काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा… Continue reading नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप
Category: समाचार
नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
काठमाडौं । नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन्।मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ । शुक्रबार नै राष्ट्रपतिले प्रदेश प्रमुख तिलक… Continue reading प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको जानकारी दिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा उनलाई हटाइएको राष्ट्रपतिको कार्यलयले जनाएको छ।
असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे। लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने… Continue reading असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आग्रह
आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै
काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् । आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक… Continue reading आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै
आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी
काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ । कार्यक्रममा राष्ट्रपति,… Continue reading आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी
प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैँ उपस्थित… Continue reading प्रधानमन्त्री ओलीद्वारा अदालतमा लिखित जवाफ पेश
नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । कारोबारको अन्तिम दिन नेप्सेले २६३६.६८ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले २६११ विन्दु पार गरेको थियो । विहिबार सेयर बजार मापक… Continue reading नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान
नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहले आजबाट चौथो चरणका आन्दोलनका कार्यक्रम गर्दैछन् । यसै सिलसिलामा दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लोले घेर्ने कार्यक्रम राखिएको छ । चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गगरिने समुहले जनाएको छ । काठमाडौंबाहेक विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गरिने भएका छन्… Continue reading नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै
दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला
दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित रामलिला पार्कमा एक नेपाली युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनको नाम २४ वर्षिय दिपेश थापा बताइएको छ । उनको नेपालको ठेगाना भने खुलेको छैन । भारतीय न्यूज एजेन्सी इन्डो–एसियन न्यूज सर्भिस (आइएएनए)ले जनाए अनुसार रुखमा झुण्डिएको अवस्थामा बुधबार उनको शव फेला परेको… Continue reading दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला
गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । घटनामा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुधवार साँझ सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने स्थानमा दुर्घटनामा परेको छ । दुर्घटनामा २७ वर्षिया गोमा नेपाली, २८ वर्षिया शान्ती नेपाली… Continue reading गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु
नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक
काठमाडौं । दोगडाकेदार गाउँपालिका–७ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टलाई भागरथी हत्या प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११… Continue reading भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक
संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल
काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट सुझाव दिँदै अधिवक्ता खरेलले संसद विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका… Continue reading संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल
गोकर्णेश्वर नगर प्रमुखबाट शान्ति पुस्तक दान दिवसको घोषणा
अमृता के सी(रोनी)काठमाडौं, फागुन ४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित पिस एन्जल्स स्कुलको आयोजनामा सरस्वती पुजाको अवसरमा पहिलो पटक शान्ति पुस्तक दान दिवस मनाइयो।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा शान्ति पुस्तक दान दिवस घोषणा गरिएको हो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,साहित्यकार विजय चालिसे,संगितकार एंव प्राध्यापक अचुतराम भण्डारी,बि पि संग्रहालय संस्थापक… Continue reading गोकर्णेश्वर नगर प्रमुखबाट शान्ति पुस्तक दान दिवसको घोषणा
आज कांग्रेसको केन्द्रिय समिति बैठक, आगामी रणनीति तय हुने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको पार्टीले जनाएको छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने भएको हो । १३ औं… Continue reading आज कांग्रेसको केन्द्रिय समिति बैठक, आगामी रणनीति तय हुने
भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी
काठमाडौं । बैतडीमा बलात्कारपछि विभत्स हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ । प्रहरीले भागरथीको हत्या भएको १३ औं दिनमा हत्या अभियोगमा एक युवालाई पक्राउ गरेको छ । उनलाई आज सार्वजनिक गरिने भएको छ । दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी… Continue reading भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी
नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना
काठमाडौं । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालमा समेत भारतीय जनता पार्टीको सरकार बन्ने अभिव्यक्ति दिएको भाजपाकै एक नेताले सार्वजनिक गरेका छन् । त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेका हुन् । उनले शाहले सन् २०१८ मा यस्तो योजना बताएको उनले सार्वजनिक गरेका थिए ।… Continue reading नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना
नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९९ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज
काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीशकै अगाडि कर्मचारीले एकआपसमा कुटाकुट गरेका छन् । इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको बताइएको छ । न्यायाधीशकै अगाडि भएको सो कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएको अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले बताए । प्राप्त जानकारी अनुसार नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच कुटाकुट भएको हो । यसअघि भइसकेको… Continue reading काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट
विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका संयोजक विप्लवसहित ३६ जना नेता कार्यकर्ता विरुद्ध मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका उच्च नेताविरुद्ध समेत ज्यान मुद्दा दर्ता भएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको जानकारी गराएको… Continue reading विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा
विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध
काठमाडौं । सरकारले देशभर सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजाका रुपमा ‘जङ्क फुड’ दिन नपाउने नियम ल्याएको छ । राष्ट्रिय समाचार समितिका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार यस्तो नियम सार्वजनिक गरेको छ । ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ प्रकाशन गर्दै केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’… Continue reading विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध
निर्वाचन आयोगप्रति नै शंका गर्नुपर्ने बेला भयो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे मौन बसेको भन्दै निर्वाचन आयोगप्रति आक्रोस व्यक्त गरेका छन् । यसले आयोगप्रति नै शंका उत्पन्न गराएको उनको भनाई छ । नेपाली कांग्रेसले आज भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनी आयोग अनिर्णयको बन्दी भएको भन्दै निर्वाचन आयोगप्रति आक्रोसित बनेका हुन् । आयोगले निर्वाचन नै गराउन नचाहेको… Continue reading निर्वाचन आयोगप्रति नै शंका गर्नुपर्ने बेला भयो : देउवा
नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४४ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना डिस्चार्ज
यस्तो छ केपी ओली नेतृत्वको सरकारको तीनवर्षे उपलब्धि (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीनवर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् । उपलब्धि सार्वजनिक कार्यक्रममा ओलीले आगामी वर्ष मुलुकमा १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने दाबी गरे… Continue reading यस्तो छ केपी ओली नेतृत्वको सरकारको तीनवर्षे उपलब्धि (पूर्णपाठ)
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि,१३१ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३१ जना कोरोनालाई जितेर अस्पतालबाट… Continue reading नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि,१३१ जना डिस्चार्ज
ललितानिवास जग्गा प्रकरण: अभियोग दर्ता गर्दाको प्रमाण झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा अभियोगपत्र दर्ता गर्दाका प्रमाण झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आइतवार ललिता निवास काण्डको प्रमाण माग्ने आदेश दिएको हो। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको… Continue reading ललितानिवास जग्गा प्रकरण: अभियोग दर्ता गर्दाको प्रमाण झिकाउन सर्वोच्चको आदेश
विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी
काठमाडौं । पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । काठमाडौं प्रहरी परिसरका अनुसार सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् । बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।… Continue reading विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी
संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिनेछन् । यसअघि विहिबार सरकारी पक्षको बहस सकिएको हो । सरकारी पक्षबाट आएका जिज्ञासा र तर्कको जवाफ निवेदक पक्षले दिनु पर्नेछ । त्यसका लागि बढीमा ५ जना वकिलले समय… Continue reading संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस