काठमाडौं । सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९… Continue reading एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ
Category: विज्ञान प्रविधि
कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ
काठमाडौं । प्रहरीले कल सेन्टरबाट हुने ठगी धन्दामाथि अपरेसन तिब्र पारेको छ । सो क्रममा आइतबार तिलोत्तमाबाट डेढ सय जनालाई पक्राउ गरेको प्रहरीले सोमबार काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिलाई पक्राउ गरेको छ। स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक… Continue reading कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ
अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा जेठ १४ गते रातिको… Continue reading अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो
सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का
काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।
ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ
बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय… Continue reading ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ
नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?
काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज… Continue reading नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?
देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन । महाशाखाका… Continue reading देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान
केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी
काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन ठूलो वर्षाको सम्भावना छैन । प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। आगामी ३ दिन (आइतबार)सम्म हल्कादेखि मध्यमसम्म वर्षा भने हुने छ । मनसुनको न्यून चापीय रेखा सरदर… Continue reading केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी
इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा
काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले… Continue reading इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा
देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च
काठमाडौं । बिहीबार देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम दिनभर जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए… Continue reading देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च
चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्न विभिन्न ६ प्रकारका झोला नागरिकलाई बाड्ने भएको छ । फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न अनुरोध गर्दै नगरपालिकाले यस्तो जानकारी गराएको हो । मगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो। यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका… Continue reading चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर
बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड
लण्डन । बेलायतमा यस वर्षकै सबैभन्दा उच्च तापमान रेकर्ड भएको छ । सोमबार ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन कायम भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूले मङ्गलवार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्। सोमवारको उक्त तापक्रम स्यान्टन डाउनह्याम, सफोकको हो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो। यूकेको मौसम पूर्वानुमान… Continue reading बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड
आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान
काठमाडौं । मंगलबारबाट बिहीबारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। मंगलबार बिहान प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि… Continue reading आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान
नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।… Continue reading नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु
पेरिस । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ। फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ। आगलागीका कारण दक्षिणी… Continue reading यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु
मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुनकै मौसममा ३२ डिग्रि सेल्सियस तापक्रम मापन भएको छ । सामान्यतया प्रि मनसुनको समयमा मात्र काठमाडौंमा यो तापक्रम मापन हुने गरेको थियो । मनसुनमा केही दिनयता ब्रेक लागेको छ । जसले गर्दा देशभर तापक्रम बढेको हो । गर्मीका कारण तराई भेगको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । वीरगन्ज, हेटौडालगायतमा विद्यालयहरु बन्द… Continue reading मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम
कतै खडेरी कतै वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
काठमाडौं । मनसुन जारी रहेका कारण मुलुकको धेरै भूभागमा वर्षा भइरहेको छ । तर, मध्य र पश्चिम तराईका जिल्लामा भने पानी नपर्दा चर्को गर्मीले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।… Continue reading कतै खडेरी कतै वर्षा, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका अनुसार उडान नं २५३ बाट बुधबार दिउँसो धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट सल्याएका थिए । त्यसपछि धुँवा उडेपछि यात्रु आत्तिएका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान… Continue reading जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा
मानवरहित उडानमा नयाँ रेकर्ड
काठमाडौं । एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको जेफर एसु नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो। व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन… Continue reading मानवरहित उडानमा नयाँ रेकर्ड
नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर
न्यूयोर्क । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेको समाचार एजेन्सीहरुले बताएका छन् । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देखिएको छ । यसलाई… Continue reading नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर
आज पनि देशका अधिकांश भेगमा वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती तथा कर्णाली प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको सम्भावना… Continue reading आज पनि देशका अधिकांश भेगमा वर्षाको सम्भावना
ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?
काठमाडौं । ट्वीटर खरीद गर्ने सम्झौताबाट इलन मस्क पछि हट्ने निर्णयमा पुगेका छन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरीद गर्न सम्झौता गरेका थिए । तर, माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै उनले ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको… Continue reading ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?
बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत
काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग… Continue reading बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत
धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते
चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालीका–८ मझुवामा रहेको कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते
चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार
काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । टावर नं.… Continue reading चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार
मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली
मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत… Continue reading मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली
आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुन जारी छ । जसका कारण सोमबार समेत देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम भने चल्नेछ । राति… Continue reading आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो
काठमाडौं । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। आइतबार प्राप्त… Continue reading बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो
आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम
काठमाडौं । आइतबार देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । बिहान मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया मौसम सफा रहनेछ छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी… Continue reading आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम
भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक
नयाँ दिल्ली । भारतले एकल प्रयोग हुने (यु एण्ड थ्रो) प्लाष्टिकका सामान उत्पादन, बिक्री र प्रयोग निधेष गरेको छ । प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका वस्तुमा जुलाई १ बाट प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा र्यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड,… Continue reading भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक