शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने

Reuters

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले खोप पाउने जानकारी गराएका छन् । उनका अनुसार शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई समेत… Continue reading शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने

अफगानिस्तानको सैनिक विमानलाई उज्वेकिस्तानले खसाल्यो, अवस्था अज्ञात

File Photo

काठमाडौं । उज्बेकिस्तानमा अफगानिस्तानको एक सैनिक विमानलाई जमिनबाट प्रहार गरि खसालिएको छ । बीबीसीका अनुसार उज्वेकिस्तानको रक्षा मन्त्रालयले यसको पुष्टी गरेको हो । आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको पुष्टी गरेको छ । मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको… Continue reading अफगानिस्तानको सैनिक विमानलाई उज्वेकिस्तानले खसाल्यो, अवस्था अज्ञात

उपत्यकामा ‘नो हर्न’ अभियान, प्रभावकारी कार्यान्वयन बढाइने

काठमाडौं । काठमाडौं उपत्यका १ वैशाख २०७४ मै हर्न मुक्त क्षेत्र घोषणा गरिएको हो । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि प्रहरीले उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । राससका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन स्टिकर टाँस्न थालेको हो । हर्नको प्रयोगमा अहिले केही कमी आएको छ… Continue reading उपत्यकामा ‘नो हर्न’ अभियान, प्रभावकारी कार्यान्वयन बढाइने

नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको १ करोड डोज खोप भित्रिएको छ । नेपाल खोप उत्पादक मुलुक होइन । सोहीकारण नेपालले अनुदान वा खरीदमा भर पर्नु परेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल भित्रिएको खोपको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले… Continue reading नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

सरकारको लक्ष्य : खोप उत्पादन गर्ने ल्याव नेपालमा स्थापना गर्ने

Photo : AA Photo

काठमाडौं । सरकारले नेपालमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने ल्याव स्थापनाको घोषणा गरेको छ । अहिले नेपालले अन्य मुलुकमा बनिरहेको खोप विभिन्न माध्यमबाट ल्याउँदै नागरिकमा वितरण गरिरहेको छ । गठबन्धन सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब स्थापनाको लक्ष्य साझा न्यूनतम कार्यक्रममा राखिएको छ । सरकारले आइतबार कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा कोभिड–१९… Continue reading सरकारको लक्ष्य : खोप उत्पादन गर्ने ल्याव नेपालमा स्थापना गर्ने

अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी विक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदूषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ । बिहीबार ह्वाइट हाउसद्वारा… Continue reading अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने

जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु

बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट… Continue reading जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु

मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने

काठमाडौं । बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आक्रान्त बनेको छ । यसले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ । यहाँका बासिन्दाले आफ्नो जिवनकालमा यसअघि कहिल्यै पनि कल्पना समेत नगरेको यो विपदको कारण पत्ता लगाउन र भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली खटिने भएको छ । बिहीबार खानी विभागको प्राविधिकहरुको टोली सो क्षेत्रमा जाने… Continue reading मेलम्चीको भौगर्भिक अध्ययन गर्न बिहीबारबाट ड्रोनसहित टोली खटिने

एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले उच्च गति लिँदै गर्दा अस्पतालहरुमा भिडभाड बढेको छ । कतिपय सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि बेड पाउन मुस्किल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुना पीसीआर परीक्षण गर्दा… Continue reading एक दिनमै चार हजार भन्दा माथि संक्रमण, कुन जिल्लामा कति थपिए ?

उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने

काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं उपत्यकामा बढेको मानिसहरुको अत्यधिक भिडले अधिकारीहरुको चिन्ता बढाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउने चेतावनी दिइरहेको समयमा कोरोना सङ्क्रमण समेत बढिरहेको छ । भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अब अनुगमन टोली नै खटिने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको छ… Continue reading उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने

अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?

File Photo : Sergei Bobylev\TASS via Getty Images

काठमाडौं । अब नेपालमा समेत ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने भएको छ । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या भएको अवस्थामा सबै बालबालिकालाई आमाको पोशिलो दुध खुवाउन सक्ने अवधारणासहित नेपालमा ‘मिल्क बैंक’ स्थापना हुने भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने… Continue reading अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?

भुटानबाट आउने भयो ३ लाख डोज खोप

Reuters

काठमाडौं । भुटानले नेपाललाई कोरोना भाइरस विरुद्धको ३ लाख डोज खोप दिने भएको छ । नेपाली संचारमाध्यमले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उदृत गर्दै यसको पुष्टी गरेका छन् । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप नेपालले जेष्ठ नागरिकलाई एक डोज दिए पनि दोस्रो डोज दिन पाएको छैन । यो… Continue reading भुटानबाट आउने भयो ३ लाख डोज खोप

चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको… Continue reading चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति… Continue reading जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

अलास्का । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । ८.२ रेक्टर स्केलको यो भूकम्प पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ । अलास्काको समुद्री क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण भने संकलनको क्रममा रहेको बताइएको छ । सीएनएनका अनुसार अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको छ । यसअघि यहाँ सन्… Continue reading अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

File

काठमाडौं । चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपणमा आफ्नो क्षमता बढाइरहेको अमेरिकाले दावि गरेको छ । अमेरिकी वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यस्तो जनाएका छन् । भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको बीबीसीले लेखेको छ । अमेरिकी रक्षा… Continue reading चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

काठमाडौं महानगरपालिकामा ५० वर्ष माथिका सबैले आजबाट खोप लगाउन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकामा ५० वर्ष उमेर भन्दा माथिका सबैले आजबाट कोराना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाउन पाउने भएका छन् । महानगरपालिकाले यसको जानकारी दिएको हो । महानगरपालिकाका अनुसार यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहले आज बिहीबारबाट खोप लगाउन पाउने छन् । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि… Continue reading काठमाडौं महानगरपालिकामा ५० वर्ष माथिका सबैले आजबाट खोप लगाउन सक्ने

१२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । नेपालले १२ वर्ष भन्दा माथिका किशोर किशोरीमा कोरोना विरुद्धको खोप दिने प्रयोजनका लागि भाइजर खोप किन्ने तयारी गरेको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले नन डिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरिसकेको बीबीसीले लेखेको छ । उसले स्वास्थ्य मन्त्रालयका सचिव लक्षण अर्याललाई यो विषयको पुष्टी गरेको छ । सरकारले… Continue reading १२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने

Photo : wrightouttanowhere.com

काठमाडौं । सोमबारबाट मुलुकका अधिकांश स्थानमा झरि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बुधबारसम्म जारी रहने भएको छ । यसले जोखिमपूर्ण क्षेत्रमा बाढी र पहिरो निम्त्याउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । यो तीन दिन मनसुन सक्रिय हुन लागेको हो । केही स्थानमा ठूलो पानी पर्ने, त्यसले खोलाको बहाव बढ्ने… Continue reading सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने

लामो दूरीका यातायात संचालनमा

File

काठमाडौं । काठमाडौं उपत्यकालाई लक्षित गरि आजबाट मध्यम तथा लामो दूरीका सवारी साधन खुलेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरि लामो दूरीमा समेत यातायात चलाउन सक्ने गरि निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार यसको जानकारी गराएको हो । खासगरि त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएसँगै यातायात समेत… Continue reading लामो दूरीका यातायात संचालनमा

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ । नजिकै केन्द्रविन्दु भएका कारण उपत्यकामा सानो भूकम्पको समेत धम्का महसुश धेरैले गरेको सामाजिक संजालमा लेखेका छन् ।

कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन भनेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताएका छन् । यसले तेस्रो लहरको जोखिम बढेको उनको भनाइ… Continue reading कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

CNN

टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी… Continue reading अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४… Continue reading सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

Photo : Vishwanews

काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु… Continue reading भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो । भारतीय डव्लु डि एम… Continue reading भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

Photo : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन… Continue reading प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ । यो खोप २८ असारमा काठमाडौं… Continue reading अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

AP Photo

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

GORODENKOFF/SHUTTERSTOCK.COM

लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ । अमेरिकाले यस्तो प्रणाली… Continue reading अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना