१२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । नेपालले १२ वर्ष भन्दा माथिका किशोर किशोरीमा कोरोना विरुद्धको खोप दिने प्रयोजनका लागि भाइजर खोप किन्ने तयारी गरेको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले नन डिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरिसकेको बीबीसीले लेखेको छ । उसले स्वास्थ्य मन्त्रालयका सचिव लक्षण अर्याललाई यो विषयको पुष्टी गरेको छ । सरकारले… Continue reading १२ वर्ष भन्दा माथिका किशोर-किशोरीलाई लगाउन भाइजर खोप किन्दै नेपाल

सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने

Photo : wrightouttanowhere.com

काठमाडौं । सोमबारबाट मुलुकका अधिकांश स्थानमा झरि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बुधबारसम्म जारी रहने भएको छ । यसले जोखिमपूर्ण क्षेत्रमा बाढी र पहिरो निम्त्याउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । यो तीन दिन मनसुन सक्रिय हुन लागेको हो । केही स्थानमा ठूलो पानी पर्ने, त्यसले खोलाको बहाव बढ्ने… Continue reading सोमबारबाट तीन दिनसम्म मनसुन सक्रिय हुने, ठूलो वर्षाले बाढी-पहिरो ल्याउन सक्ने

लामो दूरीका यातायात संचालनमा

File

काठमाडौं । काठमाडौं उपत्यकालाई लक्षित गरि आजबाट मध्यम तथा लामो दूरीका सवारी साधन खुलेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरि लामो दूरीमा समेत यातायात चलाउन सक्ने गरि निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार यसको जानकारी गराएको हो । खासगरि त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएसँगै यातायात समेत… Continue reading लामो दूरीका यातायात संचालनमा

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ । नजिकै केन्द्रविन्दु भएका कारण उपत्यकामा सानो भूकम्पको समेत धम्का महसुश धेरैले गरेको सामाजिक संजालमा लेखेका छन् ।

कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन भनेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताएका छन् । यसले तेस्रो लहरको जोखिम बढेको उनको भनाइ… Continue reading कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

CNN

टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी… Continue reading अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४… Continue reading सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

Photo : Vishwanews

काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु… Continue reading भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो । भारतीय डव्लु डि एम… Continue reading भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

Photo : BBC

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन… Continue reading प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ । यो खोप २८ असारमा काठमाडौं… Continue reading अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

AP Photo

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

GORODENKOFF/SHUTTERSTOCK.COM

लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ । अमेरिकाले यस्तो प्रणाली… Continue reading अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

Photo : BBC

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने… Continue reading स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

Photo : wrightouttanowhere.com

काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सुदूरपश्चिम,… Continue reading आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात… Continue reading आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

AP Photo/Niranjan Shrestha

काठमाडौं । विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी कमिटिले विश्वभर कोरोना भाइरसको अझ खतरनाका भेरियन्ट फैलने चेतावनी दिएको छ । बिहीबार डब्यूएचओले यस्तो चेतावनी जारी गरेको हो । यो विश्वभर नै फैलने चेतावनी संगठनको छ । अअिलेसम्मका भेरियट भन्दा यो अझ बढी खतरनाक हुने चेतावनी समेत संगठनको रहेको छ । संगठनले भनेको छ, यो रोक्न समेत कठिन… Continue reading विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

Reuters

काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो । यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् ।… Continue reading वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ । खोप ५०–५४ वर्ष उमेर… Continue reading एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो

काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख… Continue reading अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो

उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु

कानपुर । नेपालको सीमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु भएको छ । यो घटना आइतरबारको हो । भारतीय संचारमाध्यमहरुका अनुसार डेढ दर्जन मानिस घाइते छन् । उत्तर प्रदेशमा आइतबार भारी वर्षा भएको थियो । सो दौरान परेको चट्यांगले ठूलो मानवीय क्षति गरेको हो । यो संख्या उत्तर प्रदेशको फरक… Continue reading उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु

नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण

Photo : BBC

काठमाडौं । नेपालको बैंकिंग प्रणालीमा निरन्तर आक्रमण गरि क्षति पुर्याइरहेको चिनियाँ ह्याकरको समूहले नेपाल टेलिकमको महत्वपूर्ण डाटा ह्याक गरेको दावि गरेको छ । डाटा ह्याक भएको चेतावनीपछि नेपाल टेलिकमले समेत आफ्नो एउटा सर्भर बन्द गरेको जनाएको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डाटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको… Continue reading नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण

अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको कोरोना खोपको मात्रा निश्चित भएको छ । अमेरिकाले सिधै वितरण नगरी कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकले गरिब मुलुकलाई खोप वितरण गर्न बनाएको साझा संयन्त्र कोभ्याक्स कार्यक्रममार्फत खोप नेपाललाई दिन लागेको हो । यस्तो खोप नेपालमा १५ लाख डोज आउने भएको छ । आगामी साता काठमाडौं आइपुग्ने भएको छ… Continue reading अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

अब आन्तरिक उडानमा माग अनुसार अनुमति

Photo : Lonely Planet

काठमाडौं । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खुला गरेको छ । देशभर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको समयमा यात्रुको सुविधालाई ध्यानमा राखी सबै उडान खोल्न वायुसेवा कम्पनीले माग गरेका थिए । सोहीअनुसार सरकारले अब आवश्कयता अनुसार पूर्ण क्षमतामा जहाज उडाउन सक्ने गरि खुला गरेको हो । यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान… Continue reading अब आन्तरिक उडानमा माग अनुसार अनुमति

विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने,यसरी गर्नुहोस् दर्ता

काठमाडौं । आगामी साउन १ गतेदेखि विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको ‘मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआइ)’ नम्बर दर्ता नगरे नेपालमा नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न आइएमईआइ नम्बर दर्ता अनिवार्य गरेको हो । धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आइएमईआइ दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम… Continue reading विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने,यसरी गर्नुहोस् दर्ता

पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो

पर्वत । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार रहेको गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । बाढीले बगाउँदा निर्माण कम्पनी लामा… Continue reading पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो

काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला

काठमाडौं । सरकारले निषेधाज्ञामा व्यापक खुकुलो नीति लिँदै सबै प्रकारका सवारी साधनको संचालन खुला गरेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरु भएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै सबै प्रकारका सवारी साधनको संचालन खुला भएको हो । काठमाडौं उपत्यकाकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा भने मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्म… Continue reading काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला

दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका

Photo : BBC

काठमाडौं-एजेन्सी । अमेरिकामा एक साथ दुई सय कम्पनीमाथि साइवर हमला भएको छ । एक साइबर सुरक्षा फर्मलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले यसको जानकारी गराएका छन् । यहाँ करीव २ सय कम्पनी हमलाबाट प्रभावित भएका छन् । हन्ट्रेस ल्याव्सले सफ्टवेयरका माध्यमबाट आफ्नो कम्पनीलाई निसाना बनाएको पुष्टी गरेको छ । यससँगै २ सय हाराहारी आइटी कम्पनीलाई निसाना… Continue reading दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका

अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो

Reuters

काठमाडौं । नेपाल सरकारले कोरोना खोप भेरोसेल खरीद गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार खोप किन्न सरकार स्वयमःले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको हो । पौडेलले सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको र २४ असारबाट खोप आपूर्ति सुरु हुने जानकारी गराए । सो प्रयोजनका… Continue reading अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो

बुधबारबाट तीन दिन नेपालमा पुनः ठूलो वर्षाको सम्भावना

Photo : wrightouttanowhere.com

काठमाडौं । नेपालमा बुधबारबाट कम्तीमा तीन दिन ठूलो वर्षा हुने भएको छ । देशका विभिन्न स्थानमा हुने वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिप्रति सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा जारी छ । बुधबार बिहान काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी… Continue reading बुधबारबाट तीन दिन नेपालमा पुनः ठूलो वर्षाको सम्भावना