीक्षणबाट ३०३१ जना र ७८६ एन्टिजेन परीक्षणबाट ९० जनाको रिपोर्ट पोजेटिभ हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको छ… Continue reading नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु
साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार
लण्डन । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा… Continue reading साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार
नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना निकाल्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो । विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द… Continue reading नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण
अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १२ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ। कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको र सङ्क्रमित संख्या तीव्र रुपमा बढ्दै गएकोले बैशाख १० गते सुन्दरीजल प्रहरी प्रभाग, गोकर्ण प्रहरी… Continue reading ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण
जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकाले लगाएको रोक फुकुवा
न्यूयोर्क । जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकामा लागेको रोक फुकुवा भएको छ । रगत जम्ने खतरा देखिएको विवरण सार्वजनिक भएसँगै अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा अस्थायी प्रतिवन्ध लागेको थियो । ११ दिन अगाडी लगाएको प्रतिवन्ध अमेरिकाले फुकुवा गरेको छ । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले खोपमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको अमेरिकी एजेन्सीलाई उदृत… Continue reading जोन्सन एण्ड जोन्सन खोप माथि अमेरिकाले लगाएको रोक फुकुवा
सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान
काठमाडौं । सगरमाथा आरोहणका लागि नेपालमा एक सिजनमा अहिलेसम्मकै बढी पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले आरोहण अनुमति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । कोरोना भाइरसको दोस्रो लहरको सन्त्रासका बीच नेपालमा पर्वतारोहणमा भने उत्साह… Continue reading सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान
आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस
काठमाडौं । आज नेपालमा गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाईंदै छ । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । पुनः यो विपत्तीको सामना गर्नु नपरोस भन्ने कामनासहित आज छैटौं स्मृति दिवस मनाउन थालिएको हो । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत… Continue reading आज गोरखा भूकम्पको छैटौं स्मृति दिवस
कोरोना संक्रमित पूर्वराजा दम्पत्ति अस्पताल भर्ना
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहसहित राजपरिवारका तीन जना सदस्य अस्पताल भर्ना भएका छन् । पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरु शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरुको स्वाथ्य अवस्था स्थिर तथा सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्माण भएको धरहराको उद्घाटन गरेका छन्। यसअघि भूकम्पले भत्काएको धरहरा रहेकै स्थान सुन्धारामा नयाँ संरचनासहितको धरहरा बनेको छ । शनिबार प्रधानमन्त्री ओलीले यो धरहराको उद्घाटन गरे । धरहरामा राखिएको शिलालेख अनावरण गरेका उनी त्यसपछि भने काठमाडौं अवलोकन गर्न बालकोनी पुगेका थिए । त्यहाबाट पुष्पवृष्टी गर्दै उनले धरहरा पुनर्निर्माणको… Continue reading प्रधानमन्त्रीबाट धरहराको उद्घाटन्
कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृत्यु हुने पछिल्लो केही महिनायता कै बढी हो । नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ । यस अवधिमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्टबाट… Continue reading कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण
आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने
काठमाडौं । आज काठमाडौंको २२ तले धरहराको उद्घाटन हुँदैछ । १२ वैशाख २०७२ को भूकम्पले भत्काएपछि पुराना धरहराको आडैमा नयाँ धरहरा बनाइएको छ । यसको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न लागेका छन् । उदघाटन हतारमा गरिएकोछ । किनकी धरहराको टावरबाहेक अन्य काम सकिएका छैनन् । सोहीकारण सर्वसाधारणले तत्काल धरहरा जाने, अवलोकन गर्ने तथा चढ्ने… Continue reading आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट दुधौली नगरपालिकातर्फ जाँदैगरेको प्रदेश न २–०१–००१ प २१६३ को मोटरसाइकल मदन भण्डारी राजमार्ग अन्तरगत कमलामाई–१४ चन्दनपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाहीमा कार्यरत प्रहरीजवान दुधौली नगरपालिका–४ का… Continue reading सिन्धुलीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
नेपालमा थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७९८ जनाको पीसीआर परीक्षणबाट २४५९ जना र ८६६ एन्टिजेन परीक्षणबाट ११० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१… Continue reading नेपालमा थप २५५९ जनामा कोरोना पुष्टी, ४१० जना संक्रमणमुक्त
एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन्। एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो। नयाँ बनाइएको स्थायी कमिटीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि राखिएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ‘डिनर मिटिङ’पछि एमाले नेता वामदेव गौतम स्थायी… Continue reading एमाले स्थायी कमिटी:‘डिनर मिटिङ’पछि वामदेव अटाए, झलनाथ र माधव हटाइयो
अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष
ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगे माबिमा बिद्यालय संचालनार्थ पाँचलाख रुपैंयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको छ । साबिक चाँगे गाबिस वडा नं.२ मा जन्मिएकी बिधालयकी पुर्व बिधार्थी नन्दमाया केदेम शेर्पाले अमेरिकाबाट आफ्नो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त अक्षय कोष स्थापना गरेकी हुन ।अमेरीकाबाट पठाइएको उक्त… Continue reading अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष
ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै राससले जनाएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा… Continue reading ताप्लेजुङमा गोली लागेर एक जनाको मृत्यु
राजस्थानमाथि बैंलौरको १० विकेटको जित
मुम्बई । रोयल च्यालेन्जर्स बैंलौरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि १० विकेटको फराकिलो जित निकालेको छ । देवदत्त पाडिक्कलले शतक हानेपछि बैंलौर सहजै विजयी भएको हो । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरे । बैंलौरले १७८ रनको लक्ष्य १६.३ ओभरमा बीना विकेट क्षतिमा भेटायो । पाडिक्कलले ५२ बल खेल्दै ११… Continue reading राजस्थानमाथि बैंलौरको १० विकेटको जित
ओली र नेपालबीच बिहीबार पनि भेट, वार्ता निष्कर्षबिहिन
काठमाडौं । बुधबार करीव डेढ महिनाको विवादपछि पहिलो पटक भेट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार समेत भेटवार्ता भएको छ । दुबै नेताबीच आज पनि पाँचतारे होटेल मेरियटमा भेटवार्ता भएको हो । आज पनि करीव डेढ घण्टा दुई नेताबीच एक्लाएक्लै कुराकानी भयो । तर, कुराकानीबाट कुनै निष्कर्ष भने… Continue reading ओली र नेपालबीच बिहीबार पनि भेट, वार्ता निष्कर्षबिहिन
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १० हजार १ जनाको पीसीआर परीक्षणबाट २३६५ जना र ४४७ एन्टिजेन परीक्षणबाट ६३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । ५ जनाको… Continue reading नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु
नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार ३२.४१ अंकले घटेको शेयर बजार कारोबारको अन्तिम दिन १५.८० अंकले बढेर २६४८.१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८७ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर… Continue reading नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौंसहित तीन वटा प्रदेशका धेरै भूभागमा वर्षा
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको तीन वटा प्रदेशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबार बिहानैबाट पानी पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परेको हो । काठमाडौं उपत्यकामा बिहान परेको पानी दिउँसो केही घण्टा… Continue reading काठमाडौंसहित तीन वटा प्रदेशका धेरै भूभागमा वर्षा
सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा भिडभाड कम गर्न सरकारले आरोहणको संख्या निर्धारण गरेको छ । यसअनुसार अब एक दिनमा बढीमा १ सय ७० जना सम्म आरोहीले चुुचुरो जान सक्ने छन् । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न भन्दै यस्तो व्यवस्था ल्याएको बताएको छ ।… Continue reading सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने
ओली र नेपालबीच दुई घण्टा एक्लाएक्लै वार्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलको एक कोठामा दुई नेताबीच करीव दुई घण्टा एक्लाएक्लै वार्ता भएको हो । दुबै नेता बुधबार पौने ७ बजे होटलबाट बाहिरिएका छन् । दुबै नेताले संचारकर्मीलाई प्रतिक्रिया भने दिएनन् । ओलीले माधव नेपाल… Continue reading ओली र नेपालबीच दुई घण्टा एक्लाएक्लै वार्ता
नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८४ जनाको पीसीआर परीक्षणबाट २२२० जना र ८०३ एन्टिजेन परीक्षणबाट १३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६,… Continue reading नेपालमा एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी
सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई
काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ, ’ उनले… Continue reading सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई
महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र राज्य नासिकको एक अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु भएको छ। अस्पतालमा १५० जना बिरामी उपचाररत थिए। तीमध्ये २३ जना भेन्टिलेटरमा उपचार गराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्यांकरबाट अक्सिजन भर्ने बेलामा लिक भएको समाचारमा जनाइएको छ।