काठमाडौं । कोरोना महामारीको दोस्रो वेव नेपालमा समेत शुरु भएको छ । छिमेकी मुलुक भारतमा उचाई छोइरहेको यो भाइरस क्रमशः नेपालमा समेत हरेक दिन बढ्दो क्रममा छ । यससँगै नेपालमा बेलायतमा पत्ता लागेको भेरियन्ट पुष्टी भएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलका अनुसार नेपालमा ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई यस्तो भाइरस… Continue reading बेलायतबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टी
Category: विज्ञान प्रविधि
टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार
काठमाडौं । कोभिड १९ का संक्रमितको संख्यामा भएको वृद्धिसँगै अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ । यस अस्पतालबाट यसअघि भइरहेका सबै सेवा बन्द गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनका अनुसार मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने गरी… Continue reading टेकु अस्पतालमा अब कोभिड बिरामीको मात्र उपचार
‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं
काठमाडौं । विभिन्न ६ वटा हिमालको सफाई गर्ने उद्देश्यसहित सफा हिमाल अभियान २०२१ आजदेखि सुरु हुँदैछ । यो अभियानको अगुवाई नेपाली सेनाले गर्नेछ । प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर अभियानको थालनी गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाले यो वर्ष सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरी ६ वटा हिमालमा सफाइ अभियान… Continue reading ‘सफा हिमाल अभियान’ आजबाट शुरु, ६ हिमालको सफाईमा सेना खटिदैं
भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतीय संचारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाको परीक्षणबाट १ लाख ७० हजार मानिसमा कोरोना देखिएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणको गति तीव्र देखिएको छ । यो संक्रमण पहिलो वेवको तुलनाका बढी फैलावट भएको… Continue reading भारतमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, उच्च जोखिममा नेपाल
राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेका नक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएको छ । सरकारले नयाँ नक्सा जारी गरी लिम्पुवाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समेटेको भएपनि सर्वोच्च संस्थाबाट वितरण गरिने अति सम्मानित तक्मामा भने पुरानै नक्साको प्रयोग भएपछि सरकारको नियतमाथि प्रश्न उठेको छ । तर, गृह मन्त्रालयले भने गत वर्ष नै तक्मा छापिएको र त्यति… Continue reading राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’
नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे
काठमाडौं । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा १ सय ७ वटा गैंडा बढेको पाइएको छ । गैंडा गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । अब नेपालमा गैंडाको कुल संख्या ७ सय ५२ पुगेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । शुक्रबार सम्पन्न भई… Continue reading नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे
सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने
चितवन । गैँडा गणना सम्पन्न भएसँगै आज नतिजा सार्वजनिक गरिने भएको छ । ९ चैतबाट नेपालमा पर्सा राष्ट्रिय निकुञ्जबाट गैंडा गणना थालिएको हो । शुक्रबार गणनाको काम सकिएसँगै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार गणनाको काम सकिएको हो । ४० मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएर यस वर्ष… Continue reading सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने
काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदुषण हट्दै आकास खुल्ने क्रम शुरु भएको छ । शुक्रबार साँझ हावाहुरीसहित भएको वर्षाका कारण समेत शनिबार वायु प्रदूषण हट्न थालेको हो । शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वायु प्रदूषण मापन गर्ने इकाई अनुसार नेपालको एक्यूआई अहिले १५० भन्दा… Continue reading काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास
कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने
कतार । कतारले क्वारेन्टिन सम्बन्धि मापदण्डमा परिमार्जन गर्दै सहज बनाएको छ । अब विदेशमा कोरोनाविरुद्धको खोप लगाएका कुनै पनि व्यक्तिले कतार भित्र प्रवेश गरेपछि थप क्वारेन्टिन बस्नु पर्ने छैन । कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाले होटेल क्वारेन्टाइन बस्न नपर्ने गरी नयाँ नियम ल्याएको कतारको स्वास्थ्य मन्त्रालयलाई… Continue reading कतारमा खोपको मात्र पुरा गरेका विदेशीले क्वारेन्टिन बस्नु नपर्ने
आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’
लण्डन । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एक दुर्लभ असर मात्र रहेको युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले निष्कर्ष निकालेको छ । बीबीसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिको जोखिमको तुलनामा यसमा फाइदा बढी पाइएको निष्कर्ष निकालेको हो । प्रतिवेदनले करिब २ करोड… Continue reading आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘दुर्लभ असर’
दुबईबाट राइस कुकरमा ल्याएको एक किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ
काठमाडौं । नेपालमा सुन तस्कर गर्न अनेक उपाय लगाइरहेको फेला पर्छ । आज त्रिभुवन विमानस्थलमा दुबईबाट राइस कुकरमा लुकाएर ल्याएको एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महराको साथबाट सुन बरामद भएको हो । उनको साथबाट ९ सय ३४ ग्राम… Continue reading दुबईबाट राइस कुकरमा ल्याएको एक किलो सुनसहित एक जना विमानस्थलबाट पक्राउ
नेपालमा आजबाट चिनियाँ खोप लगाउने अभियान शुरु
काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिदैंछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ स्वास्थ्य संस्थालाई केन्द्र तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल… Continue reading नेपालमा आजबाट चिनियाँ खोप लगाउने अभियान शुरु
कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४… Continue reading कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा
काठमाडौं । कलंकीमा नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने कारखाना फेला परेको छ । आज वाणिज्य विभाग र अपराध महाशाखाको संयुक्त टोलीले कारखानामा छापा मारेसँगै यसको रहस्य खुलेको हो । विभागले छापा मारेको यो कारखानाबाट ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित रसायन प्रयोग गरी कस्मेटिक बनाएर बिक्री गर्ने गरेको फेला परेको हो । विशेष सूचना पाएपछि विभागले… Continue reading कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा
कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका
काठमाडौं । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका व्यक्तिले ७ वैशाख २०७८ देखि दोस्रो डोज लगाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज वितरण हुने छ । पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो डोजको… Continue reading कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका
मनकामना केवलकार ६ दिन बन्द हुने
चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ । बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना… Continue reading मनकामना केवलकार ६ दिन बन्द हुने
अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएसँगै सयौं घर परिवार प्रभावित बनेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएको हो । यसले कम्तीमा तीन सय घरपरिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उनीहरुलाई सुरक्षितस्थानमा सारेको छ । सीएनएनका अनुसार फ्लोरिडाको टाम्पा बे क्षेत्रमा… Continue reading अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
२५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?
काठमाडौं । नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रयोग भइरहेकोमा २५ चैतबाट भने चिनियाँ खोप लगाउन शुरु हुने भएको छ । चीन सरकारले अनुदानमा दिएका ८ लाख डोज खोप लगाउने अभियान उक्त मितिबाट शुरु गर्ने निर्णय सरकारले गरेको हो । चीनले ‘भेरोसेल’ नामक खोप नेपाललाई अनुदानमा दिएको छ । यो दुई साता अगाडी नै… Continue reading २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?
वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने
काठमाडौं । वायु प्रदूषणका कारण बन्द गरिएका देशभरका विद्यालय आजबाट सूचारु हुँदैछन् । हावामा प्रदूषणको मात्रा अत्यधिक बढेसँगै सरकारले चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको हो । केन्द्र सरकारको निर्णय स्थानीय तहमा भने आशिंक रुपमा मात्र कार्यान्वयनमा आएको छ । स्थानीय सरकारले आफ्नो भेगका वायु सफा भएको भन्दै विद्यालय खुला राख्ने निर्णय समेत गरेका… Continue reading वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने
गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना
काठमाडौँ /गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा गोकर्ण महिला सञ्जालकाको आयोजनामा उधोग व्यवसायबाट समाजमा पर्न सक्ने प्रभाव र वातावरणीय असर सम्बन्धी चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भयो । पाँच दिने चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रमको समापन नगर प्रमुख सन्तोष चालिसेले शुक्रबार गरे । नगरपालिकाको आर्थिक सहयोगमा चैत १६ गते देखि चैत २०… Continue reading गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना
चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते
चितवन । एक सिंगे गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ध्रुबेले आक्रमण गर्दा पाँच कर्मचारी घाइते भएका छन् । आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएको निकुन्जले जनाएको छ । उनलाई उपचारका लागि साँझ हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गैंडा गणनामा खटिएको टोली शुक्रबार निकुञ्जको… Continue reading चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते
वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो
काठमाडौं । बुधबारबाट परेको वर्षापछि देशका अधिकांश स्थानको आकास खुलेको छ । काठमाडौंमा तुवाँलो हट्ने क्रम शुरु भएको छ । यस भेगमा धेरैजसो स्थानमा आज घाम लागेको छ । वर्षाले घुलो र धुँवासहितको तुवाँलो हटाएपछि हावामा मडारिएको प्रदूषण समेत कम भएको हो । यद्दपी पूर्णरुपमा प्रदूषण हट्न अझै केही दिन लाग्ने बताइएको छ । जल… Continue reading वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो
संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली… Continue reading संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु
रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको… Continue reading रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडी भेगमा बुधबार साँझबाट हल्का वर्षा शुरु भएको छ । यो वर्षापछि एक सातादेखि आकासमा लागेको तुवाँलो हट्ने अपेक्षा गरिएको छ । आज कोठमाडौंमा भिजिविलिटी समेत केही बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको… Continue reading उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना
खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने
काठमाडौं । राजधानी काठमाडौंमा घाम देखिन थालेको छ । यसले भिजिविलिटीमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म भिजिविलिटी रहेको छ । यो चार हजार मिटरसम्म पुग्ने अनुमान छ । यो हेलिकोप्टर उडान सम्मलाई पुग्ने भिजिविलिटी हो । हवाईजहाज भने १५ सय मिटरको भिजिविलिटीमै उड्न सक्छन्… Continue reading खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने
ललितपुरमा बर्डफ्लू पुष्टी
ललितपुर । ललितपुरमा बर्डफ्लू पुष्टी भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा कृषकले पालेका पन्क्षीमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो । भारतमा बढ्दो यो रोगको संक्रमण नेपालमा समेत फाट्टफुट्ट देखिएको छ ।… Continue reading ललितपुरमा बर्डफ्लू पुष्टी
‘मौसममा तत्काल सुधारको सम्भावना छैन’
काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानको आकास धुलाम्य छ । तुवाँलोले आकाश ढाकेको छ । तर, यो प्रदुषणसहितको तुवाँलो तत्काल नहट्ने भएको छ । जल तथा मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वायुमण्डल स्थिर अवस्थामा रहिरहने छ, जसले गर्दा तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने… Continue reading ‘मौसममा तत्काल सुधारको सम्भावना छैन’
भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ । भ्याक्सिनको औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल… Continue reading भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?
काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश छोपिएको छ । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भएको छ । यसले हवाई उडानमा प्रभाव पारेको छ । मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिएको छ । बाक्लो धुँवासहितको यो तुवाँलोले मानिसहरुलाई अत्याएको बेला जल तथा मौसम विज्ञान विभागले तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ । नेपालका धेरैजसो… Continue reading कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?