Category: समाचार

  • माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ

    माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ

    काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हुबहु सम्झौता गर्न नहुने पक्षमा छ । सोही पार्टीको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी नेपालको हितमा रहेको बताए ।

    देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले नपढी त्यसो भनेको समेत बताए । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघात ? मैले त कहीं देखेको छैन’ उनले भने ।

    ‘म नेपालको प्रधानमन्त्री हुँ । नेपाल राष्ट्रको खिलाफमा जाउँला ?’ उनको प्रश्न थियो । आफु प्रजातन्त्रका लागि लडेको मान्छे भएको भन्दै उनले राष्ट्रघात नगर्ने उल्लेख गरे । कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको उल्लेख गरे । वर्ल्ड बैंक, एडीबीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून लागू हुने भन्दै उनले एमसीसी सित्तैं आएको समेत उल्लेख गरे ।

  • नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त

    नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार २७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २८३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ७८० पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।

  • माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट

    माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन तथा ८ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलन कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । शुरुमा राष्ट्रिय सम्मेलन भनेको माओवादीले यसलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्तावलाई आजै बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । सम्मेलनमा १६ सय भन्दा बढी प्रतिनिधीले भाग लिँदैछन् । उनीहरु काठमाडौं आइसकेका छन् । १४८३ नियमित क्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

    आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाललाई टक्कर दिने अर्को नेतृत्व खडा भइसकेको छैन । उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदमा भने निर्वाचनको सम्भावना छ ।

  • नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

    नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४,९७८ रहेको छ । संक्रमितमध्ये काठमाडौं जिल्लाका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेको तथ्यांक छ ।

  • कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?

    कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?

    काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र बुझेपछि पार्टी कार्यालय सानेपामा कार्यसमिति बैठक बसेको बसेको हो । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी गराए । बैठकले पार्टी महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

    साथै राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । १४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।

  • ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं

    ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा जारी अवरोध चुनावसम्मै कायम रहने बताएका छन् । एमालेले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको विरोधमा एमालले संसदमा अवरोध जारी राखेको छ । संसदमा एमालेको अवरोध चुनावसम्मै रहने ओलीले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा बताए ।

    आफूहरूले पार्टीबाट निकालेका मान्छेलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा आफूहरू नजाने उनको भानाई छ । यस्तो भनाई माधव नेपालप्रति लक्षित गरि आएको हो । उनले चुनाव छिटो गर्नुपर्ने भन्दै त्यसपछि एमालेको सरकार आउने दावि समेत गरे । चुनावले अन्य पार्टीलाई धोवीपाट लगाउने र एमालेको सत्ता आउने उनको दावि छ । एमसीसीबारे प्रतिक्रिया दिँदै उनले सरकारले अहिलेसम्म एमसीसी बारे नीति ल्याउनै नसकेको समेत बताए ।

  • आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

    आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा शुरु हुने छ । सिद्धान्नतः महाधिवेशन भन्न मिल्ने यो सम्मेलनबाट माओवादी केन्द्रले आगामी कार्यदिशा तय गर्नेछ । तर, नेतृत्वमा भने ठूलो फेरबदलको सम्भावना छैन । राष्ट्रिय सम्मेलनको पूर्वसुन्ध्यामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा हुने बताएका छन् ।

    यसको शुरुवात आफुबाटै गरेको उनको भनाई छ । पार्टीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सोही दस्तावेजबाटै गल्तीहरुको समिक्षा गरिने उनले बताए ।

    प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा शनिबार उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट आत्मसमीक्षा गरिने उल्लेख गरे । यसले सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने उनको भनाई छ ।

    शनिबार नै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले एमालले निरन्तर संसद अवरुद्ध गरेर वतर्मान संसदलाई असफल बनाउन खोजिरहेको बताए । यसका लागि ओलीको घरमै पुगेर छलफल गर्न आफुले प्रधानमन्त्रीसँग आग्रह गरेको समेत उनले जानकारी दिए ।

  • आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता

    आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् । उृनले आफुलाई भोट नदिएको समेत भावनाको कदर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने बताए ।

    ‘म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु’, उनले भने । आजै पार्टीमा निर्वाचित केन्द्रिय सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको छ ।, कार्यक्रममा सभापतिमा पराजित शेखर कोइरालाले विचारमा आफ्नो जित भएको बताए ।

  • नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै

    नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । नयाँ कार्यसमिति निर्वाचित भएपछि आज पहिलो बैठक बस्न लागेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । आजै बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण गरिने छ ।

    मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो ।

    कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने प्रावधान छ । केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक\एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचित भएका छन् ।

  • एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

    एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

    भैरहवा । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेका छन् । उनलाई संघीय इकाई कार्यालय भैरहवाको सरकारी आवासमै झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । संगठनले यसबारे अनुसन्धान थालेको समेत जनाएको छ । उनी सोही कार्यालयमा कार्यरत थिए ।

    २०४९ सालमा सेवा प्रवेश गरेका यादव ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ मा अनिवार्य अवकाश पाउँदै थिए । यस अवस्थामा उनले रोजेको आत्महत्याको बाटोले प्रहरी प्रशासनतर्फ भने अनेक प्रश्न सोझिएका छन् । स्थानीय संचारमाध्यमले भने प्रहरी प्रधान कार्यालयले उनीमाथि कारवाहीको तयारी गरिरहेको सार्वजनिक गरेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको अभियोग उनी सहित २० जना प्रहरी अधिकृतमाथि लागेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ।

    केही संचारमाध्यमले भने बढुवामा निकै हेपिएका उनी केही दिनदेखि निरास रहेको लेखेका छन् । उनी केही दिन अगाडी बेहोस भई ढलेको र डाक्टरले डिप्रसनको औषधी दिएको समेत संचारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै लेखेका छन् । आजै उनकी धर्मपत्नीले सत्यको जित हुने भन्दै फेसबुक स्टाटस लेखेकी थिइन् ।

  • ‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’

    ‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्ने दुस्साहस नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

    नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्।

    आफूले ओलीलाई आगोसँग नखेल्न भनेको स्मरण गर्दै प्रचण्डले थपे, ‘के भयो आगोसँग खेल्दारु बालुवाटारबाट बालकोट पुगियो, ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट् भयो।’

    अध्यक्ष प्रचण्डले एमालेसँगको एकता जोगाउने आफूहरुको चहाना हुँदाहुँदै पनि जोगाउन नसकिएको बताए । सही राजनीति र विचारले एकता अघि बढोस् भन्ने थियो।

    तर एकतालाई सफल हुन दिएनन्’, उनले भने, ‘तर हामी फेरि एकता प्रक्रियामा अघि बढेका छौँ । अहिले तपाईंहरुसँग एकता भयो । यसैगरी माओवादी अब बलियो हुँदै जानेछ ।’

    दाहालले अबको चुनावमा को विजयी हुने भन्ने जनताले देखाइदिने पनि बताए । अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको बताउँदै अध्यक्ष प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए ।

    नेकपा एमालेले पार्टी प्रवेशका नाममा गाउँगाउँमा सिला खोज्दै हिँडेको टिप्पणी गरे । ‘अवसरवादीहरू अहिले पार्टी प्रवेशका नाममा गाउँगाउँमा सिला खोज्दै हिँडेका छन्’, प्रचण्डले भने, ‘म अहिले धेरै त भन्दिनँ, सुनारको सय चोट लोहारको एकै चोट। आज हामीले लोहारको चोट हान्यौँ।’

  • नेपालमा थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त

    नेपालमा थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त

    काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ३३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार ९०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।

  • क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शनिबार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

    मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ।

    सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति र जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको छ।

    सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन र वैदेशिक द्रूत डाँक सेवा (इएमएस)को महसुसल पुनरावलोकन गर्ने निर्णय पनि गरेको छ।

  • राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

    राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

    काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मा जानकारी दिए ।

    शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।

    त्यस्तै मन्त्री कार्कीकाअनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

    त्यस्तै, क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

  • अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

    अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

    लण्डन । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले देखाएका छन्। बीबीसीका अनुसार प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना भएको देखाएको छ।

    तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने क्षमता राख्छ । जसले गर्दा अस्पतालमा भिड हुनसक्ने चिन्ता समेत अध्ययनको छ । बेलायतमा बुधवार सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि हुँदा एक लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्।

    ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ। स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ। त्यसले ओमिक्रोन पनि डेल्टा भेरिअन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ ।

    अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ। पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानीनले एउटा राम्रो समाचार भएको बताएका छन्। ओमिक्रोन भेरियन्ट फैलिएको गतिले यो कम खतरा हुँदाको फाइदालाई जितेको उनले बताए।

    दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ। अध्ययनले अन्य लहर र अन्य भेरिअन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ। तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरिअन्ट र अन्य भेरिअन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ।

    लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ। अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ। सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ।

  • नेपाली कांग्रेसमा १३४ पदकै आयो मतपरिणाम, (सूचिसहित)

    नेपाली कांग्रेसमा १३४ पदकै आयो मतपरिणाम, (सूचिसहित)

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट आगामी ५ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको सेट तयार भएको छ । निर्वाचनबाट आउने १३४ पदको मतपरिणाम सार्वजनिक भएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणना महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न गरेको थियो ।

    अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सम्पन्न गरिएको हो । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यस पटक पदाधिकारी तथा सदस्यमा सभापति शेर बहादुर देउवा प्यानलको अत्यधिक बहुमत छ । तर, महामन्त्रीमा भने दुबै जना फरक प्यानलबाट विजयी भएका छन् ।


    यस्तो छ निर्वाचितहरुको नामावली

    सभापति

    शेरबहादुर देउवा

    उपसभापति

    पूर्णबहादुर खड्का

     धनराज गुरुङ

    महामन्त्री

     गगनकुमार थापा

     विश्वप्रकाश शर्मा

    सहमहामन्त्री

     भीष्मराज आङ्देम्बे (आदिवासी जनजाति)
     जीवन परियार(दलित)
     महालक्ष्मी उपाध्याय ‘डिना’ (महिला)
    किशोरसिंह राठौर (खसआर्य)

     महेन्द्र यादव (मधेसी)
     फरमूल्लाह मंसुर (मुस्लिम)
    बद्री पाण्डे (पिछडिएको क्षेत्र)
    उमाकान्त चौधरी (थारु)

    केन्द्रीय सदस्य खुलातर्फ
    डा. शशांक कोइराला
    एनपी साउद
    बालकृष्ण खाँण
    उदय शमशेर राणा
    रामहरि खतिवडा
    ज्ञानेन्द्र बहादुर कार्की
    रमेश लेखक
    शंकर भण्डारी
    जिप छिरिङ लामा
    अजुर्न नरसिंह केसी
    जीतजंग बस्नेत
    गोपालमान श्रेष्ठ
    मोहन बहादुर बस्नेत
    सुनिल कुमार थापा
    नैनसिंह महर
    दिलेन्द्र प्रसाद बडु
    डा। रामशरण महत
    बलबहादुर केस
    गोविन्द भट्टराई
    कुन्दनराज काफ्ले
    दिपक गिरी
    सुरेन्द्र राज पाण्डे
    पद्म नारायण चौधरी
    राजिव ढुंगाना
    गुरु बराल
    सञ्जय कुमार गौतम
    प्रा. डा. गोविन्द राज पोखरेल
    मदन बहादुर अमात्य
    अजयबाबु शिवाकोटी
    गणेश लामा
    दिनेश कोइराला
    उमेशजंग रायमाझी
    ई. मोहन आचाय
    डा. गोपाल दहित
    कृष्ण किशोर घिमिरे

    केन्द्रीय सदस्य (महिला खुला)
    डा. डिला संग्रौला
    पुष्पा भुषाल
    डा. आरजु राणा देउवा
    अम्बिका बस्नेत
    ईश्वरी न्यौपाने
    रंगमती शाही
    रमा कोइराला पौडेल
    शुसीला ढकाल आचार्य
    सरिता प्रसाई


    प्रदेशगततर्फ
    प्रदेश १ – महेन्द्र कुमारी लिम्बु (महिला)
    अमृत अर्याल र राजीव कोइराला (खुला)
    प्रदेश २ – चित्रलेखा यादव (महिला)
    आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल (खुला निर्विरोध निर्वाचित)
    बागमती प्रदेश – उर्मिला नेपाल केसी (महिला)
    ध्यानगोवन्द रञ्जित र राजेन्द्र कुमार केसी। (खुला)
    गण्डकी प्रदेश –सरस्वती अर्याल तिवारी (महिला)
    धु्रव वाग्ले र कृष्णचन्द्र नेपाली पोखरेल (खुला)
    लुम्बिनी प्रदेश – शिला शर्मा खड्का (महिला)
    देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी (खुला)
    कर्णाली प्रदेश –जानकी सिंह (महिला)
    राजीवविक्रम शाह र कर्णब्हादुर बुढा (खुला)
    सुदूरपश्चिम प्रदेश – सुशीला मिश्र भट्ट (महिला(
    डा. रणबहादुर रावल र यज्ञराज जोशी (खुला)

    केन्द्रीय सदस्यहरु
    मदनकृष्ण श्रेष्ठ (अपांगता)
    प्रदीपकुमार सुनुवार (अल्पसंख्यक खुला)

    केन्द्रीय सदस्य दलित (महिला)
    लक्ष्मी परियार
    सुजता परियार
    शान्ति परियार .(विक)
    रुपा विक

    केन्द्रीय सदस्य दलित (खुला)
    नूप बहादुर वड
    प्रकाश रसाइली स्नेही
    मान बहादुर नेपाली
    हरिशरण नेपाली
    मैकुलाल बाल्मीकी

    केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)
    सीता गुरुङ
    अञ्जनी श्रेष्ठ
    सरस्वती बजीमय
    गंगालक्ष्मी अवाल
    माया राई
    सीताकुमारी राना
    सुशिला थिङ

    केन्द्रीय सदस्य आदिवासी जनजाति (खुला)
    चिनकाजी श्रेष्ठ
    उमेश श्रेष्ठ
    बहादुरसिंह लामा
    दिलमान पाख्रिन
    टेकबहादुर गुरुङ
    आङगेलु शेर्पा
    तारमान गुरुङ
    टेकप्रसाद गुरुङ

    केन्द्रीय सदस्य खसआर्य (महिला)
    मञ्जु खाँण
    नानू बास्तोला
    प्रतिमा गौतम
    चम्पादेवी खड्का
    कान्तिका सेजवाल
    विद्या तिमिल्सीना

    केन्द्रीय सदस्य खसआर्य (खुला)
    केशवकुमार बुढाथोकी
    गोविन्दकुमार शाह
    भीम पराजुली
    मधु आचार्य
    श्यामकुमार घिमिरे
    नारायणबहादुर कार्की
    गेहेन्द्र गिरी

    केन्द्रीय सदस्य मधेसी (महिला)
    मुक्ता कुमारी यादव
    मिनाक्षी झा
    मञ्जुकुमारी यादव
    नागिना यादव

    केन्द्रीय सदस्य मधेसी (खुला)
    अजयकुमार चौरसिया
    विनोद कुमार चौधरी
    दिनेशकुमार यादव
    महेन्द्र कुमार राय
    डा। चन्द्रमोहन यादव

    केन्द्रीय सदस्य मुस्लिम (महिला)
    जावेदा खातुन जागा

    केन्द्रीय सदस्य मुस्लिम (खुला)
    अब्दुल रज्जाक
    अब्दुल सतार

    केन्द्रीय सदस्य थारु (महिला)
    कल्पना चौधरी
    जीवन राना

    केन्द्रीय सदस्य थारु (खुला)
    राजजनम चौधरी
    योगेन्द्र चौधरी

    केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला)

    अर्जुनजंगबहादुर सिंह

  • जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

    जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

    काठमाडौं । केही दिन अगाडी ग्रिसमा ३५ वर्षिय युवा राष्ट्रपति बनेको खबर खुसीसाट साटेका नेपालीले बिहीबार नेपालमै एक राजनीतिक खबर सुन्न पाए । खबर थियो रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन् । सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा होमिएकी दर्शना अन्ततः यो फोहोर राजनीतिबाट हार मानेकी छिन् । उनले पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टी नै त्याग गरेकी छिन् ।

    रञ्जुले बिहीबार वक्तव्य जारी गरिन् । उनले पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरिन् । उनले अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने बताएकी छन् ।पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको भन्दै जुन सफा गर्ने कोशिस गरेपछि पूर्णरुपले सफा गर्न असमर्थ रहेको उनको भनाई छ ।

    विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेकी हुन् । पछिल्लो समय मिश्रले राजनी्तिक आन्दोलनबाट प्राप्त परिवर्तन विपरितको एजेन्डा बोकेपछि यो पार्टीबाट युवा जमातले धमाधम पार्टी छाडिरहेको छ ।

    उनी २०७० सालमा यो पार्टीमा प्रवेश गरि सक्रिय भएकी हुन् । दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहेकी थिइन् ।

  • प्राधापकमाथि आक्रमण गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्काशित

    प्राधापकमाथि आक्रमण गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्काशित

    काठमाडौं । क्याम्पसको आन्तरिक परीक्षा चलिरहेको समयमा परीक्षा हल भित्र प्रवेश गरि शिक्षकमाथि आक्रमण गर्ने एक जनालाई आरआर क्याम्पसले निष्काशन गरेको छ । क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले बिहीबार सूचना प्रकाशित गरि यसबारे जानकारी गराएका हुन् । ६ पुसमा आरआर क्याम्पसको स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेको समयमा स्नातक दोस्रो वर्षका विद्यार्थी कुबेर जेठाराले परीक्षा हलमा प्रवेश गरि निरिक्षक बनेका प्राधापकमाथि आक्रमण गरेका थिए ।

    ती विद्यार्थीलाई क्याम्पसले निष्काशन गर्नुका साथै कानूनी कारवाहीको प्रक्रिया समेत अगाडी बढाइएको क्याम्पस प्रमुख ज्ञवालीले जानकारी गराएका छन् । ती विद्यार्थी एमाले निटक विद्यार्थी संघमा आवद्ध रहेको समेत बताइएको छ । क्याम्पसको पछिल्लो निर्णयपछि प्राधापकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएर पठनपाठन थालेका छन् ।

  • चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

    चार्ल्स शोभराजलाई थुनामा राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

    काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश दिएको हो। शोभराजको मागअनुसार, किन आदेश नगर्ने भन्दै सर्वोच्चले सरकारलाई कारण पेश गर्न आदेश दिएको छ।

    उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

    सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

    उनी अहिले ७७ वर्षका भए। उनलाई दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ।

    कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ।

    त्यहि व्यवस्थालाई टेकेर उनले थुनामुक्त गर्न आदेश माग गरेका हुन्। कारागारभित्र आफ्नो असल चालचलन रहेकाले त्यो सुविधा पाउनु पर्ने माग गरेका छन्।

  • कांग्रेसको सबै क्लष्टरको मतगणना आज सकिने

    कांग्रेसको सबै क्लष्टरको मतगणना आज सकिने

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको केन्द्रीय कार्यसमिति सदस्यको मतगणना बिहीबार सकिने भएको छ । गत मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा मंसिर २७ मा केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव भएको थियो । तर, लामो प्रक्रियाका कारण मतगणना सकिएको छैन । मतदानलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना शुरु गरिएको थियो ।

    मतगणना अन्तिम चरणमा पुगेको र बिहीबार सबै क्लष्टरको नतिजा आउने बताइएको छ । अब केन्द्रीय सदस्यतर्फ खस, आर्य, आदिवासी, जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा छ । कांग्रेसमा १३ जना पदाधिकारी रहन्छन् । जसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ जना हुन्छन् ।

    १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित एक सय ३४ सदस्य निर्वाचित हुन्छन् । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत हुन्छन् । मतगणना सकिएपछि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र दिनेछ । त्यसपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक आह्वान हुने छ ।

  • बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

    बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….

    चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएको समाचारमा उल्लेख छ । बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले उल्लेख गरेको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार नवलपरासीको कावासोतीमा चार वटा क्यामेरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको हो । बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामेरा राखिएको छ ।


    निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामेरा राखेको छ । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामेरा अन्य प्रयोजनमा काममा आउँदैन । क्यामेरा जडान गरिएको तेस्रो दिनमै हराएको हो । बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखेको छ ।

    बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामेराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने छ ।

  • पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

    पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

    ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख फेला परेको छ । मंगलबजारमा ढलको खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको हो । यो शिलालेख अंशुवर्माको शासनकालको भएको पुष्टी लिपिविज्ञहरुले गरेका छन् । यसअघि गोकर्णमा समेत यस्तै शिलालेख भेटिएको थियो । दुबै एकै वर्ष गाडिएको समेत पुष्टी भएको छ । लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार २०७८ भदौ २९ मा ढल खन्ने क्रममै गोकर्णमा पूर्वमध्यकालको शिलालेख भेटिएको हो ।

    मंगलबजारमा भने पुस ५ गते जमिनको गर्भभित्र उक्त अभिलेख भेटिएको हो । सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ । यसमा कुल १५ पंक्ति छन् । अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ । अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ ।

    अभिलेखमा महासामन्त अंशुवर्माको नाम उल्लेख छ । यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांक लेखिएको छ । अभिलेख अनुसार राजा वृषदेवले त्यहाँ विहार बनाएको जानकारी गराउन अंशुबर्माले यो शिलालेख कुँदाएको अनुमान छ ।

  • डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने

    डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने

    काठमाडौं । नेपालले पुस अन्तिम साताबाट कोरोना खोपको बुस्टर डोज वितरणको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमबाट बुस्टर डोज दिइने छ । बुधबार नियमित प्रेस ब्रिफिंगमा उपस्थित भएका मन्त्री खतिवडाले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने बताए ।

    सरकारले खोप लगाएदेखि अहिले सम्म दुइ करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको जनाएको छ । कुल जनसंख्याको ४१ Þ१ पहिलो मात्रा ३२ .२ प्रतिशत पूर्णमात्रा लगाएका छन् । लक्षित जनसंख्यामा ६२ .५ प्रतिशत ले एक मात्रा र ४९.१ प्रतिशत पुर्णमात्रा खोप लगाएका छन् ।

    विश्व स्वास्थ्य संगठनले लक्षित समुहका ५० प्रतिशत नागरिकले पुर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलन थालेपछि बुस्टर डोजसमेत वितरणको दवाव बढेको हो । मन्त्री खतिवडाले १२ वर्ष देखि १७ वर्षका सबै बाल-बालिकालाई खोप लगाउन समेत आग्रह गरेका छन् ।

  • नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टी

    नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टी

    काठमाडौं । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा थप एक जनामा पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

    योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको थियो। नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा देखिसकेको छ ।

  • वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

    वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

    सप्तरी। राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले।

    उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि केही समस्या पर्दा पानोदेवीलाई सहयोग गर्दै आए। सहयोग गर्ने क्रममा पानो र श्रीमानका मित नजिकिँदै जाँदा एकअर्कालाई प्रेम गर्न थाले। उनीहरूको अस्वाभाविक हिमचिमलाई सासुससुराले मन पराउन छाडे।

    तर, पनि उनीहरूले दूरी कायम गर्न सकेनन्। जस कारण श्रीमान विदेश रहँदा भएको यौन चाहनालाई पानोले श्रीमानका मितबाट पूरा गर्न थालिन्। श्रीमान विदेश गएको तेस्रो महिनाबाटै पानोदेवी र उनका श्रीमानका मितबीच यौन सम्बन्ध सुरु हुन थालेको र अहिले पनि निरन्तर यौन सम्बन्ध रहने गरेको छ।

    ‘यौन चाहना सबैमा हुन्छ, नौ वर्ष भयो श्रीमान नआएको, उसले (श्रीमानका मित) मलाई श्रीमानले भन्दा बढी माया गर्छ। हामी नजिक हुँदा जाँदा यौन सम्बन्ध पनि हुन थाल्यो। र अहिले पनि हामीबीच यौन सम्बन्ध हुने गरेको छ,’ पानोदेवी सुनाउँछिन्।

    उनीहरूबीचको सम्बन्धको आशंका पानोदेवीका सासुससुरालाई पनि रहेको बताउँछिन्। सासुससुरालाई छोराको मित आफ्नो घर आएर बुहारीको कोठामा घण्टौँसम्म बस्न थालेपछि बुहारी र सासुससुराबीच झगडा पनि हुने गरेको छ।

    ‘यौन चाहना मार्न सकिँदो रहेनछ। घरमा सासुससुराले गाली गर्न थालेपछि बिरामी छु भन्ने बाहना बनाएर लजमा गएर मितसँग (श्रीमानका मित) यौन चाहना मेटाउँदै आएकी छु,’ उनी भन्छिन्।

    उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा मात्र होइन समाजमा पनि कुरा काट्न थालेको पानोदेवी बताउँछिन् । तर, यौन इच्छा मार्न नसक्दा घर र समाजको प्रतिक्रियालाई बेवास्ता गरेर मितसँग यौन सम्बन्ध राख्दै आएको पानोदेवी सुनाउँछिन् ।

    राजविराज नगरपालिका–२ कि ३६ वर्ष कल्पना यादव ( नाम परिवर्तन ) को श्रीमान पनि वैदेशिक रोजगारका लागि विदेश गएको १५ वर्ष भयो । बुबा विदेश जाँदा एक वर्षको छोरा अहिले १६ वर्षको भयो । यसबीचमा उनलाई सुखदुःखमा साथ दिन भन्दै देवर नजिकिए ।

    कल्पनालाई सहयोग गर्न उनको देवर अविवाहित हुन् । भाउजुलाई सहयोग गर्ने क्रममा नजिकिएका देवरसँग कल्पनाको यौन सम्बन्ध रहन थाल्यो । ‘यस्तो हुन्छ भनेर सोचेको थिइन,’ कल्पनाले भनिन्, ‘तर, नजिक हुने क्रममा यौन सम्बन्ध रहन गयो । यौन इच्छा धेरै दिन मार्न गाह्रो हुँदो रहेछ ।’

    देवर आउँदा कसले शंका नगर्ने र मन मिलेपछि यौन सम्बन्ध रहन सजिलो भएको कल्पनाको अनुभव छ । उनी भन्छिन्, ‘घरमा निर्धक्क भएर आउन सक्ने मान्छे पाएको र मन मिलेपछि यौन सम्बन्ध हुन थाल्यो । छोरा विद्यालय गएका बेला देवरसँग यौन सम्बन्ध राख्ने गरेको छु ।’

    वर्षमा एक महिनाका लागि आउने श्रीमानबाट सधैँका लागि यौन तृप्त हुन नसकिने कल्पना बताउँछिन् । ‘श्रीमान वर्षमा एक पटक एक महिनाका लागि आउनुहुन्छ,’ उनी भन्छिन्, ‘तर, फेरि श्रीमान विदेश गएपछि यौन चाहना बढ्ने त्यतिखेर देवरसँग यौन सम्बन्ध राख्छु ।’

    यौन चाहना सबैको हुन्छ, कसैले दबाएर राख्छ, कसैले दबाउन नसकेर आफूले चाहेअनुसारको वातावरण र साथी पायो भने यौन सम्बन्ध राख्ने गरेका घटना देखिएको राजविराज नगरपालिका–१ कि कविता यादवले बताइन्।

    ‘महिलालाई मात्र नभएर पुरूषलाई पनि यस्तो हुने गरेको छ। घरमा श्रीमती हुँदाहुँदै पनि अर्को महिलासँग सम्बन्ध राखेको देखिन्छ,’ उनले भनिन्।

    श्रीमती वैदेशिक रोजगारमा रहेका बेला स्वदेशमा रहेका श्रीमानले पनि परस्त्रीसँग यौन सम्बन्ध राख्ने गरेको केही घटना देखिन्छ । पुरुष वा महिलाले अवैध यौन सम्बन्ध राख्दा परिवारमा विचलन आउने गरेको छ । -न्युज कारखाना

  • एमाले सांसदको नाराबाजीकाबीच चार अध्यादेश स्वीकृत

    एमाले सांसदको नाराबाजीकाबीच चार अध्यादेश स्वीकृत

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । अवरोधकाबीच अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

    बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

    अध्यादेश स्वीकृत भएसँगै प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ ।

    बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

  • शेयर बजारमा उच्च अंकको वृद्धि , यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    शेयर बजारमा उच्च अंकको वृद्धि , यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलवार ५६ अंकले बढेको नेप्से कारोबारको चौथोदिन ९२ अंकले बढेको छ ।

    बुधवार नेप्से ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएका छन् । सूचकसँग कारोबार रकममा बढोत्तरी आएको छ ।

    आज कारोबारमा आएका १३ समूहकै परिसूचक हरियाली भएका छन् । अपर तामाकोशीसहित ७ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    बैंकिङ समूहको शेयर ३७ अङ्कले, विकास बैंकको दुई सय ३०, होटलको १३० फाइनान्सको ७४ ,माइक्रोफाइनान्सको १८२ र जलविद्युत् समूहको शेयर १६२ अङ्कले बढेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १८२ अङ्कले, जीवन बीमा समूहको पाँच सय २ अङ्कले, निर्जीवन बीमा समूहको चार सय ८७ , लगानी समूह ३, र अन्य समूहको शेयर ६४ अङ्कले बढेको छ नेप्सेका अनुसार आज ७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आइएसडीसी लघुवित्त, हिमालयन डिष्ट्रिलर, हिमाल दोलखा हाइड्रोपावर, युनियन इन्स्योरेन्स रहेको छ । यी सबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ ।

    त्यस्तै, आज नबिल डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ६८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन

    कांग्रेसको प्रदेश २ नेतृत्वका लागि आज निर्वाचन

    जनकपुर । विवादका कारण टुंगो लाग्न नसकेको नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका लागि आज मतदान हुने भएको छ । प्रदेश अधिवेशनअन्तर्गत बुधबारका लागि मतदानको कार्यक्रम राखिएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुदैछ ।

    केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका निधि प्रदेश २ मा भने कोइरालासँग मिलेका छन्। कोइराला(निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।

    राम सरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा नरेश यादव र हरेस यादव भिड्दैछन् । सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवबीच प्रतिस्पर्धा हुने छ । सहमहामन्त्रीमा निर्मला सुवेदी समेत प्रतिस्पर्धामा छिन् ।

    कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिए भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिए भने रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्। प्रदेशमा करिब २ हजार मतदाता रहेको कांग्रेसले जनाएको छ ।

  • निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो

    निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो

    काठमाडौं । सरकारले एक साथ २५९८ जना शिक्षकका लागि विज्ञापन माग गरेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन खुलेको थियो । इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म तोकिएको दस्तुर र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

    आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन गर्ने तयारी छ ।

  • नेपालमा थप २९० जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    नेपालमा थप २९० जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार २०२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ३८७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।