काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नगर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकबाट यस्तो सन्देश जारी गरेका हुन् । थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भनेका छन् । तर, यसलाई मान्नुको विकल्प नभएको र मान्ने समेत उल्लेख गरेका छन् । यो फैसलाको दुष्प्रभाव भविश्यमा देखिने चेतावनी समेत थापाले दिएका… Continue reading प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने
Category: समाचार
संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशभर दिपावली शुरु भएको छ । आज माइतिघर मण्डलासहितका स्थानमा युवाले भेला भई दिपावली गरेका छन् । उनीहरुले प्रतिगमन पराजित भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत समेत गरेका छन् । सामाजिक संजालमा सर्वोच्च अदालत, प्रधानन्यायाधीस र न्यायाधीसहरुको प्रशंसा शुरु भएको छ । नेता तथा कार्यक्रताले नेपालमा न्याय… Continue reading संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा
देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’ देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली… Continue reading देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत… Continue reading प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
ओलीको धम्की -‘अदालतलाई राम्ररी थाहा छ नि प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ ?’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न आफु कहाँ नै आउनु पर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित आफूनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको दाबी गरे । अदालतलाई राम्ररी थाहा छ नि पुनःस्थापना… Continue reading ओलीको धम्की -‘अदालतलाई राम्ररी थाहा छ नि प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ ?’
थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज
तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
काठमाडौं । साताको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार ३२.६७ अंकले घटेको नेप्से मंगलबार दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख… Continue reading तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आउने समय नजिकिएको समयमा उनले डोकेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसअघि प्रधानसेनापति र प्रधानन्यायाधिशबीच सोमबार सर्वोच्च अदालतमा भएको बैठकले समेत पुनः एक पटक राजनीतिक विवाद बढेको… Continue reading सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक
संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ । आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको… Continue reading संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी
गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला
गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोरखाको सुलिकोट गाउँपालिका–१ बारपाकमा ८४ वर्षिय वृद्धसहित तीन जना मृत फेला परेका हुन् । ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमा मृत फेला परेको प्रहरीको… Continue reading गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला
थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला अन्तिम चरणमा छ। फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच आकस्मिक भेट भएको छ। फागुन १३ गतेभित्र संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने अनुमान गरिएको छ। सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई… Continue reading प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता
प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो। फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ। सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह… Continue reading प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)
सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै… Continue reading सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार महेन्द्रनगर जाँदैछन् । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री जाने भएपछि आइतबारदेखि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी… Continue reading प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो
आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै
काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गरिने भएको छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजबाट पानी पठाइने छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने आयोजनाको तयारी छ । खानेपानी मन्त्री मणि थापा आयोजना स्थलमा पुगी सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्नेछन् । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे… Continue reading आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै
सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
अमृता के सि ( रोनी ) काठमाडौं/ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन्ताखान स्थित वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रम सुन्ताखान युवा क्लब,स्वतन्त्र टोल सुधार समिति,लायन्स क्लब पंचशील,हात्ति पाइले महिला समुह,मल्लागिरि युवा क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो ।अस्पातलमा दिनहु बढदै गएका बिरामीको चाप संगै रगत अभावको… Continue reading सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने
काठमाडौं । नेपालले भारतबाट खरीद गरेको १० लाख डोज कोरोना खोप नेपाल आएको छ । आज एयर इण्डियाको जहाजबाट खोप नेपाल आएको हो । सरकारले दोस्रो चरणको खोप अभियान २३ फागुनबाट शुरु गर्दैछ । यसका लागि सरकारले भारतबाट खोप किन्ने निर्णय गरेको हो । नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खोप किनेको हो । भारतबाट सरकारले २०… Continue reading काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने
प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला
जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत… Continue reading प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला
नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश
काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।
चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था
काठमाडौं । सरकारले चिकित्सकहरुले सरकारले तोकेको परामर्श शुल्क बाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेर चिकित्सकीय परामर्श शुल्क सरकारले तोके बमोजिम र अन्य सेवा शुल्क अस्पतालको नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको… Continue reading चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था
पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै, झलनाथ खनाल फिर्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट पत्नी हिसिला यमीको साथमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ । भट्टराई पेटको समस्याको उपचारमा चिकित्सकको सल्लाहअनुसार भारत जान लागेको बताइएको छ । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका… Continue reading पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै, झलनाथ खनाल फिर्ता
काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड
काठमाडौं/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ को आयोजनामा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाडौं सिम्रीकको मुल संयोजनमा ४५ वटा क्लबहरु बिच प्रतिस्पर्धा गरिएको म्याराथन प्रतियोगिता गोकर्णेश्वर नगरपालिका जगडोल स्थित राष्ट्रिय शहिद पार्कबाट शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा पुरुष र महिला गरी एक सय तिस प्रतियोगीहरूले भाग लिएका थिए ।कार्यक्रममा… Continue reading काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड
अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए ।… Continue reading अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति
आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी
विराटनगर। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने आफ्नो निर्णयको विपरित हुने गरी सर्वोच्च अदालतबाट फैसला आएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसका लागि तयार रहन समेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सेटिङ फेटिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलनमा जाने उनको चेतावनी छ । शनिबार आफ्नो पक्षको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई… Continue reading आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी
विप्लव समुहले दियो वार्तामा आउने संकेत
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण… Continue reading विप्लव समुहले दियो वार्तामा आउने संकेत
सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च… Continue reading सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह
गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत
काठमाडौं पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनु भएको छ । शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राख्नुभयो । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उहाँले औपचारिक शिक्षाले मात्र जीवन… Continue reading गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत
आज ओली समुहको विराटनगरमा सभा
विराटनगर । आज नेकपाको ओली समूहको विराटनगरमा शक्ति प्रदर्शन हुँदैछ । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक सरकारले मान्छे बटुलेर शक्ति प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधी आन्दोलनलाई चूनौति दिँदै आफै प्रदर्शन गर्दै हिँडिरहेका छन् । ओली समूहले यसलाई चुनावी प्रचारप्रसार र सरकारको कदमका पक्षमा जनमत रहेको… Continue reading आज ओली समुहको विराटनगरमा सभा