Category: समाचार

  • नेपालमा पनि बुस्टर डोज दिने निर्णय, प्राथमिकतामा को छन् ?

    नेपालमा पनि बुस्टर डोज दिने निर्णय, प्राथमिकतामा को छन् ?

    काठमाडौं । सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप भएको जानकारी दिएको छ । सरकारले दिन लागेको मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु सक्रिय क्यान्सरका बिरामी,अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी,उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी पाउने मन्त्रालले जनाएको छ ।

    यसका साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले पनि सरकारले दिन लागेको अतिरिक्त खोप पाउने मन्त्रालयले उल्लेख गरेको छ । कन्त्रालयका अनुसार थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

  • माओवादी केन्द्रले सोमबार गरेन पदाधिकारी चयन, प्रचण्ड बने अध्यक्ष

    माओवादी केन्द्रले सोमबार गरेन पदाधिकारी चयन, प्रचण्ड बने अध्यक्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी चयन गर्ने भनिए पनि चयन हुन सकेन । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने जानकारी बैठकमा गराए ।

    बैठकपछि पत्रकारसँग बोल्दै प्रचण्डले नेताहरु वर्षमान पुन र ओनसरी घर्तीसँग पनि सल्लाह गरेर पदाधिकारी चयन गरिने उल्लेख गरे । स्वास्थ्य उपचारका लागि हाल चीनमा रहेका पुन र उनकी पत्नी ओनसरी घर्ती मंगलबार नेपाल आउने भएका छन् । त्यसपछि उनीहरुसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने अध्यक्ष प्रचण्डले बताए ।

  • नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी ३२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ७७७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

  • एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?

    एमालेले जितेको सिटमा यसरी मिल्यो गठबन्धनको भागबण्डा, कसलाई कति सिट ?

    काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले संयुक्त उमेदवार बनाउने निर्णय गरेको छ ।

    सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कुन पार्टीले कति सिट पाउने भनी भागबण्डा लगाएका हुन् । स्रोतका अनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो ४ सहित थप एक पाउने सहमति बनेको छ। एक सिट दिने निर्णय भएको छ । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन् ।

    एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने भएका हुन् ।

    सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

  • माओवादी केन्द्रले आज पदाधिकारीको टुङ्गो लगाउने

    माओवादी केन्द्रले आज पदाधिकारीको टुङ्गो लगाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । सो प्रयोजनका लागि आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बोलाइएको छ ।
    आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए ।  त्यससङ्गै माओवादीको आठौँ महाधिवेशन सकिएको हो ।

    खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको हो । माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । प्रचण्ड पुन: आगामी  कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित छ । उनी ३१ वर्षदेखि नेतृत्वमा छन् ।

  • मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

    मल खरिदमा १ अर्ब ५३ करोड भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । रासायनिक मल खरिदमा १ अर्ब ५३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  अख्तियारले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढालाई प्रतिवादी बनाएको छ।
    ‘कृषि सामग्री कम्पनीलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानुनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आएको छ, उक्त ठेक्काबाट आपूर्ति गरिएको डीएपी मलको ९० प्रतिशतबापत हुन आउने १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ भुक्तानी दिने निर्णयमा संलग्न भई भुक्तानीसमेत गरेको देखिन्छ,’ अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

    आपूर्ति कम्पनी जोशी बीज हाउस प्रालि र मल परीक्षणमा संलग्न नेपाल इन्भाइरोमेन्टल साइन्टिफिक सर्भिस प्रालिविरुद्धसमेत विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
    कम गुणस्तरको डीएपी मल खरिद गरी गुणस्तरीय भनेर गलत प्रतिवेदन बनाई अनियमितता गरेको कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

    आपूर्तिकर्ता जोशी बीज हाउसले २०७७/७८ लागि २५ हजार टन मल आयातको कोटा पाएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । ग्लोबल टेन्डरमार्फत स्वीकृति पाएको जोशी बीजले भियतनामबाट मल आयात गर्ने सम्झौता कृषि कम्पनीसँग गरेको थियो ।

    १९ हजार ४ सय ३३ टन डीएपी आयात भएपछि कम गुणस्तर भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अनुसन्धान हुँदा कृषि सामग्री कम्पनीका कर्मचारी र आपूर्तिकर्ताको समेत मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी प्रतिवेदन बनाइएको अख्तियारले जनाएको छ ।

    ‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरीत कृषि कम्पनीले बिनाप्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोमेन्टल साइन्टिफिक सर्भिस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाइएको देखिन्छ,’ अख्तियारको विज्ञप्तिमा छ, ‘सोही मल नेपाल गुणस्तर तथा नापतौल विभागको परीक्षण गर्दा डीएपी मलको स्पेसिफिकेसनअनुसार मोइस्चरको मात्रा अधिकतम १.५ प्रतिशत हुनुपर्नेमा १२.४ प्रतिशत, नाइट्रोजन १८ प्रतिशत हुनुपर्नेमा १४.२ प्रतिशत, फोस्फोरस ४६ प्रतिशत हुनुपर्नेमा ४५.१ प्रतिशतलगायत कम गुणस्तर देखिएको छ ।’

    कम्पनीले गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेस गरेको अख्तियारले जनाएको छ । सोही प्रतिवेदनका आधारमा कृषि सामग्री कम्पनीले आपूर्तिकर्तालाई कुल रकमको ९० प्रतिशतले हुन आउने १ अर्ब ५३ लाख २२ हजार ४ सय रुपैयाँ भुक्तानी दिएको थियो । सरकारी रकम हानिनोक्सानी गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दासहित सजायको मागदाबी गरेको छ ।

  • मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

    पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवलबाट रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो । शव बोकेको यो बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा सडकबाट ६० मिटर तल खसेको छ । बुटवलमा निधन भएका वीरबहादुर विश्वकर्माको शव बोकेको यो बस शवको अन्त्येष्टीका लागि रिडी जाँदै थियो ।

    प्रहरीका अनुसार ज्यान गुमाउनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनारको ज्यान गएको छ । रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर रानाको समेत दुर्घटनामा ज्यान गएको छ ।

    दुर्घटनाका घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार जारी छ । ओरालो र घुम्ती सडकमा बस दुर्घटनामा परेको छ । सडक चिप्लो रहेको र तीव्र गतिका कारण नियन्त्रण गुमाएको अनुमान प्रहरीले गरेको छ ।

  • माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

    माओवादी केन्द्रले टुंग्यायो समानुपातिकतर्फका केन्दिय सदस्य (सूचिसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको केन्द्रिय सदस्यको नाम टुंगो लगाएको छ । आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरे ।

    माओवादीको विधानमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य रहने व्यवस्था छ । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका छन् ।


    यस्तो छ समानुपातिकमा केन्द्रीय सदस्य बनेकाको सूची

    खसआर्य पुरुष (१४)

    नारायण दाहाल
    सूर्य सुवेदी
    धिरेन्द्र शर्मा
    नरबहादुर विष्ट
    बसन्त शर्मा
    केशव नेपाल
    निर्मल आचार्य
    जोखबहादुर महरा
    देवराज रेग्मी
    तारामान स्वाँर
    देवराज रेग्मी
    हरिराज अधिकारी
    देवेन्द्र पराजुली
    अच्युतम काफ्ले

    खसआर्य युवा (४)

    विजय भण्डारी
    दुर्गा चापागाईं
    अनिल शर्मा
    लालबहादुर सोडारी

    खसआर्य महिला (२५)

    आशा कोइराला
    सीता पोखरेल
    कल्पना धमला
    गङ्गाकुमारी बेल्बासे
    दामाकुमारी शर्मा
    देवी खड्का
    धर्मशिला चापागाईं
    नारायणी शर्मा
    वलावती शर्मा
    विमला सुवेदी
    रेणु चन्द
    रेनु दाहाल
    सत्या पहाडी
    समिता कार्की
    लक्ष्मी न्यौपाने
    मञ्जु बम
    कुन्ती जोशी
    टीका बुढाथोकी
    गोमा कुँवर
    कालिका चलाउने
    मुक्तिनी गौतम
    हरिमाया शर्मा
    मुक्ति चौलागाईं

    खसआर्य युवा महिला (६)

    यशोदा न्यौपाने
    ओमकुमारी पौडेल
    विमला सिंह
    दीपन सिंखडा
    गीता तिमल्सिना
    कृष्णा शाह

    जनजाति पुरुष (११)

    अजम्बर राई काङमाङ
    रामकुमार राई
    मानबहादुर बुढामगर
    जीतबहादुर योन्जन
    दीपेन्द्रकुमार पुन
    तुलाराम घर्तीमगर
    राजकाजी गुरुङ
    परशुराम तामाङ
    हितबहादुर तामाङ
    दिलिप प्रजापति
    छक्कबहादुर लामा

    जनजाति युवा (४)

    इन्द्रबहादुर आङ्बो
    हेमकुमार राई
    डम्बर घर्तीमगर
    नविन जिरेल

    जनजाति महिला (२२)

    अमृता थापा
    ओनसरी घर्ती
    कमला रोका
    कुमारी मोक्तान
    ताराकुमारी घर्ती
    दुर्गा जयन्ती राई
    पार्वती थापा
    शशी श्रेष्ठ
    लक्ष्मी लामा
    सोमती तमु
    होमकुमारी खापुङ
    सीता थेबे
    मणि खुम्बु किराँती
    पी घर्ती
    लक्ष्मी पुन
    मीना तामाङ
    सरिता महर्जन
    प्रतिमा श्रेष्ठ
    उर्मिला लामा
    लक्ष्मी गुरुङ
    लालकुमारी पुन
    माया बल

    जनजाति युवा महिला (४)

    विना मगर
    आर तामाङ
    ममता ताजपुरिया
    कमला दोङ

    दलित पुरुषतर्फ (३)

    विष्णुबहादुर बिक
    यमबहादुर परियार
    जगत पार्की

    दलित महिला (११)

    अन्जना बिसंखे
    सुशीला श्रीपाईली
    सीता बौडेल
    मानकुमारी नेपाली
    सीता नेपाली
    धनमाया बिक
    लक्ष्मी बिक
    शान्ति नेपाली
    गीता गहतराज
    दुर्गाकुमारी बिक
    पम्फा बसेल

    दलित युवा (१)

    सुबोध श्रीपाइली

    दलित युवा महिला (१)

    पार्वती बिक

    मधेसी पुरुष (३)

    जगत यादव
    शिवकुमार मण्डल
    रामकुमार यादव

    मधेसी युवा (१)

    सुरेन्द्र मेहता

    मधेसी महिला (२)

    बोधमाया कुमारी यादव
    सुनिताकुमारी यादव

    थारु पुरुष (३)

    सन्तकुमार चौधरी
    हरिनारायण चौधरी
    देवीलाल चौधरी

    थारु युवा (१)

    अमनलाल मोदी थारु

    थारु महिला (५)

    रुपा चौधरी
    अञ्जना चौधरी
    अञ्जु चौधरी
    दीपा चौधरी
    कृष्णा चौधरी

    मुस्लिम पुरुष (१)

    हकिकुल्लाह मुसलमान

    मुस्लिम महिला (१)

    कौसर साह

    पिछडिएको क्षेत्र (३)

    नरेश भण्डारी
    देवकी मल्ल
    कुमार पौडेल

  • माओवादी केन्द्रमा प्रचण्डले घोषणा गरे १११ जना केन्द्रिय सदस्यको नाम, को को भए ?

    माओवादी केन्द्रमा प्रचण्डले घोषणा गरे १११ जना केन्द्रिय सदस्यको नाम, को को भए ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको खुलातर्फको केन्द्रीय सदस्यमा १११ जना निर्वाचित भएका छन् । आइतबार प्रज्ञा भवनमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेसँगै उनीहरुको नम अनुमोदन भएको हो । माओवादीमा कुल २९९ केन्द्रीय सदस्य रहने प्रावधान छ । यसमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

    प्रचण्डले १११ जनाको नाम घोषणा गरेसँगै अझै ३४ जना सदस्य निर्वाचित हुन बाँकी छ । माओवादीले महाधिवेशनबाट केन्द्रीय सदस्यमात्र चयन गर्ने र पदाधिकारी भने केन्द्रीय समितिबाट चयन गर्ने प्रावधान बनाएको छ । यसको मतलव केन्द्रीय सदस्य बनेका नेताले पदाधिकारी चिर्वाचित गर्नेछन् ।


    यस्तो छ खुलामा केन्द्रीय सदस्य बनेकाको नामावली

    १. नेपबहादुर थारु चौधरी
    २. लक्ष्मणदत्त जोशी
    ३. शरदसिंह भण्डारी
    ४.  खगराज भट्ट
    ५. नरेन्द्रबहादुर कुँवर
    ६. त्रिलोचन भट्ट
    ७. माधव सापकोटा
    ८. युवराज चौलागाईं
    ९. लेखनाथ दाहाल
    १०. शालिकराज जमकट्टेल
    ११. श्यामकुमार श्रेष्ठ
    १२. हरि दाहाल
    १३. महेश्वर दाहाल
    १४. हेमलाल शर्मा
    १५. सन्तकुमार दराई
    १६. हितमान शाक्य
    १७. कृष्णप्रसाद सापकोटा
    १८. धर्मदत्त देवकोटा
    १९. मुक्ति प्रधान
    २०. ईश्वरीप्रसाद भण्डारी
    २१. सुनील मानन्धर
    २२. हरिबोल गजुरेल
    २३. पुष्पकमल दाहाल प्रचण्ड
    २४.  दिलिप महर्जन
    २५. सुदन किँराती
    २६. किरणकुमार राई
    २७. सुरेश राई
    २८. हेमराज भण्डारी
    २९. राजेन्द्र कार्की
    ३०. एकचन्द्र बराल
    ३१.  पदमबहादुर राई
    ३२. साबित्रीकुमार काफले
    ३३. सुरेन्द्रकुमार कार्की
    ३४. युवराज भट्टराई
    ३५. अजयशंकर नायक
    ३६. अशोक मण्डल
    ३७. भरतप्रसाद शाह
    ३८. प्रकाशहरि पोखरेल
    ३९. राजु खड्का
    ४०. योगकुमार यादव
    ४१. गोपाल ठाकुर
    ४२. रामकुमार शर्मा
    ४३. रामेश्वर राय यादव
    ४४.  मातृका यादव
    ४५. प्रल्लाह कुमार बुढाथोकी
    ४६. गिरिराजमणि पोखरेल
    ४७. विश्वनाथ साह
    ४८. गणेश साह
    ४९. इन्द्रजित थारु
    ५०. जीवन गौतम
    ५१. तेजबहादुर ओली
    ५२. हेमराज शर्मा पोखरेल
    ५३.  गणेशमान पुन
    ५४. जगप्रसाद शर्मा
    ५५. वर्षमान पुन
    ५६. महेश्वरजंग गहतराज
    ५७. कुलप्रसाद केसी
    ५८. डोरप्रसाद उपाध्याय
    ५९. सुबबहादुर रोका
    ६०. तिलकराम शर्मा
    ६१. चक्रपाणि खनाल
    ६२.  कृष्णध्वज खड्का
    ६३. कृष्णबहादुर महरा
    ६४. बामदेव क्षेत्री
    ६५. झकबहादुर मल्ल
    ६६. विन्दमान विष्ट
    ६७. रामदीप आचार्य
    ६८. महेन्द्रबहादुर शाही
    ६९. राजकुमार शर्मा
    ७०. शक्ति बस्नेत
    ७१. गजेन्द्र महत
    ७२. टेकबहादुर बस्नेत
    ७३. जनार्दन शर्मा
    ७४. मायाप्रसाद शर्मा
    ७५. कालीबहादुर मल्ल
    ७६. युवराज दुलाल
    ७७. रामप्रसाद सापकोटा
    ७८. ओमनाथ ढुंगाना
    ७९. गंगा कार्की
    ८०. पुष्पविक्रम मल्ल
    ८१. लीलामणि पोखरेल
    ८२. लक्ष्मण पन्त
    ८३. लेखनाथ न्यौपाने
    ८४. डिलाराम आचार्य
    ८५. झक्कु सुवेदी
    ८६. सीपबहादुर बस्नेत
    ८७. कृष्ण केसी
    ८८. अमरबहादुर गुरुङ तमु
    ८९. गुप्तबहादुर ठकुरी
    ९०. खिमलाल देवकोटा
    ९१. देवेन्द्र पौडेल
    ९२. हरिबहादुर चुमान
    ९३. बालकृष्ण गैरे
    ९४. नारायणकाजी श्रेष्ठ
    ९५. कृष्णप्रसाद धिताल
    ९६. देवप्रसाद गुरुङ
    ९७. श्रीराम ढकाल
    ९८. सुरेश आलेमगर
    ९९. हितराज पाण्डे
    १००. दिनानाथ शर्मा
    १०१. पम्फा भुसाल
    १०२. उर्मिला अर्याल
    १०३. जयपुरी घर्ती
    १०४. रेखा शर्मा
    १०५. पूर्णाकुमारी सुवेदी
    १०६. यशोदा सुवेदी गुरुङ
    १०७. परशुराम रम्तेल
    १०८. महेन्द्र पासवान
    १०९. गोपी सार्की अछामी
    ११०. दलजित श्रीपाइली
    १११. दिलमान चौधरी

  • माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

    माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका फेरि संशोधन, सोमवार बिहान ८ देखि मतदान

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पुनः निर्वाचन कार्यतालिका संसोधन गरेको छ।

    पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीको टुंगो लगाउनका सोमबार८ बजेदेखि मतदान हुनेगरी निर्वाचन कार्यातालिका संसोधन गरिएको हो।

    उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार शनिबारका सबै कार्यक्रम स्थगन गरेको थियो ।

    संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका छ।

    उम्मेदवारको सम्बन्धमा दाबी विरोध प्रस्तुत गर्न साँझ ७ बजेसम्मको समत तोकिएको छ। उजुरी परेको सूचना सवा ७ बजे प्रकाशन गरिनेछ।

    त्यस्तै उजुरीउपर छानविन र निर्णय गर्न पौने ८ बजेसम्मको समय तोकिएको छ । बेलुका ८ बजे उम्मेदवारको सूची पुनः प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।

    उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि साढे ८ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि बेलुका पौने ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

    केन्दीय निर्वाचन समितिका अनुसार मतदान भोलि (सोमबार) ८ बजेदेखि हुनेछ।

  • नेपालमा थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    नेपालमा थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

  • नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

    नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ ।

    पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।

    सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

    जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ।

    यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।

  • कांग्रेस केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत, अझै परेनन् मीनेन्द्र

    कांग्रेस केन्द्रीय सदस्यमा थप तीन जना मनोनीत, अझै परेनन् मीनेन्द्र

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

    सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

    यसअघि सभापति देउवाले १० जनालाई मनोनीत गरेका थिए । देउवाले आफूनिकट नेताहरूलाई मात्रै मनाेनीत गरेकाे भन्दै आलाेचना शुरू भएकाे छ ।

    १३ जना मनाेनीत भइसक्दासमेत नेता रिजाललगायतका नेताहरूकाे नाम आएकाे छैन ।

  • माओवादी केन्द्रको महाधिवेशनका कारण संसद बैठक स्थगित

    माओवादी केन्द्रको महाधिवेशनका कारण संसद बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आग्रहमा आज बस्ने गरि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेको थियो । आज बस्ने गरि बैठक आह्वान भएको थियो । उता माओवादी केन्द्रले भने आज नयाँ नेतृत्व चयन गर्ने सम्भावना रहेको छ । आइतबार दिउँसो २ बजे देखि बन्द सत्र शुरु हुँदैछ ।

  • नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

    नेपाली सेनामा एक साथ २२९ जनाका लागि खुल्यो जागिर

    काठमाडौं । नेपाली सेनामा एक साथ दुई सय २९ जनाका लागि जागिर खुलाएको छ । सेनाले क्याडेट अधिकृत पदमा आवेदन माग गरेको हो । छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको जनाएको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ। सेनाको वेबसाइटबाट दरखास्त भर्न सकिन्छ ।

    खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ। माघ १७ गतेसम्म दरखास्त दिन सकिने अवधि रहेको छ । १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्ने गरि योग्यता तोकिएको छ । पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट तोकिएको छ ।

  • आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

    आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

    काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा एमालेको अवरोध भने जारी रहेको छ । बैठक अगाडी प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्नेछ ।

    संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने छ । संसदमा एमालेले भने विगत लामो समयदेखि अवरोध गरिरहेको छ । आफूले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा एमालेले विरोध जारी राखेको हो ।

  • राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

    राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाताले भोट हाल्ने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेसँगै यो संख्या कायम भएको हो । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेका थिए । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन ।
    राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३६४ जना मतदाता कायम भएका छन् । प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य र २६८ स्थानीय तहका गरी कुल ३७२ जना मतदाता कायम भएको आयोगको तथ्यांक छ । बागमती प्रदेशमा १०९ प्रदेश सभा सदस्य र २३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४६ जना मतदाता रहेका छन् ।

    गण्डकीमा ५९ प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरी कुल २२९ मतदाता छन् । लुम्बिनीमा ८१ प्रदेश सभा सदस्य र २१५ स्थानीय तहका गरी कुल २९६ मतदाता रहनेछन् । कर्णालीमा ३५ प्रदेश सभा सदस्य र १५६ स्थानीय तहका प्रमुख गरी १९१ जना मतदाता कायम भएका छन् । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका प्रमुख गरी २२७ जना मतदाता कायम भएको छ ।

  • लमजुङमा भूकम्पको धक्का महसुस

    लमजुङमा भूकम्पको धक्का महसुस

    पोखरा । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
    जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

  • देउवाले १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा गरे मनोनित

    देउवाले १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा गरे मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको नेपाली कांग्रेसले जनाएको छ ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

  • माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

    माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास भइरहेका कारण प्रक्रिया रोकिएको हो ।

    आइतबार बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी रहेको छ । शनिबार दिउँसो साढे दुई बजे स्थगित भएको बन्दसत्र साँझ पौने ७ बजे पुनः सुरु गरिएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव राखेका थिए ।

  • नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

    नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो एक महिना यताकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टी भएको छ । यो एक महिनायताकै बढी हो । ,यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।

    पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार भने २३५ जनामा संक्रमण पुष्टी भएको थियो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको तथ्यांक भने छैन । यस अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त बनेका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिए ।

  • भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

    भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुपम लिएको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ७७५ जनामा कोरोना पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा रहेको छ । भारतमा बढेको संक्रमणले जोखिम भने नेपालमा समेत बढाएको छ । किनकी नेपाल र भारतबीच अहिले निर्वाध आवतजावत भइरहेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४०६ जनाको मृत्यु भएको छ । पछिल्लो समय बढेको संक्रमणमा ओमिक्रोनको संक्रमण धेरैमा देखिएको आंकडा छ । यद्दपी मृत्यु हुनेमा यसको असर कति छ भन्ने तथ्यांक आइसकेको छैन । भारतमा अहिले एक्टिभ केश १ लाखको आंकडा भन्दा माथि छ । अहिलेसम्म यहाँ ४ लाख ८१ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । भारतले १ अर्ब ४५ करोड डोज खोप वितरण गरिसकेको छ ।

  • राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

    राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

    काठमाडौं । राष्ट्रिय सभामा सदस्य निर्वाचनका लागि शनिबारबाट प्रक्रिया शुरू हुँदैछ । कुल १९ जना सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ । सो प्रयोजनका लागि तयाीको काम भने आजैबाट थालिने भएको हो । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ । आयोगले निर्वाचन अधिकृत नियुक्त यसअघि नै गरिसकेको छ । मतदान स्थल र केन्द्र पनि तय गरिसकेको छ ।

    राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।

    आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने छ । आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिनेछ ।

  • आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

    आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

    काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने मान्यता लिइन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

    विवादकै कारण यो पात्रो रुसमा २०० वर्षपछि मात्र प्रचलनमा ल्याइएको थियो । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा भने छैन । तर, पछिल्लो समय यसलनई उत्सवगका रुपमा मनाइन्छ । संसारका विभिन्न शहरमा भने प्रकाशका माध्यमबाट बनाइएका विभिन्न आकृतिका साथ मनाइएको छ ।

  • रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

    रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीचको भेटको अर्थ के हो ?

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताको तस्वीर स्वयमः मिश्रले सार्वजनिक गरेका हुन् । मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको समेत जनाएका छन् । शुक्रबार बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको भन्दै मिश्रले तस्वीर सार्वजनिक गरेका हुन् ।

    मिश्रले नेपालबाट फेजआउट भइसकेको पुरातनवादी राजसंस्थगाको पक्ष लिएको भन्दै युवापिँडीले धमाधम पार्टी छाडिरहेको समयमा यी दुई बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामाजिक संजालमा धेरैले राजसंस्थामा आस्था राख्नेहरुलाई एक हुन सुझाव समेत दिएका छन् । कतिपयले राप्रपा र विवेकशील साझा पार्टीबीचको सम्भावित एकताका रुपमा समेत यो भेटलाई अथ्र्याएका छन् ।

  • गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गोरखामा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार मिनिट्रक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

    नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको हो । बालिकाको भने उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेको छ ।

  • नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

    नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

    काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढ्दै गएपनि नेपाल प्रवेशमा भने सहज बनाएको छ ।

    मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो।

    उक्त निर्देशनसँगै विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले नेपाल प्रवेशमा कडाइको निर्णय उल्टिएको छ ।

    सरकारको यो निर्णय मंसिर १६ गते राति १२ बजेबाट लागू भएको थियो।

    यसअघि सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

    त्यतिबेला ट्रान्जिटमा रहेका यात्रुले समेत नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु परेको थियो।

    नयाँ आदेश अनुसार अब पूर्ण खोप लगाएको १४ दिन पुगेका र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले होटल क्वारेन्टिन बस्नु नपर्ने भएको छ।

    उनीहरुलाई घरमै क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने निर्णयमा सरकार पुगेको हो। खोपको मात्रा पुरा नगरेका वा खोप लगाएको १४ दिन नभएका नेपाली नागरिकहरुको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ देखिए घर पठाउने निर्णय भएको छ।

  • माओवादी महाधिवेशन :प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित

    माओवादी महाधिवेशन :प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

    सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् ।

    गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

    उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

    तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

  • मन्त्री आलेको आक्रोश– ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ’

    मन्त्री आलेको आक्रोश– ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डमै पुगेर प्रमुख कार्यकारी अधिकृत (सिइओे)को आलोचना गरेका छन् । बोर्डको २३ औं वार्षिकोत्सवको अवसरलाई आज सम्बोधन गर्ने क्रममा उनले सिइओ जनञ्जय रेग्मीलाई साँढेको संज्ञा दिएका हुन् ।

    रेग्मीलाई सिइओ पदमा राखेर संस्था उभो नलाग्ने मन्त्री आलेको निष्कर्ष छ । आफूलाई बेलायत भ्रमण जाँदा उनमै कारण बेकारमा गएजस्तो लागेको सुनाउँदै उनले भने, ‘यस्तो साँढेलाई राखेर संस्था चल्छ ?’ सिइओ रेग्मीलाई आफूले सम्झाउन खोज्दा उल्टै ‘तपाईं धेरै रिसाउनुभयो, लौ हिँड्नुस् रक्सी खान’ भनेको आरोपसमेत लगाए ।

    ‘चारवटा टोयटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्छु भन्नेबारे सपनामा पनि नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ।’

    सिइओ रेग्मीमाथि हाल बोर्डले छानबिन गरिरहेको कारण उनी बोर्डको नियमअनुसार स्वतः निलम्बनमा परेका छन् । तर, सर्वोच्च अदालतले भने रेग्मीलाई निलम्बनको निर्णय कार्यन्वयन नगर्न आपतकालीन फैसला गरेको थियो ।

    आर्थिक अनियमिततालगायत विभिन्न आरोप लागेसँगै पछिल्लो समय भन्सारको कर्मचारी कुटेर विवादमा तानिएपछि उनीमाथि बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको हो ।

  • बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन

    बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन

    काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अबेरसम्म संचालनमा आउन सकेको छैन । यसबाट आन्तरिक तथा बाह्य गन्तव्यका सबै उडान प्रभावित बनेका छन् । अहिले नेपालमा भद्रपुर र विराटनगर बाहेक सबै विमानस्थलका हुस्सुले उडान अवतरण प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ । वर्षा रोकिएपनि हुस्सु र बादल नहटेका कारण नेपालभरको जनजीवन प्रभावित बनेको छ ।