काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३८२ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ रहेको छ । थप १६२१ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, १६२१ जना संक्रमणमुक्त
Category: समाचार
कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?
काठमाडौं । नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् । पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए। ‘तपाईं आफ्ना आफन्त… Continue reading कांग्रेसको प्रश्न-‘शासन गर्ने नैतिक शक्ति तपाईंले गुमाइसक्नु भयो, सरकार सच्चिने कि नसच्चिने ?
कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?
काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो । श्रोतका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ ।
संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्। बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै सहभागी नेताज्यूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा संघीय संसदमा… Continue reading संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह
विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या
काठमाडौं । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । मंगलबार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको… Continue reading विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या
आज मेसी र रोनाल्डो आमने-सामने
काठमाडौं । फुटबल प्रेमीहरुका लागि आज खास दिन रहेको छ । समकालिन फुटबलका सर्वाधिक सफल दुई खेलाडी लियोनल मेसी र रोनाल्डोबीच आज दुई वर्षपछि पहिलो पटक मैदानमा भिडन्त हुँदैछ । अर्कोतर्फ यो अवसर पुनः कहिले जुट्ने हो भन्ने पनि निश्चित छैन । यस अवस्थामा बहुप्रतिक्षित खेल आज राती नेपाली समय अनुसार राती पौने २ बजे… Continue reading आज मेसी र रोनाल्डो आमने-सामने
आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ… Continue reading आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी
आज सगरमाथाको नयाँ उचाई घोषणा
काठमाडौं । आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा हुँदैछ । सरकारले एकवर्ष अगाडी टोली खटाएर चुचुरो सम्मै पुगेर नापजाँच गरेको सगरमाथाको उचाई आज नापी विभागले सार्वजनिक गर्न लागेको हो । यस पटक चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्न लागेका छन् । सोहीकारण नयाँ उचाई सहजै विश्वव्यापी मान्य हुने भएको छ ।… Continue reading आज सगरमाथाको नयाँ उचाई घोषणा
नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्
काठमाडौं । नायिका श्वेता खड्काले सोमबार विवाह गरेकी छिन् । स्व. नायक श्रीकृष्ण श्रेष्ठसँग ६ वर्ष अगाडी उनको पहिलो विवाह भएको थियो । तर, विवाहको एक महिनामै उनले पति वियोग सहनु परेको थियो । त्यसपछि आफुलाई सम्हाल्दै सिने क्षेत्रमा निरन्तर अगाडी बढेकी उनले आज दोस्रो विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग गरेकी हुन् । उनी चलचित्रसँगै… Continue reading नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्
नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार २ सय २० जनाको नमुना परीक्षणबाट उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ९५ पुगेको छ । यस… Continue reading नेपालमा १०१४ जनामा कोरोना पुष्टी, १६२८ जना निको भए
स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग
कल्पना घिमिरे, न्युयोर्क विश्व सम्पदा सुचिमा सुचिकृत भएको स्वयम्भु क्षेत्र भित्रका बुद्ध मुर्ति सहित केही महत्वपूर्ण स्तुप र मुर्तिहरु भत्काउने सरकारको निर्णयप्रति युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग )को ध्यानाकर्षण भएको छ ।नेपाल सरकारले काठमाडौ उपत्यकाको कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप… Continue reading स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग
नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति
न्युयोर्क नेपाली काँग्रेससँग आबद्द नुवाकोट जिल्लाका प्रबासीहरुको संगठन “नुवाकोट अमेरिका जनसम्पर्क समिति” को घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार सम्पन्न भएको छ । सभाले बिज्ञान खनालको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेका छन ।गृह जिल्लाका प्रभावशाली काँग्रेसी नेताहरूको प्रमुख आतिथ्यमा सम्पन्न सभाको कार्यविधि कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली गरिएको हो । सभामा नेपाली कांग्रेसका… Continue reading नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति
बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भ्एको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौं आलोकनगरका ७० वर्षिय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकार दिएको छ । धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल… Continue reading बानेश्वर र बनेपामा सडक दुर्घटना, तीन जनाको मृत्यु
दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु
दार्चुला । दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको प्रहरीले जनाएके छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्। मृतक दुईजनाको परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३… Continue reading दार्चुलामा ट्रक दुर्घटनामा परी तीन जनाको मृत्यु
कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो
काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा मृत्यु हुने कोरोना संक्रमित नेपालीको ३०१ पुगेको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा एक र भारतमा एक नेपाली संक्रमितको मृत्यु भएको हो। जर्मनीमा कोरोना भाइरस संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय… Continue reading कोरोनाबाट विदेशमा यो साता थप दुई गैरआवासीय नेपालीको निधन, मृत्यु हुनेको संख्या ३०१ पुग्यो
काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ३५१ जना, ललितपुरका ७४ जना र भक्तपुरका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १७ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५९४जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ रहेको छ । थप १७५२ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये… Continue reading नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमण मुक्त
नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्यो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक मंसिर २८ गतेबस्ने गरि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक एक साताको लागि रोकिएको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागि भएका थिएनन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको… Continue reading नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित, केन्द्रीय समिति बैठक पुसमा सर्यो
कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। कडा सुरक्षा घेराबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकमा यसअघि दुवैजना… Continue reading कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित
कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी युवतीलाई अस्पताल लैजाने क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ८ च… Continue reading कौशलटारमा कार दुर्घटना, एक जनाको मृत्यु
आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यद्दपी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने निश्चित छैन । पार्टीमा बैठक बोलाउन… Continue reading आज बस्दैछ नेकपा स्थायी कमिटी बैठक, दुबै प्रतिवेदन पेश हुँदै
बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो । यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक… Continue reading बार्सिलोना काडिचसँग पराजित, ३२ बर्षकै खराब प्रदर्शन !
डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष… Continue reading डोटीमा जिप दुर्घटना, वडासचिवसहित ४ जनाको मृत्यु
नेकपा सचिवालय बैठक: दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटिमा पुगेको हो । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए। ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा… Continue reading नेकपा सचिवालय बैठक: दुवै अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय
थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर १० जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १५७७ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार १६ जना, विहिबार १३ जनाको मृत्यु भएको थियो ।
नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १०२४जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ रहेको छ । थप २२०६ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये २ लाख २४… Continue reading नेपालभर थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त
राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन
काठमाडौं । राजतन्त्रको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ। शनिबारको संघीयता खारेज हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था पुनस्र्थापना गर्नुपर्ने लगायतका माग सहित प्रदर्शन गरेका हुन् । शनिबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित प्रदर्शनमा… Continue reading राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन
नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र
काठमाडौं । पछिल्लो एक सातामा नेपालमा औसतः दैनिक १५ सय हाराहारीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले सक्रिय संक्रमितको संख्यामा कमी आउनुका साथै गम्भीर प्रकृतिका बिरामीको संख्या समेत घटेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार जारी छ । मन्त्रालयको तथ्यांक… Continue reading नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र
२९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं । कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदर्शन गर्ने भएको छ। नेकपा भित्रको विवादका बीच सरकारले संसदको अधिवेशन बोलाउन सकेको छैन । मंसिर २९ मा देशैभर सरकार विरुद्ध प्रदर्शन गर्ने पनि निर्णय कांग्रेसले गरेको छ । शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले कांग्रेसले भ्रष्टाचार, कोरोना… Continue reading २९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने