सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौं । नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ । लकडाउनका वावजुत ठूलो संख्यामा नेपाली नेपाल र भारतीयका सीमा नाकामा आएर रोकिएका छन् । अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल… Continue reading सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै… Continue reading कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् । मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने… Continue reading लकडाउनमा खाद्यान्न पसल बन्द नहुने

नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

काठमाडौं । सरकारले सडकमा सुरक्षाकर्मी परिचालन गर्दै लकडाउन कार्यान्वयन थालेको छ । काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा बिहान केही मानिस बाहिर निस्किएका थिए । उनीहरुलाई सुरक्षकर्मीले सम्झाएर घर पठाएको छ । दिउँसो हुँदै गएपछि भने क्रमशः मानिस घर बाहिर निस्कन छाडेका छन् । सरकारले कोरोना भाइरसको संक्तमण फैलन नदिन कडाई शुरु गरेको हो । यसघि सोमबार स्वास्थ्य… Continue reading नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी

टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले  स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् । ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै… Continue reading टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो । नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि… Continue reading मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने

देशभरका जिल्लामा धमाधम लकडाउन

काठमाडौं । नेपालमा एक जनामा कोरोनाको पुष्टी भएसँगै देशभर आवागमन ठप्प बनाइने भएको छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन चलाउन नपाउने गरी रोक लगाएर कार्यान्वयनमा ल्याएको छ । यससँगै स्थानीय प्रशासनले पनि स्थानीय तहमा जिल्लाहरुमा आवागमन रोक्ने तयारी थालिसकेका छन् । नेपालका अधिकांश जिल्लाले मंगलबार बिहान १२ बजेबाट लागु हुने गरी जिल्लाहरुलाई लकडाउन… Continue reading देशभरका जिल्लामा धमाधम लकडाउन

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक… Continue reading फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ

नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

काठमाडौं । आजबाट नेपाल अन्तराष्ट्रिय समूदायसँगको सम्पर्कबाट  अलग भएको छ । आजबाट सरकारले हवाई र स्थल दुबै माध्यमबाट नेपाल प्रवेशमा पूर्णतया रोक लगाइएको छ । राती १२ बजेबाट हवाईजहाजहरु नेपाल आउन रोकिए । अब आकस्मिक उडानका जहाज बाहेक अन्य सबै जहाज नेपाल आउन पाउने छैनन् । स्थलमार्गमा समेत नेपालले प्रतिवन्ध लगाएको छ । खासगरी भारतमा… Continue reading नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला

न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए

न्युजर्सी न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने… Continue reading न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए

कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

न्यूयोर्क सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना… Continue reading कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ । रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।… Continue reading कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव

एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

काठमाडौं । अबको एक साता भारत र चीनतर्फको सीमा नाका नेपालले बन्द गर्ने भएको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने भएका छन्… Continue reading एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ

न्युयोर्क चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैंलिदा हालसम्म तीन लाख २० हजार मानिस संक्रमित भइसकेका छन् भने १४ हजार मानिसले ज्यान गुमाई सकेका छन् । यो बीचमा संक्रमित मध्ये ९६ हजारले स्वास्थ्यलाभ पनि गरेका छन् । यतिबेला  विश्वभर नाम चलेका प्रयोगशालामा बैज्ञानिक तथा चिकित्सकहरु दिन रात भ्याक्सिन तथा औषधि तयार गर्न… Continue reading कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ

वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

वीरगन्ज । आइतबार साँझ एकाएक समाचार फैलियो, वीरगन्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । संक्रमणको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएको खबर सार्वजनिक भयो । तर, यो खबर झुटो सावित भएको छ । उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारले जानकारी गराएको छ । यद्दपी उनको रिपोर्ट… Continue reading वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण

प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् । आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ… Continue reading प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

न्यूयोर्क अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि ‘विश्वशान्ति जपयज्ञ’ गरिने भएको छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी कार्यक्रममा सहभागी जनाई दिनुहुन आह्वान समेत गरिएको छ ।  यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन… Continue reading कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा

न्यूयोर्क युएस फुड एन्ड ड्रग (एफ.डि.ए) ले विश्वभर फैलिदै गएको कोरोना संक्रमणको प्रयोगशाला परिक्षणको नतिजा ४५ मिनेट भित्रै दिने परिक्षण पद्दतिलाई मान्यता दिएको जनाइएको छ । कोरोना संक्रमणको परिक्षणको नतिजा प्राप्त गर्न ३ दिनसम्म कुर्नुपर्ने अप्ठेरो परिस्थितीमा अब जाँच गरेको ४५ मिनेट भित्रै नतिजा प्राप्त हुने नयाँ प्रयोगले रोकथाम र उपचारमा सजिलो हुने अपेक्षा गरिएको… Continue reading अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा

चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन । उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र… Continue reading चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए । यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो । प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल… Continue reading कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

File

काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ । आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ । काठमाडौं छाड्नेको… Continue reading कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् । यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । चीनको तिब्बतमा शुक्रबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित यस आसपासका क्षेत्रसम्म अनुभव गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान काठमाडौंमा यसको अनुभव गरिएको थियो । भूकम्पको केन्द्रमा क्षति भएको बताइएको छ । यद्दपी विवरणहरु आउन… Continue reading तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

आजबाट सहुलियत पसल संचालन

काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत… Continue reading आजबाट सहुलियत पसल संचालन

नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन । सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम… Continue reading नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबारबाट सर्वसाधारणसँगको भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमणको डरले उनले आम रुपमा भइरहेको दैनिक भेटघाटको काम अनिश्चितकालका लागि बन्द गरेका हुन् । अब प्रचण्डले अत्यावश्यक काममा बाहेक अन्य भेटघाट गर्ने छैनन् । प्रचण्ड निवासमा धेरै ठूलो संख्यामा नागरिक पुग्ने गरेका छन् । नेता, कार्यक्रता… Continue reading प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

न्यूयोर्क न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ ।  यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए… Continue reading आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

न्युयोर्क अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ ।  हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ… Continue reading कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो । सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ । जोखिमको आशंका निकै… Continue reading एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत… Continue reading अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने