राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् । पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह… Continue reading राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

किराले टोकेर न्युयोर्कमा एकको मृत्‍यु

बिरलै देखिने र सुनिने “टिक बर्न” रोगका कारण अमेरिकाको न्युयोर्कमा गत बिहीवार एक जनाको मृत्‍यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । पहिचान नखुलाईएका हड्सन भ्याली निवासी ब्यक्तीको पोवासन (Powassan) नामक जिवाणुको कारण मृत्यु भएको घटना न्युयोर्कमा यो बर्ष पहिलो हो । पोवासन जिवाणु झट्ट हेर्दा सामान्य किरा जस्तो देखिने “डियर टिक” को टोकाईबाट मानव शरिरमा… Continue reading किराले टोकेर न्युयोर्कमा एकको मृत्‍यु

मंसिर १४ मा हुने भयो उपनिर्वाचन

काठमाडौं । उपनिर्वाचन आगामी मंसिर १४ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबारको निर्णयले उपनिर्वाचनको मिति तय गरेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले उपनिर्वाचनको मिति तय भएको जानकारी दिएका छन् । शनिवार पर्ने उक्त दिन सबै तहको निर्वाचन एकै पटक संचालन हुने भएको छ । देशभर ५० स्थानमा उपनिर्वाचन गर्नुपर्ने खरेलद्धारा जारी विज्ञप्तीमा… Continue reading मंसिर १४ मा हुने भयो उपनिर्वाचन

समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ । उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् । उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी… Continue reading समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

कठमाडौं । राजनीतिक दल आ-आफ्नो अडानमा टसमस नहुँदा व्यवस्थापिका संसदको अवरोध बिहीबार पनि कायम रह्यो । विहीबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरी संसदको अवरोध हटाउने प्रयास थालेका थिए । तर, सर्वदलीय बैठकमा दलहरु आफ्नो अडानमा टसमस भएनन् । सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित मषेधवादी दलले… Continue reading दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

१५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी १५ मंसिर अगावै उपनिर्वाचन सम्पन्न गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगका अनुसार मध्य मंसिरभन्दा अगाडी नै उपनिर्वाचन सक्न सरकारलाई सिफारिस गरिएको छ । आयोगले उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको छ । अब दलहरुसँगको छलफलमा मिति तयर गर्ने सरकारको छ । आयोगका अनुसार अहिले देशभर ५० स्थानमा उपनिर्वाचन गराउनु पर्ने… Continue reading १५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वयमःले प्रशंसा गरेका छन् । सफल रोजगार कार्यक्रम भएपनि छिटपुट उदाहरण लिएर आलोचना गर्न नमिल्ने उनको तर्क थियो । मन्त्री विष्टका अनुसार एक महिना चलेको यस कार्यक्रमका दौरान १ लाख ७६ हजार बेरोजगार नागरिकले काम पाएका छन् । उनले यस कार्यक्रमको प्रशंसा हुनुपर्ने… Continue reading प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा

एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल

फ्लोरिडाका एक युवाले एचअाईभि पोजेटिभ भएको कुरा गोप्य राखेर महिलासँग शारिरिक सम्पर्क राखेपछि एचअाईभि सारेको अभियोगमा १० बर्षको काराबास सजाय भोग्नु पर्ने भएको छ । २७ वर्षिय रशिम ईके बोडिफोर्डले आफ्नो रोग गोप्य राखि २ जना महिलासँग शारिरिक सम्पर्क गरेको र सो मध्ये १ महिलालाई एचअाईभि सारेको अभियोगमा न्यायपिठ (जुरी) ले समुदायको लागि खतरा हुने… Continue reading एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल

कोठा चाहियो भन्दै महानगरमा उजुरी

काठमाडौं । कोठा भाडामा उपलब्ध नभएका कारण भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ। काठमाडौं महानगरपालिका, न्यायिक समितिले भाडामा कोठा उपलब्ध गराउन माग गर्दै उजुरी परेको जानकारी दिएको छ । एकातर्फ कोठा भाडामा पाएइन भनेर उजुरीको परेको थियो भने अर्कोतर्फ घर भाडामा लगाई पाउँ भनेर समेत उजुरी परेको बुधबार सार्वजनिक विवरणमा… Continue reading कोठा चाहियो भन्दै महानगरमा उजुरी

भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न

काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु… Continue reading भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न

योगेश भट्टराई बने पर्यटन मन्त्री

काठमाडौं । नेकपाका युवा तथा प्रभावशाली नेता योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । बुधबार अपरान्ह मन्त्री भट्टराईले शितल निवासमा राष्टपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए । लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।… Continue reading योगेश भट्टराई बने पर्यटन मन्त्री

बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

काठमाडौं । आफ्ना केन्द्रिय स्तरका नेताहरु पक्राउ परेको विरोधमा विप्लव समूहले बुधबार देशका विभिन्न स्थानमा बन्द आह्वान गरेको छ । खासगरी बागमति र नारायणी अञ्चलका जिल्लाहरुमा समूहले बन्दको घोषणा गरेको हो । बन्द सफल बनाउन भन्दै यस समूहका कार्यक्रताले भौतिक सम्पत्तिमाथि क्षति पुर्याउन थालिसकेका छन् । मकवानपुरमा एक गाडीमा आगजनी गरेको प्रहरीले बताएको छ ।… Continue reading बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

भुपू बिद्यार्थीको पहलमा बिपन्न बिधार्थी अक्षयकोष स्थापना

गोरखा  गोरखाको भिमसेन गाँउपालीका ३, मा रहेको नवज्योति माध्यमिक बिधालयमा विपन्न बिधार्थी अक्षयकोष स्थापना भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका बिधालयका भुपू बिधार्थी कृष्णप्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सन्चालन गर्दै आउनु भएका ६८ जना नेपाली समाजसेवी सामाजिक अभियान्ताहरुबाट  २ हजार ६ शय ३१ अमेरिकी डलर संकलन गरी बिधाललाई उपलब्ध गराउनु… Continue reading भुपू बिद्यार्थीको पहलमा बिपन्न बिधार्थी अक्षयकोष स्थापना

मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । मलेसियाको रोजगारी नखुलाए व्यवसायको लाइसेन्स नै सरकारको जिम्मा लगाउने चेतावनी उनीहरुले दिएका छन् । व्यवसायी मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्नामा उपस्थित थिए । म्यानपावर व्यवसायीको सबैभन्दा ठूलो आम्दानीको स्रोत नै मलेसिया… Continue reading मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ । उनी ‘भृकुटी’ उपनामले चिनिन्छन् । यसअघि काठमाडौंबाट विप्लवका काठमाडौ इन्चार्ज माइला लामा पक्राउ परेका थिए । पछिल्लो समय प्रहरीले नेकपाविरुद्ध आक्रामक रवैया अपनाइरहेको छ । उच्च तहका नेतालाई निरन्तर पक्राउ गरिरहेको छ । कालिकोट स्थायी घर भएकी नेतृ उपाध्याय… Continue reading काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

File Photo

काठमाडौं । रंगशाला तयार नहुँदा विश्वकप छनोट अन्तर्गतका खेल नेपाली भूमिमा नहुने भएको छ । विश्वकप छनोट २०२२ का लागि हुन छनोट अन्तर्गत प्रारम्भका ५ खेल नेपालमा आयोजना नहुने भएको छ । नेपाल फुटबल संघ (एन्फा)ले ५ खेल नेपालबाहिर नै खेल्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ ।… Continue reading रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका सिलसिलामा दुबई प्रस्थान गरेका छन् । पत्नी सीताको उपचारको सिलसिलामा प्रचण्ड यूएइैतर्फ लागेको हुन् । भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने प्रचण्डको सचिवालय स्रोतले बताएको छ । प्रचण्ड परिवारका ७ सदस्य यस टोलीमा सहभागी रहेका छन् । प्रचण्ड परिवार चार दिनसम्म यूइर्एमा रहने भएका छन् ।… Continue reading प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

न्यायाधीशमाथि छानविन गर्न समिति गठन

काठमाडौं । न्यायमूर्ति मानिने न्यायाधीश पनि आफ्नै गतिविधिका कारण विवादित हुन्छन् । यस्तै विवादमा तानिएका न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले छानविन समिति गठन गरेको छ । न्यायपरिषद्को सोमबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशबारे छानविन गर्न समिति गठनको निर्णय गरेको परिषद्ले जानकारी दिएको छ । बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा… Continue reading न्यायाधीशमाथि छानविन गर्न समिति गठन

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं । सरकारले माध्यामिक स्तरको मान्यता दिएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिएको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस पटक ३ हजार ६७ जना विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी… Continue reading १२ कक्षाको नतिजा सार्वजनिक

युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

काठमाडौं । आर्थिक वर्ष २०७५\७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । एक वर्षको अवधिमा नेपालले १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्यो । त्यसमध्ये आयात मात्र १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । निर्यात भने वर्षभरमा १ खर्ब पनि पुगेन । यस अवधिमा… Continue reading युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्‍यु

न्यूयोर्कको ब्रुक्लिनमा अज्ञात ब्यक्तीले भिडमा गोली चलाएर दुई जनाको मृत्‍यु भएको भोलीपल्ट पश्चिमी राज्य क्यलिफोर्नियामा पनि अाइतबार राती एउटा फुड फेस्टिबलमा गोली चल्दा ३ जनाको मृत्‍यु भएको छ भने १५ जना घाईते भएका छन् । घाईतेहरुलाई तत्काल अस्पताल पुर्याएर उपचार भै रहेको छ । उत्तरी क्यलिफोर्नियाको गिलरोय शहरमा साँझ आयोजित फुड फेस्टिबलको भिडमा साँझ ४… Continue reading ब्रुक्लिनमा गोली चलेको भोलीपल्ट क्यलिफोर्नियाको फुड फेस्टिबलमा गोली चल्दा ३ को मृत्‍यु

विश्व बाघ दिवस : चूनौति वन्यजन्तु सुरक्षा

काठमाडौं । सोमबार विश्वभर बाघ दिवस मनाइदैछ । नेपाल पनि बाघको सुरक्षित बासस्थानमध्ये एक, त्यसकारण विश्वको ध्यान यस मुलुकतर्फ हुनु स्वाभाविक पनि हो । तर, पछिल्लो समय विश्वव्यापी रुपमा बढ्दै गएको वन्यजन्तुको सुरक्षाको विषय भने निकै पेचिलो बन्दै गएको छ । अघिल्लो साता चितवन निकुन्जलबाट सार्वजनिक भएको एक तथ्यांक अनुसार एक वर्षमा करीव ३ दर्जन… Continue reading विश्व बाघ दिवस : चूनौति वन्यजन्तु सुरक्षा

जापानमा ६.५ रेक्टरको भूकम्प

टोकियो । जापानमा ६.५ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार स्थानीय समय अनुसार ३.३१ बजे दक्षिणपूर्वी तटीय क्षेत्रमा भूकम्प गएको हो । जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयका अनुसार जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएको थियो । सोहीकारण जापानमा सुनामीको खतरा भने नआएको कार्यालयको भनाई छ । भूकम्प गएको क्षेत्रमा करीव ३ करोड जनसंख्याको… Continue reading जापानमा ६.५ रेक्टरको भूकम्प

नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल हेपाटाइटिस बी रोग नियन्त्रणमा सफल भएको घोषणा गरेको छ । नेपालसहित बंगलादेश, भुटान र थाइल्याण्ड यो उपलब्धी प्राप्तीमा सफल भएको संगठनले उल्लेख गरेको छ । यो एक प्रकारको सुषुप्त मृत्यु रोगका रुपमा चिनिने रोग हो । हेपाटाइटिस बीको संक्रमण पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा झार्दै यी… Continue reading नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ

बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनी मालपोत कार्यालयबाट २०६० सालमा नासु पदबाट सेवा निवृत्त भएको प्रहरीले पुष्टी गरेको छ । आइतबार दिउँसो २ बजे बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर श्रेष्ठले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ… Continue reading बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं । प्रेमिकालाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जको टोलीले १२ वर्षदेखि फरार राजेश लामालाई पक्राउ गरेको हो । काभ्रे, रोशी गाउँपालिका, ३ घर भई ललितपुरमा बस्दै आएका लामालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले बताएको छ सीआईबीले आइतबार उनलाई सार्वजनिक गर्यो । २७ पुस ०६४… Continue reading प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्‍यु र १२ जना घाईते

न्यूयोर्क    शनिबार राती न्यूयोर्क शहरको ब्रुकलिनमा भिडमाथी गोलीबारी हुँदा १ जनाको मृत्‍यु र  १२ जना घाईते भएका छन् । शनिबार राती अन्दाजी १० बजे ब्रुकलिनस्थित ब्राउन्सभिलको एक खेल मैदानमा गोली चल्दा उक्त घटना भएको हो । खेल मैदान क्रिस्टोफर र हेगीम्यान एभेन्युको इन्टर्सेक्सनमा पर्दछ । स्थानीय “वल्ड टाइमर विक” को एक सामुदायीक कार्यक्रमले नजिकै… Continue reading शनिबार राती ब्रुकलिनमा गोली चल्दा १ को मृत्‍यु र १२ जना घाईते

चीनबाट नेपाल फर्काइयो महिला कामदार

बेइजिङ । चीनको गार्मेन्टमा काम गर्न पुगेका महिला कामदारलाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा काम गरिरहेका ४४ नेपाली महिला कामदारलाई स्वदेश फर्काइएको हो । दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट शनिबार नेपाल पठाइएको छ । उनीहरु आइतबार नेपाल पुग्ने दूतावासले उल्लेख गरेको छ । श्रम अनुमति लिएर… Continue reading चीनबाट नेपाल फर्काइयो महिला कामदार

प्रहरी जवान डेढ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवान बलराम यादवलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार उनी शनिवार पक्राउ परेका हुन् । सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवामा कार्यरत यादवले व्यापारीसँग घुस मागेको सुराकीको आधारमा अख्तियार टोली पुगेको र उनलाई रगेंहात पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले… Continue reading प्रहरी जवान डेढ लाख घुससहित पक्राउ

रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

मुम्बई । भारतको मुम्बई नजिकै एक यात्रुबाहक रेलमा फसेका करीव ७ सय यात्रीलाई सकुशल सुरक्षित स्थानमा निकालिएको छ । रेलको लीकमा पानी भरिएपछि रेल अगाडी बढ्न सकेन र सयौं यात्री रेल भित्रै फसेका थिए । मुम्बईको नजिकै बदलापुर भन्ने स्थानमा करीव ११ घण्टासम्म रेलमा मानिस फसेका थिए । लगातारको वर्षाले भारतको मुम्बईमा जनजीवन प्रभावित भएको… Continue reading रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो