काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् । लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या… Continue reading आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?
Category: विज्ञान प्रविधि
१ मंसिरबाट नेपालमा इ-पासपोर्ट वितरण, पुरानोको हकमा के हुन्छ ?
काठमाडौं । १ मंसिर २०७८ बाट नेपालमा विद्युतीय राहदानी (इ-पासपोर्ट) वितरण गरिने भएको छ । सोहीकारण अत्यावश्यक नपरेसम्म तत्काल राहदानी नविकरण नगर्न वा नयाँ राहदानी नलिन राहदानी विभागले अनुरोध गरेको छ । सरकारले आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा यो पासपोर्ट प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले… Continue reading १ मंसिरबाट नेपालमा इ-पासपोर्ट वितरण, पुरानोको हकमा के हुन्छ ?
देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान
काठमाडौं । देशभर तापक्रम घट्दो क्रममा छ । मौसम पूर्वानुमान महाशाखाले चिसो बढेको भन्दै सतर्क रहन सबैमा आह्वान गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न र सतर्कता अपनाउन महाशाखाले भनेको हो । महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि… Continue reading देशभर तापक्रम घट्दै, सतर्कता अपनाउन आह्वान
पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली संसारकै प्रदुषित बनेको छ । वायु प्रदुषण आइतबार सम्म नै कायम रहने भएको छ । भारतीय संचारमाधयमहरुका अनुसार नयाँ दिल्लीमा लक्ष्मीपूजा र यसका अवसरमा पढ्काइएका पटाका प्रमुख कारण हो । राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको हो । प्रतिबन्ध लगाइए पनि सहरभरि… Continue reading पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो
अमेरिकी कम्पनीले उत्पादन कोरोनाको खाने औषधी ८९ प्रतिशत प्रभावकारी
१९ कात्तिक, काठमाडौं । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि विकास गरेको खाने औषधी ८९ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका… Continue reading अमेरिकी कम्पनीले उत्पादन कोरोनाको खाने औषधी ८९ प्रतिशत प्रभावकारी
कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति
लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले प्रयोगको अनुमति दिएको छ । त्यहाँको औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ । शुरूमा रुघाखोकीको उपचारका लागि… Continue reading कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति
कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन
काठमाडौं । संयुक्त अधिराज्यमा आयोजित कोप २६ सम्मेलनमा रुस र चिनियाँ राष्ट्रपति उपस्थित भएनन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको सन्दर्भको आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडेनले जलवायु एक ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताए । बीबीसीका अनुसार त्यस्तै व्यवहार रुस… Continue reading कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन
प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने
ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो शहर पुगेका छन् । अब उनी सोमबार र मंगलबार (नोभेम्बर १ र २)मा ग्लास्गोमा संचालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६)मा सहभागी हुने छन् । सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यहाँ पुगेका हुन् ।… Continue reading प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने
ग्लास्गो शहरमा शुरु भयो कोप-२६
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप२६) औपचारिक रूपमा शुरु भएको छ । युनाइटेड किन्डमको ग्लास्गो शहरमा सम्मेलन सुरु भएको हो । बीबीसीका अनुसार जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहस सुरु गर्नेछन्। जैविक इन्धनको प्रयोग सहित मानवीय… Continue reading ग्लास्गो शहरमा शुरु भयो कोप-२६
कोरोना उत्पत्तिको पहिचान गर्न असम्भव रहेको अमेरिकी निष्कर्ष
काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूले कोभिड १९ को उत्पत्तिको पहिचान गर्ने काम असम्भव रहेको बताएका छन् । बीबीसीका अनुसार अब उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने उनीहरुको भनाई छ । यद्दपी ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन्। अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा… Continue reading कोरोना उत्पत्तिको पहिचान गर्न असम्भव रहेको अमेरिकी निष्कर्ष
फेसबुक कम्पनीको नाम परिवर्तन गरि बनाइयो ‘मेटा’
काठमाडौं । अमेरिकी सामाजिक संजाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै मेटा राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले शुक्रबार यसको औपचारिक घोषणा गरेका छन् । फेसबुलले आफ्नो नाम परिवर्तन गर्न लागेको जनाएको थियो । तर, नाम सार्वजनिक गरिएको थिएन । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको उल्लेख गरे । कम्पनीले… Continue reading फेसबुक कम्पनीको नाम परिवर्तन गरि बनाइयो ‘मेटा’
तीन जिल्लामा लगाइयो कोरोनाको पूर्ण खोप
काठमाडौं । नेपालमा तीन वटा जिल्लामा पूर्ण खोप अभियान सफल भएको छ । ७७ जिल्लामध्ये तीन जिल्लामा पूर्ण मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मनाङ, मुस्ताङ र रुकुममा कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइएको हो । बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा कोरोनाविरुद्धको खोप प्रयोग भएको छ ।… Continue reading तीन जिल्लामा लगाइयो कोरोनाको पूर्ण खोप
काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने
काठकाडौं । काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो मात्रा अष्ट्राजेनिका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो। आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर… Continue reading काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने
नेपालमा ५१३ जनामा कोरोना पुष्टी, ८१७ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै कोरोना… Continue reading नेपालमा ५१३ जनामा कोरोना पुष्टी, ८१७ ले जिते
अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद
मेरिल्याण्ड । अमेरिकामा एक दम्पत्तिमाथि देशको एक महत्वपूर्ण सैन्य रहस्यलाई बिक्रि गर्ने कोशिस गरेको आरोप लागेको छ । दुबै जना गिरफतारीमा परेका छन् । बीबीसीले जनाए अनुसार यो कसुर पुष्टी भएमा दुबै जना जन्म कैदका लागि जेल जाने छन् । ४२ वर्षिय जोनाथन टोएबे र उनकी ४५ वर्षीय पत्नी डायनामाथि यस्तो आरोप लागेको हो ।… Continue reading अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद
बाल-बालिकालाई लगाइने फाइजर खोप सोमबार अमेरिकाबाट नेपाल आउने
काठमाडौं । बालबालिकालाई वितरण गर्ने तयारी गरिएको फाइजर खोपको पहिलो खेप अमेरिकाबाट सोमबार नेपाल आउने भएको छ । अमेरिकाको फाइजर बायोएनटेक कम्पनीले बनाएको यो खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिने तयारी छ । नेपाल सरकारले अमेरिकाबाट खरीद गरेको खोपमध्ये पहिलो खेप नेपाल ल्याउन लागिएको हो । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि… Continue reading बाल-बालिकालाई लगाइने फाइजर खोप सोमबार अमेरिकाबाट नेपाल आउने
जनकपुरको रेल भारतले नेपाललाई हस्तान्तरण गर्यो
काठमाडौं । नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको बाटो खुलेको छ । नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न सकेको छैन । अन्तर्देशिय उक्त रेलखण्ड नेपालको स्वामित्वमा नआएका कारण नेपालले रेल चलाउन सकेको थिएन ।… Continue reading जनकपुरको रेल भारतले नेपाललाई हस्तान्तरण गर्यो
भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र
वासिंटन डिसी । नेपालका तीन छिमेकी मुलुक भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनका कारण सबैभन्दा जोखिममा रहेका ११ वटा मुलुकको सूचिमा परेका छन् । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकी गुप्तचर एजेन्सीको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा यी ११ मुलुक जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा पर्नेछन् । साथमा उनीहरुसँग सो समस्यासँग जुध्ने क्षमता समेत… Continue reading भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र
आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान
काठमाडौं । नेपालमा आज अधिकांश स्थानमा बिहानैबाट घाम लागेको छ । तीन दिनसम्मको अविरल वर्षाले करीव १ सय मानिसको ज्यान लिएको मौसमले अब भने थामिने संकेत गरेको हो । गतराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अबको दुई\तीन दिन लगातार झरी पर्ने छैन । भारतको… Continue reading आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान
कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई
काठमाडौं । खोप वितरणमा धनी र गरिब मुलुकबीचको असमानताका कारण कोरोना भाइरसको महामारी आगामी वर्ष समेत लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विपन्न मुलुकले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो । बीबीसीका अनुसार डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले… Continue reading कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई
विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान रद्द
विराटनगर । अविरल वर्षापछि आएको बाढी विराटनगर विमानस्थलमा पस्दा विमानस्थल पुरै डुबानमा परेको छ । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार अहिले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएकाे छ। बुद्ध एयरले विराटनगरको बुधवारका सवै उडान रद्द गरेको जानकारी गराएको छ । यतिको समेत सबै उडान रद्द भएको छ । यो विमानस्थल सन २०१७ मा पनि डुबानमा परेको… Continue reading विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान रद्द
आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान
काठमाडौं । नेपालमा जारी भारी वर्षाले आजबाट पुर्बी नेपालमा बढी प्रभाव देखाउने भएको छ । वर्षा अझै केही दिन कायम रहने र क्रमश पश्चिमबाट पुर्वतर्फ सर्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बुधबार पूर्वी नेपालमा भारी वर्षाको… Continue reading आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान
परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको… Continue reading परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो
काठमाडौं । नेपालले गत फागुनमा किनेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार मात्र नेपाल आएको छ । नेपालले कुल २० लाख खोप किनेको थियो । जसका लागि रकम समेत बुझाइएको थियो । तर, भारतमा कोरोना महामारी फैलिएको भन्दै निर्यात रोकिएपछि नेपालले खरीद गरेको खोप आउन सकेको थिएन । सो खोप शनिबार मात्र काठमाडौं आएको स्वास्थ्य… Continue reading नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो
नेपालमा ७६० जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक… Continue reading नेपालमा ७६० जनामा कोरोना पुष्टी
अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो
काठमाडौं । अफ्रिकी मुलुकमा एक शताब्दीभन्दा लामो प्रयासमा तयार भएको मलेरिया विरुद्धको खोप वितरणको अनुमति प्राप्त भएको छ । यो ऐतिहासिक उपलब्धी भएको बीबीसीले लेखेको छ । धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको हो । खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मलेरिया हजारौँ वर्षदेखि मानवताका लागि… Continue reading अफ्रिकाका एक शताब्दी लामो प्रयासपछि मलेरिया विरुद्धको खोप तयार, वितरणको अनुमति दिइयो
६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु
काठमाडौं । फेसबुक मानिसको जिवनशैली जस्तै बनेको छ । सोमबार रातीदेखि अवरुद्ध भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करीव ६ घण्टा लम्बियो । यस्तो अवरोध लामो समयसम्म रहेपछि फेसबुकले आफ्नो ट्वीटर ह्याण्डिलबाट माफी माग्नु परेको छ । विश्वव्यापी अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले लेखेको… Continue reading ६ घण्टाको सटडाउनपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सूचारु
बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?
काठमाडौं । गत साता काठमाडौंबाट विराटनगर पुगेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइएको विषयमा कम्पनीले पाइलटको कमजोरी रहेको निष्कर्ष निकालेको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै पाइलटले विराटनगरमा पुगेर पनि जहाज काठमाडौं फर्काएका थिए । तर, इण्डिकेटरले संकेत गर्दा गर्दै जहाज अवतरण नगराएर बाह्य स्रोतमा भर पर्दा पाइलट अलमलमा परेको बुद्ध एयरले आन्तरिक रुपमा गरेको… Continue reading बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?
इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरण इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनको तार काट्ने निर्णयबाट पछि हटेको छ । इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काट्न थालेको थियो । यसले उपभोक्ता मारमा परेको भन्दै आलोचना शुरु भएपछि प्राधिकरणले आफ्नो निर्णय सच्याएको हो । तर, उपभोक्ताबाट उठाएपनि इन्टरनेट सेवा प्रदायक र केबल… Continue reading इन्टरनेट र केवल टिभीको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण
मनसुन अझै सक्रिय, हल्कादेखि भारी वर्षाको सम्भावना
काठमाडौं । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालमा मनसुन लम्बिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय क्षेत्रको प्रभावले नेपालको अधिकांस स्थानको मौसम बद्ली भएको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थान र… Continue reading मनसुन अझै सक्रिय, हल्कादेखि भारी वर्षाको सम्भावना