Category: विज्ञान प्रविधि

  • भारतीय कफ सिरप निर्यातमा रोक

    भारतीय कफ सिरप निर्यातमा रोक

    काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ ।

    गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ। केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।

    उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो। खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ। संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको पावर हाउस समेत भन्ने गरिन्छ।

    तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू लाग्ने गरेको छ ।
    कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।

  • कस्तो छ आजको मौसम ?

    कस्तो छ आजको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पश्चिमबाट न्यूनचापीय प्रणाली पूर्वतिर सर्ने क्रममा गण्डकीबाट बागमती प्रदेशमा आइपुगेको छ। यसले मेघगर्जन र चट्याङसहित वर्षा गराउने महाशाखाको भनाई छ ।

    काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको तराईका भूभागमा हावाहुरीको सम्भावना छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

    रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

    काठमाडौं । अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन्। अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्। उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्नेछिन्।

    उनले आफ्नो कामबाट मध्यपूर्वका सबै पृष्ठभूमिका महिलाहरूलाई प्रेरित गर्ने आशा राखेकी छिन्। आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उनले भनेकी छिन्, “विश्वभरिका मानिसहरूका लागि भविष्य एकदमै उज्ज्वल छ। म तपाईँहरू पनि ठूलो सपना देख्नुहोस् भन्ने चाहन्छु। आफूमा र मानवतामा विश्वास गर्नुहोस् भन्ने चाहन्छु।” बर्नावी एक्सिओमको दोस्रो मिसनमा खाडी अधिराज्यका दोस्रो पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै गएकी हुन्। उनीहरूसँग यो मिसनमा एकजना कमान्डर र एक पाइलटसहित दुईजना अमेरिकी पनि सहभागी छन्।

    उनीहरू स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत्‌ अन्तरिक्षमा पुगेका थिए। यो रकेट फल्कन ९ रकेटको माथिल्लो भागमा जडान गरिएको थियो। ड्रागन स्वायत्त रूपमा आईएसएसमा सोमवार १३स्१२ जिएमटीमा जोडिएको एक्सिओम स्पेसले ट्वीटमार्फत् जनाएको छ। अन्तरिक्षमा परिक्रमा गरिरहने प्रयोगशालाबाट यो टोलीका सदस्यहरूले २० भन्दा धेरै विज्ञान र प्रविधिसम्बन्धी प्रयोगहरू गर्नेछन्। उनीहरूले खोज गर्ने विषयहरूमा अन्तरिक्षको मानव स्वास्थ्यमा असर र वर्षा(बीउ प्रविधि पनि समेटिएका छन्।

    बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिककी रूपमा गरेका कामको अनुभवका आधारमा आफ्ना केही प्रयोगहरू गर्नेछिन्। हालैको एक पत्रकार सम्मेलनमा उनले पहिलो साउदी अन्तरिक्षयात्री बन्दै गर्दा आफूलाई निकै खुसी लागेको र सम्मानित भएको महसुस भएको बताएकी थिइन्। उनले आफ्नो अनुभव आईएसएसबाटै भिडिओमार्फत् बालबालिकाहरूलाई सुनाउने योजना बनाएको बताएकी थिइन्।

    “उनीहरूले पहिलो पटक आफ्नो क्षेत्रको अन्तरिक्षयात्री देख्दा उनीहरूको अनुहारमा देखिने भाव हेर्न पाउँदा निकै रोमाञ्चक हुँदो हो,” उनले भनिन्। साउदी अन्तरिक्ष आयोगकी सल्लाहकार तथा साउदी मूलकी अमेरिकी एरोस्पेस इन्जिनियर मिसाल आस्मिमरीले भनिन्, “हाम्रो लक्ष्य भनेको विज्ञानको माध्यमबाट मानव जातिलाई फाइदा पुर्‍याउनु हो।” साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए। मानव अधिकारकर्मीहरूले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरू सीमित गरेको बताउने गरेका छन्। बीबीसी

  • केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

    केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

    काठमाडौं । अबको दुई–तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । त्यसैले आजदेखि दुई–तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन । आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ ।

    आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ । भोलि मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको छ ।

  • उड्नै लागेको जहाजमा जब मुसो देखियो…

    उड्नै लागेको जहाजमा जब मुसो देखियो…

    काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो।


    तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको प्रवक्ता निरौलाले बताए। उक्त जहाजमा ४९ जना यात्रु बोर्डिङ भइसकेका थिए। काठमाडौंबाटै उडेको जहाज थियो। त्यहाँबाट यात्रु बोकेर काठमाडौं आउन लागेको थियो। यात्रुहरू बसिसकेका थिए। त्यसबेला यात्रुले मुसा देखेपछि उडान रोकिएको हो । जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर पुगेको छ ।

  • दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

    दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

    काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले दिएको सिफारिसका आधारमा प्राधिकरणले यस्तो निर्णय लिएको हो ।

    दुर्घटनाग्रस्त विमान ६२ वर्षका पाइलटले उडाएका थिए । अहिले नेपालमा सबै गन्तव्यमा जहाज उडाउने पाउने उमेर ६५ वर्ष तोकिएको छ । तर आयोगले बढ्दो उमेरसँगै पाइलटको कार्यक्षमतामा आउने ह्रासका कारण हुने जोखिम उच्च हुने निष्कर्ष निकालेको छ र छोटो धावनमार्ग रहेका विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर हद ६० वर्षमा झार्न सिफारिस गरेको छ ।

    प्रतिवेदन अनुसार ५५ वर्ष हाराहारीसम्म राम्रो कार्य कुशलताका साथ काम गर्ने भएपनि त्यसपछि भने क्रमशः क्षमता घट्दै जाने देखिएको छ । यो तथ्य अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत प्रमाणित भएको संयोजक सुमनले बताए । पाइलटको शारीरिक तथा मानसिक स्वास्थ्य, विगतमा भएका दुर्घटनाको रेकर्डको वैज्ञानिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिएको छ ।

    पोखराबाट जोमसोम उडेको उक्त जहाज दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको मूख्य कारण मौसममा अकस्मात आएको खराबी थियो । तर चालक दलले जहाजमा रहेका उपकरणहरुलाई उचित तरिकाबाट सञ्चालनमा ल्याउन नसकेको अध्ययनले देखाएको छ ।

    प्रतिवेदन अनुसार जहाज जमिनको नजिकै जाँदा चेतावनी दिने प्रणाली ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ अफ गरिएको थियो । जसले गर्दा जहाज जमिनमा ठोक्किने अवस्था आउँदा समेत चालक दलले यसको संकेत पाएनन् । यो जहाजमा सबै भार चालकले उठाएका थिए । को–पाइलटको यो गन्तव्यमा मात्र दोस्रो उडान थियो । पाइलट बढी उमेर र ज्यादै अनुभवी भएपनि अनुभवविहीन को–पाइलट राख्नु वायुसेवा कम्पनीको कमजोरी मानिएको छ ।

  • अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

    अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

    काठमाडौं । अमेरिकाको मोनान्टा शहरमा टिकटक प्रतिबन्ध गरिने भएको छ । त्यहाँका गभर्नर ग्रेग जियानफोर्टले बुधबार प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर गरे। जसअनुसार १ जनवरीदेखि प्रतिबन्ध लागु हुने बताइएको छ ।

    भिडियो सेयरिङ प्लेटफर्म टिकटकले भने यो प्रतिबन्धले मोन्टानाका जनताको पहिलो संशोधन अधिकारको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    पछिल्लो समय टिकटकले चीन सरकारलाई डाटा हस्तान्तरण गर्न सक्ने चिन्ताको कारण विश्वभरका अधिकारीहरूको छानबिनमा आएको छ।

    रिपब्लिकन, जियानफोर्टेले सांसदहरूलाई्र प्रतिबन्धले चिनियाँ कम्युनिष्ट पार्टीको निगरानीबाट मोन्टानानहरूलाई जोगाउन सकिने बताए ।

    यता टिकटकले एक विज्ञप्तिमा भनेको छ हामी मोन्टानानहरूलाई आफूलाई अभिव्यक्त गर्न, जीविकोपार्जन गर्न र समुदाय खोज्नको लागि टिककट प्रयोगलाई जारी राख्न आश्वस्त पर्ने छौं किनकि हामी मोन्टाना भित्र र बाहिर हाम्रा प्रयोगकर्ताहरूको अधिकारको रक्षा गर्न लागी पर्ने छौ । साथै टिकटकले कानूनलाई अदालतमा चुनौती दिने अपेक्षा गरिएको छ।

    गत महिना, मोन्टानाका सांसदहरूले ५४ मध्य ४३ जनाको बुहमतले व्यक्तिगत उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरे।

    कानूनतः एप स्टोरहरूले टिकटक राख्न मिल्छ तर प्रयोग गरिरहेकाको हकमा भने प्रतिबन्ध लगाउन मिल्दैन । १ मिलियन भन्दा बढी जनसंख्या भएको मोन्टानाले गत डिसेम्बरमा सरकारी उपकरणहरूमा एपलाई प्रतिबन्ध लगाएको थियो।

    टिकटकको १५० मिलियन अमेरिकी प्रयोगकर्ताहरू रहेको बताएको छ। यद्यपि एपको प्रयोगकर्ता आधार हालका वर्षहरूमा विस्तार भएको छ ।

    यो अझै पनि किशोरकिशोरीहरू र उनीहरूको २० वर्षका प्रयोगकर्ताहरू बीच सबैभन्दा लोकप्रिय छ। यद्यपि, अमेरिकी राजनीतिक स्पेक्ट्रममा टिकटक राष्ट्रिय सुरक्षा जोखिम हुन सक्छ भन्ने चिन्ताहरू छन्।

  • काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

    काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

    काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा जारी छ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मौसम अझै तीन दिन बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना छ ।

    अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ। काठ‍माडौै उपत्यकामा विहानैदेखि बादल लागेका कारण भिजिविलिटी कम रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ। मौसमको यो क्रम आगामी तीन दिनसम्मै जारी रहने छ ।

  • तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

    तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो ।

    प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउने नियम छ ।

    हाल विभिन्न पत्रपत्रिकामा इन्टरनेट सेवा प्रदायकले आपसी मिलोमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भइसकेको भनी समाचार प्रकाशित भएका साथै केही इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महसुलदर बढाएको भनी उपभोक्ताले विभिन्न माध्यमबाट गुनासोसमेत व्यक्त गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोसमेत प्राधिकरणले जनाएको छ ।

    इन्टरनेट सेवा प्रदायकले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क/महसुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने भएकाले सो कार्य नगर्नसमेत प्राधिकरणले उक्त सूचनामार्फत आग्रह गरेको छ ।

    यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क/महसुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्तबमोजिम प्राधिकरणबाट अनिवार्यरूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरेपश्चात मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेबमोजिम अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई शुल्क/महसुलदर स्वीकृत गराएर मात्र लागू गर्न आग्रह गरिएको छ ।

    दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्ने विद्यमान कानूनी व्यवस्थाबमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धासमेतलाई मध्य नजर गरिँदै आएको प्राधिकरणले जनाएको छ ।

    उक्त व्यवस्थाअनुसार प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवाप्रदायकले स्वीकृत शुल्क/महसुलदरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्क/महसुलदरभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको जनाएको छ ।

    शुल्क/महसुलदर बढाउन इन्टरनेट सेवा प्रदायकलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पष्ट हुन सम्बन्धितलाई जानकारी गराउँदै कुनै उपभोक्तालाई स्वीकृत महसुलदरभन्दा बढी शुल्क/महसुलदर लिने गरी बिल/बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराइदिनु भई नियमन गर्ने कार्यमा सहयोग पुर्याइदिन प्राधिकरणले सोही सूचनामार्फत आग्रह गरेको छ ।

  • नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

    नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

    काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् ।

    मन्त्रीको निर्देशपछि करिब दुई महिना गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन् । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ ।

    यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट १३५ रुपैयाँ लाग्ने गरेको थियो ।

    त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ । त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।

  • बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी

    बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी

    काठमाडौं । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

    बुटवलको गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको लुम्बिनी केबलकार जेठको १० गते सञ्चालनमा आउने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘जेठ १० गते केबलकार अपरेसनमा ल्याउने तयारी छ’, अध्यक्ष ढकालले भने, ‘केबलकार सञ्चालनसंगै टप स्टेशनमा बनेको कामाख्या मन्दिरमा एक हप्तासम्म पुजाआजा गर्ने कार्यक्रम छ ।’

    यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिएपनि प्राविधिक काम सम्पन्न नभएकाले जेठको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख गोपाल साउदले जानकारी दिए । बुटवल उपमहानगरपालिका–३ बमघाटमा तल्लो र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा केबलकारको माथिल्लो तथा अन्तिम स्टेशन छ । केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, बाल उद्यान,जिपलाइन लगायत संरचना निर्माण हुने उनले बताए ।

    मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्ने उनले बताए । केवलकारको तल्लो स्टेशन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेकाले १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केबलकार सञ्चालन पछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए ।

    भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शितलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक आकर्षित हुने विश्वास रहेको अध्यक्ष ढकालले बताए । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि बसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । देशको पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदली भएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने भएको छ ।

    कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ–हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरेकाले नेपालमा त्यसको प्रभाव नरहेको बताइएको छ ।

  • काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने

    काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ ।

    ३१ वैशाखमा मेयर बालेन्द्र साहले एक निर्णय गर्दै सोमबारदेखि कागजरहित सेवा सुरु गरेका हुन् । भवनको नक्सा अनलाइन प्रणालीबाट सुरु गर्नका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (ईबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ ।

    यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । महानगरका अनुसार नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा यस अघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पर्ने अवस्था थियो ।


    १६ भदौ २०७० देखि महानगरले कागज पनि हुनु पर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको हो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । प्रणालीका अंग परिपक्व भइनसकेकाले यस अघि कागज बोक्नु पर्ने अवस्था थियो । प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्का सम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रुपान्तरण गरिएको महानगरले जनाएको छ ।

    सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिसकेको भन्दै मेयर साहले भने, ‘सहज, सरल र पहुँचयुक्त सेवाका लागि हामीले लिएको नीति कार्यान्वयन भएको छ । सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिने जस्ता महत्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुनेछ ।’ महानगरले १ वैशाखदेखि ५ हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिएको छ ।

  • मोखा चक्रवातको असर नेपालमा कति ?

    मोखा चक्रवातको असर नेपालमा कति ?

    काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो। सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको विभागको भनाई छ ।

    नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने बताइएको छ । दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम

    पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम

    काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ ।


    सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ ।

    अहिले सडक किनारामा भएका धेरै पोलहरु विद्युत प्राधिकरण र र नेपाल टेलिकमका हुन् । सेवाप्रदायकसँग प्राधिकरणले नै शुल्क तिरेर पोलमा तार राख्न दिएको हो । तर, उनीहरुले पोल भाडा तिर्न आनाकानी गर्दा विवाद चर्किएको छ । प्राधिकरणले पनि तार व्यवस्थापनका लागि पटक–पटक सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ । तर, सेवा प्रदायकले अटेरी गर्दै आएका छन् ।

  • गोरखा भूकम्पको ८ वर्ष पुरा

    गोरखा भूकम्पको ८ वर्ष पुरा

    काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।

    भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्‍यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।

    विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ ।

    ‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ’, उनले भने, ‘त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायतका काम पनि सम्पन्न भएको छ ।’ उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए ।

    उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको इञ्जीनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए ।

    उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने इञ्जीनियर पङ्गेनीको भनाइ छ । ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ’, इञ्जीनियर पङ्गेनीले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’ उद्यान निर्माणको जिम्मा स्वच्छन्दरहोम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो ।

    निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए । पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ । उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए । ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए ।

    उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ, उनले भने, ‘झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा झनै ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

    निर्माणमा ढिलाइ हुँदा सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको उनले जानकारी दिए ।

    गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो ।

    गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

    बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

    भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

    कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए ।

  • काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण

    काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण

    काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्ने तयारी थियो । तर, जहाज अहिले तराई हुँदै भारततर्फ लागेको छ । स्रोतका अनुसार जहाजमा धेरै इन्धन भएका कारण सम्भवतः भारतसम्म पुर्याएर अवतरण गराउने योजना हुन सक्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ । उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको छ ।

  • आज कतिपय स्थानमा दिनभर वर्षा

    आज कतिपय स्थानमा दिनभर वर्षा

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ ।

    रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का\क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

  • रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए

    रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ।

    ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान पार्टीको फेसबुक पेजमार्फत भनेको छ, ‘यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौं।’

    सामाजिक सञ्जाल दुरूपयोग गरी भइरहेका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी र कानूनबमोजिम कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।

    ‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं। यस्तो गलत अभ्यासले आजका नेपाली भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ रास्वपाले भनेको छ। रास्वपा सांसद सुमना श्रेष्ठले पनि एक भिडिओ सन्देश जारी गर्दै रास्वपा उम्मेदवारहरूका बारेमा भ्रामक समाचारहरू आइरहेको उल्लेख गरेकी छन्।

    ‘रास्वपाले चुनावअघि कसैसँग गठबन्धन गर्दैगर्दैन। गठबन्धन गर्‍योजस्ता कुराहरू आइरहेका रहेछन्। यो राजनीतिक भ्रष्टाचार हो भन्ने हामी मान्छौं,’ उनले भनेकी छन्, ‘भ्रामक समाचारमा नपर्नुहोला।’ आज तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन जारी छ ।

  • पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो

    पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो

    काठमाडौं । सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हटेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाएको छ । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो ।

    तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो । मस्कले ९ दिनअघि २० अप्रिलपछि पैसा नतिर्ने अकाउन्टको ब्लु टिक हट्ने भन्दै ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने बताएका थिए । ब्लु टिकका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ ।

  • आज केही पहाडी भेगमा वर्षाको सम्भावना

    आज केही पहाडी भेगमा वर्षाको सम्भावना

    काठमाडौं । आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।


    राती देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

    आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

    काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
    समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’

    यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ । समितिका अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।

  • पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज

    पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज

    काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ । नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धि बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुराहरु निजी कम्पनीलाई दिने भन्ने गृहमन्त्रालयले कार्यविधि पास भएको रहेछ ।

    त्यो कार्यविधिलाई खारेज गर्ने निर्णय भएको छ’ उनले भनिन्, ‘कार्यविधि कसरी बनेर पास भयो भन्ने विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ ।’ उक्त कार्यविधि अनुसार गृह मन्त्रालयले ७ दिने बोलपत्र आह्वान गरी राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण रुजु गर्ने जिम्मा निजी कम्पनीलाई दिएको थियो ।


    ११ पुसमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ लिएका लामिछानेले १३ पुसमा मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि स्वीकृत गरेका थिए ।सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ ।

    नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • तुँवालो बुधबार सम्मै रहने

    तुँवालो बुधबार सम्मै रहने

    काठमाडौं । केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ । ‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भने –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल हुन्छ ।

    हावाहुरी चल्ने र पानी पर्ने सम्भावना रहन्छ ।’ पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने यो प्रणालीको प्रभाव देशका धेरै ठाउँमा पर्ने सम्भावना छ । पश्चिमका केही ठाउँमा पानी पनि पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् । केही दिनदेखि वर्षा नहुँदा आगलागी र डढेलोका घटना बढेका छन् । यसले गर्दा वायु प्रदूषण बढेको छ । प्रदूषणका कारण तुवाँलो लाग्दै आएको छ ।

  • सूर्यग्रहण नेपालबाट नदेखिने

    सूर्यग्रहण नेपालबाट नदेखिने

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

    यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन। कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

  • काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

    काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

    काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।

    महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ। सोमबार दिउँसो देशका पहाडी भ-(भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।

    देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ । राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

  • नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

    नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

    काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् ।

    कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी दिए । उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने बाटो खुलेको छ । अहिले नेपालमा पाइलट उत्पादन गर्ने संस्था छैनन् । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् ।

  • कस्तो रहनेछ अबको मौसम ?

    कस्तो रहनेछ अबको मौसम ?

    काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सुरक्षा अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ

    गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ

    काठमाडौं\बीबीसी । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ बुधवारको लागि तय भएको छ। त्यसअघि उनी हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि राख्न अनुरोध गरेको हो। उनी शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना गर्न बोस्टन अदालतमा उपस्थित भएका थिए। सीएनएनका अनुसार उनलाई अदालत ल्याउँदा हतकडी लगाइएको थियो।

    टेइसेइरा सबै आरोपहरूमा दोषी ठहर भएमा उनलाई १५ वर्ष लामो जेल सजाय हुन सक्छ। शुक्रवार भएको सुनुवाइमा उनीमाथि अनधिकृत ढङ्गमा गोप्य दस्ताबेजहरू हटाएको, तीमध्ये केहीको स्वामित्व लिएको र ओसारपसार गरेको आरोप लगाइएको छ। यदि उनले ती दस्तावेजहरू आफूसँग राखेको ठहर भए १० वर्षको जेल सजाय भोग्ने छन्। त्यस्तै ओसारपसारको आरोप पुष्टि भएको खण्डमा थप ५ वर्ष जेल सजाय हुने न्यायाधीशको ठहर छ।

    ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता भएको बताइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार उनलाई जासुसी सम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ। ती दस्तावेजहरूमा युक्रेन युद्ध र अन्य देशहरूबारेका संवेदनशील गोप्य सूचना पाइन्छ।

    भिडिओहरूमा बिहीवार उनलाई बोस्टनभन्दा दक्षिणतर्फ पर्ने झण्डै ८,००० मानिसहरू बस्ने डाइटन नगरस्थित आफ्नो घरबाट प्रहरीले पक्राउ गरेको देखिन्छ। पक्राउको फुटेजमा टेइसेइरा ठानिएका व्यक्तिलाई हत्कडी लगाएर गाडीमा राखिनुअघि उनले एफबीआईसामु हात उठाएको देख्न सकिन्छ। उनलाई पक्राउ गरिँदा प्रहरीले त्यस क्षेत्रका सडकमा यातायात अवरोध गरेको थियो। ‘त्यहाँ लगभग ६ देखि ८ जना राइफल बोकेका सैनिकहरू डुलेका थिए,’ एक स्थानीयवासी डिक ट्रेसीले रोयटर्स समाचार संस्थासँग भने। ‘यो निकै शान्त क्षेत्र हो।’ उनले जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्।


    उनले जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्। उनी म्यास्याचुसेट्स एअर न्याश्नल गार्डको गुप्तचरी शाखाका सदस्य हुन् जो वेस्टर्न केप कडस्थित ओटिस एअर न्याश्नल गार्ड बेसमा काम गरेका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले प्राप्त गरेको उनको सेवा विवरण अनुसार टेइसेइराले सन् २०१९ मा उक्त सैन्य बलमा संलग्न भएका थिए।

    उनको औपचारिक पद साइबर ट्रान्सपोर्ट सिस्टम्स जर्नीम्यान रहेको छ र उनी तुलनात्मक रूपमा कनिष्ठ पदको एअरम्यान फस्ट क्लास ओहदाका हुन्। बिहीवार जारी गरिएको एउटा संक्षिप्त विज्ञप्तिमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले ती सन्दिग्धलाई कुनै घटनाबिना पक्राउ गरिएको जनाइएको छ। गार्ल्याण्डले अनुसन्धान वा चुहावटको उद्देश्यबारे कुनै थप जानकारी दिएनन्। एउटा छुट्टै पत्रकार सम्मेलनमा बिहीवार नै रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडिअर जेनरल पट राइडरले उक्त चुहावटलाई नियतवशको फौजदारी कार्य बताएका थिए।

    त्यति कनिष्ठ कर्मचारीको कसरी ती गोप्य दस्तावेजमा पहुँच पुग्यो भन्ने प्रश्नमा जेनरल राइडरले अमेरिकी सेनाभर, सैनिकहरूलाई कम उमेरमै धेरै जिम्मेवारीूका लागि विश्वास गरिने गरेको बताए। टेइसेइरासँगै विद्यालयमा पढेको दाबी गरेका २२ वर्षीय इडी सोउजाले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै चुहावटमा ती सन्दिग्ध देखा परेको घटनाले आफू आश्चर्यचकित भएको बताए। ‘उनी समस्या उत्पन्न गराउने नभई राम्रा मानिस हुन्, एकदम शान्त मानिस,’ उनले भने।


    १४ महिनाअघि रुसले युक्रेनमा अतिक्रमण सुरु गरेयता यो गुप्त अमेरिकी सूचनाको सबैभन्दा ठूलो चुहावट हो। केही दस्तावेजहरू केवल साताअघिका हुन्। तर त्यसबाट पर्ने प्रभाव निकै ठूलो छ। समयरेखा र दर्जनौँ क्लिष्ट सैन्य शब्दावलीयुक्त पूर्ण दस्तावेजमा केहीमा अतिगोप्य समेत लेखिएको छ। यसले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। तिनले दुवैतर्फ हताहत भएका मानिसको सङ्ख्या, प्रत्येक पक्षका सैन्य कमजोरी र युक्रेनले अब वसन्तयाममा गर्ने अपेक्षा गरिएको प्रत्याक्रमणका बेला उसको सामर्थ्यबारे बताउँछन्।

    ती दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ। सन्देशहरू पठाइने प्ल्याटफर्म ुडिस्कर्डुदेखि ुफोरचानु र टेलिग्रामसम्ममा ती दस्तावेज कसरी फैलिए भनेर बेलिङक्याट भनिने इन्भेस्टिगेटिभ ओपन सोर्स इन्टेलिजन्स ग्रूपका एरिक टोलरले बताएका छन्।
    टोलरका अनुसार अझै यो सुरुमा कहाँबाट चुहियो भनेर थाहा पाउन सम्भव भएको छैन।

    तर मार्च महिनाको सुरुमा गेमर्सहरूमाझ लोकप्रिय सन्देश प्ल्याटफर्ममा चुहिएका सूचनाहरू देखा पर्न थालेका थिए। युक्रेन युद्धबारेको बहसपछि मार्च ४ मा डिस्कर्डको सर्भरमा धेरै देखा परेका कम्प्युटर गेम माइनक्राफ्टका प्लेअरहरूमध्ये एक जनाले यहाँ केही चुहिएका दस्तावेजहरू छन् भन्दै १० वटा दस्तावेज राखे।

    गोप्य सूचना चुहाउने त्यो अस्वाभाविक तरिका हो। सन् २०१९ मा यूकेमा भएको निर्वाचनअघि अमेरिका-यूके व्यापार सम्बन्धसँग सम्बन्धित दस्तावेजहरू रेडिट, फोरचान र अन्य साइटमा देखा परेका थिए। त्यस बेला रेडिटले ती प्रशोधित विवरणहरू रुसबाट उत्पन्न भएको जनाएको थियो।

    अर्को घटनामा गत वर्ष, अनलाइन गेम वार ठन्डरुका प्लेअरहरूले बारम्बार संवेदनशील सैन्य दस्तावेजहरू पोस्ट गरेका थिए। त्यसो गर्नुलाई उनीहरूबीच भएको बहसमा जित्ने प्रयास मानिएको थियो। अहिलेको यो चुहावट निकै संवेदनशील र सम्भवतः क्षति पुर्‍याउने खालको छ।

  • भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार

    भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार

    काठमाडौं\बीबीसी । मोबाइल फोनबाट पहिलोपटक मानिसहरूबीच संवाद भएको ५० वर्षपछि हामीले खल्तीमा बोकेर हिँड्ने यो प्रविधिले संसारकै सबैभन्दा ठूलो भूकम्प पहिचान प्रणाली निर्माण गर्न सघाउ पुर्‍याइरहेको छ। सन् २०२२ को अक्टोबर २५ मा ५.१ म्याग्निट्यूडको भूकम्पले क्यालिफोर्नियाको बे एरियालाई हल्लायो। सौभाग्यवश त्यो एकदम खतरनाक खालको कम्पन थिएन तर उक्त क्षेत्रमा त्यसलाई महसुस गरेर व्यक्तिहरूले सम्प्रेषित गरेका विवरणहरू ठूलो मात्रामा युनाइटेड स्टेट्स जिओलजिकल सर्भेमा रिपोर्ट गरिए।

    त्यसमा कुनै पनि क्षतिको विवरण आएको थिएन। तर उक्त भूकम्प अलग्गै कारणले महत्त्वपूर्ण बन्न पुग्यो। भूकम्पको धक्का सुरु हुनु अगावै उक्त क्षेत्रका धेरै मानिसहरूले आफ्ना फोनमा अलर्ट अर्थात् पूर्व चेतावनी प्राप्त गरिसकेका थिए। कैयौँ मोबाइल फोनहरूले तुरुन्तै भूकम्प थाह पाउन पनि सघाउ पुर्‍याएका थिए। अहिले गुगलले यूएसजीएस र क्यालिफोर्नियाका कैयौँ विश्वविद्यालयका अरू प्राज्ञहरूसँग भूकम्पको कम्पन आफूसम्म आइपुग्नु केही सेकेन्ड अघि नै पूर्व चेतावनी दिने प्रणाली विकास गर्न काम गरिरहेको छ। चेतावनीको उक्त अवधि निक्कै संक्षिप्त खालको भए पनि त्यसले कुनै टेबल वा डेस्कमुनि आश्रय लिन पर्याप्त समय दिन्छ।

    त्यसले रेलको गति कम गर्न, विमानलाई उडान वा अवतरण सुरु गर्नबाट रोक्न वा कारलाई पुल वा सुरुङ भित्र प्रवेश गर्नबाट रोक्न चाहिने समय उपलब्ध गराउन सक्छ। वास्तवमा शक्तिशाली भूकम्प गएको अवस्थामा यसले जीवन रक्षाका लागि सघाउन सक्छ। यसले दुइवटा स्रोतबाट तथ्याङ्क सङ्कलन गर्छ। प्रारम्भिक अवस्थामा यो प्रणाली पृथ्वीको कम्पन पहिचान गर्नसक्ने ७०० वटा साइज्मोमिटरहरूको सञ्जालमा निर्भर थियो।

    यूएसजीएस, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ बर्क्ले र राज्य सरकारका भूकम्पविद्हरूले क्यालिफोर्नियाभरि यो प्रविधि जडान गरेका थिए। अमेरिकाको अन्य दुई राज्यहरू ओरेगन र वासिङ्टनका साइज्मोमिटरहरू पनि सेकअलर्ट भनिने यो प्रणालीमा जोडिएका हुन्छन्। तर गुगलले चाहिँ विश्वकै सबैभन्दा ठूलो भूकम्प पहिचान गर्ने सञ्जालको विकास गरिरहेको छ, जसले सर्वसाधारणले बोकिरहेका मोबाइल फोनको सहायता लिन्छ।

    गुगलको एन्डरोइड अप्रेटिङ प्रणाली भएका अधिकांश स्मार्टफोनहरूमा एस्सिलेरोमिटरहरू हुन्छन् जसले कुनै पनि फोन हल्लिएको थाह पाउँछन्। आम रूपमा मोबाइलको डिस्प्लेलाई पोट्रेटबाट ल्यान्डस्केपमा र मानिसहरूको पाइला गन्ने जस्ता सूचना सङ्कलनका लागि तीनको प्रयोग गरिन्छ। यी सेन्सरहरू आश्चर्यजनक रूपमा यति संवेदनशील हुन्छन् कि तीनलाई मिनी साइज्मोमिटरका रूपमा प्रयोग गर्न सकिन्छ। गुगलले प्रयोगकर्ताहरूलाई आफ्ना टेलिफोनमार्फत स्वतःस्फूर्त रूपमा एन्ड्रोइड अर्थक्वेक एलर्ट सिस्टममा तथ्याङ्क पठाउन मिल्ने सेवा पनि दिएको छ।

    कुनै पनि मोबाइलले यदि भूकम्पको यी विशेषता भएको तरङ्ग अनुभव गरे त्यस्तो सन्देश पठाउनेछ। हजारौँ वा दशौँ लाख अन्य फोनहरूसँगको तथ्याङ्कका आधारमा त्यसले कहाँ भूकम्प गइरहेको छ वा छैन भन्ने सूचना प्राप्त गर्नेछ। त्यसपछि उसले उक्त भूकम्पीय तरङ्गहरू महसुस गर्न सकिने सम्भावित क्षेत्रका फोनहरूमा पूर्व चेतावनीहरू पठाउन मिल्छ। अमेरिकी वैज्ञानिक परियोजना ुहार्पुका कारण टर्कीमा भूकम्प गएको मिथ्या दाबी सामाजिक सञ्जालमा भाइरल
    रेडियो सिग्नल भूकम्पको तरङ्ग भन्दा द्रुत गतिमा प्रवाह हुने भएकाले केन्द्रबिन्दु भन्दा पर रहेका ठाउँमा कम्पन हुनुअगावै पूर्व चेतावनी पुगिसक्छ।

    एन्ड्रोइडका एक जना सफ्टवेअर इन्जिनिअर मार्क स्टोगाइटिस भन्छन्, “हामी लगभग प्रकाशको गतिमा भूकम्पको वेगसँग प्रतिस्पर्धा गरिरहेका हुन्छौँ (फोनको सिग्नल लगभग त्यति नै वेगले प्रवाह हुन्छ)। यो हाम्रो भाग्य हो कि प्रकाशको गति ज्यादै तीव्र हुन्छ।” अधिकांश तथ्याङ्क सर्वसाधारणहरूबाटै सङ्कलन हुने हुँदा यो प्रविधिले महँगा साइज्मोमिटर नभएका क्षेत्रमा पनि भूकम्पको सम्भावनाको अनुगमन गर्ने बाटो खोलिदिन्छ। यसको अर्थ विश्वको दुर्गम र अति कम आय भएका क्षेत्रमा पनि भूकम्पसम्बन्धी चेतावनी जारी गर्न सकिन्छ।


    सन् २०२२ को अक्टोबरमा गुगलका इन्जिनियरहरूले भूकम्पको केन्द्र विन्दुबाट तरङ्गहरू अघि बढिरहँदा सान फ्रान्सिस्को बे क्षेत्रका फोनमा पूर्व चेतावनीहरू जारी गर्न सफलता पाएका थिए। अहिले नियमित रूपमा नै मोबाइल फोनले त्यस्तो खालको कम्पन टिप्ने गर्छ। हालै एप्रिल ४ २०२३ मा ४.५ म्याग्निट्यूडको एउटा भूकम्पको पूर्व चेतावनी क्यालिफोर्नियाको ट्रेस पिनोस क्षेत्रमा जारी गरिएको थियो। क्यालिफोर्नियाका लागि भूकम्प जानु सामान्य हो। त्यहाँ दैनिक १०० वटा जति साना भूकम्प गइरहेको हुन्छ जसमध्ये अधिकांशलाई मानिसहरूले महसुस नै गर्दैनन्।

    उक्त राज्यमा वर्षमा १५ देखि २० वटा ४ म्याग्निट्यूडभन्दा शक्तिशाली भूकम्प जाने गर्छन्। विश्वभर लगभग १६ अर्ब मोबाइल फोन प्रयोगकर्ता छन् जसमध्ये ३ अर्बभन्दा धेरैले एन्ड्रोइड फोन चलाउँछन्। भूकम्प चेतावनी प्रणाली ९० वटा भन्दा बढी देशमा उपलब्ध छ जसमा उच्च जोखिम भएका देश पनि पर्छन्।

    तर यो प्रणालीको आफ्नै सीमितता पनि छ। विशेष गरी कम मोबाइल फोन भएका दुर्गम क्षेत्र र सुनामी आउनसक्ने तटीय क्षेत्रका भूकम्पको पूर्व चेतावनी दिन कठिन छ। केही सेकेन्ड पहिले नै पूर्व चेतावनी दिएर सहयोग गर्न सक्ने भए पनि अझै भूकम्पको भविष्यवाणी गर्नसक्ने कुनै पनि प्रविधिको विकास भइसकेको छैन।