Category: समाचार

  • नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु

    नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ हजार ५१३ नमुना परीक्षणमा सो संख्यामा संक्रमित देखिएको छ ।

    ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा चार हजार ७७१ जनले कोरोना जितेका छन् । अब देशभर ५२ हजार ७८० संक्रिय संक्रमित रहेको देखिएको छ । पछिल्ला केही दिनयता संक्रमणको दर भने घट्दो क्रममा रहेको छ ।

  • स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु

    स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु

    स्याङ्जा । शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीलाई उदृत गर्दै राससले जनाए अनुसार शनिबार ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटनामा परेको हो ।

    बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ। घटनास्थलबाट प्रहरीले शव उठाई परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ ।

  • निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान

    निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान

    काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइन गर्न दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सूचना निकाल्दै मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनको माग गरेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

    मान्यता प्राप्त गरेका विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको, दृष्टान्त चित्र र ग्राफिक डिजाइन सम्बन्धी कम्तिमा दुई वर्षको अनुभव भएको, रेखा चित्र तथा रङ्गिन चित्र तयार गर्ने सम्बन्धी दक्षता भएको र नेपाली टाइप गर्नसक्ने र मुद्रण तथा प्रि प्रेस सम्बन्धी जानकारी भएकाले आवदेन दिन सक्ने आयोगले उल्लेख गरेको छ । आयोग स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा जुटेको छ । यद्दपी निर्वाचनको मिति तय हुन बाँकि छ ।

  • सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु

    सुनसरी । सुनसरीमा ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका हुन् । दुर्घटनापछि दुवै सवारी साधनमा आगलागी भएको थियो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक छन् । दुई जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । घाइतेका अवस्था सामान्य छ ।

  • प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, ८ जनाको मृत्यु

    प्यूठान । प्युठानमा बेहुली लिएर बेहुवाको घर तर्फ जाँदै गरेको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले जनाए अनुसार ६ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष छन् । गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।


    सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    दुर्घटनामा पाँच जना घाइते भएका छन् । त्यसमा बेहुवा र बेहुली पनि छन् । घाइतेमा नौबहिनी गाउँपालिका ६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका ६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर छन् ।

    घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले जानकारी गराएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

  • टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द

    टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द

    रुपन्देही । वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द भएको छ । विमानस्थल प्रशासनका अनुसार  शुक्रवार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो । साथै टावरको तार चुडिएको र रनवेकाे पीएपीआई लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको हो ।
    विमानस्थल बन्द भएपछि विमानस्थलबाट काठमडाै जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरू समस्यामा परेका छन् । मर्मतपछि शनिवारदेखि मात्रै सञ्चालनमा आउनेछ । शुक्रबार मौसमका कारण देशभरको उडान प्रभावित बनेको छ ।

  • कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार ? राष्ट्र बैंकले दियो ७ टिप्स

    कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार ? राष्ट्र बैंकले दियो ७ टिप्स

    काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

    नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको छ ।

    विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि राष्ट्र बैंकको ७ वटा टिप्स प्रयोग गर्न आग्रह गरेको हो ।

    १. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेकोभनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुजरुरी देखिन्छ ।

    २. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

    ३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।

    ४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

    ५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्युआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्युआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

    ६. कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना “https://” बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना “https://” बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।

    ७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाई सम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।

  • सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

    सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

    काठमाडौं । जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ।

    सिके राउत नेतृत्वको पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति जारी गर्दै मौसममा आएको प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन् ।

    पार्टीले मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

    साथै पार्टीले अघि सारेका माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने महासचिव चन्दन सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित गाडी तोडफोड गर्ने, आगजनी गर्ने लगायतका प्रदर्शन गर्दै आएको थियो ।

    कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पार्दै आइरहेको छ ।

  • नेपालमा थप २५२६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

    नेपालमा थप २५२६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा १६०२ जना र ४११८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ गरी २५२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६४ हजार ११९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८४२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १६ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

  • देशभर वर्षा र हिमपातले बढायो चिसो

    देशभर वर्षा र हिमपातले बढायो चिसो

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ । यसबाट भएको हिमपातले देशैभर चिसो बढेको छ । बाक्लो हुस्सुका कारण हवाई यात्रा समेत प्रभावित बनेको छ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना छ।

    चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

  • खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई

    खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई

    काठमाडौं । नेपालमा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा प्राप्त सफलताका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिमा पूर्ण खोप दिएसँगै नेपालले खोप अभियानमा कोशेढुङ्गा पार गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई दिएको हो ।

    ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्विटरमामा भनेको छ । नेपाल सरकारले चैतसम्म १८ वर्षमाथिका शतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य लिएको छ ।

  • मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

    मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

    काठमाडौं । बिहिवार ललितपुरको गोदावरी नगरपालिकास्थित  थेंचोमा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार यो घटना केही दिन अगाडि मोरङमा भेटिएका दुई शवको हत्याकाण्डसङ्ग जोडिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको हो।

    गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको छ । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको पाइएको प्रहरीले जनाएको छ । मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डल नाम गरेका व्यक्तिलाई पक्राउ गरेको समाचार छ । उनकै बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला पारेको हो । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ । मोरङमा समेत शवको प्रकृति यस्तै पाइएको थियो ।
    लामो समय प्रि–प्राइमरी स्कुल रहेको यो घरमा अहिले भमे मान्छे नबस्ने खुलेको छ । पक्राउ परेका अनिल यी तीन जनासङ्ग मिलेर घर जग्गा कारोबार गर्ने व्यवसायी भएको समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

  • नेपालमा थप ३१७५ जनामा कोरोना पुष्टी, १४ जना संक्रमितको निधन

    नेपालमा थप ३१७५ जनामा कोरोना पुष्टी, १४ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३१७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २७४२ जना र २५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ गरी ३१७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६२ हजार ५१७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८७२३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

  • प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले माघ २३ गतेदेखि विद्यालय खोल्दै

    प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले माघ २३ गतेदेखि विद्यालय खोल्दै

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डुको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ ।

    यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ ।

    तर, नगरपालिकाको १८ माघ बसेको बैठकले २३ माघदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै पालिकाभित्रका ामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ ।

    ‘गोकर्णेश्वर नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको मिति २०७८/१०/१८ को बैठकले नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरूलाई पालना गरी पूर्ण सतकता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/१०/२३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो र विश्वसनीय वातावरण मिलाउन हुन सबैमा अनुरोध गरिन्छ,’ विद्यालयलाई नगरपालिकाले गरेको परिपत्रमा उल्लेख छ ।

  • आजबाट नेपालमा वर्षाको सम्भावना, कस्तो छ मौसम प्रक्षेपण ?

    आजबाट नेपालमा वर्षाको सम्भावना, कस्तो छ मौसम प्रक्षेपण ?

    काठमाडौं । नेपालबाट आजबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ ।

    शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरुपमा सुधार हुने महाशाखाको भनाई छ ।

  • स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने

    स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने

    काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा सूचारु हुने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको हो ।

    त्रिविको सूचना अनुसार फागुन एक गतेदेखि वार्षिक परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ । परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछ। वार्षिक प्रणाली अन्तर्गतको कानून संकायतर्फ ३ वर्षे एलएलबी प्रथम वर्षको नियमित (नयाँ पाठ्यक्रम) परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

    फागुन दुई गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा अपरान्ह १२ बजेदेखि हुनेछ । फागुन दुई गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म हुनेछ । फागुन ९ गतेबाट ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा हुनेछ । परीक्षा बिहान ७ बजेदेखि बिहान १० सम्म हुनेछ ।

    फागुन १३ गतेदेखि शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ । फागुन १३ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको स्थगित परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यलयको अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र मानविकीतर्फको परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ ।

  • नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी

    नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी

    काठमाडौं । नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टी भएको जानकारी दिइन्। ३ जनामा डेल्टा भेरियन्ट देखिएको छ ।

    यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा। संगिता मिश्रााले जानकारी दिइन् ।

  • नेपालमा थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    नेपालमा थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ६४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ ४३२ जना गरी कुल ३६३७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

    ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

  • ‘दिनदिनै अनेक समाचारले दिमाग खराब गर्ने काम नगर्नुस्,गठबन्धन फुट्नेवाला छैन’-माधव नेपाल

    ‘दिनदिनै अनेक समाचारले दिमाग खराब गर्ने काम नगर्नुस्,गठबन्धन फुट्नेवाला छैन’-माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालको पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् ।

    बुधबार अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरू मिलेर अगाडि बढ्ने बताएका हुन् ।

    कसैले चाहँदैमा हालको गठबन्धन नफुट्ने उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस् । यो गठबन्धन फुट्नेवाला छैन । कसैले फुटाउन खोजे पनि यो गठबन्धन फुट्नेवाला छैन ।’

    आज स्थानीय तहको निर्वाचनकोबारेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले छलफल गरेको पनि जानकारी दिए । उनले आफूहरूबीच पत्रपत्रिकामा आएका समाचारहरूको सम्बन्धमा पनि छलफल भएको र गठबन्धन फुट्ने कुरामा सत्यता नरहेको पनि दावी गरे । अध्यक्ष नेपालले गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर आफूहरूले प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।

    हाल सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने की नगर्ने विषयमा विवाद बढेको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन फुट्ने चेतावनी समेत दिएका छन् ।

  • ‘स्थानीय तहको निर्वाचनदेखि सरकार भाग्न पाउँदैन, जेठ ५ भित्रै हुनुपर्छ- ओली

    ‘स्थानीय तहको निर्वाचनदेखि सरकार भाग्न पाउँदैन, जेठ ५ भित्रै हुनुपर्छ- ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।

    बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन जेठमै हुनुपर्ने बताएका हुन् । उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि बताए ।

    अध्यक्ष ओलीले भने, ‘संविधानको सही कार्यन्वयनको जिम्मेवारी सरकारको हो । सरकारले फागुनभित्र निर्वाचन गरि सक्नुपथ्र्यो । हामीले पटक-पटक सरकारलाई भनिरहेका थियौँ । तर गठबन्धन सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यासभन्दा बाहिर गयो । संघीयताको कार्यन्वयन गर्न छाडेर सत्ता स्वार्थमा केन्द्रित हुँदा निर्वाचन पनि नहुने सम्भावना बढ्यो । त्यसकारण स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुनुपर्छ । सरकारले भाग्न पाउँदैन् । ’

    त्यसैगरी उनले कोरोनाविरुद्धको २४ लाख डोज खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको समेत आरोप लगाएका छन् । ‘कठिन मिहिनेतबाट आएको कोरोनाविरुद्धको खोप हरायो भन्नु गम्भीर विषय होु । यस्ता लापरबाही अरु देशमा हुने हो भने सम्बन्धित मन्त्रीहरुले राजीनामा दिइसक्थे। तर हाम्रोमा छानबिन पनि हुँदैन। ’ अध्यक्ष ओलीले भने ।

  • स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव

    स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गरेको छ । सो निर्वाचनमा १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान समेत आयोगको छ । मंगलबार २०७९ साल जेठ ४ बुधबारका दिन स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले सो अनुमान गरेको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमान गरेको छ।

    २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च लागेको थियो। सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा ८ अर्ब बढी खर्च भएको थियो । यस वर्ष ४ अर्ब रुपैयाँ बढ्ने छ । निर्वाचनका सन्दर्भमा अब एमसीसी सम्झौता समेत जोडिएका कारण दलहरुबीच भने अन्यौल कायम छ ।

  • एमसीसी नेपालको स्पष्टीकरण: गोप्य सम्झौता छैन

    एमसीसी नेपालको स्पष्टीकरण: गोप्य सम्झौता छैन

    काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि ‘गोप्य’ अथवा लुकाइएको दस्तावेज नभएको प्रष्टीकरण दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्‍य माध्‍यमबाट सार्वजनिक गरिएकाले उक्त आरोपहरु निराधार भएको बताएको छ ।

    पछिल्लो समय सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी लुकाइएका केही सम्झौताहरु आफूहरुले फेला पारेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यमहरुमा अन्तर्वार्ता दिएको समाचारहरु आएको थियो । त्यसको खण्डनमा एमसीए नेपालले कुनै फाइल गोप्य राखिनु वा लुकाउनु पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने भन्‍दै कुनै पनि दस्तावेज नलुकाइएको बताएको छ ।

    एमसीए नेपालले भनेको छ, ‘‘ एमसीए नेपाल नेपाल सरकारको जिम्‍मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि सरकारबाट कार्यान्वयन गर्न लगिएको सम्झौता भएकाले यससम्बन्धि कुनै पनि दस्तावेज गोप्‍य राखिनु वा लुकाउनु एमसीए नेपालको पारदर्शिताप्रतिको प्रतिवद्धता विपरीत हुन्छ। साथै सरकारबाट स्वीकृत सार्वजनिक दस्तावेज ‘वातावरणीय प्रभाव मूल्‍यांकन प्रतिवेदन’लाईसमेत गोप्‍य भन्‍नु आफ्नै देशका निकायहरुको उपेक्षा गर्नु हो । यस्ता गलत सूचनामा विश्‍वास नगर्न र नगराउन अनुरोध छ ।’

  • मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड

    मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । खेल भने तनावपूर्ण बनेको छ । तीन खेलाडीले रातो कार्ड पाए । नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दशरथ रंगशालामा सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका नविन गुरुङले प्रहार गरेको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाएका थिए ।

    सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिए । सो गोल लगत्तै मरिससले बराबरी गर्ने अवसर पायो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मरिससले् पेनाल्टी पायो । पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । म्यान अफ दि म्याच चेम्जोङ बने ।


    शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले । दोस्रो हाफ तनावपूर्ण बन्यो । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भयो । मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए । ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए ।

  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । अब नेपालमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड राखेको छ । राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल, मटितेल प्रतिलिटर रु. ३ ले बढेको हो । पेट्रोल १४२ र मटितेल १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो । आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी विक्री मूल्य रु. ११६ पुगेको छ ।

    अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर विक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको छ । एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर रू. ८१. ६२ ले घटेर आएता पनि अझै निगमलाई प्रतिसिलिण्डर रू.५६०.०९ घाटा हुँदा समेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमले जानकारी गराएको छ । यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब रू.२ अर्ब २३ करोड घाटा कायम हुन निगमले जानकारी गराएको छ ।

  • नेपालमा थप ५५८३ जनामा कोरोना पुष्टी, ८२६७ जना संक्रमण मुक्त

    नेपालमा थप ५५८३ जनामा कोरोना पुष्टी, ८२६७ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३५५७ जना र ६८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १९२६ गरी ५५८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५७ हजार ५७० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८२६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७४ हजार ५५३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

  • जेठ ५ भित्र निर्वाचन हुन्छ, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री देउवा

    जेठ ५ भित्र निर्वाचन हुन्छ, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मिति जेठ ४ गते तोक्ने संकेत गरेका छन् । सोमबार वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने बताएका हुन् ।

    कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जेठ ४ गते स्थानिय निर्वाचन गर्ने भन्दै प्रधानमन्त्रीले निर्वाचनका लागि तयारीमा जुट्न निर्देशन दिएको बताए । ‘प्रधानमन्त्री जेठको पहिलो हप्ताभित्र निर्वाचन सम्पन्न गर्न तयार हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो,’ उनले भने ।

    साथै प्रधानमन्त्रीले एमसीसी पारित गर्ने पनि तयारी रहेको जानकारी गराएका थिए । भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू ।’

  • तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    तनङँ । तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडक खण्डमा गतराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराएको छ । लु १ ख ९८३२ नम्बरको ट्रक र ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएका हुन् ।

  • किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार

    किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार

    काठमाडौं । नेपालमा दुघको मूल्य बढेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । दुधको समर्थन मूल्य १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले बढेसँगै उपभोक्ताले तिर्नुपर्ने मूल्य समेत बढ्ने छ । यसबाट सोही प्रतिशत बराबरको भार उपभोक्तामाथि पर्नेछ । उपभोक्ताले कति तिर्ने भन्ने निर्णय भने हुन बाँकी रहेको छ ।

  • जापानले नेपाललाई दियो खोप चिस्यान सम्बन्धी उपकरण

    जापानले नेपाललाई दियो खोप चिस्यान सम्बन्धी उपकरण

    काठमाडौं । जापान सरकारले संयुक्त राष्ट्र सङ्घीय बाल कोष (यूनिसेफ) मार्फत नेपाललाई खोप चिस्यान प्रणाली सुधार गर्न विभिन्न सामग्री सहयोग गरेको छ ।
    यूनिसेफले नेपाललाई नौ वटा उच्च क्षमताका कुलर, सोलारबाट चल्ने ३८ वटा खोप रेफ्रिजेरेटर, लामो दुरीमा खोप बोक्न प्रयोग हुने ११ सय नौ वटा खोप बक्स र ५३ वटा खोप बक्स नेपाल सरकारलाई प्रदान गरेको छ । प्रदान गरिएका सामग्रीले नेपालमा कोरोनाविरुद्धको खोपको गति बढाउन सहयोग पुग्ने यूनिसेफले जनाएको छ ।

    यी सामाग्री गएको वर्षदेखि नै नेपाललाई प्रदान गर्न सुरु गरिएको र हिजो आइतवार पूरा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाललाई प्रदान गरेका सामग्रीको सञ्चालन र मर्मत पनि यूनिसेफले नै गरिदिनेछ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोरोनाको तेस्रो लहर फैलिएको यो समयमा नेपाललाई प्रदान गरिएका सामग्रीले महामारी रोकथाम तथा खोपको भण्डारण र वितरण क्षमतामा व्यापक सकारात्मक नतिजा दिन सक्ने बताए ।

    नेपाललाई प्रदान गरिएका वाक इन कुलर यातायातको माध्यमबाट सजिलै अर्को ठाउँमा लैजान सकिने र बिजुली नभएको ठाउँमा सोलार रेफ्रिजेरेटरको सहायताले खोप भण्डारण गर्न सकिने हुँदा सहज हुने र खोपको पर्खाइमा रहेका नागरिकसम्म खोप पुर्‍याउन सहज हुने पनि राजदूत किकुताले उल्लेख गरेका छन् । जापान सरकारले कोरोनाविरुद्ध लड्न नेपाललाई खोप, एम्बुलेन्स, विभिन्न चिकित्सा सामग्री र १० अर्ब रुपैयाँभन्दा धेरै सहुलियत ऋण पनि दिइसकेको छ ।

  • काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ

    काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक एक रेष्टुरेन्टमा अनलाइन जुवा (बिङ्गो) खेलिरहेका ७४ जना एकै पटक पक्राउ परेका छन् । दोलखा घर भई बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।

    कोभिड १९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूको साथबाट ६ लाखभन्दा बढी रकमसमेत बरामद भएको छ ।