काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजबाट कोभिड १९ भाइरसविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाउन लागिएको हो । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही… Continue reading काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै
Category: विज्ञान प्रविधि
अमेरिकामा एक पुरुषमा सुँगुरको मुटको सफल प्रत्यारोपण
बाल्टिमोर । आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष बनेका छन् । बीबीसीले लेखे अनुसार चिकित्सकले बाल्टिमोरमा सात घण्टा लामो प्रयोगात्मक प्रक्रियामार्फत मुटु प्रत्यारोपण गरेका हुन् । प्रत्यारारेपण गरेको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो,… Continue reading अमेरिकामा एक पुरुषमा सुँगुरको मुटको सफल प्रत्यारोपण
हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झर्यो, जनजीवन कष्टकर
हुम्ला । शुम्लामा हिमपातका कारण तापक्रम झर्ने क्रम जारी छ । यहाँ शुक्रबार बेलुकादेखि लगातार हिमपात जारी छ । हुम्ला सदरमुकाम सिमकोट हिउँमा पुरिएको छ । यहाँ एक फिट जमेको हिउँका कारण स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको राससले लेखेको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेको छ । जाडो अत्यधिक भएपछि मानिसहरुलाई… Continue reading हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झर्यो, जनजीवन कष्टकर
काठमाडौं महानगरभित्र ६३ प्रतिशतले लगाए पूर्ण खोप
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । राससका अनुसार महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको… Continue reading काठमाडौं महानगरभित्र ६३ प्रतिशतले लगाए पूर्ण खोप
अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने
काठमाडौं । अहिले सरकारले मुलुकभर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । तर, यो जिल्ला प्रशासन कार्यालयमा मात्र सिमित हुँदा अत्यधिक भिडभाड बढेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ । राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि… Continue reading अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने
यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना
काठमाडौं । आजबाट देशभर पुनः हिउँदे वर्षा हुने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम प्रतिकुल रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ । विभागले हिउँदे वर्षाले पु-याउने असरबाट… Continue reading यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना
धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन
धरान । धरानमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिका–६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको मङ्गलबार उदघाटन गरेका हुन् । फोहोरमैला प्रशोधन गरि उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गरे । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी… Continue reading धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन
बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालमा बुधबारबाट मौसम प्रतिकुल बन्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएसङ्गै मौसम प्रतिकुल बन्ने भएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यो साताभर वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविदले अनुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी… Continue reading बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना
नेपालमा पनि बुस्टर डोज दिने निर्णय, प्राथमिकतामा को छन् ?
काठमाडौं । सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ… Continue reading नेपालमा पनि बुस्टर डोज दिने निर्णय, प्राथमिकतामा को छन् ?
लमजुङमा भूकम्पको धक्का महसुस
पोखरा । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले… Continue reading लमजुङमा भूकम्पको धक्का महसुस
बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन
काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अबेरसम्म संचालनमा आउन सकेको छैन । यसबाट आन्तरिक तथा बाह्य गन्तव्यका सबै उडान प्रभावित बनेका छन् । अहिले नेपालमा भद्रपुर र विराटनगर बाहेक सबै विमानस्थलका हुस्सुले उडान अवतरण प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ । वर्षा रोकिएपनि हुस्सु र बादल नहटेका कारण नेपालभरको… Continue reading बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थल अझै खुलेन
ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो
काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाउने निर्णय लिएको।छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलोपटक यहाँ पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार सो मुलुकले बिहिवारबाट रात्रिकालीन कर्फ्यु हटाएको हो । देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको समाचारमा उल्लेख छ… Continue reading ओमिक्रोन पहिलोपटक देखिएको दक्षिण अफ्रिकामा कर्फ्यु हट्यो
भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको राससले लेखेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा… Continue reading भारतको उत्तराखन्डमा भुकम्प, सुदुरपश्चिमका जिल्लामा धक्का महसुस
आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने
काठमाडौ । लगातार दुई दिन परेको हिउँदे वर्षा आजबाट थामिएको छ । वर्षाका कारण धेरै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । जसले गर्दा देशभर चिसो बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि क्रमिक रुपमा मौसममा सुधार आउने छ ।काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने तर, चिसो भने अझै… Continue reading आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने
वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात
काठमाडौं । नेपालमा हिउँदे वर्षाका कारण देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको हो । यसले चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै देशभरको मौसम… Continue reading वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात
जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?
काठमाडौं । मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ । चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो घटना बनिरहेको छ । जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा… Continue reading जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?
आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने
काठमाडौं । नेपालमा आजबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शुरु भएको छ । यसले वर्षा तथा हिमपात हुने भएको छ । पश्चिमी क्षेत्रमा पानी पर्न शुरु भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको हो । विभिन्न स्थानमा मौसम बद्ली भएको छ । घाम लागेको छैन ।… Continue reading आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने
नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने
काठमाडौं । नेपालमा मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र राखेर सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अब सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमताका निजी… Continue reading नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने
नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा खोप अभियानले तीब्रता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएसँगै दैनिक खोप लगाउने मानिसको संख्यामा समेत वृद्धि भएको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिन ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो… Continue reading नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप
गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट
काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ । इन्टरनेटका… Continue reading गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट
के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?
धुलिखेल । नेपालमा तीन वटै तहको निर्वाचन नजिकिएको छ । यसको तयारी समेत जोडतोडले गरिएको छ । सम्भवतः एक वर्ष भित्र तीन वटै तहको निर्वाचन भइसक्छ । यो निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्न तयारी शुरु भएको छ । सो निर्वाचनमा विद्युतीय मतदानमार्फत विदेशमा रहेका नेपालीलाई) सहभागी गराउने तयारी भइरहेको निर्वाचन… Continue reading के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?
बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….
चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको… Continue reading बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….
डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने
काठमाडौं । नेपालले पुस अन्तिम साताबाट कोरोना खोपको बुस्टर डोज वितरणको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमबाट बुस्टर डोज दिइने छ । बुधबार नियमित प्रेस ब्रिफिंगमा उपस्थित भएका मन्त्री खतिवडाले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा… Continue reading डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने
बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ
न्यूयोर्क । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्। एक पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने चेतावनी दिएकोे बीबीसीले जनाएको छ । यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई… Continue reading बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ
क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी
वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।… Continue reading क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी
नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु
काठमाडौं । नेपालमा आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीमा कोरोना भाइरसविरुद्धको खोप वितरण शुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरलाई अमेरिकामा उत्पादन भएको मोडर्ना खोपको पहिलो मात्रा दिइन लागेको हो । आजबाट पुस १४ गतेसम्म अभियान जारी रहने छ । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ,… Continue reading नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु
नेपालमा १८९ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यस अवधिमा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको तथ्यांक छ । अब नेपालमा हाल ५… Continue reading नेपालमा १८९ जनामा कोरोना पुष्टी
काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । काठमाडौंमा शनिबार यो सिजनकै सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा शनिबार न्यूनतम तापक्रम ३.३ डिग्री मापन भएको छ । शुक्रबार ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन
४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने
काठमाडौं । सरकारले नेपालमा बालबालिकालाई लक्षित गरी ४ पुसबाट कोरोनाविरुद्धको खोप वितरण थाल्ने भएको छ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान चलाउने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसको तयारी समेत पुरा भएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका खोप लगाउन… Continue reading ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने
नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नफैलिएको पुष्टी भएको छ । पहिलो पृष्टि भएयता आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ गरिएको थियो । जसमा थप व्यक्तिमा ओमिक्रोन पुष्टी नभएको प्रयोगशालाले जनाएको छ ।नेपालमा १९ मंसिरमा पहिलो पटक ओमिक्रोन पुष्टी भएको हो । त्यसपछि प्रयोगशालामा सबै प्रदेशबाट… Continue reading नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण