पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन… Continue reading पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको… Continue reading मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

बुद्धको एक जहाजलाई दिइयो अवकाश

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको यो जहाजको अन्तिम उडान समेत माउन्टेन फ्लाइट नै गरियो । जसमा बैंकरहरु उडेका थिए । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरिएको… Continue reading बुद्धको एक जहाजलाई दिइयो अवकाश

आइफोन-१६ सिरिज सार्वजनिक

काठमाडौैं । एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ । ९ सेप्टेम्बरका दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा कम्पनीले एक विशेष समारोह आयोजना गरेको छ । जसमा १६ रिसिज सार्वजनिक गरेको हो । यस इभेन्टलाई एप्पलले इट्स ग्लोटाइम नाम दिएको छ । यसै इभेन्टमा एप्पलका नयाँ डिभाइसहरु समेत सार्वजनिक गरियो । यस इभेन्टमा वाच सिरिज १०,… Continue reading आइफोन-१६ सिरिज सार्वजनिक

अन्तरिक्षमा रोकिएका वैज्ञानिक फिर्ता हुन सकेनन्, यान रिक्तै फर्कियो

GORODENKOFF/SHUTTERSTOCK.COM

काठमाडौं । बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो। पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो। स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा… Continue reading अन्तरिक्षमा रोकिएका वैज्ञानिक फिर्ता हुन सकेनन्, यान रिक्तै फर्कियो

नेपालमा चल्न थाल्यो टिकटक

काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका… Continue reading नेपालमा चल्न थाल्यो टिकटक

आज देशैंभर झरी लाग्दै, तीजमा सास्ती

काठमाडौं । आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको… Continue reading आज देशैंभर झरी लाग्दै, तीजमा सास्ती

आज कहाँ-कस्तो रहनेछ मौसम ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका… Continue reading आज कहाँ-कस्तो रहनेछ मौसम ?

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ । २०७२ सालको भूकम्पबाट बढी प्रभावितमध्ये यो जिल्ला पनि एक हो ।

देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले… Continue reading देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका… Continue reading कस्तो रहनेछ आजको मौसम ?

सरकारले कुन शर्तमा खुलायो टिकटक ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यो नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा… Continue reading सरकारले कुन शर्तमा खुलायो टिकटक ?

मनसुनको प्रभाव शनिबारसम्मै, राजमार्गमा अधिक अवरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा… Continue reading मनसुनको प्रभाव शनिबारसम्मै, राजमार्गमा अधिक अवरोध

मनसुन पुनः सक्रिय, कहाँ कहाँ आयो धेरै पानी ?

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ । मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ । बुधबार बिहानसम्म सबैभन्दा… Continue reading मनसुन पुनः सक्रिय, कहाँ कहाँ आयो धेरै पानी ?

थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो। त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र… Continue reading थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको… Continue reading देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो । त्यस क्रममा थामे… Continue reading सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी

यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ । यस विषयमा यतीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्र प्राप्त गर्न पाउँदा धेरै नै… Continue reading यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र

कति बन्यो देशभर प्रसारण लाइन ?

काठमाडौं । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी… Continue reading कति बन्यो देशभर प्रसारण लाइन ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।… Continue reading कस्तो रहनेछ आजको मौसम ?

एनसेलको सेवामा देशैभर समस्या

काठमाडौं । सोमबार निजि लगानीको टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु… Continue reading एनसेलको सेवामा देशैभर समस्या

आज पनि देशैभर वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो सबै प्रदेशमा हल्का… Continue reading आज पनि देशैभर वर्षाको सम्भावना

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणतय देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

नेपालको लैङ्गिक अनुपात चीनसरह पुग्यो, भविश्यमा हुन सक्न बेहुली नपाउने समस्या

काठमाडौं । नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख जाँदा अर्को पुस्तामा समस्या देखिने चेतावनी दिइएको छ । अर्को पुस्ताले विवाहका लागि बेहुली नै नपाउन सक्ने समस्या सम्म भोग्नु पर्नेछ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७… Continue reading नेपालको लैङ्गिक अनुपात चीनसरह पुग्यो, भविश्यमा हुन सक्न बेहुली नपाउने समस्या

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको… Continue reading आज कस्तो रहनेछ मौसम ?

सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको… Continue reading सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?

टर्किस एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा ओभरसुट

काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का… Continue reading टर्किस एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा ओभरसुट

देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक

काठमाडौं । मनसुन सक्रिय भएसँगै कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म वर्षा जारी छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगरमा ५३ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको बताएको छ ।… Continue reading देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक

काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा

काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा भइरहेको छ । महाशाखाका… Continue reading काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा