काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै… Continue reading काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ ।… Continue reading स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनलाई गत भदौ २३ मा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कोइराला कोरोनामुक्त बनेका छन् । उनी कोरोना पोजेटिभ देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भइ उपचार गराइरहेका थिए । त्यसपछि स्वास्थ्य लाभ गरी पछिल्लो… Continue reading कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ । बिहीबार बिहान… Continue reading स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो । मृतयु हुनेमा काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको रहेका छन् । यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९,… Continue reading नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४५७… Continue reading नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

file

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको बताइएको छ । यहाँ एकजनाको शव भेटिसकेको छ । प्रहरीका अनुसार एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ । अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको… Continue reading स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

प्रतिकात्मक तस्वीर

पाल्पा । नेपालमा पछिल्लो ४८ घण्टायता अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । यसले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम समेत बढाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ६ जना वेपत्ता पारेको र तीन वटा घर पुरिएको प्रहरीले जनाएको छ । यद्दपी संख्यामा थपघट हुन सक्ने बताइएको छ । भर्खरै… Continue reading नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने गरी अन्तरिम आदेश जारी गरेको छ । उनी हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनका सांसद पद भने यथास्थितिमै रहने छ । गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि… Continue reading बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोर रहेका छन् । यस्तै, ललितपुरका… Continue reading थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।… Continue reading काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपन निवासी ४५ वर्षिय शंकर पन्तको मृत्यु भएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले उनलाई ठक्कर दिएको… Continue reading उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ । चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य… Continue reading हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ । परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर… Continue reading वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । सरकारले विश्वविख्यात आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनको किरियामा लाग्ने खर्च समेत सरकारले बेहोर्ने भएको छ । शाहसी आरोही उनी हिम चितुवाका नामबाट समेत परिचित थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा निधन भएको हो… Continue reading आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

काठमाडौं । अनशनरत डा. गोविन्द केसीमाथि काठमाडौंमा प्रहरीले दुर्व्यवहार गरेको छ । उनी सोमबार जुम्लाबाट नेपालगञ्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे । तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको छ । त्यसो त उनी ट्रमा… Continue reading काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८… Continue reading काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज नयाँ मन्त्रीहरुको विषयमा छलफल हुने भएको छ । सम्भवतः आजैको बैठकबाट मन्त्रिमण्डल परिवर्तनको मोडालिटी बनिसक्ने अपेक्षा नेताहरुले गरेका छन् । मन्त्रिमण्डल परिवर्तन भने निश्चित हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठक बोलाइएको छ । आज बैठक समेत सरकारका काम… Continue reading नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो । यसअघि हलो साविक राप्रपा… Continue reading राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्। यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७… Continue reading काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय, भक्तपुरमा ८४ र ६२ पुरुष रहेका छन् । मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय… Continue reading नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे ७२ वर्षको उमेरमा निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर… Continue reading विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिस डाँडामा बस्यो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छ । नेकपा सचिवालय स्रोतका अनुसार आज पार्टीमा विभिन्न विकल्पबारे छलफल भएका थिए । त्यसमध्ये प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो प्रस्ताव सुनाएका थिए । सचिवालय स्रोतका अनुसार पुरै मन्त्रिहरुको सेट परिवर्तनदेखि केही मन्त्रीलाई मात्र परिवर्तन गर्ने… Continue reading फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८… Continue reading काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए