काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक(दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम… Continue reading पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना
Category: विज्ञान प्रविधि
माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?
काठमाडौं । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखे अनुसार ‘हजारौं कर्मचारी एक साथ कटौती गर्ने नीतिमा कम्पनी छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको समाचारमा उल्लेख छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको… Continue reading माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?
पश्चिम नेपालमा वर्षाको सम्भावना
काठमाडौं । आज मौसममा बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ । आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना… Continue reading पश्चिम नेपालमा वर्षाको सम्भावना
मौसम अझै केही दिन चिसो बढ्ने अनुमान
काठमाडौं । बुधबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी… Continue reading मौसम अझै केही दिन चिसो बढ्ने अनुमान
यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित… Continue reading यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
काठमाडौं । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन। आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन… Continue reading दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
यती एयरलाइन्सका आजका सबै उडान रद्द
काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द भएको छ । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सका आजका सबै उडान रद्द
नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज
काठमाडौं । नारायणी नदीमा आइतबारबाट मिनी पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले १ माघबाट क्रुज सीप सञ्चालनमा आउने बताएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन नसकेको कम्पनीको भनाई छ । सबै प्रक्रिया पुरा गरेर क्रुज… Continue reading नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित
टिकटकमा जुवा खेल्ने गरेको खुलासा
काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता… Continue reading टिकटकमा जुवा खेल्ने गरेको खुलासा
५० हजार वर्षपछि आजबाट देखिँदैछ हरियो पुच्छ्रेतारा
काठमाडौं । ५० हजार वर्षपछि आजबाट दुर्लभ हरियो पुच्छ्रेतारा पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्को भनाई छ । आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो… Continue reading ५० हजार वर्षपछि आजबाट देखिँदैछ हरियो पुच्छ्रेतारा
हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित
काठमाडौं । शुक्रबार सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको… Continue reading हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित
भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतीय कम्पनीले बनाएको दुई कफ सिरपको प्रयोगमा रोक लगाएको छ । डब्लूएचओले बुधबार मरीन बायोटिकले बनाएको कफ सिरप प्रयोग गर्न योग्न नभएको निष्कर्ष निकाल्दै यस्तो सिफारिस गरेको हो । विश्व स्वास्थ्य संगठनले यी औषधी पूर्णतया रोक्न समेत भनेको छ । साथै मुलुकहरुले यो औषधीको प्रयोग रोक्न निगरानी गर्न समेत… Continue reading भारतीय कम्पनीले बनाएको दुई कफ सिरप औषधीको प्रयोगमा डब्लूएचओले लगायो प्रतिवन्ध
बिहीबार कस्तो रहने छ मौसम ?
काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई… Continue reading बिहीबार कस्तो रहने छ मौसम ?
नेपाल टेलिकमले ल्यायो विण्टर प्याकेज, के-के छन् सुविधा ?
काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’ लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ। विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ। यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रू १९९ देखि रू ६९९… Continue reading नेपाल टेलिकमले ल्यायो विण्टर प्याकेज, के-के छन् सुविधा ?
इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा शक्तिशाली भुकम्प गएको स्थानीय संचारमाध्यमले जनाएका छन् । युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ। उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका… Continue reading इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
पब्जी विश्व च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टीमले जित्यो करीव ३ करोड
काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बनेको छ । इन्डोनेसियाको जकार्तामा सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्यो । उसले १ लाख ३२ हजार ५ सय अमेरिकी… Continue reading पब्जी विश्व च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टीमले जित्यो करीव ३ करोड
नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने
काठमाडौं । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीसम्बन्धी एप तथा वेवसाइट बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न… Continue reading नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने
राहदानी वितरण सहज भएको विभागको दावि
काठमाडौं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएको जनाएको छ । अब पासपोर्ट वितरणको सेवा सुचारू भएको समेत विभागको भनाई छ । आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने उल्लेख गरेकी छिन् । पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण… Continue reading राहदानी वितरण सहज भएको विभागको दावि
तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर
काठमाडौं । तराई मधेसका सबैजसो जिल्लामा शीतलहर चलेको छ । शीतलहर अझै केही दिन लम्बिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरुका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । अधिकतम र… Continue reading तराई-मधेषका सबैजसो जिल्लामा शीतलहर
तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित
काठमाडौं । तराई मधेशभेगमा शीतलहर सुरु भएको छ । जसका कारण जनजिवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ ।… Continue reading तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित
बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित
काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आज पनि देशभर यात्रा र जनजिवन प्रभावित बनेको छ । तराईका जिल्लामा हुस्सु तथा कुहिरोले जनजिवन बढी प्रभावित बनेको हो । कम भिजिभिलिटीका कारण आज बिहान आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान मात्र नियमित छ । बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा… Continue reading बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित
हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित
काठमाडौं । बाक्लो हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव समेत दिएका छन् । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म हुस्सु कुहिरो लागेको छ । जसका कारण सडक र हवाई यात्रा प्रभावित बनेको छ । हुस्सु कुहिरो लागेका… Continue reading हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित
इन्टरनेट सेवा प्रदायकको चेतावनी: जुनसुकै बेला सेवा रोकिन सक्छ
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जुनसुकै बेला सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । तार प्रयोग गरिएका पोलको भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर र अपरेसनल प्वाइन्टमा विद्युत् लाइन काटिदिएसँगै विवाद चुलिएको हो । विद्युत् सेवा अवरुद्ध भएको ठाउँमा उचित क्षतिपूर्ति नदिएसम्म इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रवाह गर्न नसक्ने… Continue reading इन्टरनेट सेवा प्रदायकको चेतावनी: जुनसुकै बेला सेवा रोकिन सक्छ
टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित
काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमको आजदेखि हुने भनिएको ‘फाइभ-जी’को परीक्षण स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो । यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको… Continue reading टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित
शनिबार पनि बाक्लो हुस्सुले तराईको जनजिवन प्रभावित
काठमाडौं । शनिबार समेत मौसममा आंशिक बदली भएको छ । तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको अवस्था छ । आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका… Continue reading शनिबार पनि बाक्लो हुस्सुले तराईको जनजिवन प्रभावित
तराईमा हुस्सुका कारण जनजिवन प्रभावित
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा हुस्सु लाग्नुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान काठमाडौंको आकाश पनि धुम्म छ। चिसो बढेको छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली… Continue reading तराईमा हुस्सुका कारण जनजिवन प्रभावित
एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने
काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेट आजदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको हो । अब भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु चल्ने छैनन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा… Continue reading एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने
भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु
काठमाडौं । भारतमा उत्पादिन खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको ज्यान गएको छ । उज्बेकिस्तानको सो दाविसँगै भारतले अनुसन्धान थालेको बताएको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले लेखेको छ । केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि… Continue reading भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु
काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो
काठमाडौं । काठमाडौं उपत्यकामा आज अझ चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनकै सबैभन्दा कम हो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । पानी परेको बेला वा बादल… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो