काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट… Continue reading दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक
Category: विज्ञान प्रविधि
ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने
काठमाडौं । ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः शुरुवात गरेको छ । यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् । ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ । एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ… Continue reading ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो
काठमाडौं । सोमबार काठमाडौंमा यस सिजनकै सबैभन्दा चिसो कायम भएको छ । आज न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्दै जाँदा देशैभर चिसो बढेको हो । हिमाली जिल्लामा हिमपात समेत शुरुभएको छ । तराईका जिल्लामा पनि… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो
सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना
काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा कडाई गर्ने भएको छ । जाँच नगरी सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी वातावरण विभागले दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिँदै सूचना जारी… Continue reading सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना
हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने
काठमाडौं । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्। उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको बीबीसीले लेखेको छ । यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको… Continue reading हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने
देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान
काठमाडौं । काठमाडौंसहित देशभर तापक्रम घट्दै जाँदा चिसो बढेको छ । दिउँसोमा भने घाम लाग्दा अधिकतम तापक्रम धेरै खस्किसकेको छैन । आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न शुरु भएको छ । चिसोबाट बच्न मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार… Continue reading देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान
६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क
एजेन्सी । मानव मस्तिष्कलाई अहिलेसम्मको सबैभन्दा जटिल जैविक संरचनाका रुपमा लिइन्छ । विज्ञानले मस्तिष्कलाई पूर्ण रूपमा नबुझेपनी न्यूरोसाइन्सको विस्तारित क्षेत्रमा अनुसन्धानकर्ताहरूले प्रगति गरिरहेका छन्। यसैक्रममा एलन मस्कले मानव मस्तिष्कमा चिप राखेर परीक्षण शुरु गर्न लागेका छन् । मस्कको कम्पनी न्युरलिङ्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कको परीक्षण गर्ने भएको हो । बुधबार आयोजित शो एण्ड टेलु… Continue reading ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क
सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार
सान फ्रान्सिस्को । अमेरिकाको सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान गरेका छन्। यो निर्णयले एकदमै खराब परिस्थितिमा प्रहरीले विस्फोटक पदार्थ सहितका रोबटहरू खटाउनसक्ने बाटो खोलिदिएको बीबीसीले जनाएको छ । स्टप किलर रोबट नामक समूहकी डाक्टर क्याथरिन कोनोलीले अप्ठेरो निर्णय लिने काममा मानव संलग्न नहुने भएकाले यसको गलत प्रभाव… Continue reading सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी,… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या
काठमाडौं । हिमाली र उच्च पहाडी जिल्ला हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसले निर्वाचन सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको बताइएको छ । हुम्लासहितका जिल्लामा निर्वाचन सामग्री ओसर पसारमा समस्या देखिएको हो । पर्वातारोहण वा पदयात्रामा समेत चूनौति थपिएको छ । चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा… Continue reading उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरबाट ११ मंसिर सम्म पोखराको क्यालिब्रेसन उडान गर्ने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो
काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल
फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रचार शैली फेरिन थालेको संकेत मिलेको छ । साविकमा ठूल्ठूला आम सभा, पर्चा पम्प्लेट छपाएर गाउँगाउँ पुग्ने उम्मेदवार अब सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार गर्नेको संख्या बढेको छ । यसले लाखौं रुपैयाँ बाहिरिएको समेत पाइएको… Continue reading फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो
पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै
काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गरिने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको… Continue reading पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै
अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए
डलास । अमेरिकी राज्य डलासमा एयर शोका दौरान द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । यस घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने खुलेको छैन । घटनाको समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ ।… Continue reading अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए
ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो
काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट… Continue reading ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो
काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन
काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो । अझै… Continue reading काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन
रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक
झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो। योग गुरु… Continue reading रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक
काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । महानगर क्षेत्रभित्र कसैले खुला… Continue reading काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध
आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै
पेरिस । विश्वका ठूला सूचना प्रविधि कम्पनी आर्थीक मन्दीमा पर्न थालेका छन् । मख्यगरी सामाजिक संजाल ट्वीटर, फेसबुक, मेटा लगायत कम्पनीले चर्को मन्दीको सामना गर्नुपरेको छ । ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको गत हप्तामा अर्को सामाजिक सञ्जाल सञ्चालकले कर्मचारी कटौतीको निर्णय गरेको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले… Continue reading आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै
पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु
काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ। राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार राति ताप्लेजुङ केन्द्र भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। मंगलबारको भूकम्पको धक्का पश्चिम… Continue reading पश्चिम नेपालमा भूकम्प, डोटी केन्द्रविन्दु
पूर्वी नेपालमा भूकम्प
काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६… Continue reading पूर्वी नेपालमा भूकम्प
ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्। ‘ट्वीटरमा… Continue reading ट्वीटरले गर्यो एक साथ ३ हजार ५ सय कर्मचारी कटौती
ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ । ट्वीटरका सीईओ एलन मस्कले यस्तो जानकारी दिएका हुन् । यसअघि उनले २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति अनुसार मासिक आठ डलर तोकिएको… Continue reading ट्वीटर भेरिफाइड बनाउन मासिक ८ डलर शुल्क तोकियो
इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
काठमाडौं । ट्विटरको कमाण्ड सम्हालेपछि एलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई-फेई ली र मिमी अलेमेहेउ समावेश छन्।… Continue reading इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै
तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १,… Continue reading तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम
अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ । गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन्… Continue reading अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने
काठमाडौं । टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्। बीबीसीका अनुसार एक अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पाइएको छ । तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर… Continue reading टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने
जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?
काठमाडौं । देशभर चिसो बढ्दा न्यूनतम तापक्रम समेत तल झर्ने क्रम जारी छ । पश्चिमी वायुको प्रभावले नेपालमा क्रमशः चिसो बढाइरहेको छ । जुम्लामा न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै केहीबेर घाम लाग्ने र फेरि बदली हुने भइरहेको छ । यस्तै, हिमाली जिल्लामा हिउँ पर्न… Continue reading जुम्लामा १ डिग्रीमा झर्यो न्यूनतम तापक्रम, काठमाडौंमा कति ?
भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?
नयाँ दिल्ली । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग आउन छाडेसँगै कम्पनीहरुले उत्पादन गरेको खोप नास हुन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ। संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको जानकारी गराएको… Continue reading भारतीय कम्पनी सेरमले किन नष्ट गर्यो १० करोड डोज कोरोना खोप ?