Category: समाचार

  • मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निस्कासित

    मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निस्कासित

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।

    विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

    यस्ताे छ पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र

    मितिः ६ पुष २०७८, मंगलबार

    श्री मिलन पाण्डे,

    काठमाडौं ।

    विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे।

    विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण ९च। सं। ५०१० माग गरिएको विदितै छ।

    पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ। तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।

    अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ ९३१।१० को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

    तपाइँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।

  • कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

    कांग्रेस केन्द्रीय सदस्य: मधेसी कोटाबाट विनोद चौधरीदेखि पूर्वराष्ट्रपतिका छोरासम्म निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मधेशीतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ५ जनाको लागि भएको मतदानबाट विनोद चौधरी पनि निर्वाचित भएका छन्।

    मधेसी कोटाबाट उद्योगी विनोद चौधरी, अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

    निर्वाचित ५ मध्ये चन्द्रमोहनबाहेक सबै देउवा प्यानलका हुन्। चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्।

    कसको कति मत?

    १. अजय चौरसिया– २५२२

    २. विनोद चौधरी– २२०६

    ३. चन्द्रमोहन यादव–२१३८

    ४. महेन्द्रकुमार राय–१९८४

    ५. दिनेशकुमार यादव–१९५९

  • माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

    माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

    काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो ।

    तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भए । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भए । तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा संगीता भट्टराई विजयी भइन् । सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन सकेको थिएन । त्यसपछि सोमबार राती मतदान भएको हो ।

  • संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

    संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

    काठमाडौं । संसदमा एमालेले जारी राखेको अवरोध नहट्दा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । यसअघि सर्वदलीय बैठकमा उपस्थित नभएको एमालले आज पनि बैठक अवरुद्ध गर्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    सोमबार सार्वजनिक सम्भावित कार्यसूचीमा कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्नेछन् । मंगलार एमसीसी टेवल हुने बताइएको थियो । तर, दलहरुबीचमा अझै सहमति नजुटेका कारण एमसीसी भने टेवल हुने सम्भावना छैन । एमाले मै छँदा सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा एमालेले संसद अवरोध गरिरहेको छ ।

  • कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

    कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला आरक्षण कोटाको मतगणना सम्पन्न भएको छ । यस कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सोमबार अबेर सार्वजनिक भएको मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनले २८८५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा पुष्पा भुसाल २७१८ मत पाएकी छिन् ।

    प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा २५३६ मत सहित तेस्रो स्थानमा रहिन् । अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् । सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भएको समितिले जनाएको छ । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाको उमेदवारी परेको थियो । सबैभन्दा कम अम्बिका शर्माको १४९ मत आएको छ ।

  • आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु

    आयात चुलिएपछि विलासिताका सामानबारे नयाँ नियम लागु

    काठमाडौं । नेपालमा आयात व्यापार अत्यधिक चुलिएपछि त्यसको असर बैंकको तरलतामा परेको छ । यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न नीतिगत व्यवस्था गरेको छ । सोमबार वाणिज्य र विकास बैंकका नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित गर्न खोजेको हो । डेढ दर्जन वस्तु आयातमा बैंकले आयातकर्ताबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने नियम बनाइएको छ ।

    दुई प्रकारका वस्तु आयात गर्न ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने भएको छ । रक्सी, फर्निचर, मार्बल, चाँदी, अत्तर, श्रृङ्गारका सामाग्री, चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिंक्स, चुरोट आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नियम बनेको हो । गाडी र मोटरसाइकल आयातमा त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर प्रतीतपत्र खोल्न सकिने भएको छ । विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन ।

    यसअघि वस्तु आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य थिएन । बैंकमा पैसा जम्मा भइसकेपछि मात्रै आयातकर्ताले प्रतीतपत्र खोल्न सक्ने भएका छन् । औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थमा भने यो नियम लागु हुने छैन । आयात अत्यधिक बढ्दा व्यापार घाटा समेत चुलिएको थियो । अब यसमा केहि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

  • नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त

    नेपालमा थप २२० जनामा कोरोना पुष्टी, २६३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ९५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

  • नयाँबानेश्वरको इन्द्रेणी कम्पलेक्स भवनमा आगलागी

    नयाँबानेश्वरको इन्द्रेणी कम्पलेक्स भवनमा आगलागी

    काठमाडौं । नयाँबानेश्वरस्थित इन्द्रेणी कम्पलेक्सको भवनमा आगलागी भएको छ।

    महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार कम्प्लेक्को टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो।

    इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ।

    आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेका छन् । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ।

    आगलागीको थप विवरण आउन बाँकी छ।

  • ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

    ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु तल पर्ने डरले गरेको एक कदमका कारण पछिल्लो एक वर्षमा मुलुकले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । यस्तो कदमको शुरुवात भएको दिन हो आज पुस, ५ । गत वर्ष आजकै दिन ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । ओलीले आफू हट्नुपर्‍यो भने प्रधानमन्त्रीको कुर्सीमा कोही पनि बस्न नसक्ने धम्की दिने गरेका थिए ।

    सोही अनुसार उनले संसद विघटन गरेका हुन् । उनको यो निर्णयपछि सबैभन्दा क्षति राष्ट्रपति संस्थाको निष्पक्षता र गरिमामाथि पुगेको छ । खासगरी संविधान विपरितका काममा पनि राष्ट्रपतिले प्रश्न गर्न नसकेको आरोप लागेको छ । यो आरोपले पदकै गरिमा घटाएको हो । यो घटनापछि केन्द्रको सरकारको नेतृत्व गरिरहेको नेकपा फुटेर एमाले र माओवादी घटक छुट्टाछुट्टै भए । फुटको ऋृंखला त्यतिमा रोकिएन ।

    एमाले पार्टी पुनः फुट्यो । केन्द्र सरकार ढलेपछि एमाले नेतृत्वका सबै प्रदेश सरकार ढले । माओवादीले नेतृत्व गरेको स्थानमा पनि हेरफेर गर्नुपर्यो । हुन त ओलीको यो निर्णय लामो समय टिकेन । सवोच्च अदालतबाट ओलीको निर्णय बदर भयो र उनको सरकारल ढलेको हो । ओलीको यसै निर्णयका कारण कांग्रेस सभापति शेर बहादुर देउवा ५ औं पटक मुलुकको प्रधानमन्त्री बने ।

  • कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित ३५ सदस्यको लाग्यो टुंगो, को-को निर्वाचित भए ?

    कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित ३५ सदस्यको लाग्यो टुंगो, को-को निर्वाचित भए ?

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । आइतबार राती आएको अन्तिम मतपरिणाममा डा। शशांक कोइराला सबैभन्दा अग्रस्थानमा रहे । उनले लोकप्रिय मत प्राप्त गरेका छन् । उनको ३८३६ मत आएको छ । त्यसपछि क्रमशः एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाको बढी मत आएको छ । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे परेका छन् । उनको १७०७ मत आएको छ । निर्वाचित केन्द्रिय सदस्यमध्ये १६ जना नयाँ अनुहार छन् । अधिकांश सदस्य शेर बहादुर देउवा प्यानलका विजयी भएको छन् ।


    ३५ जनामा कसले कति मत पाए ?

    १. शशांक कोइराला ३८३६
    २. एनपी साउद २९३७
    ३. बालकृष्ण खाँण २८७९
    ४. उदयशम्शेर राणा २८४३
    ५. रामहरि खतिवडा २८३२
    ६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
    ७. रमेश लेखक २७८०
    ८. शंकर भण्डारी २७६८
    ९. जिपछिरिङ लामा २७०२
    १०. अर्जुन नरसिंह केसी २६५०
    ११. जितजंग बस्नेत २५५७
    १२. गोपालमान श्रेष्ठ २५३८
    १३. मोहनबहादुर बस्नेत २४७६
    १४. सुनीलबहादुर थापा २४७२
    १५. नैनसिंह महर २४६७
    १६. दिलेन्द्रप्रसाद बडू २४४१
    १७. डा. रामशरण महत २४३४
    १८. बलबहादुर केसी २३८८
    १९. गोविन्द भट्टराई २३५०
    २०. कुन्दनराज काफ्ले २२७९
    २१. दीपक गिरी २२६५
    २२. सुरेन्द्रराज पाण्डे २२०१
    २३. पद्मनारायण चौधरी २०३८
    २४. राजीव ढुंगाना १८९६
    २५. गुरु बराल १८७०
    २६. सञ्जयकुमार गौतम १८६७
    २७. गोविन्द राज पोखरेल १८४३
    २८. मदनबहादुर अमात्य १८३०
    २९. अजयबाबु शिवाकोटी १८११
    ३०. गणेश लामा १७८२
    ३१. दिनेश कोइराला १७८१
    ३२. उमेशजंग रायमाझी १७७६
    ३३. ई. मोहन आचार्य १७५१
    ३४. गोपाल दहित १७१०
    ३५. कृष्णकिशोर घिमिरे १७०७

  • एमालले भाग नलिएको सर्वदलीय बैठकमा के कुरा भयो ?

    एमालले भाग नलिएको सर्वदलीय बैठकमा के कुरा भयो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा्ले आइतबार बोलाएको सर्वदलीय बैठक सकिएको छ । संसदमा जारी एमालेको अवरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा आज छलफल भएको छ । बैठकमा एमाले भने सहभागी भएन । सोहीकारण बैठकले ठोस निष्कर्ष भने दिन सकेन ।

    बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‍मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको जानकारी गराए । थप छलफलबाट यी विषयलाई निष्कर्षमा पुर्याउने सम्बन्धमा आइतबार सहमति जुटेको समेत उनले जानकारी गराए ।


    ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरेका थिए । संसद् अवरुद्ध हुँदा संसद्को काम र जनताको अपेक्षा प्रभावित भएको विषयमा सत्तारुढ दलले चिन्ता व्यक्त गरेका छन् । असहमति प्रकट गर्ने थलो संसद् भए पनि सशक्त प्रतिपक्षी दलले त्यसलाई बन्धक बनाउनु नहुने नेताहरुले जोड छ । बैठकले संसद् अवरुद्ध हुँदा समग्र संसदीय व्यवस्था कमजोर हुने भन्दै बैठकले यसको निकास खोज्न प्रतिपक्षी दल एमालेलाई अनुरोध समेत गरेको छ ।

    बैठकमा एमसीसी सम्झौतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको छ । नेताहरुले एमसीसीको पक्ष र विपक्षमा धारणा राखेका थिए । सम्झौतामाथि थप छलफल हुने उनले बताए ।

    बैठकमा प्रधानमन्त्री देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सत्तारुढ गठबन्धनका शीर्ष नेता सहभागि भए ।

  • नेपालमा थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

    नेपालमा थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४हजार ८३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७३६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

  • कांग्रेसको केन्द्रिय सदस्यको मतगणना आज पनि जारी, कसले लिएको छ अग्रता ?

    कांग्रेसको केन्द्रिय सदस्यको मतगणना आज पनि जारी, कसले लिएको छ अग्रता ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचत भएको खुला केन्द्रीय सदस्य पदको मतगणना आज पनि जारी रहने भएको छ । शनिबार २३९३ मतको गणना सकेर स्थगित भएको थियो । मतगणना आज नियमित हुँदैछ । खुला तर्फको ३५ जनाका लागि ९९ जनाको उम्मेदवारी परेको छ ।

    मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । अहिलेसम्मको मतगणनामा पहिलो नम्बर डा. शशांक कोइराला छन् । उनलाई एनपी साउदले पच्छ्याइरहेका छन् ।

    २३९३ मत गन्दा शीर्ष ३५ मा को को परे ?

    १. डा.शशांक कोइराला :१९७१
    .२. एनपी साउद : १५३८
    ३. बालकृष्ण खाँण : १५०७
    ४. रमेश लेखक : १४५१
    ५. उदय शमशेर राणा : १४४५
    ६. शंकर भण्डारी : १४३७
    ७. ज्ञानेन्द्रबहादुर कार्की : १४२३
    ८. रामहरि खतिवडा : १३९५
    ९. अर्जुननरसिंह केसी : १३८३
    १०. गोपालमान श्रेष्ठ : १३२३
    ११. जिप छिरिङ्ग लामा : १३१२
    १२. जीतजङ्ग बस्नेत : १२८३
    १३. नैनसिंह महर : १२८३
    १४. डा।रामशरण महत : १२८१
    १५. गोविन्द भट्टराई : १२७७
    १६.सुनिलबहादुर थापा : १२४६
    १७. बल बहादुर केसी: १२३३
    १८. दिलेन्द्र प्रसाद बडू : १२३१
    १९. मोहनबहादुर बस्नेत : १२०२
    २०. दीपक गिरी : ११७४
    २१. सुरेन्द्रराज पाण्डे : ११५१
    २२. कुन्दनराज काफ्ले : ११४३
    २३. पद्मनारायण चौधरी: ११३७
    २४. गुरु बराल : १०३६
    २५. सञ्जयकुमार गौतम : १००१
    २६. गोविन्द राज पोखरेल : ९६२
    २७. गोपाल दहित: ९३१
    २८. राजीव ढुंगान: ९३५
    २९. कृष्णकिशोर घिमिरे : ९२९
    ३०. दिनेश कोइराला : ९२५
    ३१. वीरेन्द्रकुमार कनौडिया : ९१९
    ३२. ई। मोहन आचार्य: ९१३
    ३३. अजयबाबु शिवाकोटी: ९०९
    ३४. मदनबहादुर अमात्य : ९०८
    ३५. उमेशजंग रायमाझी: ८९१

  • आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

    आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । यस दिन अधिकांश समुदायको कुलपूजा समेत पर्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा अनुसार विभिन्न समुदायमा धान्य पूर्णिमा धुमधामसाथ मनाइन्छ ।

    नवअन्नप्राशनका लागि समेत आजको दिन पवित्र मानिन्छ । यो दिन काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत ठूलो मेला लाग्छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायमा आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइन्छ । योमरी पूर्णिमालाई योमरी पुन्हि समेत भनिन्छ ।

    नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।

    किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । सरकारले उधौली र योमरी पूर्णिमाको अवसरमा आज पर्व मनाउने समुदायका लागि देशभर र काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

  • नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु

    नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु

    काठमाडौं । नेपालमा आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीमा कोरोना भाइरसविरुद्धको खोप वितरण शुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरलाई अमेरिकामा उत्पादन भएको मोडर्ना खोपको पहिलो मात्रा दिइन लागेको हो । आजबाट पुस १४ गतेसम्म अभियान जारी रहने छ ।

    प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा खोप लगाइने भएको छ । प्रदेश नं २ मा सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा खोप लगाइने छ । खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर रहेका छन् ।

    गण्डकी प्रदेशमा गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत छन् । लुम्बनी प्रदेशमा रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर छन् ।

    अहिले पहिलो खोप लगाएका विद्यार्थीलाई दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म लगाइने भएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा समेत फाइजर खोप लगाइने भएको छ ।

  • आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

    आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । एमसीसी अनुमोदन र संसदमा जारी अवरोध खुलाउने दुई मूख्य विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन् । बैठक अपराह्न ४ बजे बस्ने छ । बैठकमा सहभागी हुने संसदा प्रतिनित्वि गर्ने सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

    विगत लामो समयदेखि नेकपा (एमाले) ले संसदमा अवरोध गरिरहेको छ । तर, आजको बैठकमा एमाले सहभागी हुने कुरा भने निश्चित छैन । बैठकमा नेकपा एसबाट माधव नेपालसहितका नेता सहभागी हुने छन् । एमालेले भने ती नेताहरुमाथि सभामुखले कारवाही नगरेको भन्दै संसदमा अवरोध गरिरहेको छ ।

  • प्रधानमन्त्रीले आइतबार बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्रीले आइतबार बोलाए सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बैठक बोलाइएको हो । बैठकको विषय भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई डाकिएको छ ।

    प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्ने तयारी रहेको बुझिएको छ । सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेसँगै यो विषयले चर्चा लिइरहेको छ । नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको विषयमा संसद अवरोध गरिरहेको छ ।

  • काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन

    काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । काठमाडौंमा शनिबार यो सिजनकै सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा शनिबार न्यूनतम तापक्रम ३.३ डिग्री मापन भएको छ । शुक्रबार ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिबार काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने देशभर घाम लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रह्ेको समेत जनाइएको छ ।

  • कांग्रेसमा सदस्य पदको मतगणना आज

    कांग्रेसमा सदस्य पदको मतगणना आज

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारीको टुंगो लागेको छ । अब केन्द्रीय कार्यसमिति सदस्यका उमेदवारको मतगणना धमाधम हुने भएको छ । खुल्लातर्फको मत गणना आज गर्ने तयारी छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गत सोमवार मतदान भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गरिन्छ ।

    ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खस,आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन गरिन्छ । केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने छन् । कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव र अर्जुनबहादुर सिंह निर्वाचित भइसकेका छन् ।

  • टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

    टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

    सिरहा । सिरहाको लहान–ठाडी सडकखण्डमा टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । एक जना घाइते छन् ।

    स १क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार र ८ वर्षीय नाति अभिषेक छन् । ठक्कर दिने टिपर र चालकलाई प्रंहरीले नियन्त्रणमा लिएको छ ।

  • फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

    फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

    मनिला । दक्षिण फिलिपिन्समा आएको विनासकारी आँधीमा परि १२ जनाको मृत्यु भएको छ । शक्तिशाली समुद्री आँधीका कारण मुलुकको लोकप्रिय पर्यटकीय क्षेत्र नै तहसनहस भएको समाचार छ । बीबीसीका अनुसार मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा लाखौँ मानिसहरू विस्थापित भएका छन्।

    संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ। शुक्रवारसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ। सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्। जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।

    अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्। सन् २०१७ मा त्यहाँ छायाङ्कन भएको एउटा चलचित्रले यहाँको उत्कृष्ट स्थानीय सौन्दर्यलाई प्रदर्शित गरेपछि यो ठाउँ प्रसिद्ध भएको थियो। यो टापुले फिलिपिन्समा कठिन सहरको दिनचर्याबाट टाढा बस्न चाहने युवा र निस्फिक्री घुम्न चाहने यात्रुहरूलाई आकर्षित गर्ने गरेको छ। पश्चिमतर्फ सोझिएको आँधीले नदीका बाँधहरू फुटाउँदा ठूला टापुहरूमा बाढी निम्त्याएको थियो।

    सिरगाओ पश्चिमको सुरिगाओ सहरका मेयरले टाइफुनको प्रभावलाई गम्भीर भनेका छन्। ूयो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन्। सन् २०२० को नोभेम्बरमा समुद्री आँधी गोनीले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो। सन् २०१३ मा ६,००० मानिसहरूको ज्यान जाने गरी आएको हैयान समुद्री आँधीपछि त्यो सबैभन्दा ठूलो आँधी भएको बताइएको छ।

  • कांग्रेस पदाधिकारीको सेट तयार, अधिकांश नयाँ अनुहार

    कांग्रेस पदाधिकारीको सेट तयार, अधिकांश नयाँ अनुहार

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । यसमध्ये पदाधिकारीको सेट तयारी भएको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । जसले आगामी ५ वर्ष कांग्रेसको नेतृत्व गर्ने टीम तयार भएको हो । कांग्रेसमा १३ पदाधिकारी रहेका छन् । कांंग्रेसमा अब नयाँ नेतृत्वमा अधिकांश नयाँ अनुहार देख्न सकिन्छ ।

    सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्। यस टीममा देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा रहेका अनुहार हुन् ।

    निर्वाचित केन्द्रीय सदस्यबाट एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरि कोषाध्यक्ष मनोनित प्रावधान रहेको छ । कोषाध्यक्ष र पार्टी प्रवक्तालाई पदाधिकारीको बैठकमा सहभागी गराइन्छ । कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा रहेका थिए ।

  • नेपालमा थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    नेपालमा थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ४४५जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ३३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

  • आइतवार सार्वजनिक विदा

    आइतवार सार्वजनिक विदा

    काठमाडौं । सरकारले पुस ४ गते आइतवार देशभरिका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्‍मा सिफरिसमा गृहमन्त्रालयले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

    पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

  • एमाले पदाधिकारीको वरियताक्रम हेरफेर, पौडेल र नेम्वाङभन्दा बादल माथि

    एमाले पदाधिकारीको वरियताक्रम हेरफेर, पौडेल र नेम्वाङभन्दा बादल माथि

    काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरियताक्रम हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा हेरफेर गरेको हो ।

    मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन(अपानी) मा नेताहरूको वरीयता निर्धारण गरिएको छ।

    वरीयता निर्धारण गर्ने क्रममा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई माथि राखेका छन्। रामबहादुर थापा “बादल’ वरीयता तेस्रो नम्बरमा छ।

    उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्। बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्।

    सचिवहरू मध्ये एक नम्बरमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन् ।

    यसअघि गोकर्णराज विष्ट, योगेश भट्टराईलाई रघुवीर महासेठ भन्दा तल राखेका थिए ।

    त्यस्तै नयाँ पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज पनि तोकेको छ ।

    उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।

    महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग/प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।

  • कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज

    कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज

    काठमाडौं । नेपाली कांग्रेसमा तीन क्लस्टरको सहमहामन्त्रीमा विजेताको टुंगो लागेको छ । ५ सहमहामन्त्रीका लागि भने आज मतगणना हुने भएको छ । १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि शुक्रबार मतगणना हुन लागेको हो । क्लस्टरअनुसार फरक, फरक पाँच स्थानमा मतगणनाको तयारी छ । कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ । तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको हो ।

    बिहीबार राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी, जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचन लडेका थिए । आज खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुनेछ । कांग्रेसमा अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र तीन सहमहामन्त्रीको नतिजा आइसकेको छ ।

  • ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने

    ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने

    काठमाडौं । सरकारले नेपालमा बालबालिकालाई लक्षित गरी ४ पुसबाट कोरोनाविरुद्धको खोप वितरण थाल्ने भएको छ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान चलाउने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसको तयारी समेत पुरा भएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका खोप लगाउन योग्य अवस्थामा छन् । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउने भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई दिइने छ । यस पटक विद्यालयहरुमै खोप केन्द्र सञ्चालन गरिने छ । तीन चरणमा गरी ३५ लाखभन्दा बढी खोप आइसकेको छ । सोही मोडर्ना खोप १७ लाख बालबालिकामा लगाइने छ । पहिलो चरणमा हिमाल र पहाडका ५७ जिल्लामा मोडर्ना खोप लगाउन लागिएको हो । यसअघि अमेरिकी खोप फाइजर आउँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।

  • नेपालमा थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त

    नेपालमा थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७८८ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

  • रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा बुझाएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

    उनलाई प्रधानमन्त्री देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रिजालले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

  • कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।

    थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

    सभापति शेरबहादुर देउवा निकट शर्माले उनको प्यानलमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि कोइरालाको प्यानलबाट लड्ने चर्चा चलेको थियो । अन्ततः उनी सिंहको प्यानलबाट उठेर चुनाव लडेका हुन्।

    यस्तै, महामन्त्रीका अरू उमेदवारहरू डा. प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।