माघ ३० गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो। उक्त समुदायले पटक-पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको… Continue reading माघ ३० गते सार्वजनिक बिदा

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, निर्वाचन तयारी नरोक्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको प्रक्रिया निरन्तर… Continue reading प्रधानमन्त्री ओली निर्वाचन आयोगमा, निर्वाचन तयारी नरोक्न आग्रह

म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

Photo : Sky News

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याएपछि अहिले आन्दोलन शुरु भएको छ । प्रजातन्त्रका पक्षमा हरेक दिनजसो विशाल र्यालीहरु निस्कन थालेका छन् । यसको अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेपछि त्यहाँको सेनाले संयमता अपनाउन आह्वान गरेको छ । देशको स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले बल प्रयोगको संकेत समेत गरेको छ । सोमबार… Continue reading म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

काठमाडौं । सरकारले ५ पुसमा संसद विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी रहेको छ । यो बहसमा अहिले सरकार तथा प्रधानमन्त्रीका पक्षका वकिलले बहस गरिरहेका छन् । तर, मंगलबार भने यस मुद्दामा बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने निर्णय गरिएको… Continue reading संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् । उनी निर्वाचनको तयारीका विषयमा बुझ्न आयोग जान लागेको बताइएको छ । यद्दपी उनको उद्देश्य भने आफुले नेतृत्व गरेको गुटलाई नेकपाको आधिकारिक मान्न दावि पेश गर्ने रहेको बताइएको छ । यसअघि नेकपाले गत १६ माघमा नेकपा विवाद र निर्वाचन तयारीलाई लिएर… Continue reading आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०४५पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४जना डिस्चार्ज

तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए । प्रधानमन्त्री… Continue reading तत्कालीन शासक नबोल्दा धम्की सुन्न परेको छ : प्रधानमन्त्री ओली

भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौँ

बैतडी । दोगडकादार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने… Continue reading भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौँ

दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले हत्यामा संलग्न भएको आरोपमा दैलेखकै महाँबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई १६ वर्षपछ पक्राउ गरेको हो । पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको… Continue reading दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ

उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित एक बाँध भत्किँदा आएको बाढीले बगाएका डेढ सय मानिस अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि सयौं सैनिक परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस घटनामा ९ जनाको शव फेला परेको छ । १६ जनाको भने जिवितै उद्धार भएको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो… Continue reading उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस

नयाँ सवारी चालक अनुमति पत्र लिन ५ लाखको आवेदन

काठमाडौं । नेपालमा नयाँ चालक अनुमतिपत्र लिन पाँच लाख भन्दा माथिको आवेदन परेको छ । नेपाली संचरमाध्यमहरुका अनुसार देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन उक्त सख्यामा आवेदन परेको हो । त्यसो त सरकारले एक वर्षयता लाइसेन्स वितरण गरेको छैन । ११ चैतमा लकडाउन शुरु भयो । त्यसपछि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम… Continue reading नयाँ सवारी चालक अनुमति पत्र लिन ५ लाखको आवेदन

थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३८ पुग्यो

File

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज

फाइल तस्वीर

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज… Continue reading नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना डिस्चार्ज

सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै दायर गरेका मुद्दाको रिटमाथिको सुनुवाई आज हुँदैछ । नियुक्ति भएका सबैलाई विपक्षी बनाएर शुक्रबार दायर रिटको पेसीमाथिको सुनुवाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ । सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको हो। १९ पृष्ठ लामो निवेदनमा… Continue reading सभामुख सापकोटाको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा

बैतडीमा बुबाले गोली हानेर छोरीको गरे हत्या

प्रतिकात्मक तस्वीर

बैतडी । बैतडीमा एक बुबाले आफ्नै २० वर्षिय छोरीको गोली हानेर हत्या गरेका छन् । नेपाली संचारमाध्यमहरुका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका १० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना… Continue reading बैतडीमा बुबाले गोली हानेर छोरीको गरे हत्या

‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना यसअघि कंचनपुरमा भएको निर्मला पन्तको हत्या जस्तै नहोस भनी सरकारको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग समेत नेकपाले गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति निकाल्दै यो घटनाबाट आफूहरु स्तब्ध… Continue reading ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

बैतडी । कंचनपुरकी किशोरी निर्मला पन्तको बलत्कारी अहिले पनि खुलेआम सडकमा घुमिरहेको छ । नेताहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री एक अपराधी पत्ता लगाएर थुन्न सक्दैनन् । जसले समाजमा यस्तो कुकर्म गर्नेहरुको मनोवल बढिरहेको छ । यस्तै घटना पुनः सुदुरपश्चिममा भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि विभत्स… Continue reading बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्‍यो, २४ घण्टामा कसैको मृत्यु भएन

काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा कोरोना संक्रमित दोहोरो अंकमा झर्‍यो, २४ घण्टामा कसैको मृत्यु भएन

१ लाख ७१ हजारले लगाए कोरोना खोप

काठमाडौं । नेपालमा शुक्रबारसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय ८६ व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार… Continue reading १ लाख ७१ हजारले लगाए कोरोना खोप

प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिगमनका विरुद्धमा हुने आन्दोलन शान्तिपूर्ण गर्न सबै दल तथा संस्थालाई आह्वान गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो आह्वान गरेका हुन् । उनले जनतालाई दुख नदिने गरी शान्तिपूर्ण आन्दोलनमा लाग्न सबैसँग अपिल गरेका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि नेकपालको… Continue reading प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरौं : कांग्रेस

२४ घण्टामा १०५ जनामा कोरोना, २७२ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना भाइरस देखिएको छ । यस अवधिमा २७२ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश १ मा ४,… Continue reading २४ घण्टामा १०५ जनामा कोरोना, २७२ डिस्चार्ज

अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो। अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १‍‍.९ ट्रिलियन राहत… Continue reading अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने

‘ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाए, गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताएका छन् । नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले आज बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए। बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’… Continue reading ‘ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाए, गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’

‘मूल पार्टी कुन हो,अझै पनि कोही अलमलमा हुनुहुन्छ भने कठैबरा’ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताए । नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वकै पार्टी सक्कली भएको बताएका हुन् । उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो… Continue reading ‘मूल पार्टी कुन हो,अझै पनि कोही अलमलमा हुनुहुन्छ भने कठैबरा’ !

‘मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ’ – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । दरबारमार्गमा नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो धम्की दिएका हुन् । उनले प्रचण्डले ‘मांसहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको भन्दै जावलाखेलको जु मा लगेर हाल्ने धम्की दिएका हुन् । प्रचण्डले केही हप्ता अघि आन्दोलन अब शाकाहारी नहुने… Continue reading ‘मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ’ – गृहमन्त्री

ओली पक्षको शक्ति प्रदर्शन, सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा शक्ति शुरु भएको छ । १२ बजेबाट शुरु भएको शक्ति प्रदर्शनमा उपत्यकाको विभिन्न स्थानबाट र्‍याली निस्केको छ । जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि सार्वजनिक… Continue reading ओली पक्षको शक्ति प्रदर्शन, सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

ड्यूटी गर्दागर्दै बेहोस भ्एका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

बारा । बिहीबार नेकपाको आमहड्तालका दौरान ड्युटीमा खटिएका बेला बेहास भएका सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरको मृत्यु भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐर बिहीबार ड्यूटीमै खटिएका बेला बेहोस भएका थिए । उनको घर दार्चुला लेकम गाउँपालिका ३ हो । चिकित्सकहरुका अनुसार उनको… Continue reading ड्यूटी गर्दागर्दै बेहोस भ्एका सशस्त्र प्रहरी निरिक्षकको मृत्यु

आज प्रधानमन्त्रीको शक्ति प्रदर्शन, नारायणहिटी अगाडी सभा

काठमाडौं । प्रधानमन्त्र केपी शर्मा ओलीले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् । राजधानी आसपासका जिल्लाबाट मानिस ल्याएर उनको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति प्रदर्शन गर्न लागेको हो । यसअघि प्रचण्ड, माधव समूहले काठमाडौंमा यसैगरी शक्ति प्रदर्शन गरेको थियो । ओलीको प्रदर्शनको अघिल्लो दिन विरोधी खेमाले आम हडतालसमेत गरेको छ । ओलीको प्रदर्शन भने आज… Continue reading आज प्रधानमन्त्रीको शक्ति प्रदर्शन, नारायणहिटी अगाडी सभा

टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट

दुबई । दुबईमा जारी टी १० लिगमा नेपाली फास्ट बलर सोमपाल कामीले आज उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि खेलेका उनले एकै ओभरमा दुई विकेट झार्दै आफ्नो प्रभाव देखाएका हुन् । उनलाई टीमले लगातार छैटौं खेलमा अवसर दिएको छ । सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिएका हुन् । २ ओभर बलिङ गरेका… Continue reading टी१० लिगमा चम्किए सोमपाल, एकै ओभरमा दुई विकेट