Category: समाचार

  • नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

    नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९९७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १०३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ८१४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ ।

  • रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्यमन्त्री

    रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्यमन्त्री

    काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट रामकुमारी झाँक्रीको काँधमा आइपुगेको छ ।

    झाँक्रीलाई कांग्रेस सभापति शेरबहादुर नेतृत्वको मन्त्रिमण्डलमा यो जिम्मेवारी दिइएको हो ।

    त्यस्तै २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी) कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।

    कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अनुभव लिइसकेका छन् ।

    प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य जनसंख्या तथा श्रम समिति सभापति भएका थिए ।

    गत वर्ष आफ्नै पार्टी ९तत्कालीन नेकपा० सत्ता हुँदा स्वास्थ्य सामग्री खरिद घोटा प्रकरणबारे सार्वजनिक लेखा समितिका सदस्यका रुपमा खतिवडाले अनियमितताबारे चर्को बहस गरेर चर्चामा आएका थिए ।

  • सरकार गठनको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार, गैरसांसद् हमाललाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

    सरकार गठनको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार, गैरसांसद् हमाललाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् ।

    सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    देउवाले आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका आफन्त (जेठान) हुन् । यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेर उक्त समाचार पुष्टि गर्न चुनौती दिएको थियो ।

    त्यस्तै प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा राखेका थिए । तर प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई गैरसांसद हमालको नियुक्तिले सही सावित गरिदिएको छ ।

    शेरबहादुर देउवा : प्रधानमन्त्री

    बालकृष्ण खाँण, मन्त्री : गृह

    ज्ञानेन्द्रबहादुर कार्की, मन्त्री : सञ्चार तथा सूचना प्रविधि

    पम्फा भुसाल, मन्त्री : ऊर्जा, जलस्रोत तथा सिंचाइ

    राजेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री : संघीय मामिला तथा सामान्य प्रशासन

    विरोध खतिवडा, मन्त्री : स्वास्थ्य तथा जनसंख्या

    जनार्दन शर्मा, मन्त्री : अर्थ

    मीनेन्द्रप्रसाद रिजाल, मन्त्री : रक्षा

    उमाकान्त चौधरी, मन्त्री : खानेपानी

    नारायण खड्का, मन्त्री : परराष्ट्र

    रेनुकुमारी यादव, मन्त्री : भौतिक पूर्वाधार तथा यातायात

    प्रेमबहादुर आले, मन्त्री : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

    दिलेन्द्रप्रसाद बडू, मन्त्री : कानुन, न्याय तथा संसदीय मामिला

    देवेन्द्र पौडेल, मन्त्री : शिक्षा, विज्ञान तथा प्रविधि

    महिन्द्र राय यादव, मन्त्री : कृषि तथा पशुपन्छी विकास

    उमा रेग्मी, मन्त्री : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

    शशी श्रेष्ठ, मन्त्री : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

    रामकुमारी झाँक्री, मन्त्री : सहरी विकास

    गजेन्द्रबहादुर हमाल, मन्त्री : उद्योग, वाणिज्य तथा आपूर्ति

    रामसहाय प्रसाद यादव, मन्त्री : वन तथा वातावरण

    कृष्णकुमार श्रेष्ठ, मन्त्री : श्रम, रोजगार तथा सामाजिक सुरक्षा

    महेश्वरजंग गहतराज, मन्त्री : युवा तथा खेलकुद

    उमेश श्रेष्ठ, राज्यमन्त्री : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    भवानीप्रसाद खापुङ, राज्यमन्त्री : स्वास्थ्य तथा जनसंख्या

    बोधमायाकुमारी यादव, राज्यमन्त्री : शिक्षा, विज्ञान तथा प्रविधि

  • विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

    विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

    प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।

  • काठमाडौंमा दशैंका खसी-बोका शनिबारबाट किन्न सकिने

    काठमाडौंमा दशैंका खसी-बोका शनिबारबाट किन्न सकिने

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने दशैँका खसीबोका शनिबारबाट किन्न सकिने भएको छ । कम्पनीले आजबाटै खसीबोका बेच्ने लक्ष्य राखेपनि काठमाडौं ल्याउन र मूल्य निर्धारणमा समय लागेका कारण बिक्रि गर्न नसकेको कम्पनीका अधिकारीहरुले जनाएका छन् । कम्पनीले आज मूल्य निर्धारण गर्नेछ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने योजना बनाएको छ ।

    दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट खसी बोका ल्याइएकोछ । खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । दाङबाट पहिलो खेपमा एक सय ९० वटा खसीबोका ल्याइएको छ । दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ । मकवानपुरबाट आजदेखि खसीबोका काठमाडौं ल्याउने छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाडौं ल्याउने योजना छ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको बताइएको छ ।

  • नेपाल प्रहरीमा झण्डै ६ सय जनालाई रोजगारी खुल्यो

    नेपाल प्रहरीमा झण्डै ६ सय जनालाई रोजगारी खुल्यो

    काठमाडौं । नेपाल प्रहरीमा झन्डै छ सय जनाका लागि रोजगारी खुलेको छ । जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको नेपाल प्रहरीले सूचना प्रकाशित गर्दै जनाएको छ । प्रसनिका लागि ३६७ जना माग भएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ।

    इच्छुकले कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ। प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको योग्यता तोकिएको छ । प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।

  • आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

    आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । बिहीबार सत्तारुढ दलहरुबीच भागबण्डाको अन्तिम सहमति जुटेसँगै आज उनले मन्त्रिपरिषद्लाई पूर्णता लिन लागेका हुन् । सत्ता गठबन्धनका दलले आजै मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेको नाम टुंगो लगाउन बाँकि छ ।

    नेकपा माओवादी केन्द्रले बुधबारै मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।

    ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीबाट अब सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बन्ने छन् ।

    माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय पाएको छ ।

  • एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने

    एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुइ वटा प्रदेशको मुख्यमन्त्री पद पाउने भएको छ। अहिले एमालेले नेतृत्व गरिरहेको प्रदे्श नं १ र बागमती प्रदेशको सरकार ढालेर त्यसको ठाउँमा अब एकिकृत समाजवादी पार्टीको मूख्यमन्त्री बन्ने भएका छन् । सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको बिहीबार बरेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले यस्तो जानकारी गराएका हुन् ।

    बागमती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गठबन्धन बैठकमा भएको माधव नेपालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका हुन् । कानुन मन्त्रालय कांग्रेसले राखेर त्यसको साटो स्वास्थ्य मन्त्रालय समेत समाजवादी पार्टीले पाउने उनले बताएका छन् । पार्टीको बैठकले मन्त्री छान्ने जिम्मा भने शीर्ष नेतालाई दिएको छ । माधव कुमार नेपाल, झलनाथ खनालसहित उच्च नेता रहेको सचिवालयले मन्त्री छनोट गरि प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने छ ।

  • काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण

    काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण

    काठमाडौं । काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण भएको छ । सरकार र व्यवसायीले एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरेका हुन् । विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो । वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकै लाई यथवत राख्ने सहमति भएको हो ।

    राष्ट्रिय मासु व्यवसायी संघका अनुसार सो मूल्य एक वर्षका लागि मान्य हुनेछ । तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ । आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मू्ल्य १२ सय रुपैयाँ बनाइएको छ । उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको छ ।

    ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ । उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि ५ सय रुपैयाँ किलो कायम गरिएको छ ।

    माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले उल्लेख गरिएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४ सय हाराहारी पर्ने संघको अनुमान छ ।

  • नेपालमा थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

    नेपालमा थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ जना र ३४०८ एन्टिजेन परीक्षणमा १३८ जना गरी ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९११ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ ।

  • नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय

    नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय

    काठमाडौं । सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)बीच सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको समाधन आपसी सहकार्यमा निस्तेज पार्ने सहमति भएको छ ।

    भारतको नयाँ दिल्लीमा सशस्त्र र एसएसबीको तीन दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको हो । एसएसबीको आयोजनामा दुई देशका सुरक्षा बलका प्रमुख अधिकारीबीच पाँचौ नेपाल–भारत कोअर्डिनेसन बैठक दिल्लीमा भएको हो ।

    आपराधिक गतिवधि र त्यस्ता क्रियाकलापको सूचना समयमै एकले अर्को पक्षलाई प्रदान गर्ने, आम नागरिकलाई सहुलियत प्रदान गर्न बढी मानिसको ओहोरदोहर हुने सीमा क्षेत्रमा दुवै पक्षले हेल्प डेस्कको स्थापना गर्ने, अवैध तरिकाले गरिने मानव ओसार पोसारलाई कडाइका साथ नियन्त्रण गर्ने, भारतमा कार्यरत गैर सरकारी संस्थाहरूसँग पनि समन्वय गर्ने लगायतका विषय सम्झौतामा समेटिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

    नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले र भारतका तर्फबाट एसएसबीका प्रमुख महानिर्देशक कुमार राजेश चन्द्रले बैठकको नेतृत्व गरेका थिए । बैठकको समापनमा दुवै उच्च अधिकारीहरूले १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

  • नेकपा एसमा मन्त्रीको टुंगो लगाउने जिम्मा माधव नेपाललाई

    नेकपा एसमा मन्त्रीको टुंगो लगाउने जिम्मा माधव नेपाललाई

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

    बिहीबार बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पाएका नेपाल बालुवाटार पुगिसकेका छन् । गठबन्धनको बैठकमा सहभागी हुन उनी प्रधानमन्त्री निवास बालुवाटार गएको नेता विरोध खतिवडाले जानकारी दिए ।

    ‘अहिले २ बजे बालुवाटारमा शीर्ष नेताहरुको बैठक छ । त्यसले मन्त्रीहरुको नाम टुंगो लगाउँछ । माधव नेपालले त्यहीँ नै हाम्रो पार्टीबाट मन्त्री बन्नेको नाम दिनुहुन्छ । उहाँलाई हामीले अधिकार दिएका छौं’, उनले भने ।

    नेता खतिवडाले मन्त्रालयको संख्या फेरबदल हुनसक्ने बताए । उनले आजको बैठकमा मन्त्री बन्नेको नामको विषयमा छलफल नभएको बताए ।

    ‘संख्या र मन्त्रालयको विषयमा केही फेरबदल गर्नुपर्ने साथीहरुको भनाइ छ । सम्भव भयो भने फेरबदलपछि नाममा पनि केही तलमाथि हुनसक्छ । सामान्यतया आज उहाँले टुंग्याएर आउनुहुन्छ ।’

    मन्त्रालय बाँडफाँडको विषयलाई लिएर समाजवादीका अध्यक्ष नेपालले असन्तुष्टि जनाएका छन् । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन् ।

    ५ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आइरहेको थियो । तर, बुधबार बसेको सत्ता गठबन्धन दलबीच कंग्रेसले ७, माओवादी केन्द्रले ६, जसपा र एकीकृत समाजवादीले समान ४/४ मन्त्रालय पाउने सहमति भएको थियो ।

    पार्टीमा २० जना बढी आकांक्षी भएपछि मन्त्री समाजवादीले सरकारमा पठाउने मन्त्रीको नामबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

  • आजबाट बडा दशैं शुरु, जमरा राखिँदै

    आजबाट बडा दशैं शुरु, जमरा राखिँदै

    काठमाडौं । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरि जमरा राखिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जानकारी गराएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् ।

    घटस्थापनाको दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

    असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

  • बूढानीलकण्ठ नगरपालिकाले दियो जगडोलस्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो गाँऊ व्यवस्थित गर्ने जिम्मा

    बूढानीलकण्ठ नगरपालिकाले दियो जगडोलस्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो गाँऊ व्यवस्थित गर्ने जिम्मा

    अमृता के सी ( रोनी )
    काठमाडौँ, असोज २० ।बूढानिलकण्ठ नगरपालिकाले स्थानिय जगडोल स्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो वडा अन्तर्गतको सार्वजनिक जग्गामा सरसफाई शौचालय, विश्रामस्थल, पार्क निर्माण, घुम्ती र टहरा पसलको व्यवस्थापनको लागि अनुमती सहितको पत्र हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधवार एक अनौपचारिक कार्यक्रममा क्लबका पदधिकारीहरुलाई एक पत्र हस्तान्तरण गरेको हो ।

    बूढानीलकण्ठ नगरपालिकाले गत वर्ष गरेको ५० लाख रकम मार्फत पार्क तथा भवन निर्माण गर्दै गरेको यज्ञडोल जगडोल युवा क्लबले स्थानिय दार्हे गौडामा रावणको सालीक सहितको पार्क निर्माण गर्ने जनाएको छ। पार्क निर्माणका लागि नगरपालिकाले थप चालिस लाख दिन लागेको क्लबका अध्यक्ष सञ्जय पौडेलले बताए । नगरपालिकाबाट पत्र प्राप्त गरे पछी क्लबका अध्यक्ष पौडेलले वडा अध्यक्ष राजु अधिकारी र नगर प्रमुख उद्धब खरेललाई आफ्नो फेशबुक स्ट्याटस मार्फत् धन्यबाद दिएका छन्। अध्यक्ष पौडेलले लेखेका छन् “साबिक कपन गा बि स हाल बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ११ स्थित सुन्दर गाँऊ जगडोल भित्र अनियन्त्रितरुपमा विकास भएका टहरा व्यवसाय र ति टहरामा अनियन्त्रितरुपमा बिक्रि वितरण गरिने मदिराजन्य पेय पदार्थका कारण सिंगो गाउँ नै असुरक्षित हुने मध्यरातसम्म होहल्ला हुने भए पछी हामीले यज्ञडोल जगडोल युवा क्लब मार्फत यि सबै विकृतीहरुलाई नियमगन गर्नुका साथै धार्मिक महत्व बोकेको जगडोलमा रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहितको यज्ञ पार्क निर्माण गर्न अधिकार पाँऊ भनी यज्ञ पार्क निर्माण समिती एवं यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट वडा कार्यालय ११ लाई स्वीकृतिको लागि निवेदन दिएका थियौ ।

    यसरी अनियन्त्रित रुपमा दिनहुँ थपिदै गएका टहराहरुका कारण सुन्दर जगडोल बिस्तारै कुरुप समेत बन्दै गए पछी स्थानिय क्लबको दायित्व सम्झिएर हामीले रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहित नमुना पार्क बनाउने र यस्ता टहराहरुलाई व्यवस्थित गर्न सटर सहितको भवन निर्माण गरी ति व्यवसायहरुलाई करको दायरामा ल्याई सुन्दर जगडोल निर्माण गर्ने प्रण गर्‍यौं । हाम्रो निवेदनलाई स्विकार गरी वडा कार्यालयले गरेको सिफारिसलाई बूढानीलकण्ठ नगरपालिकाले आज अनुमोदन पत्र हस्तान्तरण गरेको छ ।

    अनुमोदन मात्र होईन बूढानीलकण्ठ नगरपालिकाले थप ४० लाख रकम नवनिर्मित पार्क निर्माणको लागि बिनियोजन समेत गरेको छ। यो रकम समेत गरी बु.न.पा.ले हालसम्म गरेको सहयोग ९० लाखको हुनेछ ।

    बूढानीलकण्ठ नगरपालिकाले हामीलाई गरेको यो विश्वासको लागि नगर प्रमुख उद्धब खरेल, वडा अध्यक्ष राजु अधिकारी, नगरपालिकाका सरोकालवाला कर्मचारी साथमा यस क्लबका सम्पूर्ण पदाधिकारी अनी जगडोलका अग्रज बा आमा युवा साथीहरु सबै धन्यबादका पात्र हुनुहुन्छ। साथै छिमेकी नगरपालिका गोकर्णेश्वोरले पनि यो पार्क निर्माणका लागि १० लाख छुट्टाएको छ । यो सहयोगको लागि नगर प्रमुख सन्तोष चालिसेलाई पनि यज्ञ पार्क निर्माण समिती एवम् यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट धन्यबाद दिन चाहन्छौ ।”

  • माओवादीबाट मन्त्री बन्नेको नाम टुंगो, को-को बन्ने भए ?

    माओवादीबाट मन्त्री बन्नेको नाम टुंगो, को-को बन्ने भए ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए । प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालय भने टुंगो लगाउन बाँकि छ ।

    माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको छ । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएको दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भएका हुन् ।

    माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठ २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् । उनी अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति छन् । माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज बाँके १ बाट २०७४ मा निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् । उनी धनुषाबाट निर्वाचित छन् । उनी पहिलो पटक मन्त्री बन्नेछिन् ।

  • नेपालमा थप १०४३ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको मृत्यु

    नेपालमा थप १०४३ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९९ हजार ६१५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८९१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

  • नयाँ बसपार्कबाट बसको १७ हजार अग्रिम टिकट जारी

    नयाँ बसपार्कबाट बसको १७ हजार अग्रिम टिकट जारी

    काठमाडौं । दशैंमा घर जानेहरुलाई लक्षित गरि शुरु भएको अग्रिम टिकट नयाँ बसपार्कबाट १७ हजार टिकट मात्र जारी भएका छन् । व्यवसायीले टिकट सकिएको भन्दै रित्तो हात फर्काएसँगै यात्रु भने निरास बनेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेको तथ्यांक छ । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिएका थिए ।

    घटस्थापनादेखि अष्टमीसम्म अग्रिम टिकट जारी भएको हो । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार अघिल्ला वर्षको जस्तो अग्रिम बस टिकट लिन यात्रुको चाप देखिएन । तर, केही पहाडी भेगमा भने यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

    काठमाडौंको नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।

  • दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?

    दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?

    काठमाडौं । सत्तारुढ दलबीच मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले जनाएका छन् । मंगलबार बिहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको बताइएको छ । बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालयमा कसलाई दिने भन्ने बारे अन्तिम रुप दिने र बिहीबार घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन् । २९ असारमा प्रधानमन्त्री बनेका देउवाले दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    उनले पाँच मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाउँदै आएका छन् । शीर्ष नेताहरुबीच भएको छलफल अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कुल ८ वटा मन्त्रालय पाउने भएको छ । अर्थ र उर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा कुल ५ वटा मन्त्रालय परेको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने समान चार÷चार मन्त्रालय पाउनेछन् ।

  • नेपालमा थप ९६८ जनामा कोरोना पुष्टी, १११४ जना संक्रमण मुक्त

    नेपालमा थप ९६८ जनामा कोरोना पुष्टी, १११४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार ७६६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १११४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

  • संसदमा एमालेको नाराबाजीः ‘कालो धन चाँइदैन, देश लुट्न पाइँदैन’

    संसदमा एमालेको नाराबाजीः ‘कालो धन चाँइदैन, देश लुट्न पाइँदैन’

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सकिएको छ । संसद बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक सुरु हुनासाथ रोष्टम घेराउ गरेको थियाे ।

    एमाले सांसदहरुले ‘कालो धन चाँहीदैन, देश लुट्न पाइँदैन’ भन्दै चर्को नाराबाजी गरेका थिए । साथै उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै सभामुखविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    सभामुख अग्नी प्रसाद सापकोटाले सांसदहरुलाई बैठक सहज ढंगले सुधार गर्न सहयोग गर्न आग्रह गरे पनि एमाले सांसदहरूले चर्काे नाराबाजी गरेका थिए ।

  • कान्तिपुर मलमा चाडपर्वको बहार,सामान किन्दा उपहारै उपहार

    कान्तिपुर मलमा चाडपर्वको बहार,सामान किन्दा उपहारै उपहार

    काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा नयाँ बसपार्कमा अवस्थित कान्तिपुर मलले दशैं, तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना ल्याएको छ।

    कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गर्ने अवसर ल्याएको हो । उपहार योजना अन्तर्गत मंसिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ।

    उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा मोटरसाइकल दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार मेमाको ४२ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रिज र अन्य सान्त्वना पुरस्कार राखिएका छ्न् ।

    यसैगरी,कान्तिपुर मलले टिकटक प्रतिष्पर्धा पनि आयोजना गरेको छ।जस अन्तर्गत कान्तिपुर मलमा आएर टिकटक बनाउने टिकटकर मध्य बाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार (गिफ्ट ह्यम्पर) प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले बताए ।

    टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ।

    कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी राजु खड्काले बताए । कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवालले जानाकारी दिए ।

  • ३३ किलो सुन तस्करी प्रकरण: गोरेसहित ६ जनालाई जन्म कैदको फैसला

    ३३ किलो सुन तस्करी प्रकरण: गोरेसहित ६ जनालाई जन्म कैदको फैसला

    काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ।

    मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो।

    जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

    अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाका अनुसार जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्।

    यसैगरी राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।

  • प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढ्यो

    प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएको यो निर्णय कार्यान्वयन गर्ने फाइल अर्थमन्त्री जनार्दन शर्माले सोमबार सदर गरेका छन् । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन । नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सालबसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।

  • ६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु

    ६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु

    काठमाडौं । फेसबुक मानिसको जिवनशैली जस्तै बनेको छ । सोमबार रातीदेखि अवरुद्ध भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करीव ६ घण्टा लम्बियो । यस्तो अवरोध लामो समयसम्म रहेपछि फेसबुकले आफ्नो ट्वीटर ह्याण्डिलबाट माफी माग्नु परेको छ । विश्वव्यापी अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले लेखेको छ । यी तीनवटै सामाजिक सञ्जाल फेसबुक कम्पनी मातहत छन् । वेबसाइट र स्मार्टफोन एपका माध्यमबाट यी संजाल चल्छन् ।

    फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताएको छ । साथमा उसले प्रयोगकर्तासँग माफी समेत मागेको छ । समस्या समाधान गरि डिजिटल मञ्चलाई सामान्य अवस्थामा फर्काउन टीमले कुशलतापूर्वक सक्दो छिटो काम गरेको समेत फेसबुकको भनाई छ । साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठानेका छन् ।

    कतिपय संचारमाध्यमले करोडौं मानिसको सूचना ह्याक भएको समेत लेखेका छन् । कतिपयले भने कम्पनी भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्था भएको आंशका गरेका छन् । बीबीसीका अनुसार बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले १०० प्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन्।

    केही मानिसहरूले फेसबुकको भर्चुअल रियालिटी हेडसेट प्लेटफर्म अक्युलुस र फेसबुक लगइन चाहिने पोकेमोन गो सहितका एपहरूमा समेत सेवा प्रभावित भएको भनेर उजुरी गरेका थिए। यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो। जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए। यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो।

  • काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

    काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

    काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ । प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको थियो ।

    प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा अपरेसन थालेको थियो । प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। प्रहरीका अनुसार उनीहरू दुई, दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गरि पकेट मार्थे । व्यक्ति पहिचान भएपछि व्यक्तिलाई घेराबन्दी गरि ठेलमठेल गर्ने र त्यही मौकामा उनीहरुले पर्स निकाल्ने गरेको पाइएको छ ।

    त्यसक्रममा उनीहरुले कोड वर्ड प्रयोग गरि संचार गर्थे । पीडितलाई रामे, पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्ने कोडवर्ड प्रयाग भएको प्रहरीले जनाएको छ । केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई ठूल्दाइ, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई टप्की शब्द प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

  • बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?

    बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?

    काठमाडौं । गत साता काठमाडौंबाट विराटनगर पुगेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइएको विषयमा कम्पनीले पाइलटको कमजोरी रहेको निष्कर्ष निकालेको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै पाइलटले विराटनगरमा पुगेर पनि जहाज काठमाडौं फर्काएका थिए । तर, इण्डिकेटरले संकेत गर्दा गर्दै जहाज अवतरण नगराएर बाह्य स्रोतमा भर पर्दा पाइलट अलमलमा परेको बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोटले देखाएको छ ।

    सोमबार यो रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको थियो । चालक दलले जहाजका लागि तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरी बाह्य स्रोत (एयर ट्राफिक कन्ट्रोलर)मा बढी भर परेको देखिएको रिर्पोटको निष्कर्ष छ ।

    अघिल्लो साता काठमाडौंबाट विराटनगर पुगेको जहाजमा इण्डिकेटरले ल्याण्डिङ गियर नखुलेको देखाएपछि पाइलट एजी शेर्पाले एटीसीलाई सोधेका थिए । तर, एटीसीले पाङ्ग्रा खुलेको नदेखेपछि सोही रिर्पोटिङ गरेका थिए । त्यसपछि जहाज पाइलटले काठमाडौं फर्काएका थिए । काठमाडौंमा समेत करीब आधा घण्टा फन्को मारी जहाज सुरक्षित अवतरण गरेको थियो । काठमाडौंबाट बाह्य रुपमा हेर्दा पाङ्ग्रा खुलेको देखिएपछि पाइलटलाई जहाज अवतरणको अनुमति दिइएको थियो ।

  • सर्वोच्चले भन्यो-‘मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक’

    सर्वोच्चले भन्यो-‘मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक’

    काठमाडौं । सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘मन्त्रिपरिषद्मा भाग खोजेको’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ।

    प्रेस विज्ञप्ति जारी दाहालले भनेका छन्, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधान न्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरिञ्जत एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

    विज्ञप्तिमा न्यायपलिकासँग जोडिएको समाचारहरू संवेदनशील हुने र पुष्टि गरेर मात्रै प्रकाशन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आमनागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरू प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुनेगरी समाचार प्रकाशन गर्नसमेत सञ्चारमाध्यमहरूमा सर्वोच्च अदालत आग्रह गर्दछ ।’

    सोमबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न पुगेको थियो।

    आइतबार मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार सार्वजनिक भएका थिए ।

  • दशैं लगत्तै १८ वर्षभन्दा मुनीका बालबालिकाले कोरोनाको खोप पाउने

    दशैं लगत्तै १८ वर्षभन्दा मुनीका बालबालिकाले कोरोनाको खोप पाउने

    काठमाडौं । नेपालमा दशैं लगत्तै १८ वर्ष भन्दा मुनीका बालबालिकाले कोरोना विरुद्धको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको जानकारी गराए ।

    उनका अनुसार ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ । दसैँलगत्तै एक लाख फाइजर खोप आउने उनले बताए । उनका अनुसार फागुनसम्म बाँकि खोप आइसक्ने छ । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठले बताए । बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

  • इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

    इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनको तार काट्ने निर्णयबाट पछि हटेको छ । इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काट्न थालेको थियो । यसले उपभोक्ता मारमा परेको भन्दै आलोचना शुरु भएपछि प्राधिकरणले आफ्नो निर्णय सच्याएको हो ।

    तर, उपभोक्ताबाट उठाएपनि इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन व्यवसायीले भने प्राधिकरणलाई तिर्नुपर्ने ठूलो रकम तिरेका छैनन्। यो समस्यामा दूरसञ्चार प्राधिकरणले पनि सहजीकरण गर्ने उल्लेख गरेको छ । केही समय तार नकाट्ने र छलफलबाट समस्या समाधानको पहल गर्ने निर्णयमा प्राधिकरण पुगेको हो ।

    समस्या नसुल्झिएमा भने बाध्य भएर ता काट्नु पर्ने प्राधिकरणको स्पष्टिकरण छ । प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच २०७५ भदौयताको पोल भाडादरमा विवाद छ । प्राधिरणले एकतर्फी रुपमा साविकको तुलनामा भाडा दर बढाएको उनीहरुको गुनासो छ । प्रािधकरणले भने छलफलमा बोलाउँदा नआएको बताएको छ ।

  • नेपालमा थप ६७९ जनामा कोरोना पुष्टी, १४०५ जना संक्रमण मुक्त

    नेपालमा थप ६७९ जनामा कोरोना पुष्टी, १४०५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षण गर्दा ५४७ जना र ३८५० एन्टिजेन परीक्षण गर्दा १०५ गरी ६७९ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९७ हजार १९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।