Category: विज्ञान प्रविधि

  • द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन

    द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ-तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

    रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९र८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रूत मार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय मन्त्रिपरिषद्को एउटै बैठकले निर्णय गरेर गाँठो फुकाएको स्पष्ट गर्दै समयभित्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    सेनाका उच्च अधिकारीलाई उपप्रधानमन्त्री खड्काले निर्देशन दिँदै भने, ‘केही अल्झनमा रहेको द्रूतमार्गको प्रस्थान विन्दुबाहेक अन्यन्त्र सबै क्षेत्रको काम अघि बढाउनुस्, समस्या पहिचान गरी समाधानको उपाय खोजौँ । नीतिगत निर्णयका आधारमा हुने ढिलाइ हटाऔँ । निर्णय समयमा नहुँदा विकास निर्माणलाई क्षयीकरण भएको छ ।’

    उनले कुन आयोजना, कुन ऐन र कानुनले अप्ठेरो पारेको र त्यसका सम्बोधन गर्न सकिन्छ कसरी भन्ने विषय समीक्षामा ल्याइनुपर्ने र त्यसलाई तत्कालै सम्बोधनका लागि प्रयास गर्नुपर्नेमा जोड दिए । आगामी २०८३ चैत मसन्तसम्ममा पूरा गर्ने लक्ष्य लिइएको द्रुतमार्ग आयोजना शुरु भएयताको हालसम्मको भौतिक प्रगति २५ दशमलव ५४ र वित्तीय प्रगति २८ दशमलव ११ रहेको सो अवसरमा जानकारी दिइयो ।

    नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजना भ्याटसहितको सुरु लागत रु एक खर्ब ७५ अर्ब १२ करोड ४० लाख रहने अनुमान छ । आव २०७९-८० को लक्षित भौतिक प्रगति ३२ दशमलव ८६ र वित्तीय प्रगति ८३ दशमलव २८ रहेको छ ।

    आयोजनालाई १३ प्याकेजमा विभाजन गरी एकदेखि सात वटासम्म निर्माण ठेक्का सम्झौता भई काम भइरहेको तथा तीन वटा प्याकेज बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको दुई वटा प्याकेज डीपीआर परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिइयो ।

    खोकना क्षेत्रको प्याकेज भने जग्गा प्राप्तिमा समस्याको कारण अघि बढ्न नसेकेको अवस्था छ । चालु आवमा आयोजनाका लागि रु २२ अर्ब ५० करोड बजेट स्वीकृत भएको छ । आयोजनामा हालसम्म रु ४९ अर्ब २३ करोड खर्च भइसकेको छ ।

    समीक्षा बैठकमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको पछिल्ला तीन बैठकका निर्णय कार्यान्वयनको स्थिति, मातहतका निकाय र आयोजनाका लागि विनियोजन बजेट तथा खर्चको स्थिति, राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाको प्रगति, सम्पादित मुख्य कार्य, गुनासो व्यवस्थापन, बेरुजु स्थिति फछ्र्योटको विवरण, प्रमुख समस्या र समाधनका सम्भावित उपायका विषयमा गहन छलफल भयो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले रक्षा मन्त्रालय र मातहतका निकायबाट सम्पादित कार्य र लक्ष्य प्राप्तिमा देखिएको सफलताले आगामी दिनमा पनि निरन्तरता प्राप्त गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयले गत आवमा वित्तीयतर्फ ९७ दशमलव ५९ र भौतिकतर्फ ९७ दशमलव ९१ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

    प्रधानसेनापति प्रभुराम शर्माले विपद्को बेला एउटै अस्पतालमा एकै पटक धेरैलाई उपचार गर्न सकियोस् भन्ने उद्देश्यका साथ अघि बढाइएको अस्पतालका लागि सरकारबाट वर्ष रु १२ करोड बजेट प्राप्त भएको तथा सेनाले त्यसमा एक अर्ब खर्च गर्ने योजना रहेको स्पष्ट गरे ।

    उनले भने, ‘द्रुतमार्गमा बजेट छ, तर त्यहाँ नियम, कानुन, ऐन, वन, जमिन र गर्नुपर्ने काम लामो छ, एकै पटक सक्छु भनेर हुन्न । ती सबै विषय पूरा गर्दा लामो समय लाग्ने भएकाले दिएको बजेट पनि फिर्ता गर्नुपरेको हो । पूर्वाधारका लागि तयारीमा हामी ढिला भएर हो । आयोजना पूरा गर्ने स्थितिमा फरक परेको छैन ।’

    रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव बाबुराम अधिकारीले मन्त्रालय र मातहतका निकायमार्फत सञ्चालित आयोजना, प्राप्त उपलब्धि र कार्यान्वयनमा देखिएका चुनौतीसम्बन्धी विस्तृत विवरण प्रस्तुत गरे । मन्त्रालय मातहत द्रूतमार्ग, बङ्करदेखि ब्यारेकसम्म कार्यक्रम, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय सेवा दल तालिम, उत्तर दक्षिण कोरिडोर, राष्ट्रपति चुरेलगायतका कार्यक्रम सञ्चालनमा छन् ।

  • टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध

    टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध

    काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान् छ।

    अहिले देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ। काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ।

    रातिपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

  • आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?

    आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ ।

    विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

    त्यस्तै, बाँके, बर्दिया, दाङ, सिन्धुली, मकवानपुर, बारा, धनुषा, सर्लाही, चितवनमा ठूलो पानी परेको छ । ललितपुरको खोकना क्षेत्रमा पनि बाढीको जोखिम रहेको छ भने बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन र सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बर्दियाको बबई नदीको चेपाङ, बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । बबई तटीय क्षेत्रमा आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

    त्यस्तै, सिन्धुलीको कमला नदी, रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।

    बाँकेको कुसुम वर्षा मापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ । त्यस क्षेत्र भइ बहने स–साना खहरे खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च छ ।

    त्यस्तै,कञ्चनपुर र कैलालीको धेरै ठाउँमा पानी परेको छ । कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायत साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन भनिएको छ । बाराको कलैया, सिमरा, निजगढ, रौतहटको गरुडा र आसपास पनि भारी वर्षा मापन भएको छ ।

    बकैया नदी, जमनी नदी, पसाह नदी र अन्य नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । आज दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

  • नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

    नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

    काठमाडौं । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृति अनुसार नरिवल फुटाएर चामल, वाइन, नुन र फुलबाट संयुक्त पूजा गरेर मार्ग खोलेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको जानकारी दिए ।


    सुरुङ मार्गमा धादिङ (पश्चिम) तर्फबाट प्रवेश गरी काठमाडौँ (पूर्वतर्फ) निस्किने कार्यक्रम छ । मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ । आयोजनाका प्रवक्ता कोइरालाले मुख्य सुरुङ मार्ग आगामी असोजमा छिचोलिने जानकारी दिए । मुख्य सुरुङ मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको उनको भनाइ छ ।

    आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । यसैगरी आर्थिक प्रगति ६३ प्रतिशत पुगेको छ । अहिलेसम्म आयोजनाका लागि जग्गा खरिदमा करिब सात अर्ब र भौतिक संरचना निर्माणमा आठ अर्ब रुपियाँ खर्च भइसकेको छ।

  • कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?

    कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?

    काठमाडौं । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ।

    त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।

    अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पनि सम्भावना छ भने लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?

    कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षा तथा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना छ।

    यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • नासाको भोइजर टू यान कहाँ हरायो ?

    नासाको भोइजर टू यान कहाँ हरायो ?

    काठमाडौं । अन्तरिक्षमा अर्बौँ किलोमिटर पर सम्पर्कविहीन भएको भोइजर टू अन्तरिक्षयानबाट सङ्केतहरू प्राप्त गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। गलत निर्देशनका कारण नासाले गत महिनादेखि त्यससँग सम्पर्क गर्न सकेको थिएन। उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्न छ।

    पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो। फलतः उक्त यानको निर्देशन पालना गर्ने वा पृथ्वीमा डेटा पठाउने क्षमता अवरुद्ध भयो। तर मङ्गलवार आकाश नियमित रूपमा स्क्यान गर्ने क्रममा उक्त यानबाट उत्पन्न सङ्केतहरू भेटिएको नासाले बताएको छ।

    अक्टोबरमा उक्त यान रिसेट हुँदा फेरि सम्पर्क र्स्थापित हुने नासाको आशा छ। भोइजर टू पृथ्वीबाट १९.९ अर्ब किलोमिटरभन्दा पर छ। त्यहाँ उक्त उक्त यान ताराहरूको बीचको भागमा ५५,३४६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ। गत जुलाई २१ यता उक्त यानले कमान्ड लिन वा नासाको ुडीप स्पेस नेटवर्कुलाई डेटा पठाउन सकिरहेको थिएन।

    नासाको उक्त सञ्जालअन्तर्गत संसारभरि ठूला रेडिओ एन्टेनाहरू जडान गरिएको छ। तर भोइजर टूले पृथ्वीमा रहेका कन्ट्रोलरहरूले पठाएको निर्देशन लिइरहेको छैन। सीमित सम्पर्क पुनर्स्थापित भएसँगै अब यसबाट सूचना आदानप्रदान हुने आशा वैज्ञानिकहरूले गरेका छन्। नासाले भोइजर टूले अहिले पनि राम्रो अवस्थामा सङ्केतहरू प्रसारण गरिरहेको जनाएको छ।

    यसअघि सोमवार अस्ट्रेलियाको राजधानी क्यान्बरामा रहेको नासाको एउटा विशाल डिशले विगत ४६ वर्षदेखि काम गरिरहेको भोइजर टूबाट उत्पन्न सङ्केत खोज्ने प्रयास गरेको थियो। सम्पर्क पुनर्स्थापित गर्ने प्रयासमा उक्त एन्टेनाले भोइजर टू भएको क्षेत्रतर्फ व्यापक रूपमा सही निर्देशनहरू पठाएको उक्त मिशनको व्यवस्थापन गरिरहेको नासाको जेट प्रोपल्शन ल्याबोरटरीले जनाएको थियो। अर्बौँ किलोमिटर पर रहेको उक्त यानबाट पृथ्वीसम्म सङ्केत आइपुग्न १८ घण्टाभन्दा लामो समय लाग्छ।

    पूर्ण सम्पर्क स्थापित गर्न नसकिएको अवस्थामा आफ्ना एन्टेना पृथ्वीतर्फ सोझ्याउनका लागि भोइजर टू वर्षमा कैयौँ पटक रिसेट हुनेगरी प्रोग्र्यामिङ गरिएको छ। अर्को रिसेटको समय अब अक्टोबर १५ मा तय गरिएको छ। त्यतिखेर पूर्णसम्पर्क पुनर्स्थापित गर्न सकिने नासाले जनाएको छ। सन् १९७७ मा भोइजर टूलाई भोइजर वनभन्दा १६ दिनअघि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो

    यसबीचमा वैज्ञानिक उपकरणहरू जडित उक्त अन्तरिक्षयान ब्रह्माण्डमा योजनाबद्ध मार्गमा रहने नासाको अपेक्षा छ। भोइजर टू र सँगसँगै बनेको भोइजर वनले मात्र अहिलेसम्म हेलिओस्फिअर र समग्र सौर्यमण्डल बाहिर रहेर काम गर्न सकेका छन्। सूर्यबाट उत्पन्न कणहरूको सुरक्षात्मक घेरा र चुम्बकीय क्षेत्रलाई हेलिओस्फिअर भनिन्छ।

    ती दुई यान इन्टर्स्टेलर स्पेस अर्थात् ताराहरूबीचको अन्तरिक्षमा क्रमशः सन् २०१८ र २०१२ मा पुगेका थिए। ती यानलाई सौर्यमण्डलका बाह्य ग्रहहरूको दुर्लभ एकत्रीकरणबाट लाभ हुनेगरी बृहस्पति र शनि ग्रहको अन्वेषण गर्न बनाइएको थियो। त्यस्तो अवस्थिति १७६ वर्षमा हुने गर्छ।

    भोइजर टू वरुण र अरुणको अगाडिबाट यात्रा गर्ने एक मात्र अन्तरिक्षयान हो। अहिले पृथ्वीबाट २४ अर्ब किलोमिटरभन्दा पर अवस्थित भोइजर वन सबैभन्दा टाढा पुगेको अन्तरिक्षयान हो। ती प्रत्येक यानमा पृथ्वीका कुरा ‘बाह्य संसार’ लाई थाहा दिन सकिनेगरी पृथ्वीका ध्वनि, तस्बिर र सन्देशहरू भएको एउटा ‘गोल्डन रेकर्ड’ राखिएको छ।

  • आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

    आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


    राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

    सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।

    आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

  • तीन प्रदेशमा आज ठूलो वर्षा

    तीन प्रदेशमा आज ठूलो वर्षा

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य, बदलीको अवस्था छ।

    कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना महाशाखाले औंल्याएको छ।

    रातिपख देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

  • जुलाई विश्व इतिहासकै सबैभन्दा गर्मी महिना घोषित

    जुलाई विश्व इतिहासकै सबैभन्दा गर्मी महिना घोषित

    काठमाडौं । वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् । वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ ।

    संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले एक संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी महिना भएको पुष्टि गरेका छन् । राष्ट्रसंघ महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले भयानक रुप लिइरहेको भन्दै यो त्रासदीपूर्ण रहेको चेतावनी दिएका छन् ।

    उच्चतम तापक्रमको यो अवस्था केवल खतरनाक सुरुआत मात्र रहेको भन्दै उनले मानवजाति विश्वव्यापी उम्ल्याइतर्फ अगाडि बढिरहेको बताएका छन् । यो जुलाईमा गर्मीको असर पूरै दुनियाभर देखिएको छ । चाहे ग्रिक टापु रोड्स होस् वा अमेरिकाको दक्षिण पश्चिम इलाका होस् ।

    चीनको एक गाउँमा त तापमान ५२.६ डिग्री सेल्सियस पुगेको छ । जर्मनीको लाइपिग विश्वविद्यालयले बुधबार एक तथ्यांक सार्वजनिक गरेको छ । त्यसले पनि जुलाई महिना यो पटक विश्वमै सबैभन्दा गर्मी महिना रहेको उल्लेख गरेको छ । यो जुलाई महिनाले अन्त्यसम्ममा सबै खालका तापमानका रेकर्ड तोड्ने छ ।

    जुलाईमा विश्वको तापमान सन् २०१९ को जुलाईको तुलनामा औसतमा ०।२ डिग्री .सेल्सियस बढी रहेको छ । यसअघि यतिधेरै गर्मी १७४ वर्षअघि थियो । यो पटकको जुलाईको विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस बढी रहेको बताइएको छ । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका जलवायु वैज्ञानिक माइकल मानका अनुसार विश्वमा जिवाश्म इन्धनको दहन हुँदासम्म पृथ्वी यहीँ प्रकारले तातो हुँदै जानेछ ।

  • प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका

    प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको थियो ।

    सोही अनुसार काठमाडौं महानगरपालिकाले अनुगमनमा कडाइ गर्न लागेको हो । बजेटमा महानगरपालिकाले ‘४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध’ गर्ने उल्लेख गरेको छ ।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्लास्टिकको अनुगमन गर्न टोली परिचालन गर्ने बताएका छन् । ‘हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौं,’ मेयर शाहले भनेका छन्, ‘प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ ।’

    महानगरका अनुसार अनुगमन टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्नेछ । ‘पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्ने छ भने प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन,’ अनुमगन टोलीलाई दिएको निर्देशनमा भनिएको छ । महानगरपालिकाका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । अहिले नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    राति बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सिद्धार्थ राजमार्ग अवरुद्ध, कालिगण्डकी करिडोरमा पनि पहिरो

    सिद्धार्थ राजमार्ग अवरुद्ध, कालिगण्डकी करिडोरमा पनि पहिरो

    काठमाडौं । अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको तिनाउ–३, स्थित दोभान नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

    पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

    कालीगण्डकी कोरिडोर अन्तर्गत रम्भाको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । मङ्गलबार बिहानैदेखि सडक खुलाउने प्रयास भए पनि पानी नरोकिँदा पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पानी राकिएपछि पहिरो तत्काल हटाइने र सडक खुलाइने प्रनाउ थापाले जानकारी दिए ।

  • मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

    मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

    काठमाडौं । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।

    तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

    यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।

  • ट्वीटरको नाम र लोगो दुवै परिवर्तन

    ट्वीटरको नाम र लोगो दुवै परिवर्तन

    काठमाडौं । एलन मस्कले ट्वीटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ‘एक्स’ राखिएको छ ।

    वेबमा ट्वीटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ । कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए ।

    यो ठूलो परिवर्तनलाई धेरैले मन पराएका छैनन् । सामाजिक सञ्जालमा यो परिवर्तनको लागि मानिसहरूले एलन मस्कको आलोचना पनि गरिरहेका छन्।

    एलन मस्कलाई चिनियाँ एप वी च्याट निकै मनपर्छ र उनले धेरै पहिले भनेका थिए कि उनी वी च्याट जस्ता कुरा ल्याउन चाहन्छन्। वी च्याट चीनको एक सुपर एप हो जहाँ सबै प्रकारका सेवाहरू उपलब्ध छन्।

  • मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

    मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

    काठमाडौं । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    अन्य प्रदेशका पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एक-दुई स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। ‍ वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी

    भयानक आगलागीसँगै जुध्दै ग्रीस, मानिसहरुको उद्धार जारी

    काठमाडौं । ग्रीसको रोड्स द्वीपमा जारी भयानक आगलागीका कारण हजारौं मानिस प्रभावित बनेका छन् । अत्यधिक तापमानका कारण यूरोप अहिले अति प्रभावित छ । त्यसमाथि ग्रीसमा आगलागीले सताइरहेको छ । जंगलमा लागेको आगोका कारण अहिलेसम्म पर्यटकसहित हजारौ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मुलुकको दमकल विभागले यो आगोले अहिलेसम्मकै चूनौतिपूर्ण परिस्थिति सिर्जना गरेको जनाएको छ ।

    अहिलेसम्म ३५ सय मानिसको उद्धार गरिएको छ । पुरै यूरोप यतिबेला हीटवेवको चपेटामा छ । यो द्वीपको जंगलमा मंगलवारदेखि आगो सल्किएको हो । तीब्र गतिमा चल्ने तातो हावाले अझै आगो फैलाइरहेको छ । ग्रीसको क्लाइमेट क्राइसिस तथा सिविल प्रोटेक्शन मिनिस्ट्रीका अनुसार अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । मन्त्रालयका अनुसार रोड्सकाहोटलमा रहेका पर्यटकलाई समेत त्यहाँबाट निकालेर दोस्रो द्धिपमा पठाइएको छ । यहाँ हेलीकप्टर र दमकल विभागका तर्फबाट अग्नी नियन्त्रणको काम जारी छ । मौसम विभागका अनुसार यहाँ तापक्रम ४५ डिग्रीसम्म जाने अनुमान छ ।

  • पृथ्वीमा तापक्रमले रेकर्ड ब्रेक गरिरहेको वैज्ञानिकहरुको चेतावनी

    पृथ्वीमा तापक्रमले रेकर्ड ब्रेक गरिरहेको वैज्ञानिकहरुको चेतावनी

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने ठानिएको छ। मौसम र समुद्र ज्यादै जटिल भएकाले यी घटनाक्रमलाई जलवायु परिवर्तनसँग तत्कालै जोडिहाल्न अप्ठेरो छ।

    तर अध्ययनहरू जारि छन् र वैज्ञानिकहरूले अझ खराब अवस्था आउनसक्ने आकलन गरिरहेका छन्। “मौसम प्रणालीका सबै हिस्सा कीर्तिमानी वा असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति मलाई थाहा छैन,” लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथ भन्छन्।

    इम्पेरिअल कलेज लन्डनस्थित जलवायु विज्ञानका प्राध्यापक पाउलो सेपीले पृथ्वीमा ‘विगतमा नदेखिएको अवस्था उत्पन्न हुनुमा’ खनिज इन्धनले निम्त्याएको जलवायु परिवर्तन र सन् २०१८ यता एल निन्यो नामक प्राकृतिक मौसम प्रणालीका कारण वृद्धि भएको तापक्रम जिम्मेवार रहेको बताए। यो गर्मीयाममा कम्तिमा चार वटा मौसम सम्बन्धी कीर्तिमान तोडिएका छन्।

    सन् २०१६ मा कायम विश्वव्यापी औसत तापक्रमको कीर्तिमान भङ्ग गर्दै यो जुलाईमा हालसम्मकै सर्वाधिक गर्मी दिन महसुस गरियो। विश्वको औसत तापक्रम पहिलो पटक १७ डिग्री सेल्सियसभन्दा माथि पुग्यो। जुलाई ६ मा औसत तापक्रम १७।०८ सेल्सियस पुगेको युरोपेली सङ्घको मौसम निगरानी सेवा कपर्निकसले जनाएको छ। तेल, कोइला र ग्यासजस्ता खनिज इन्धनको प्रयोगबाट हुने उत्सर्जनलाई पृथ्वीमा तापक्रम बढ्नुको कारण मान्ने गरिन्छ।

    इम्पेरिअल कलेज लन्डनका जलवायु वैज्ञानिक फ्रेडरिक अट्टोका अनुसार हरितगृह ग्यासका कारण तात्दै गएको विश्वमा यस्तो हुने भविष्यवाणी यसअघि नै गरिएको थियो। औद्योगिक काल सुरु हुनुअघिको जुन महिनाको साधारण तापक्रम भन्दा यसपटकको जुन महिनाको तापक्रम १.४७ सेल्सियसले बढी थियो।

    सन् १८०० आसपास औद्योगिक क्रान्ति सुरु भएपछि मानिसहरूले हरितगृह ग्यासलाई वायुमण्डलमा पठाउन थाले। एक दशकअघि सन् २०२३ को गर्मीमा यस्तो परिस्थिति आउने भविष्यवाणी गर्न सकिने अवस्था थियो ? यो प्रश्नको जवाफमा लन्डन स्कुल अफ इकोनोमिक्सका स्मिथ मौसम सम्बन्धी अवधारणाहरूले लामो समयको प्रवृत्तिबारे राम्रोसँग भविष्यवाणी गर्न सक्ने भए पनि १० वर्षको पूर्वानुमान गर्न अप्ठेरो हुनेू बताउँछन्।

    विश्वभरका समुद्रको औसत तापक्रमले पनि मे, जुन र जुलाई महिनाको विगतको तथ्याङ्कमा नयाँ कीर्तिमान रचेको छ। त्यो सन् २०१६ को समुद्री सतहको सर्वाधिक तापक्रमको दिशामा उन्मुख भइरहेको छ। तर वैज्ञानिकहरूलाई मुख्य गरी उत्तर आन्ध्र महासागरमा बढिरहेको तापक्रमले चिन्तित तुल्याएको छ।

    Martin Bernetti / AFP / Getty

    युनिभर्सिटी अफ ब्रिस्ट्रोलकी पृथ्वी विज्ञान सम्बन्धी प्राध्यापक डेनियला स्मिट भन्छिन्, “हामीले आन्ध्र महासागरको यो क्षेत्रमा उष्णलहर कहिल्यै पनि देखेका थिएनौँ। मैले यस्तो अपेक्षा गरेको थिइनँ।” जुन महिनामा आयरल्यान्डको पश्चिमी तट छेउको तापक्रम ४ देखि ५ डिग्री सेल्सियसको बीचमा थियो। त्यसलाई न्याश्नल ओसियानिक एन्ड एटमोसफिअरिक एडमिनिस्ट्रेशनले ‘क्याटेगोरी पाँचको हिटवेभ’ अर्थात् ‘चरम भन्दा खराब’ मौसमका रूपमा उल्लेख गरेको थियो।

    प्राध्यापक स्मिटका अनुसार विश्वमा तापमान वृद्धि भइरहँदा वायुमण्डलको अधिकांश तापलाई समुद्रले सोसिरहेको प्रस्ट छ। उनले तापक्रम बढ्दा त्यसले विश्वको ५० प्रतिशत अक्सिजन उत्पादन गरिरहेको समुद्री पर्यावरण चक्रमा पनि प्रभाव पर्ने बताइन्। “जब हामी उष्णलहरको कुरा गर्छौँ मानिसहरूले रुख र घाँसहरू मरिरहेको सोच्छन्। आन्ध्र क्षेत्रमा हुनुपर्ने भन्दा ५ सेल्सियस तातो भएको अवस्थामा त्यहाँका जीवहरूलाई सामान्य जस्तो रहनका लागि ५० प्रतिशत बढी आहारा चाहिन्छ।”


    एन्टार्क्टिकमा समुद्री बरफले ढाकिएको क्षेत्र विगतका जुलाई महिनाको तुलनामा हालसम्मकै कम छ। सन् १९८१ देखी २०१० सम्मको औसतसँग तुलना गर्दा त्यहाँ यूकेको आकारको १० गुणा बरफ हराएको छ। जलवायु परिवर्तनसँगको खास सम्बन्ध केलाउने प्रयास गरिरहेका वैज्ञानिकहरू यो देखिएर चिन्तित छन्।

    विश्वमा भएको तापक्रम वृद्धिले एन्टार्क्टिक सीको बरफको तह घटाउनसक्ने भए पनि अहिलेको नाटकीय कमी स्थानीय मौसम वा समुद्री करेन्टहरूले पनि निम्त्याएको हुनसक्ने ब्रिटिस एन्टार्क्टिक सर्भेकी वैज्ञानिक क्यारोलिन होम्ज बताउँछिन्। उनले कीर्तिमान तोडिएको भन्दा पनि नराम्रोसँग भङ्ग गरिएको उल्लेख गरिन्। “जुलाई महिनामा यस्तो कहिल्यै देखिएको थिएन। विगतको कम भन्दा यो १० प्रतिशत कम हो जुन ज्यादै ठूलो हो।”

    वैज्ञानिकहरूले जलवायु परिवर्तनले समुद्रको बरफमा कुनै विन्दुमा प्रभाव पार्ने विश्वास गरेका थिए। तर द्रुत गतिमा देखिएका परिवर्तनले उनीहरूलाई आश्चर्यमा पारेको छ। डाक्टर होम्ज भन्छिन्, “तपाईँले यसलाई हामी भीरबाट लडिसकेको अवस्थासँग तुलना गर्न सक्नुहुन्छ। तर हामीलाई त्यसको मुन्तिर के छ भन्ने अझै थाहा छैन।” वैज्ञानिकहरूले यस्ता कीर्तिमानहरू आगामी वर्षहरूमा अझै भङ्ग हुँदै जानसक्ने ठानेका छन्।
    बीबीसीको सहयोगमा

  • कुन स्थानमा आउनेछ आज ठूलो वर्षा ?

    कुन स्थानमा आउनेछ आज ठूलो वर्षा ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ् सहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोप र हावाहुरीको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • २ साल यता एक्टिभ नभएका गुगल अकाउण्ट स्वतः बन्द हुँदै

    २ साल यता एक्टिभ नभएका गुगल अकाउण्ट स्वतः बन्द हुँदै

    काठमाडौं । पछिल्लो २ साल यता एक्टिभ नभएका गूगल अकाउण्ट अब बन्द हुने भएको छ । गुगलले एक्टिभ नभएका अकाउण्ट्सलाई प्लेटफर्मबाट हटाउने बताएको छ । यसले यूजरनेम फ्री हुने र दोस्रो व्यक्तिले सो अकाउण्ट् चलाउन पाउने मौका मिल्ने छ । गूगल अकाउण्ट डिलीट गर्ने प्रक्रिया यसै वर्ष डिसेम्बरबाट शुरू हुने भएको छ ।

    अकाउण्ट डिलीट गर्नु अगाडी कम्पनीले एक वार्निग मेल भने पठाउने भएको छ । गूगल अकाउण्ट डिलिट हुनुको मतलव यससँग जोडिएका फोटोज, मेल, युट्यूवसहित सबै डाटा डिलीट हुन्छ । कम्पनीले खासगरी कमजोर सुरक्षा भएका र एक्टिभ नभएका सबै अकाण्टलाई आफै हटाउन लागेको हो । यसबाट ह्याकर्षको हातमा युजर्सका सूचनाहरु पुग्न नसकुन भन्ने उद्देश्य कम्पनीको छ ।

    गूगलले यस्ता अकाउण्ट्स भने डिलीट गर्नेछैन, जसले यूट्यूब भिडियो राखेको छ, अथवा यूट्यूब भिडियो पोस्टेड अकाउण्ट अहिलेका लागि सुरक्षित नै रहने छ । गूगलले केवल पर्सनल अकाउण्ट्स डिलीट गर्नेछ । बिजनेस या शिक्षण संस्थानका अकाउण्ट पनि सुरक्षित नै रहनेछन् ।

  • साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन

    साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा प्रधानमन्त्रीले गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।

    साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई गम्भीर भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले निर्देशित गरेको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए ।


    बैठकमा प्रधानमन्त्री प्रचण्ड समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेको काम कारबाहीबारे बिफ्रिङ गरेका थिए । बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो ।

  • शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

    शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

    काठमाडौं । शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।

    प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।

    प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।

    पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ। त्यस्तै चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

    त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ।

    प्राधिकरणका अनुसार भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।

    प्राधिकरणले ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारू गर्ने जानकारी गराएको छ।

  • अबको केही दिन कम वर्षा हुने

    अबको केही दिन कम वर्षा हुने

    काठमाडौं । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ।

    मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ। अहिले न्युनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात् नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ। अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू(भागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले वर्षका कारण हुनसक्ने जोखिम तथा क्षतिबाट बँच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

  • ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति

    ट्वीटरको आम्दानी आधाले घटेको मस्को स्वीकारोक्ति

    काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’

    उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् । टेस्ला र स्पेसएक्स जस्ता बिख्यात कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेदेखि नै ट्वीटरको स्थिति सम्हालिन सकेको छैन ।

    उनले विज्ञापनदाता शीर्ष अधिकारीहरुलाई कम्पनीबाट हटाउने, कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरेका छन् । सुधारको नाममा उनले गरेका विभिन्न निर्णयहरु आलोचित समेत भएका छन् ।

    यही बीचमा ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटा कम्पनीको थ्रेड्स आएको छ । असन्तुष्ट ट्वीटर प्रयोगकर्ताहरु थ्रेड्समा आकषिर्त भएका बेला मस्कले भने त्यसविरुद्ध कानुनी कारबाही थाल्ने चेतावनी दिएका छन् ।

  • लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा

    लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा

    काठमाडौं । देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघ-गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

  • भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान

    भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान

    काठमाडौं । भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ । प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताएका छन् । प्रमुख एस सोमनाथका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।

    योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउने चौथो दशे बन्ने छ । चन्द्रमाको यो भागको अहिलेसम्म नक्साङ्कन भएको छैन । चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भिरहरू छन् । केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म छ।

    चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । त्यहाँको सतहको अन्वेषण गर्दा सौर्यमण्डलको निर्माणसँग सम्बन्धित रहस्योद्घाटन पनि हुन सक्छ । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिइएको आफ्नो चन्द्र अभियानलाई असफल हुन नदिन सबै उपाय अपनाएको बताएको छ ।

    चन्द्रयान–३ अभियानका लागि भारतले झन्डै ८ करोड डलर खर्च हुने अनुमान गरेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन सकिएको थिएन ।

  • कुन भेगमा आज भारी वर्षा ?

    कुन भेगमा आज भारी वर्षा ?

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी छ । अहिले मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।


    मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ। सप्तरी, मोरङ र सुनसरीमा धेरै भारी वर्षा भइरहेको उनले बताएका छन्। काठमाडौंको पश्चिमी भूभागहरुमा पनि फाटफुट वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। उनका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।

    मनसुनको न्यूनचापीय रेखा नेपालतिर पूरै नसरेर पूर्वी भाग नेपाल सरिरहेको र पश्चिमी भाग अझै दक्षिणतिरै रहेको झाले बताए।

    ‘मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथितिर अथवा नेपालतिर सर्‍यो भने वर्षा गराउने सम्भावना रहन्छ। दक्षिणतिर सर्‍यो भने मनसुन ब्रेक हुन्छ। नेपालतिर सर्‍यो भने नेपालमा सक्रिय र भारतमा ब्रेक हुन्छ,’ उनले भने, ‘पश्चिमी भाग चाहीँ अझै दक्षिणतिर नै छ।’ आज साँझदेखि भोलिसम्म मध्य र पश्चिम भूभागमा यसको एक्टिभिटी बढ्ने सम्भावना रहेको उनले बताए।

  • मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए

    मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो। हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि स्पेसल टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने निर्णय भएको छ ।

    हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने भएको छ । प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ।

    प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडान माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ। सेयर सदस्य (लगानीकर्ता) का रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको छ ।