प्रतिकुल बन्दै मौसम, पश्चिमी भेगमा वर्षा

काठमाडौं । आजबाट नेपालको पश्चिमी भेगमा वर्षा शुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदलिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ… Continue reading प्रतिकुल बन्दै मौसम, पश्चिमी भेगमा वर्षा

म्यानमारको सैन्य शासकद्धारा फेसबुक बन्द

काठमाडौं । म्यानमारमा सैनिक शासकहरुले फेसबुकमाथि प्रतिवन्ध लगाएका छन् । फेसबुकबाट सैन्य शासनको आलोचना भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गर्ने निर्णय लिएको हो । म्यानमार टाइम्सले जनाए अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको छ । बिहीबारबाट फेसबुक अस्थायी रूपमा बन्द भएको छ… Continue reading म्यानमारको सैन्य शासकद्धारा फेसबुक बन्द

कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज खोप पाउने

काठमाडौं । नेपालले कोभ्याक्स कार्यक्रमबाट पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप प्राप्त गर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने सम्भावना छ । यो खोपले नेपालको जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पुग्ने भएको छ । खोप सन् २०२१ को‌ पहिलो छ… Continue reading कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोज खोप पाउने

मंगलबारसम्म १ लाख २८ हजारले लगाए कोरोना खोप

File photo

काठमाडौं । नेपालमा मंगलबारसम्म १ लाख २८ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज खोप अभियानको सातौं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएका छन् । प्रदेश १ मा १७ हजार… Continue reading मंगलबारसम्म १ लाख २८ हजारले लगाए कोरोना खोप

यसैसाता शुरु हुने भयो वर्षा र हिमपात, पदयात्रा जोखिमपूर्ण हुने

काठमाडौं । नेपालमा यसैसाता हिँउदे वर्षा र हिमपात शुरु हुने भएको छ । सामान्यतया माघको अन्तिम र फागुन पहिलो साता हुने वर्षातलाई वर्षको अन्तिम जाडोका रुपमा हेर्ने गरिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना छ । यसले खासगरी यो सिजनमा उच्च पहाडी तथा हिमाली भेगमा पदयात्रामा जान जोखिमपूर्ण हुने गर्छ ।… Continue reading यसैसाता शुरु हुने भयो वर्षा र हिमपात, पदयात्रा जोखिमपूर्ण हुने

नेपालमा १ लाख १३ हजारले लगाए कोरोना खोप

File Pic : BBC

काठमाडौं । नेपालमा १३ लाख १३ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज कोरोना खोप अभियानको छैठौं दिन हो । सोमबारसम्म ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट उक्त संख्यामा मानिसले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मात्र २५ हजार १ सय ६८ जनाले लगाए । पहिलो दिन ९… Continue reading नेपालमा १ लाख १३ हजारले लगाए कोरोना खोप

चीनले नेपाललाई दिने भयो ३ लाख डोज कोरोना खोप

File Pic : BBC

काठमाडौं । भारतपछि अब चीनले समेत नेपाललाई कोरोना विरुद्धको खोप अनुदानमा दिने भएको छ । नेपाली संचारमाध्यमहरुले चिनियाँ दुतावासलाई उदृत गर्दै यसको पुष्टी गरेका छन् । नेपाल सरकारको आग्रहमा चीनले नेपाललाई खोप उपलब्ध गराउने भएको हो । यसअघि भारतले दिएको १० लाख डोज कोरोना खोप प्रमुख प्राथमिकतामा रहेका व्यक्तिहरुमा लगाउने क्रम जारी छ । आइतबारसम्म… Continue reading चीनले नेपाललाई दिने भयो ३ लाख डोज कोरोना खोप

शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

काठमाडौं । नेपालमा शनिबार मात्र देशभर करीव १५ हजार मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभरका १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४… Continue reading शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस देखिएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमणमुक्त भएका छन्… Continue reading नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । आज तेस्रो दिनसम्म आइपुग्दा देशभर ४६ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएका छन् ।… Continue reading कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

किन घट्यो हुवावेको स्मार्टफोनको बिक्री ?

बेइजिङ । चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल)को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो । गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड… Continue reading किन घट्यो हुवावेको स्मार्टफोनको बिक्री ?

दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

File Pic : BBC

काठमाडौं । नेपालमा बुधबारबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको हो । आज बिहीबार दोस्रो दिनसम्मको आंकडा अनुसार २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा उत्साहजनक सहभागितासहित कोरोना खोप विरुद्धको अभियान चलिरहेको छ । आजसम्म प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७,… Continue reading दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

काठमाडौं । नेपालमा बुधबारबाट कोरोना भाइरसको खोप लगाउन शुरु भएको छ । यो अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको आंकडा अनुसार प्रदेश १ मा १ हजार २५५,… Continue reading नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरिएको छ। बिहान १० बजेबाट सुरु भएको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री पनि सहभागी छन्। कोरोना खोप अभियानमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप… Continue reading कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बावुवाटारबाट भच्र्यूअल रुपमा अभियानको थालनी गर्नेछन् । तर, उनले खोप भने लगाउने छैनन् । संसारमा धेरैजसो मुलुकमा सरकार प्रमुखले खोप लगाएर अभियान थालेका थिए । यसले जनतामा आत्मविश्वास बढाउँछ । नेपालमा भने खोप लगाउनु अगाडी नै यसले गम्भीर असर गरेमा… Continue reading आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

File photo

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान माघ १४ बाट शुरु हुँदैछ । भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप माघ १४ देखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने सरकारको तयारी छ। बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन्। माघ १८ गतेसम्म… Continue reading नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा चिकित्सक तथा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुमा कोरोना खोप लगाइने भएको छ । यसका लागि ७ वटै प्रदेशमा खोप पठाइ सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १२ सरकारी तथा निजी अस्पतालबाट खोप सेवा उपलब्ध हुने भएको छ… Continue reading नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

जनगणनाका लागि ४७ हजार गणक र सुपरिवेक्षक माग, आवेदन कहाँ र कसरी दिने ?

काठमाडौं । राष्ट्रियजनगणनाका लागि सरकारले करारमा ३७ हजार कर्मचारी माग गरेको छ। आगामी वर्ष २०७८ मा राष्ट्रिय जनगणना हुँदै छ। त्यसका लागि केन्द्रीय तथ्यांक विभागले २९ हजार गणक र आठ हजार सुपरिवेक्षक माग गरेको हो। जनगणनाका लागि सबै कर्मचारी करारमा नियुक्त गरिनेछ। यसका लागि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत… Continue reading जनगणनाका लागि ४७ हजार गणक र सुपरिवेक्षक माग, आवेदन कहाँ र कसरी दिने ?

प्रदेशमा पठाउन थालियो कोरोना खोप, एक साता भित्र लगाउन थालिने

File photo

काठमाडौं । कोभिड १९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजबाट प्रदेशमा पठाउन शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई उदृत गर्दै राससले जनाए अनुसार खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउने उद्देश्यले सात वटै प्रदेशमा पठाइएको उनले जनाए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित… Continue reading प्रदेशमा पठाउन थालियो कोरोना खोप, एक साता भित्र लगाउन थालिने

चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

फाइल तस्वीर : रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएको निकुन्जले जनाएको छ । बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो (गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको निकुन्ज प्रशासनले जनाएको छ । यससँगै चालु आर्थिक वर्ष भित्र निकुन्जमा २२ वटा गैंडा मृत फेला परिसकेका छन् । त्यसमध्ये ४ वटा… Continue reading चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

आजबाट हट्यो सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणााली

काठमाडौं । सवारी लाइसेन्स लिनका लागि आवेदनमा रहेको कोटा प्रणाली हटेको छ । अब दैनिक जति पनि संख्यामा आवेदन स्वीकार गरिने भएको छ । यसअघि अधिकतम ५ हजारको संख्यामा मात्र आवेदन लिने गरिएको थियो । यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन दिन समेत सास्ती भएपछि कोटा प्रणाली हटाएको बताएको छ । प्रणालीमा सुधार गरि यस्तो… Continue reading आजबाट हट्यो सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणााली

कस्ताे समस्या हुने मानिसले कोरोनाकाे खोप लगाउन मिल्दैन ?

File photo

काठमाडौं । भारतले नेपालका लागि १० लाख डोज कोरोना भाइरसको खोप हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाललाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप जोखिम क्षेत्रमा काम गर्नेहरुलाई लगाइने बताएको छ । मन्त्रालयले जोखिम क्षेत्रमा खटिने चिकित्सक, सफाई कर्मचारी, सुरक्षाकर्मीलगायतलाई उक्त… Continue reading कस्ताे समस्या हुने मानिसले कोरोनाकाे खोप लगाउन मिल्दैन ?

भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?

काठमाडौं । बुधबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा घोषणा गरेको खोप आज एयर इण्डियाको विमानबाट काठमाडौं ल्याईदैंछ । भारतले पहिलो चरणमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । विमानस्थलमा… Continue reading भारतले दिएको खोप नेपालमा कहिलेबाट वितरण हुन्छ ?

६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

जेनेभा । बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस विश्वका ६० मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस्तो पुष्टी गरेको हो । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओको भनाई छ । डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमणको दर समेत… Continue reading ६० मुलुकमा पुग्यो कोरोनाको नयाँ भाइरस

भारतले अनुदानमा दिएको खोप आज हस्तान्तरण गरिँदै

काठमाडौं । भारतले नेपालसहित आफ्ना छिमेकी मुलुकका लागि करोडौं डोज खोप अनुदानमा निशुल्क उपलब्ध गराउँदैछ । यसको पहिलो किस्ता आज काठमाडौं आउने भएको छ । काठमाडौंमा भारतीय राजदुतले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सिसेल्सलाई अनुदानमा… Continue reading भारतले अनुदानमा दिएको खोप आज हस्तान्तरण गरिँदै

भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाल र भुटानलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । बंगलादेशलाई भने दुई करोड डोज खोप दिने निर्णय बैठकले गरेको हो । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको भारतीय सञ्चारमाध्यमले… Continue reading भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

Doctors in Norway treat a coronavirus patient in the intensive care unit (ICU) of Oslo University Hospital Rikshospitalet in Oslo. | NTB/ Reuters

ओस्लो । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमलले उल्लेख गरेका छन् । खोपको साइड इफेक्टपछि उनीहरुको मृत्यु भएको बताइएको छ । त्यसो त शनिबारबाट शुरु भएको कोरोना खोप लगाएपछि भारतमा समेत सयौं… Continue reading नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

सरकारले सञ्चालनमा ल्यायो नागरिक एप, के छ सुविधा ?काठमाडौं । सरकारले नागरिक एप संचालनमा ल्याउने निर्णय गरेको छ । आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता/सूचना तथा संचारमन्त्री पार्वत गुरुङले नागरिक एप संचलनमा आएको जानकारी दिए । उनका अनुसार आजैबाट यसको सेवा नागरिकले लिन सक्नेछन् ।अहिले यो एप मार्फत नागरिकले नागरिकता विवरण, स्थायी लेखा… Continue reading सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ । १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ ।… Continue reading वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।