काठमाडौं । भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ। इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३… Continue reading चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान
Category: विज्ञान प्रविधि
भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास
काठमाडौं । रूसको चन्द्रमा यात्रा विफल भएपछि विश्वभरिको ध्यान भारतको चन्द्रमा यात्रामा टिकेको छ । भारतको चन्द्रयान–३ बुधबार साँझ (अगस्ट २३) ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा टेक्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको मंगलबार जनाएको हो । सबै सिस्टमलाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम… Continue reading भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास
रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?
काठमाडौं । रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको छ । त्यस शहरका मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो। कुनै हताहत भएको खबर भने आएको छैन। रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका… Continue reading रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?
पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार
इश्लामावाद । पश्चिम पाकिस्तानमा केबलकार अड्किएपछि एउटा नदीमाथि आकाशमा फसेका आठै जनाको उद्धार भएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलवार राती अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य पुरा भएको जनाएको छ। केबलकारसँगै अड्किएका केही बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको छ । पाकिस्तानको सेनाले जिप… Continue reading पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार
आज ५ प्रदेशमा ठूलो वर्षाको प्रक्षेपण
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल अहिले न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर अवस्थित छ भने नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। न्यूनचापीय क्षेत्रको प्रभावका… Continue reading आज ५ प्रदेशमा ठूलो वर्षाको प्रक्षेपण
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको बताइएको छ। अ हिले देशभर सामान्य तथा पूर्ण बदलीको… Continue reading कस्तो रहनेछ आजको मौसम ?
अब भिआइपीले जहाजसम्म आफ्नो गाडी लैजान नपाउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङ स्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ । अतिविशिष्ट\विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी… Continue reading अब भिआइपीले जहाजसम्म आफ्नो गाडी लैजान नपाउने
कस्तो रहनेछ आजकौ मौसम ?
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले उक्त रेखा सरदर स्थानमा अवस्थित छ। मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सातै प्रदेशमा पानी परिरहेको छ। अहिले कोशी , बागमती र गण्डकी प्रदेशमा तुलनात्मक रूमा… Continue reading कस्तो रहनेछ आजकौ मौसम ?
भारतलाई उछिन्न रुसले पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त
काठमाडौं । रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो। लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो। मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित… Continue reading भारतलाई उछिन्न रुसले पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त
भारतको चन्द्र अभियानले पठाएको पहिलो तस्वीर सार्वजनिक
काठमाडौं । भारतको तेस्रो चन्द्र अभियान अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिर चन्द्रयान–३ सँगै पठाइएको विक्रम नाम दिइएको ल्यान्डरले खिचेको हो। विक्रमले चन्द्रमामा अवतरणका लागि आफ्नो अन्तिम चरणको अभियान बिहीवारबाट सुरू गरेको छ। २३ अगस्टमा रोभर लिएर गएको विक्रम चन्द्रमाको… Continue reading भारतको चन्द्र अभियानले पठाएको पहिलो तस्वीर सार्वजनिक
शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो। टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी… Continue reading शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प… Continue reading बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने
काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको हो । १४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको… Continue reading सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने
भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु
काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र… Continue reading भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु
कस्तो रहनेछ आजको मौसम ?
एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने भएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै… Continue reading कस्तो रहनेछ आजको मौसम ?
उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उपत्यकामा भारी वर्षा भइरहेको छ । पूर्वबाट दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली आज सुदूरपश्चिममा बढी केन्द्रित हुने देखिएको छ । आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक–दुई… Continue reading उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा
नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना
काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको… Continue reading नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना
४७ वर्षपछि चन्द्र मिसनमा रुस
काठमाडौं । रुस करिब ४७ वर्षपछि चन्द्र मिसनमा लागेको छ । उसले अन्तरिक्षयान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार शुक्रबार अगष्ट ११ को बिहान ८ः१० बजे भोस्तोक्नी कस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो । सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण… Continue reading ४७ वर्षपछि चन्द्र मिसनमा रुस
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र… Continue reading कस्तो रहनेछ आजको मौसम ?
वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन्। उनले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा… Continue reading वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री
द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ-तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९र८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रूत मार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय… Continue reading द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन
टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध
काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान् छ। अहिले देशभर सामान्य देखि पूर्ण… Continue reading कस्तो रहनेछ आजको मौसम ?
आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान… Continue reading आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?
नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’
काठमाडौं । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी… Continue reading नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’
कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?
काठमाडौं । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ। त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा… Continue reading कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?
कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई… Continue reading कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?
नासाको भोइजर टू यान कहाँ हरायो ?
काठमाडौं । अन्तरिक्षमा अर्बौँ किलोमिटर पर सम्पर्कविहीन भएको भोइजर टू अन्तरिक्षयानबाट सङ्केतहरू प्राप्त गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। गलत निर्देशनका कारण नासाले गत महिनादेखि त्यससँग सम्पर्क गर्न सकेको थिएन। उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्न छ। पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो। फलतः… Continue reading नासाको भोइजर टू यान कहाँ हरायो ?
आज पनि पाँच प्रदेशमा ठूलो वर्षा
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज… Continue reading आज पनि पाँच प्रदेशमा ठूलो वर्षा
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ । आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो… Continue reading सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम