६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

File

काठमाडौं । देशभर अस्पतालबिहिन ६४९ वटा स्थानीय तहमा कम्तिमा ५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ। कोभिड – १९ को उपचार तथा रोकथाममा उपयोग गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । यी अस्पतालमा एमबिबिएस डाक्टर एक जना र नर्स दुईजनाको दरवन्दी राखिने भएको छ । आवश्यकताका आधारमा स्वाथ्यकर्मी… Continue reading ६४९ स्थानीय तहमा ५\५ बेडको अस्पताल संचालनमा ल्याइने

उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८४ जना संक्रमित थप भएका छन् । त्यसमध्ये जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा यस अवधिमा १ सय ५५ जनाका कोरोना पुष्टी भएको छ । ललितपुरमा १९ र भक्तपुरमा १२ जनाका कोरोना देखिएको छ । २४ घण्टामा कुल १० हजार ४७१… Continue reading उपत्यकामा थप १८६ जनाका कोरोना पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

काठमाडौं । नेपालमा कोरोनाबाट गम्भीर रुपले बिरामी भएका व्यक्तिको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस विधिको उपचारबाट अहिलेसम्म २० जना कोरोना संक्रमितले स्वास्थ्य लाभ प्राप्त गरेका छन् । यो विधि पछिल्लो समय भारत र अमेरिकामा समेत उपयोग भइरहेको छ । नेपालमा महिला र पुरुष दुबैमा प्रभावकारी… Continue reading नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी बन्दै प्लाज्मा थेरापी

सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२० भित्रै कोभिड १९ विरुद्धको खोप उपलब्ध हुने बताएको छ । संगठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले धेरै मुलुकमा औषधि र खोपमा लागि द्रुत गतिमा काम भएको भन्दै त्यो काम अब अन्तिम चरणमा पुगेको बताएका छन् । सन् २०२० को अन्त्य या सन् २०२१ को प्रारम्भ र्मै… Continue reading सन् २०२० भित्रै कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ : डब्लूएचओ

कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा

हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । ३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट… Continue reading कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा

मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने

File

काठमाडौं । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस बीना कोरोना भाइरस (कोभिड–१९) का बिरामी अस्पताल भर्ना हुन नपाउने भएका छन् । मन्त्रालयको सिफारिसमा मात्र भर्ना लिन र समन्वय गर्न निर्देशन जारी भएको छ । स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ । निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका… Continue reading मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने

कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् । सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा… Continue reading कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजार हाराहारी आइसोलेसन बेड बनाउने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंमा अधिकतम १० हजारसम्म आइसोलेसन बेड तयार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यद्दपी निर्णय भने सार्वजनिक भएको छैन । बैठक बिहीबार बसेको थियो । सरकारले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक… Continue reading काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९८ जना नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कुल ४६८ जनामा कोरोना देखिएकोमा ९८ जना काठमाडौं भित्र मात्र पुष्टी भएको हो । यसले काठमाडौंमा रहेको जोखिम अझै बढाएको छ । देशभर ५ सय भन्दा बढी संक्रिय बिरामी हुने जिल्ला ५ वटा… Continue reading काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

File

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब निजी अस्पताललाई समेत कोरोनाको उपचार तथा नियन्त्रणमा खटाउने निर्णय गरेको छ । अब निजी अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ। शुक्रबार मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यसे निर्देशन दिएको हो । कोरोना संक्रमित बढ्दै जाँदा सरकारी… Continue reading निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास

काठमाडौं । कोरोना भाइरसविरुद्ध रसियाले बनाएको भ्याक्सिनले सकारात्मक परिणाम दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुस आधिकारिकरुपमा कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गर्ने विश्‍वकै पहिलो मुलुक हो । भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलाई दिइएको थियो। उनमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडीको विकास भएको चिकित्सकले जनाएका छन् । साथै भ्याक्सिन लिएपछि उनमा ज्वरो समेत कम भएको… Continue reading रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास

सरकारले भन्यो : व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर पिसिआर गराउनु

काठमाडौं । सरकारले उद्योगधन्दा तथा व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर आफ्ना कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन सरकारले आह्वान गरेको छ । पछिल्लो समय शहरी इलाकामा कोरोना भाइरसको संक्रमणको दर बढेको छ । जसले मृत्युदर समेत… Continue reading सरकारले भन्यो : व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर पिसिआर गराउनु

कोरोनाभाइरस बिरुद्ध विश्वमा नै पहिलो भ्याक्सिन दर्ता; राष्ट्रपति पुटिनको दाबी

न्युयोर्क मस्कोस्थित गमालिया ईन्स्टिच्युटले अधिकारिक रुपमा कोरोनाभाइरस बिरुद्धको भ्याक्सिन निर्माण गरेको दाबी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार रसियन स्टेट टिभी मार्फत गरेका छन् । आफ्ना  मन्त्रीमण्डलका सदश्य सहित उक्त टेलिभिजनको प्रत्यक्ष टेलि-कन्फरेन्समा पुटिनले भ्याक्सिनले सम्पूर्ण प्रकृया पुरा गरेको बताएका छन् । पुटिनले भनेका छन्; “विश्वमा नै पहिलो कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको रुपमा आज बिहान दर्ता भएको छ… Continue reading कोरोनाभाइरस बिरुद्ध विश्वमा नै पहिलो भ्याक्सिन दर्ता; राष्ट्रपति पुटिनको दाबी

भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु

File

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएको तथ्यांक छ । यस अवधिमा ८ सय ८७ संक्रमितको ज्यान गएको छ । अब भारतमा कुल संक्रमितको संख्या २२ लाख ६७ हजार पुगेको छ । भारतमा ज्यान गुमाउने मानिसको… Continue reading भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

वीरगन्ज । पर्सामा आज बिहानै ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी कोरोना देखिनो तीन जना नेपाली सेनाका जवान समेत छन् । उनीहरु यसअघि कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्ववस्थापनमा खटिएका थिए । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना… Continue reading पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ… Continue reading नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा नेटिभ रिर्पोट आएको छ । त्यसक्रममा स्वयमः सभामुख, उनको परिवार र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । साथै सुरक्षामा खटिने सुरक्षाकर्मीको समेत कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ । शनिबार राति अबेर रिपोर्ट… Continue reading सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर… Continue reading नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले कार्यकारी आदेश मार्फत शनिबार टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुलाई चर्चित सामाजिक संजाल टिकटक एयाप बन्द गर्ने घोषणा गरेका हुँन्।उनले भनेका छँन् ” जहाँसम्म टिकटकको कुरो छ हामी प्रतिबन्द लगाउदै छौ । “ टिकटक प्रतिबन्ध लगाउने बिषयमा थप प्रस्ट पार्दै… Continue reading टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

दैनिक १० हजारमाथि कोरोना परीक्षण

काठमाडौं । सरकारले घोषणा गरेअनुसार शुक्रबार पहिलो पटक २४ घण्टा भित्र १० हजार भन्दा माथि व्यक्तिलाई कोरोना भाइरसको परीक्षण गरिएको छ । खासगरी काठमाडौं छिर्ने नाकामा मानिसहरुको पिसिआर रिर्पोट लिन थालेसँगै पिसिआर हुने मानिसको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ८६ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको… Continue reading दैनिक १० हजारमाथि कोरोना परीक्षण

कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने

File

काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालका लागि शूल्क निर्धारण गरिदिएको छ । सरकारले गरेको निर्णय अनुसार कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँभन्दा माथि शुल्क उठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल अवस्थामा रहेका बिरामीको उपचार गर्दा निजी अस्पतालले अधिकतम १५ हजार रुपैयाँ दैनिक मात्र शूल्क… Continue reading कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने

कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

काठमाडौं । संसारका धेरै मुलुकको तुलनामा नेपालमा लकडाउन कार्यान्वयन प्रभावकारी थियो । खासगरी घरमै मानिसहरु बस्ने बानी बसाल्नु र सडकमा निस्कने मानिसलाई नियन्त्रण गर्नु चानचुने काम थिएन् । यसमा सफलतापूर्वक खटिएका सुरक्षाकर्मीमा क्रमशः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । खासगरी सामुहिक रुपमा बस्ने र खाने गर्नुपर्ने पेशा भएकाले समेत एक स्थानमा एक जनामा कोरोना… Continue reading कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

एकै पटक १ सय ७६ जनाका लागि सरकारी सेवामा रोजगारी खुल्यो

काठमाडौं । कोरोना महामारीका कारण बेरोजगारी दर बढिरहेको बेला एकै पटक १७६ पदका लागि सरकारी सेवामा जागिरको अबसर खुलेको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालन गर्न करारमा कर्मचारी मागेको हो । विभागले दर्ता अपरेटर पदमा कर्मचारी माग गरेको छ । यी कर्मचारीलाई… Continue reading एकै पटक १ सय ७६ जनाका लागि सरकारी सेवामा रोजगारी खुल्यो

अमेरिकामा कोरोनाविरुद्धको खोपको बृहत् परीक्षण शुरु, ३० हजार स्वयंसेवकले सहभागिता जनाउँदै

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । परीक्षणमा तीस हजार मानिसले सहभागिता जनाउँदैछन् । नेशलन इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउछ भन्ने निश्चित भने भैसकेको छैन । स्वयंसेवकलाई दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर… Continue reading अमेरिकामा कोरोनाविरुद्धको खोपको बृहत् परीक्षण शुरु, ३० हजार स्वयंसेवकले सहभागिता जनाउँदै

आजबाट फेरी मनसुन, जोखिम बढ्ने

काठमाडौं । नेपालमा आजबाट पुनः मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारबाट शुक्रबारसम्म मनसुन सक्रिय हुनेछ । मनसुनका कारण कतिपय स्थानमा भारती वर्षातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम… Continue reading आजबाट फेरी मनसुन, जोखिम बढ्ने

पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

वीरगन्ज । पर्सामा समुदायस्तरमा कोरोना फैलिएको आंशकाका बीच थप ३२ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ५ जना थुनुवासमेत रहेका छन् । थुनुवामध्ये पनि ४ जना भने भारतीय नागरिक हुन् । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार भएको पीसीआर परीक्षणबाट उनीहरुको नतिजा पोजेटिभ आएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५,… Continue reading पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै

एजेन्सी टाउकोको कपाल खुइलिएका ‘तालु खुईले’ मानिसलाई कोरोना संक्रमण भयो भने त्यस्ता मानिसलाई अस्पताल भर्ना हुनै पर्ने सम्भावना ४० प्रतिशत ज्यादा रहेको एक अध्ययनले दाबी गरेको छ । वेष्ट भर्जिनिया युनिभर्सिटीका अनुसन्धानकर्ताको एक टोलीले अनुसन्धानपछि यस्तो दाबी गरेका हुन्  । फोक्सो सम्बन्धि रोग, मधुमेह, ब्लड प्रेसर, मुटुको रोग, मोटोपना, कमजोर प्रतिरक्षा प्रणाली, मृगौलाको रोग, लिभर… Continue reading कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै

अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलतातर्फ उन्मुख अक्स्फोर्ड यूनिभर्सिटीका वैज्ञानिकलाई विश्व स्वास्थ्य संगठनले बधाई ज्ञापन गरेको छ । भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठनले यसको स्वागत गरेको हो । भ्याक्सिन बनेपछि यसको तिब्र फैलावट नियन्त्रणमा भने अझै संघर्षको आवश्यकता रहेको समेत संगठनको भनाई रहेको छ । जेनेभामा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका… Continue reading अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई

नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

काठमाडौं । नेपालमा कोरोना परीक्षण संख्या ३ लाख नाघेको छ । यससँगै नेपालमा कुल जनसंख्याको १ प्रतिशत भन्दा माथि व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण सम्पन्न भएको छ । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने लक्ष्य राखेको छ । यसको मतलव कुल ६ लाख मानिसको कोरोना परीक्षणको लक्ष्य सरकारको छ । अहिले नेपालको जनसंख्या ३… Continue reading नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना

काठमाडौं । आइतबारदेखि केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम निम्त्याउने भन्दै तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको… Continue reading आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना