काठमाडौं–बीबसिी । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ। गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्। गत… Continue reading यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी
Category: विज्ञान प्रविधि
त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक
काठमाडौं । उच्च अदालत पाटनले वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ। शकुन्तलाल हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ । रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर… Continue reading त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक
सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो… Continue reading सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख
देशभर आज पनि ठूलो वर्षाको सम्भावना
काठमाडौं । शुक्रबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । अहिले देशभरकै मौसम बद्ली भएको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्धावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ… Continue reading देशभर आज पनि ठूलो वर्षाको सम्भावना
काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही… Continue reading काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान
मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना
काठमाडौं । आइतबारबाट नेपालमा मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा… Continue reading मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना
कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने
काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ । स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष… Continue reading कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने
फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन
काठमाडौं\एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध सेवन गरेको विषय अनुसन्धानबाट पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथीहरूसँगको पार्टीमा लठ्ठिएर नाचेको दृश्य सार्वजनिक भएपछि त्यहाँको विपक्षी दलले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको माग गरेको थियो। विपक्षी दलको माग अनुसार उनले स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन नगरेको पाइएको बीबीसीले जनाएको छ। मरिनले गत शुक्रबार आफ्नो स्वास्थ्य… Continue reading फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन
कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ
झापा । झापामा कन्सलटेन्सीका नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक– ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र… Continue reading कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ
काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न दक्षिण कोरियासँग प्रस्ताव गरेका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलसँग भेट्दै उनले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका हुन् । सिहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ,… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव
उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?
इथियोपिया । ३७ हजार फिट उचाइमा उडिरहेको जहाजमा पाइलट निदाएपछि यो घटना यतिबेला विश्वभर चासोको विषय बनेको छ । अवतरणका क्रममा भने उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ। विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए। बिबिसीलेएभिएशन हेराल्डलाई उदृत गर्दै लेखे अनुसार अन्ततः पाइलटहरू ब्युँझे… Continue reading उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?
चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
फ्लोरिडा । अमेरिकाले चन्द्रमामा मानवसहितको रकेट पठाउने तीव्र तयारी गरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको बीबीसीले लेखेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको प्याड ३९बीमा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ। त्यो परीक्षण… Continue reading चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध
काठमाडौं । आजदेखि नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लागेको छ । सरकारले १ भदौबाट लागुहुने गरी यस्तो व्यवस्था गरेको हो । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थालिने भएको छ । यस्तो काम वातावरण विभागले गर्दै आएको छ । विभिन्न स्थानमा… Continue reading ४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध
वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष आग्रह गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई… Continue reading वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव
आगामी तीन दिनसम्म वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ… Continue reading आगामी तीन दिनसम्म वर्षाको सम्भावना
ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा
काठमाडौं\बीबीसी । अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ। ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै… Continue reading ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा
बिहीबार बिहान खुल्यो आकास, दिउँसो वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा बिहीबार बिहान आकास खुलेको छ । तर, दिउँसोदेखि पहाडी भूभाग र अन्य भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मुलुकको प्रदेश एक, मधेस प्रदेश र बागमती… Continue reading बिहीबार बिहान खुल्यो आकास, दिउँसो वर्षाको सम्भावना
आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना
काठमाडौ । बुधबार समेत देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपर्ने र एक्कासी ठूलो वर्षा हुनेछ । मंगलबार रातीबाटपरेको ठूलो वर्षाका कारण काठमाडौंमा वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म बाढी पसेको छ । दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा… Continue reading आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना
सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । सोमबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । मौसमविद्का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ।… Continue reading सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । आइतबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा बढी वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना… Continue reading आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का
काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका५ मात्तिम बिर्ता… Continue reading नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का
चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
टोकियो । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसारउता, ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र… Continue reading चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट
आजबाट मौसममा सुधार आउने
काठमाडौं । नेपालमा आजबाट मौसममा सुधार देखिने भएको छ । बुधबार साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक÷दुई दिन बढी पानी पर्ने छ । अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ ।… Continue reading आजबाट मौसममा सुधार आउने
मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
काठमाडौं । मंगलबार पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
सोमबार देशभर भारी वर्षाको संभावना
काठमाडौं । सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशका प्रदेश १, बागमती,… Continue reading सोमबार देशभर भारी वर्षाको संभावना
देशभर भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं आइतबार देशभर मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको… Continue reading देशभर भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
आज पनि देशभर मौसम प्रभावित
काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि… Continue reading आज पनि देशभर मौसम प्रभावित
नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध
काठमाडौं । सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ । मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५… Continue reading नेपालभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध
देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ । यसले पहिरोको जोखिम रहेका पहाडी भेगमा समेत जोखिम अझ बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान… Continue reading देशभर अविरल वर्षा, नदी किनार र पहाडी भेगमा जोखिम
पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने
काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार रातीबाट अविरल वर्षा भइरहेको छ । काठमाडौं र यसबाट पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी परेको छ । पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर ठाउँको आसपासमा नै रहेकाले त्यस क्षेत्रमा ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ३\४ घण्टादेखि झापा, मोरङ, सुनसरी, सप्तरी,… Continue reading पूर्वी नेपालमा आज ठूलो वर्षा, नदीमा पानीको बहाव बढ्ने