Category: विज्ञान प्रविधि

  • उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भूभागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।


    शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।

  • मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

    मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । मध्यरातमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

  • चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

    चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने

    काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि ठेक्का लागेको छ । चोभार सुक्खा बन्दरगाह ५ वर्षको लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिन लागिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम उक्त कम्पनीसँग करार सम्झौता गरी जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भएको जनाएको छ ।

    काठमाडौं–तराई द्रुतमार्ग तयार नहुञ्जेल चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्ने समिति कार्यकारी निर्देशक आशीष गजुरेलले बताएका छन् । । ‘निजी क्षेत्रले व्यवस्थापन, सञ्चालन, मर्मत, सम्भार गरी कबोल गरे बमोजिम पाँच वर्षको लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टाबहाल रकम सरकारलाई बुझाउनेछ,’ उनले भने, ‘नियमावलीबमोजिम सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणालीमार्फत छनौट भएको कम्पनीलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा भाडामा सञ्चालन गर्न जिम्मा दिन लागिएको हो ।’

    समितिको आन्तरिक व्यवस्थापनबाट २०७८ चैत २२ बाट सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनका लागि ०८० साउन ८ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान भएको थियो । बोलपत्र प्रक्रियामा ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी र न्यू नेपाल ढुवानी सेवा सहभागी भएका थिए । सहभागी दुई वटा कम्पनीहरुमध्ये मूल्यांकन प्रक्रियाबाट ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी छनोट भएको समितिले जनाएको छ ।

    चोभार बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न बल्खु-दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाइनु पर्ने समितिले जनाएको छ । समितिका अनुसार निजगढ-काठमाडौं द्रुतमार्ग सम्पन्न गरी सञ्चालन गर्दा मात्रै चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

  • उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी

    उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी

    काठमाडौं । उत्तर कोरियाले ुगुप्तचरी गर्ने उद्देश्यले पुनः भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार त्यस्तो प्रक्षेपण चाँडोमा बुधवार मध्यरातसम्म हुन सक्छ। टोक्योका अनुसार प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ । उक्त अवधि आगामी साता बिहीवार नोभेम्बर ३० को मध्यरातमा सकिन्छ।

    जापानले दक्षिण कोरियासँग मिलेर प्योङ्याङलाई त्यस्तो प्रक्षेपण रोक्न आग्रह गर्ने भएको छ। दुवै देशले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउनु संयुक्त राष्ट्रसङ्घबाट पारित सङ्कल्प प्रस्तावहरूको उल्लङ्घन गर्नु हो भनेका छन्। यसअघि उत्तर कोरियाले दुई पटक जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने प्रयास गरेको थियो। तर दुवै पटक प्रक्षेपणहरू विफल भएका थिए।

    गत अगस्ट महिनाको अन्तिम सातामा उत्तर कोरियाले दक्षिण कोरियाका सैन्य स्थलहरूमा परमाणु आक्रमणको सिम्यूलेशन अर्थात परिकल्पनाका आधारमा गरिएको अभ्यास भन्दै छोटा दूरीका दुइटा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको दाबी गरेको थियो। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहेको बेला चेतावनी दिन प्योङ्याङले त्यसो गरेको बताएको थियो।

    जापान कोस्ट गार्डका अनुसार उत्तर कोरियाले पठाएको सूचनामा तीनवटा सामुद्रिक क्षेत्र उल्लिखित छन्। ती क्षेत्रमा उत्तर कोरियाले प्रक्षेपण गर्ने भूउपग्रह बोक्ने रकेटका भग्नावशेषहरू खस्न सक्ने ठानिएको छ। तीमध्ये दुई क्षेत्र कोरियाली प्रायःद्वीपभन्दा पश्चिममा छन् भने एउटा फिलिपिन्सको लुजोन टापुभन्दा पूर्वमा छ। प्योङ्याङले जासुसी भूउपग्रह प्रक्षेपण गरे सोलले आवश्यक कदम चाल्ने चेतावनी दक्षिण कोरियाली सेनाका वरिष्ठ अधिकारी काङ हो पिलले दिएका छन्। उत्तर कोरियाका नेता किम जङ अनका लागि जासुसी भूउपग्रहको सफल प्रक्षेपण एउटा ठूलो उपलब्धि हुने ठानिएको छ।

    त्यसबाट उत्तर कोरियामाथि हुन सक्ने आक्रमण पत्ता लगाउन सहज हुने छ अनि किम आफैँले आफूअनुकूल सैन्य आक्रमणका योजना बनाउन पाउने छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले प्योङ्याङलाई भूउपग्रह प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसङ्घले भूउपग्रह प्रक्षेपणलाई उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको पूर्वाभ्यास मानेको छ।

  • फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी

    फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी

    काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ । फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पीड घट्ने, बैंक खाताबाट पैसा चारी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरमा व्यापक समर्थन भइरहेको भन्दै मन्त्रालयले नागरिकको सुरक्षा र गोपनीयताको संरक्षणका लागि यस्तो निर्णय लिनु परेको समेत स्पष्ट पारेको छ ।

    राष्ट्रिय सार्वभौमिकताको रक्षा र साइबर अपराधका घटना न्यूनीकरणमा समेत सरकारले यस्तो कदम चालेको मन्त्रालयको भनाइ छ । सामाजिक सञ्जालको रुयमा प्रयोग भइरहेको टिकटकको माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै भन्दै सरकारले नेपालमा टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

  • टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क

    टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क

    काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।

    अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।

    सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय भएकाले पनि प्रयोगमै प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाइ छ ।

    राष्ट्रिय सुरक्षा प्रतिकूल केही प्रतिनिधिमूलक घटना

    – केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु परेको ।

    – नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको ।

    – पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लील भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लील गतिविधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिविधि बढिरहेको ।

    – टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविधि बढ्दै गएको ।

    – विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको ।

    – भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा कोठाभित्रको भिडियो समेत टिकटकबाट सार्वजनिक गरेको ।

    यी र यस्ता घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट वृद्धि हुँदै गएको ।

    टिकटिकले सिर्जना गरेका अन्य चुनौती

    – नागरिकको भौतिक सुरक्षाका लागि पनि टिकटक चुनौती बन्यो । साइबर अपराधका उजुरीमध्ये अधिकांश टिकटकसँग सम्बन्धित छन् ।

    – टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा धेरै मानिस फस्दै गएको र जसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्न गई अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेकाले मानव स्वास्थ्य बिग्रन नदिन टिकटकमा रोक लगाइएको हो ।

    – बालबालिका तथा युवकयुवतीलाई गलत दिशातिर डोराउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरिरहेकाले भोलिका कर्णधार बालबालिकाको भविष्यलाई ध्यान दिएर टिकटक प्रयोगमा रोक लगाइएको हो ।

    – धार्मिक असहिष्णुता, जातीय क्षेत्र एकता, भौगोलिक अखण्डता तथा राष्ट्रियता र राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरेको ।

    – टिकटक प्रयोगकर्तामध्ये करिब ४५ प्रतिशत १२ देखि २४ वर्ष उमेर समूहका अध्ययनबाट देखिन आएकाले उक्त उमेर समूहका मानिस गलत प्रभावमा सजिलै पर्न सक्ने तथा भ्रामक छविमा रमाउने र महत्वाकांक्षी हुनेलगायत भाइरल हुने आकांक्षाले गलत दिशातिर मोडिने खतरा रहेको ।

    – आपराधिक मानसिकताका व्यक्तिले टिकटक प्रयोगकर्ताको मनोविज्ञानको गलत फाइदा उठाई आपराधिक गतिविधिमा संलग्ने गराउने गरेको ।

    – हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा दिएको । जसले हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लगेको ।

    – टिकटक प्रयोगको लत बसेर महत्वपूर्ण समय यसको प्रयोगमा बिताउँदा उत्पादकत्व वृद्धिमा समेत असर पुग्ने गरेको ।

    – टिकटकको प्रयोगबाट आत्महत्या, गाली बेइज्जत, दुर्घटना, पारिवारिक बिखण्डनजस्ता समाजलाई नकारात्मक असर पुग्ने घटना बढिरहेको ।

    –सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी भए पनि यससम्बन्धी ऐन निर्माणको चरणमा रहेकाले कानुन नआउँदासम्म मन्त्रिपरिषद्को निर्णयले पनि कानुन सरहकै मान्यता पाउने भएकाले मन्त्रिरिषदबाट निर्णय गरिएको ।

    – नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ ।

    –व्यक्तिको गोपनीयतासम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरुबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको । प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्रसम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुने । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएको कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरुले मञ्जुरी दिएको कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन वा रेकर्ड गर्न वा गराउने नहुने स्पष्ट व्यवस्था रहेको ।

    नेपालमा मात्र प्रतिबन्ध लगाइएको होइन सदुपयोग ज्यादा र दुरुपयोग अपवाद हुने देशहरुमा सामाजिक सञ्जालको सुसञ्चालन हुँदा नागरिकहरु बलिया हुने र सरकार जवाफदेही हुने विश्वास गरिन्छ । कतिपय त्यस्ता देशमा सामाजिक सञ्जाल प्लेटफर्महरु पनि स्वदेशी रहेछन् वा स्वदेशी एजेन्टको नियन्त्रणमा रहँदा रहेछन् । यी दुवै विषय हाम्रो देशको सन्दर्भमा भने मेल खाएको देखिँदैन ।

    विभिन्न देशमा आफ्नो देशको अनुकूलतामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने गरिएको छ । स्वतन्त्रताको अगुवा देश अमेरिकाका ५० मध्ये ४० राज्यमा कुनै न कुनै किसिमको प्रतिबन्ध लागेको, छिमेकी देश भारतमा समेत प्रतिबन्धित छ । अझ चाखलाग्दो कुरा त के भने यसको शुरुवात भएको चीनमा समेत नियन्त्रित प्रयोग मात्र छ ।

    अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाको मानसिक स्वास्थ्यलगायतका कारण देखाउँदै हालसम्म नेपालसहित २८ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरु :

    कीर्गिस्तान : बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध लगाएको हो।

    बेलायत : सुरक्षाका कारण देखाउँदै प्रतिबन्ध लगाएको हो।

    अमेरिका : सुरक्षाका कारण देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध।

    न्यूजिल्यान्ड : साइबर सुरक्षाको जोखिम देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध।

    क्यानडा : गोपनीयता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीहरुका लागि प्रयोगमा प्रतिबन्ध।

    ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

    बेल्जियम : गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै प्रतिबन्ध ।

    डेनमार्क : साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध।

    पाकिस्तान : जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

    अफगानिस्तान : युवामा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द्व फैलने जोखिम र ईस्लामिक कानून विपरीत देखाउँदै प्रतिबन्ध।

    भारत : गोपनीयता, सुरक्षा जोखिमलगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध।

    सोमालिया : गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध।

    अर्मेनिया : विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    अजरवैजान : नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

    बंगलादेश: पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध।

    इन्डोनेसिया : धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै प्रतिबन्ध।

    इरान : धार्मिक कारण देखाउँदै प्रतिबन्ध।

    जोर्डन : प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायीरूपमा प्रतिबन्ध।

    अष्ट्रिया : अष्ट्रियाको इन्टिलेजेन्स सर्विसको प्रतिवेदनमा सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    इस्टोनिया : राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    फ्रान्स : डेटा सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध।

    आयरल्यान्ड : साइबर सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    लाटभिया : सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    माल्टा : साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध।

    नेदरल्यान्ड : डाटा प्रोटेक्सन जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध।

    नर्वे :राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध।

    अष्ट्रेलिया :सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध।

    नेपाल : सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले प्रतिबन्ध।

  • टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई

    टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् । शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् । करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको आग्रह छ ।

    टिकटकबाट भिडिओ दुरुपयोगबाट आफू पनि पीडित भएको शाहले सामाजिक सञ्जालमा लेखेका छन् । ‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

    नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए । नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको महानगर प्रमुख शाह बताउँछन् । ‘मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो,’ शाह भन्छन् ।

  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ ।


    ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’ भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटक बन्द गरेका छन् । उनीहरुले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका हुन्।

    डेनमार्कले गत मार्चमा आफ्ना कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगाएको थियो । अस्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन रोक लगाएका छन् । भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

    चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो । सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो ।

  • लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १४३८ मेगावाट, भारतमा निर्यात भयो ५१७ मेगावाट

    लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १४३८ मेगावाट, भारतमा निर्यात भयो ५१७ मेगावाट

    काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

    तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो ।

    देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।

    लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।

    यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।

    कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मी पूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

    जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएतापनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।

    प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

    विगत वर्षमा झैँ यस वर्ष लक्ष्मी पूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

    २०७३ को लक्ष्मी पूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात पनि भइरहेको छ ।

    प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो

    तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो ।

    देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।

    लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।

    यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।

    कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मी पूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

    जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएतापनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।

    प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

    विगत वर्षमा झैँ यस वर्ष लक्ष्मी पूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

    २०७३ को लक्ष्मी पूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात पनि भइरहेको छ ।

    प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो

  • पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा

    पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा

    काठमाडौं । पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोले हजारौँ मानिसहरूलाई बिरामी पारेपछि त्यहाँका अधिकारीहरूले केही सहरहरू बन्द गराएका छन्। पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ। पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ। यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको छ। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ

    विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक करिब ४०० अङ्कको आसपास छ। साान्यतया १०० वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ। यो सहर भारतको अमृतसर सहरसँग जोडिएको छ। अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ। मङ्गलवार त्यहाँको वायु गुणस्तर सूचक ३०० थियो।

    सामान्यतया ३०१ देखि ५०० सम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ। लाहोरका केही बासिन्दाले बीबीसी उर्दूलाई बताएअनुसार त्यहाँको वायुको गुणस्तर बारम्बार अत्यन्त हानिकारक तहमा पुग्छ। यसले उनीहरूको स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्दछ। विषाक्त वायुमण्डल हाम्रो जीवनकै अङ्ग बनिसकेको छ, कामका लागि दैनिक मोटरसाइकलमा आवतजावत गर्ने व्यापारी अमीर हाज्माले बताए।

    सामान बेच्नका लागि म विभिन्न ठाउँमा जान्छु। दिनभरि लामो समय काम गरेर घर जाँदा वायुप्रदूषणका कारण मेरा आँखा राता भएका हुन्छन् र चिलाउँछन्। बारम्बार बिरामी पर्दा मेरो काम पनि प्रभावित भएको छ। अहिले पनि म रुघा, खोकी र घाँटी दुखाइबाट पीडित छु र आफूलाई स्याहार गरिरहेको छु, उनले भने।

    तुवाँलोका कारण मुख वरिपरि सुनिएपछि आफ्नी डेढ वर्षे छोरीले राम्रोसँग खानपिन गर्न नसकेको सारा जीशनले बताइन्। तुवाँलोमा निरन्तर बस्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा हानि हुने र फोक्सोको क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन्।

    हिउँद याममा खेती गर्नका लागि खेत खाली गर्न धान गहुँ जो जस्ता अन्नबालीका ठूटा जलाउने प्रवृत्ति नै वायुप्रदूषणको मूल कारण भएको केही विशेषज्ञहरू बताउँछन्। स्थानीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानी सरकारले गत साता यस विषयमा भारतीय अधिकारीहरूसँग कूटनीतिक तहमा कुरा गर्ने बताएका थिए। उनीहरूले यस विषयमा विस्तृत जानकारी भने दिएनन्।

    तर केही विशेषज्ञहरूका अनुसार पाकिस्तानी किसानहरूले पनि भारतीयहरूको जस्तै अवशेष जलाउने गर्दछन्। पन्जाबमा स्वास्थ्य संस्था, किराना पसल र ग्यास स्टेशनहरू भने खुलै रहन्छन्। अधिकारीहरूले बाहिरै जानै पर्ने भए मास्क लगाउन स्थानीयवासीलाई सचेत गराएका छन्। प्रदूषणको समस्या समाधानका लागि सरकारले लागु गरेका नीतिहरू हतारमा तयार गरिएका भएकाले काम नलाग्ने वातावरणविद् रफी आलमले बताए।

    समस्यालाई समस्याका रूपमा पहिचान नगरेसम्म तपाईँ यसलाई कसरी समाधान गर्न सक्नुहुन्छ ? साताको तीन दिन पानी छम्केर वा विद्यालय बन्द गरेर तुवाँलोको समस्या समाधान हुन्छ त ? उनले भने। शिकागो विश्वविद्यालयले तयार गरेको वायु गुणस्तर जीवन सूचकका अनुसार लाहोरलगायत पाकिस्तानका सबैभन्दा प्रदूषित क्षेत्रमा वायुप्रदूषणले मानिसको जीवन करिब सात वर्षको दरले छोट्टिने गर्दछ।
    बीबीसी

  • पश्चिम नेपालमा वर्षा, उच्च भेगमा हिमपात

    पश्चिम नेपालमा वर्षा, उच्च भेगमा हिमपात

    काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

    पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान मौसमविद्को छ । हिउँद सुरु भएसँग वर्षा र हिमपात हुँदा तापक्रम क्रमिक रुपमा घटि रहेकोले जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ । भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा पनि हल्का वर्षा भएको छ । त्रिपालमा बसेका पीडित झन् प्रभावित भएका छन् ।

  • बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने

    बुढीगण्डकीलाई अब इन्धनबाट आउने करबाट बजेट जुटाइने

    काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सरकारले आर्थिक वर्ष २०७३–७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, २०७६ फागुनदेखि भने सरकारले बुढीगण्डकीको नाममा कर संकलन गर्न छाडेको थियो । बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

    बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करको नाममा संकलन गरेकै रकममध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई छुट्याउने निर्णय गरेको हो । बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने भन्दै ३ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्ड कार्यालय उद्घाटन गरेका थिए ।

  • काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने

    काठमाडौं विश्वविद्यालयले २८ नवप्रवर्तनलाई डेढ करोड लगानी गर्ने

    काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ ।

    जस अन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरुले आवेदन दिन सकिने छ भने १ करोड ऊर्जा लगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ । यस अन्तर्गत आवेदकहरु केयूसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउँनेछन् । केयूकाअनुसार, प्रत्येक नवीनत्तम सोचलाई ५ लाख गरी २८ वटा नवीनत्तम सोचलाई परियोजनाबाट सहायता पाउनेछन् ।

    कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

    मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ता भित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।

    ‘नवीनतम सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहानेहरुसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र भएर उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’

    प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयूले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

    केयू अन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियालाई लगानी गरिसकेको छ । विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी गरेका छन् ।

    इनरजाइज नेपालकाअनुसार यस आयोजनामार्फत दुई सय भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइसकेका छन् ।

    लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए । विद्यार्थी लगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयूले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो ।

    इनरजाइज नेपाल भने नर्वेजियन सरकारको सहयोगमा नर्वे राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीनतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो ।

    इनरजाइज नेपालको केयू, हाइड्रो ल्याब, एनटीएनयू र सिन्टेफ साझेदार छन् भने यसको व्यवस्थापन केयूले गर्दै आएको छ । यस अन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्नका लागिआर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ । यस अन्तर्गतका परियोजनाका लागि नर्वेजीयन सरकारले ५१ मिलियन अर्थात करिब ६५ करोड नेपाली रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

  • भन्सार नतिरी भित्रिएका मोवाइल सेट आजबाट बन्द गराइदै

    भन्सार नतिरी भित्रिएका मोवाइल सेट आजबाट बन्द गराइदै

    काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले सोमबार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । प्राधिकरणका अनुसार सोमबार ८ सयदेखि १ हजार मोबाइल सेट ब्लक गरिने छ । यो प्रणालीको कार्यान्वयनपछि अवैध तरिकाले (भन्सार नतिरी) नेपाल भित्रिएका मोबाइल सेट चल्ने छैनन् ।

    प्राधिकरणले गत १५ पुस २०७९ मै यो प्रणाली कार्यान्वयनमा ल्याउने जमर्को गरेको थियो । तर, एकसाथ लाखौं मोबाइल सेट बन्द हुने अवस्था आएपछि भएको आलोचनासँगै सरकार पछि हटेको थियो । एमडीएमएस अघिल्लो आर्थिक वर्ष २०७९–८० देखि नै सफ्ट लन्च गरी कार्यान्वयनमा ल्याउने घोषणा गरिएको थियो ।

    तर, पटक पटकको प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय १ जेठदेखि अनिवार्य कार्यान्वयन गर्ने भनी प्राधिकरणले निर्णय गरेपनि कार्यान्वयनमा ल्याउन सकेको थिएन । यसअघि प्राधिकरणले ४ कात्तिकमा एक सूचना प्रकाशित गरी १५ दिन भित्र मोवाइल सेटहरु दर्ता नगरे नचल्ने चेतावनी दिइएको थियो ।

    सो अवधि पुरा भएसँगै आजबाट कार्यान्वयन सुरु गरिएको हो । प्राधिकरणले सूचनामा भनेको थियो, १५ दिन भित्र एमडीएमएस प्रणालिमा दर्ता नभए उक्त मोवाइल ह्यान्ड सेटहरुमा नियमानुसार मोवाइल दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी गराइन्छ ।’

    दूरसञ्चार प्राधिकरणका अनुसार अहिले झण्डै १ करोड १६ लाख आईएमईआई नम्बर दर्ता छैनन् । सामान्यतया एउटा फोनमा २ वटा आइएमईआई नम्बर हुन्छन् । कतिपय सेटमा भने एउटा मात्र सेट नम्बर हुन्छ । एउटा सेटमा दुई वटा नम्बर हुने आधारमा पनि झण्डै ५० लाख भन्दा माथिको संख्यामा चलिरहेका मोबाइल सेट ग्रे लिस्टमा छन् । जो भन्सार नतिरी चलिरहेका छन् ।

    सरकारले पटक पटक दर्ताका लागि समेत दिएपनि उपभोक्ताले वास्ता गरेका छैनन् । यसरी बेवास्ताबीच चलिरहेका धेरैजसो फोन सेटहरु उपहारका रुपमा भित्रिएका छन् । सरकारले आइफोन र १ लाख लाखभन्दा माथिको बजार मूल्य भएका सेटलाई १० हजार रुपैयाँ कर तिरेर दर्ता गर्न सकिने गरी तोकेको छ । १५ जेठ २०८० सम्म विदेशबाट आफन्त वा साथीभाइले पठाएर–ल्याएर वा अन्य कारणले नेपालमा दर्ता नभएका मोबाइल सेट दर्ता गरी चलाउन सकिने गरी तोकिएको थियो ।

    आर्थिक ऐन २०८० मा सो व्यवस्था गरिएको छ । त्यसअवधियता भित्रिएका मोबाइल सेटको हकमा भने ऐन मौन रहेको छ । १ लाख भन्दा कमका स्मार्ट फोन ३ हजार र साधारण मोबाइल सेट २ सय रुपैयाँ तिरेर दर्ता गर्न सकिने प्रावधान रहेको छ । सरकारले ३० भदौ २०७९ पछि भन्सार नतिरी नेपाल ल्याइएका सबै मोबाइल सेटलाई ग्रे लिस्टमा राखेको छ ।

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई ६ महिना भन्दा बढी अवधि विदेशमा बसी फर्केका नेपाली नागरिकले त्यसको प्रमाण पेश गरी ल्याएका एक थान मोबाइल भने नेपालमा निःशुल्क दर्ता गर्न सक्छन् । ब्लक भएका मोवाइल सेटमा सिम चल्दैन । वाइफाइबाट अन्य एपहरु भने चल्छन् ।

  • वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द

    वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द

    काठमाडौं । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ ।

    अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

    वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा अत्यन्तै घातक मानिनेमा दिल्लीको वायुको एक्यूआई केही दिनदेखि लगातार चार सयभन्दा माथि रहेको छ । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई धुवाँले ढाक्ने गर्छ । नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ ।

  • भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्यो

    भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्यो

    काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकोट पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।

    टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्ने बताइएको छ ।


    केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए । उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरे । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ ।

    केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः२९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ । उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

  • नेपाल भूकम्प : ज्यान गुमाउनेको संख्या १२९

    नेपाल भूकम्प : ज्यान गुमाउनेको संख्या १२९

    काठमाडौं । जाजरकोट र रुकुममा भूकम्पले ठूलो मानवीय क्षति गरेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म १२९ जनाको मृत्यु भएको पुष्टी भएको छ । जसमध्ये जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको ज्यान गएको छ । अहिलेसम्म १४० जना घाइते भएको पुष्टी भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्दार र राहत केन्द्रित गरिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहालसहितको टोली फिल्डमा खटिएको छ ।

  • धादिङमा भुकम्प, काठमाडौं सहित देशका धेरै स्थानमा झट्का

    धादिङमा भुकम्प, काठमाडौं सहित देशका धेरै स्थानमा झट्का

    काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

    काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

  • केही दिन मौसम बिग्रने, धान बाली प्रभावित हुन सक्ने

    केही दिन मौसम बिग्रने, धान बाली प्रभावित हुन सक्ने

    काठमाडौं । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् । आज धेरै ठाउँमा बादल लाग्ने र भोलि तथा पर्सि पानी पर्ने अनुमान मौसम विद्को छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

    पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जानेछ । वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।

  • नेपाली बजारमा सार्वजनिक भयो आइफोनको नयाँ सिरिज, मूल्य कति ?

    नेपाली बजारमा सार्वजनिक भयो आइफोनको नयाँ सिरिज, मूल्य कति ?

    काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ । नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ ।

    जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छ । बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। २५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

    त्यस्तै, आईफोन १५ प्लसमा १२८ जीबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जीबीसहितको आईफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको आईफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। आईफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आईफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ।

    आईफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। २५६ जीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। ५१२ जीबीको आईफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।

    आईफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जीबी क्षमताको आईफोन १५ हो । जसको मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। सबैभन्दा महँगो भने एक टीबी क्षमताको आईफोन १५ प्रो म्याक्स हो । जसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

    जेनेरेसन नेक्स्टका अनुसार आईफोन १५ को कुनै पनि मोडल ग्लोबल आईएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुनेछ । आईफोन १५ मा १ वर्षको एप्पपल, एक वर्षको एक्स्टेन्डेण्ड वारेण्टी दिइएको छ ।

    फोनमा एक वर्षको स्क्रिन रिप्लेसमेन्ट सुविधा छ । नयाँ आईफोन किन्दा २० वाटको एड्याप्टर निःशुल्क पाइन्छ । यसैगरी १२८ जीबी क्षमताको आईफोन ११ को मूल्य ८९ हजार ९९० रूपैयाँ, १२८ जीबी आईफोन १२ को मूल्य १ लाख ६ हजार ९९० र १२८ जीबी आईफोन १३ को मूल्य १ लाख १९ हजार ९९० रूपैयाँ तोकिएको छ ।

  • आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

    आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

    काठमाडौं । आजबाट मौसममा सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अब लगातार झरी पर्नेछैन । मनसुन बहिर्गमनमा ढिलाइ भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको छ । नेपालमा अहिले भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ। त्यसकै प्रभावले भारी वर्षादेखि लगातार झरी परिरहेको थियो।

    आजबाट नेपालमा उक्त प्रणालीको प्रभाव कमजोर भई मौसममा क्रमिक सुधार आउने बताइएको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै मौसममा सुधार आएको छ । उपत्यकामा दिउँसो ‍छिटफुट वर्षाको सम्भावना छ तर हिजो अस्तिजस्तो ठूलो पानी नपर्ने महाशाखाको अनुमान छ । अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाको प्रक्षेपण छ।

    त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • कोभिड-१९ को खोप बनाउने चिकित्सकलाई नोवेल पुरस्कार

    कोभिड-१९ को खोप बनाउने चिकित्सकलाई नोवेल पुरस्कार

    काठमाडौं । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बिबिसीका अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिएका थिए ।


    प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षाका खातिर वितरण गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । खोपका लागि आवश्यक गुणसहितको सो एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायतका अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान चलिरहेको छ ।

    समान्यतया भाइरस वा ब्याक्टेरियाको पहिचान गर्दै तिनैको कोष प्रयोग गरेर प्रतिरोध क्षमताको विकास गरी खोपमा परिणत गरिन्छ । तर एमआरएनए प्रविधिमा त्योभन्दा फरक तरिका अपनाएर प्रतिरोध क्षमतासहितको खोप निर्माण गर्न सघाएको थियो । जुन प्रविधि अपनाउँदै मोडेर्ना र फाइजर बायोटेक कम्पनीले खोपको तीव्र विकास गरेका थिए । नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार विजेताले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठुलोमध्येको एक जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएकाले नोबेल पुरस्कार प्रदान गरिएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पनि कोभिड सङ्क्रमणको अवस्था विश्वबाट पूर्ण रूपमा मत्थर भइसकेको छैन । कोभिड भाइरसले आफ्नो जिनमै परिवर्तन गरेर आफ्नो स्वरूप बदल्दै मानव स्वास्थ्यमा बारम्बार आक्रमण गर्ने क्रम जारी रहेको छ । सङ्गठनका अनुसार हालसम्म विश्वका ६९ लाख ५९ हजार ३१६ जनाले कोभिड सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । झन्डै ७८ करोड मानिस कोभिड सङ्क्रमणमा परेका छन् ।

  • सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

    सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

    काठमाडौं । यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक–दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् । यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । यसले गर्दा देशभरको मौसम बदली भएको छ । अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने छ । दिनभरजसो बादल लाग्ने छ । अबको दुई–तीन दिनसम्मकैे मौसम यस्तै रहने अनुमान रहेको बताइएको छ । आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । ठूलो वर्षा भएका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो। आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालका यसपालि गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो।

  • चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?

    चन्द्रमामा रहेको भारतीय यान किन भयो निष्कृय ?

    काठमाडौं\बीबीबी । भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु हुने बित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको जानकारी दिएको छ । रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू सङ्कलन गरेर १० दिन बिताएका थिए।

    यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुनेगरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ। बीबीसीका अनुसार इसरोले यही “२२ सेप्टेम्बरतिर” चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू बिउँझिने आशा गरिएको बताएको थियो। चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र विक्रम र प्रज्ञान पुनः जागृत हुनेछन् भन्ने ठानिएको थियो।


    तर अहिलेको अवस्थाले के देखाएको छ भने चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्‍याएको हुनसक्छ। शुक्रवार इसरोले यसअघि ट्विटर भनिने एक्समा पोस्ट गर्दै लेखेको छ, विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी रहनेछ। आफ्नो चन्द्रयान-३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुवनेर अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको छ।


    उक्त सफलतासँगै अमेरिका, सोभियत सङ्घ र चीनपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्न सफल देशको सूचीमा भारत पनि सामेल भएको छ। अवतरणका लागि सावधानीपूर्वक चन्द्रदिनको सुरुवात हुने बेला छानिएको थियो। त्यसले गर्दा विक्रम र प्रज्ञानले काम गर्नका लागि दुई सातासम्म सूर्यको प्रकाश पाएका थिए। चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ। यसको मतलब चन्द्रमामा १४ दिनको दिन र १४ दिनको रात हुन्छ।


    इसरोले चन्द्रयानको अभियान र खोजहरू तथा उनीहरूले लिएका तस्बिरहरू नियमित रूपमा सार्वजनिक गरिरहेको छ। उनीहरूलाई निष्क्रिय पार्दा इसरोले विक्रम र प्रज्ञानले आफ्ना सबै कार्यहरू पूरा गरिसकेको तर अर्को चन्द्रदिन सुरु हुँदा उनीहरू पुनः सक्रिय हुने आशा व्यक्त गरेको थियो।

    विज्ञहरूले चीनले यसअघि पठाएका ल्यान्डर र रोभरको उदाहरण दिँदै ती सूर्योदयसँगै धेरै पटक ब्युँझिएका थिए भनेका छन्। तर इसरोका पूर्व प्रमुख एएस किरण कुमारले बीबीसीलाई बताए अनुसार चन्द्रमाको दक्षिणी ध्रुव नजिक रातको तापक्रम नियमित रूपमा माइनस २०० डिग्री सेल्सिअस देखि माइनस २५० डिग्री सेल्सिअसमा झर्ने बताए।

    उनका अनुसार ब्याट्रीहरूलाई त्यस्तो तापक्रममा सञ्चालन गर्न वा चलाउन मिल्नेगरी बनाइएको थिएन। इसरोले चाहिँ यदि विक्रम र प्रज्ञान पुनः सक्रिय भएनन् भने उनीहरू चन्द्रमामा भारतको चन्द्रमाका लागि राजदूतका रूपमा रहनेछन् भनेको छ।

  • एन्टार्क्‌टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?

    एन्टार्क्‌टिकमा किन मरे एकसाथ हजारौं पेङ्ग्विन ?

    काठमाडौं । दक्षिणी ध्रुव अर्थात् एन्टार्क्‌टिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ। त्यहाँ झण्डै १० हजार त्यस्ता कलिला पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ। ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो। ती चराहरू कि त डुबेर वा ठिहिरिएर मरेको हुनसक्ने बताइएको छ। सन् २०२२ को अन्त्यतिर भएको त्यस्तो घटना उक्त महादेशको पश्चिमतर्फ बेलिङ्जहाउजन सागरमा तैरिएको क्षेत्रमा भएको थियो।

    घटना भूउपग्रहमार्फत रेकर्ड गरिएको थियो। ब्रिटिश एन्टार्क्‌टिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको सङ्केत रहेको बताउँछन्। एम्परर पेङ्ग्विनको ९० प्रतिशत भन्दा धेरै बथान यस शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ। उक्त महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ। आफ्नो प्रजनन चक्रमा एम्पररहरू समुद्री बरफमा निर्भर हुन्छन्, चल्लाहरू हुर्काउनलाई यो स्थिर परिवेश हो। तर यदि त्यो बरफ हुनुपर्ने जति फराकिलो छैन वा धेरै छिटो टुट्यो भने यी चराहरू समस्यामा पर्छन्, उनले बीबीसीसँग भने।

    ू
    डा फ्रेटवेल र उनका सहकर्मीहरूले मृत्युको उक्त क्रमका बारेमा कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट जर्नलमा लेखेका छन्। ती वैज्ञानिकहरूले बेलिङ्जहाउजन सागर क्षेत्रमा रहेमा पाँच वटा बथानलाई अवलोकन गरेका थिए। ती क्षेत्रहरू रोत्थ्सचाइल्ड टापु, भर्डी इनलेट, स्माइली टापु, ब्रायन प्रायःद्वीप र फ्रग्नर प्वइन्ट छन्।

    ईयूको सेन्टिनेल(२ भूउपग्रहहरूको प्रयोग गरेर उनीहरूले पेङ्ग्विनका गतिविधिहरू अवलोकन गरेका थिए। पेङग्विनले सेताम्मे समुद्री बरफमा त्याग गरेका मलमूत्रको थुप्रोको आधारमा त्यस्तो अध्ययन गरिएको थियो। खैरो रङ्गको त्यस्तो मलमुत्रको धब्बा भूउपग्रहबाट समेत देखिन्छ। दक्षिणी गोलार्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन्। उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन्। ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयंमा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन्।

    त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर–ज्यानुअरी महिनाको आसपास हुन्छ। तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो। त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो।

    फलस्वरूप चारवटा बथानमा प्रजननपछिको प्रकृया पूर्णतः विफल भयो। उत्तरी क्षेत्र रोत्थ्सचाइल्डमा मात्र केही सफलता देखा पर्‍यो। एन्टार्क्‌टिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि उल्लेखनीय रूपमा घटेको छ। जसले गर्दा उक्त महाद्वीपको वरिपरि जमेको पानीको कुल क्षेत्रमा नयाँ न्यूनतम रेकर्ड कायम भएको छ।
    बीबीसी

  • इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना

    इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना

    काठमाडौं । युरोपेली सङ्घको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना सुनाएको छ ।
    टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ ।

    आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय दिएको छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाबारे टिकटकको अनुगमन शुरु गरेको थियो । तर, जरिबानापछि टिकटकले यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको जनाएको छ ।

  • भारतको सूर्ययानले यस्तो पठायो पहिलो तस्वीर

    भारतको सूर्ययानले यस्तो पठायो पहिलो तस्वीर

    काठमाडौं । भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ। भारतको अन्तरिक्ष अभियान आदित्य एल १ ले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ।

    यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो। यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो ल्यान्डर अवतरण गर्ने पहिलो देश बनेको केही दिनमै भारतको पहिलो सौर्य अन्तरिक्ष अभियान प्रक्षेपण भएको हो।

    बिहीवार बिहान इसरोले आदित्यमा जडित क्यामराबाट सेप्टेम्बर ४ मा लिइएका दुई वटा तस्बिर सार्वजनिक गर्‍यो। त्यसमध्ये एउटा तस्बिरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्। त्यसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो मात्रै देखिन्छ।

    दोस्रो तस्बिर चाहिँ सेल्फी हो। त्यसमा सूर्यतर्फ गइरहेको अन्तरिक्षयानमा रहेका सात वटा वैज्ञानिक उपकरणहरूमध्ये दुई वटा उपकरण देखिन्छन्। सौर्य प्रणालीको सबैभन्दा ठूलो वस्तु अध्ययनका लागि भारतले पठाएको अन्तरिक्षमा आधारित पहिलो अभियानको नाम पनि सूर्यको नामबाट राखिएको छ। हिन्दू धर्ममा देवताको रूपमा पुजिने सूर्यलाई आदित्य नामले पनि चिनिन्छ। एल १ को अर्थ लाग्रान्ज विन्दु १ हो। यही विन्दुतर्फ भारतको अन्तरिक्षयान गइरहेको छ।

  • नयाँ आइफोनमा टाइप-सी चार्जर, इयूको नियमसामु झुक्यो एप्पल

    नयाँ आइफोनमा टाइप-सी चार्जर, इयूको नियमसामु झुक्यो एप्पल

    काठमाडौं । आगामी सेप्टेम्बर १२ मा सार्वजनिक हुने एपलको नयाँ आईफोनमा यूएसबी टाइप सी चार्जर पोइन्ट हुने निश्चित भएको छ। एपल कम्पनीले निर्माण गरेका फोनमा छुट्टै लाइट्निङ अड्याप्टर प्रयोग हुँदै आएको छ।

    अरू साम्सङजस्ता अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उक्त अड्याप्टरले काम गर्दैन। युरोपेली सङ्घ ईयूको कानुनले उपभोक्ताहरूको पैसा बचत र त्यसबाट निस्किने फोहोर कम गर्न मोबाइल फोन उत्पादकहरूलाई सन् २०२४ भित्र समान किसिमको चार्जिङ कनेक्शन बनाउन अनिवार्य गरेको छ।

    नयाँ आईप्याडजस्ता एपलका अधिकांश नयाँ उत्पादनहरूले यसअघिबाटै यूएसबी टाइप सी प्रयोग गरिरहेका छन्। तर यो कम्पनीले ईयूको नयाँ नियमको प्रतिवाद गरेको छ। सन् २०२१ को सेप्टेम्बरमा ईयूको नयाँ कानुन बन्दा एपलका एक प्रतिनिधिले बीबीसीसँग भनेका थिए, “एउटै प्रकारको मात्रै कनेक्टर अनिवार्य गर्ने कठोर कानुनले नवप्रवर्तनलाई प्रवर्धन गर्नुको साटो दमन गर्छ। यसले युरोप र विश्वभरिकै उपभोक्ताहरूलाई अन्ततः क्षति नै गर्छ।”

    लाइट्निङबाट यूएसबी(सी जोड्न मिल्ने अड्याप्टरहरू यसअघि नै एमजनसहितका अन्य विद्युतीय सामग्री उत्पादकहरू बनाइसकेका छन्। अर्को कुरा आईफोन–एइटपछि उत्पादित आईफोनका सबै संस्करणहरूमा वायरलेस चार्जिङ सुविधा उपलब्ध छ।

    अहिले चलिरहेको आईफोन(फोर्टीन (आईफोन १४) लाइट्निङ चार्जिङ पोइन्ट भएको एपलद्वारा उत्पादित सबैभन्दा नयाँ उपकरण हो। यदि नयाँ आईफोनमा यूएसबी(सी चार्जर पोइन्ट आए त्यसले लाइट्निङ केबलको अन्त्यको सङ्केत गर्ने छ। त्यसको मूल्य अहिले एपल स्टोरमा १९ पाउन्ड छ। एपलको विश्वव्यापी उत्पादनमा नै यस्तो परिवर्तन हुन लागेको हो वा युरोपमा मात्रै भन्ने स्पष्ट छैन।

    तर यो प्रविधि कम्पनीले युरोपेली बजारका लागि मात्रै छुट्टै उत्पादन बनाउने सम्भावना निकै कम छ। यो परिवर्तन आगामी साता सार्वजनिक हुन लागेका आईफोन–फिफ्टीन र आईफोन–१५ प्रो मा हुने अपेक्षा गरिएको छ। ब्लूम्बर्ग न्यूजका अनुसार एकै प्रकारको चार्जिङ पोइन्ट हुँदा उपभोक्ताहरूले एउटै चार्जरबाट आईप्याड, म्याक र आईफोन चार्ज गर्न सक्छन्। त्यसबाहेक डाउनलोड गति पति तीव्र हुन सक्छ।

    युरोपेली सङ्गले बनाएको एउटै चार्जर प्रयोग गर्नुपर्ने नियमले साना र मध्यम आकारका बोकेर हिँड्न मिल्ने विद्युतीय उपकरणहरूलाई समेटेको छ। तारको माध्यमबाट चार्ज गर्नुपर्ने यस्ता साधनहरूमा जसले उत्पादन गरेको भए पनि यूएसबी टाइप सी पोर्ट हुनुपर्ने भनिएको छ। ल्याप्टपहरूका लागि पनि यो नियम आकर्षित हुन्छ।

    तर उत्पादकहरूलाई यस्तो परिवर्तन कार्यान्वयनका लागि केही लामो समय दिइएको छ। ईयूका अनुसार यसले उपभोक्ताहरूको अनावश्यक चार्जर खरिदमा ३५ अर्ब नेपाली रुपैयाँ बराबरको वार्षिक खर्च जोगिन सक्छ। साथै यस्तो निर्णयबाट फोहोर उत्पादन समेत प्रतिवर्ष ११,००० टन कमी आउने दाबी गरिएको छ।

    BBC

  • काठमाडौं–लुक्ला रुटमा इनरूट वेदर क्यामरा जडान

    काठमाडौं–लुक्ला रुटमा इनरूट वेदर क्यामरा जडान

    काठमाडौं । मौसमी सूचना प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं–लुक्ला हवाई रुटमा इनरूट वेदर क्यामेरा जडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा मौसमी सूचना दिने क्यामेरा जडान गरेको हो ।

    यसले गन्तव्य र प्रस्थान गर्ने विमानस्थलसँग रुटमा कस्तो मौसम छ भन्नेबारे प्रत्यक्ष जानकारी दिन्छ । प्राधिकरण र केन्द्रबीच अघिल्लो वर्ष यसबारे सम्झौता भएको थियो । सोही सम्झौता अनुसार यसअघि पोखरा–जोमसोम रुटमा क्यामेरा जडान भइसकेको छ ।

    आवश्यकताका आधारमा थप अन्य गन्तव्यमा समेत इनरूट वेदर क्यामेराहरु जडान गरिने प्राधिकरणले जनाएको छ । यस्ता क्यामेरा सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन हुनुपर्ने गरी सम्झौता भएको थियो । यस्ता क्यामेरा जडान र युसको सञ्चालन खर्च भने प्राधिकरणले बेहोरेको छ । काठमाडौं–लुक्ला रुट हवाई उडानका दृष्टिकोणबाट बढी जोखिमपूर्णमध्ये एक मानिन्छ ।

  • ५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति

    ५ वर्षसम्म १०९ मेगावाट विद्युत निर्यात गर्न भारतले दियो अनुमति

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४ रुपैयाँ) मा बिक्री गर्नेछ ।

    सोलु दूधकोशी र दोर्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः ८३.४२ मेगावाट र २६.१९ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति स्वीकृति प्राप्त भएको प्राधिकरण स्रोतले जानकारी दियो । एनभीभीनले उक्त विद्युत भारतको हरियाणाका विद्युत वितरण कम्पनीलाई बिक्री गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअगाडि नै नेपाल विद्युत प्राधिकरण र एनभीभीएनबीच ५ वर्षसम्म वर्षायाममा २ सय मेगावाटसम्म विद्युत खरिद बिक्रीका लागि सम्झौता भएको थियो ।

    प्राधिरकणले उक्त विद्युत ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट भारत जाने भएको छ । प्राधिकरणले ५ वटा जलविद्युत आयोजनाको २ सय मेगावाट विद्युत ५ वर्षसम्म बिक्रीका लागि स्वीकृतिका लागि पेश गरेको थियो । त्यसमध्ये २ वटाको मात्रै अनुमति दिएको हो । प्राधिकरणले १० जुलाइमा यो प्रस्ताव गरेको थियो । पछिल्लो सम्झौता मध्यमकालीन भएको र अब हरेक वर्षायाममा नेपालबाट भारतमा सो परिमाणको बिजुली निर्यात निश्चित गरिएको समेत प्राधिकरणको भनाइ छ ।

    पहिलो वर्ष ५ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म र त्यसपछिको चार वर्षका लागि भने १ जुनदेखि ३१ अक्टोबरसम्म बिजुली निर्यात हुने भएको छ । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री भइरहेको छ । भारतले नेपालको १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय समेत गरेको छ ।