सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

Gorakhapatra

काठमाडौँ, १९ मङ्सिर । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई… Continue reading सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ, १८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो… Continue reading एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

रुसी ग्यासमाथि प्रतिबन्ध लगाउने सम्झौतामा युरोपेली सङ्घको सहमति

reuters

ब्रसेल्स, बेल्जियम, १८ मङ्सिर (रासस–एएफपी) । युरोपेली सङ्घका सांसदहरू र सदस्य राष्ट्रहरूले बुधबार सन् २०२७ को अन्त्यसम्म रूसी ग्यासको सबै आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा हस्ताक्षर गरेका छन्। युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार राति भएको सम्झौतापछि पत्रकारसँग भन्नुभयो, “यो नयाँ युगको शुरुवात हो, रुसबाट युरोपको पूर्ण ऊर्जा स्वतन्त्रताको युग हो ।” युक्रेनमा आक्रमण… Continue reading रुसी ग्यासमाथि प्रतिबन्ध लगाउने सम्झौतामा युरोपेली सङ्घको सहमति

यस पटक हिउँदमा वर्षा कम–अधिकतम र न्यूनतम तापक्रम बढ्ने

RSS

काठमाडौँ, १८ मङ्सिर । यस वर्ष मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी… Continue reading यस पटक हिउँदमा वर्षा कम–अधिकतम र न्यूनतम तापक्रम बढ्ने

सरकारी एप प्रीलोड आदेशले भारतमा गोपनीयता चिन्ता बढायो

An Indian government-run cybersecurity app "Sanchar Saathi" is seen on a mobile phone in New Delhi, India, Tuesday, Dec. 2, 2025. (AP Photo/Manish Swarup)

नयाँदिल्ली, १७ मङ्सिर (रासस–एएफपी) । भारत सरकारले सबै स्मार्टफोन निर्माताहरूलाई सरकारद्वारा सञ्चालन गरिएको साइबर सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्य रूपमा पूर्व–स्थापना गर्न निर्देशन दिएपछि प्रयोगकर्ताहरूको गोपनीयताबारे गम्भीर चिन्ता उब्जिएको छ । एप हटाउन नपाइने प्रावधानले आलोचना झनै तीव्र बनेको छ । सन् २०२४ को सरकारी तथ्याङ्कअनुसार भारतमा एक अर्ब १६ करोड मोबाइल फोन प्रयोगकर्ताहरू छन्… Continue reading सरकारी एप प्रीलोड आदेशले भारतमा गोपनीयता चिन्ता बढायो

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, १६ मङ्सिर । कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकाको… Continue reading बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

एयरबस ए–३२० सफ्टवेयर समस्याका कारण विश्वभर उडान अवरुद्ध

पेरिस, १४ मङ्सिर (रासस–एएफपी) । एयरबसले आफ्नो ए–३२० परिवारअन्तर्गतका करिब छ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार थप उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन् । अक्टोबरमा जेटब्लूको एक उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो । एयरबसका अनुसार ‘तीव्र सौर्य… Continue reading एयरबस ए–३२० सफ्टवेयर समस्याका कारण विश्वभर उडान अवरुद्ध

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

file

काठमाडौँ, १४ मङ्सिरः सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको… Continue reading चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

आज देशका अधिकांश भागमा आंशिक बदली

RSS

काठमाडौँ, १४ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

RSS

काठमाडौँ, १३ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम… Continue reading आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

rss

भक्तपुर, १३ मङ्सिरः मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रदर्शनीको समापनमा एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिए ।प्रदर्शनीमा… Continue reading विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

काठमाडौँ, १२ मङ्सिर । अध्यागमन विभागले आगामी पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत… Continue reading अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौंमा डिजिटल साक्षरता कार्यक्रम

तस्बिरः किरणराज बिष्ट÷रासस

काठमाडौँ, १२ मङ्सिर । काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ता मानन्धरका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण… Continue reading इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौंमा डिजिटल साक्षरता कार्यक्रम

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

(251127) -- NORTH SUMATRA, Nov. 27, 2025 (Xinhua) -- Rescuers clean the mud after heavy rain and landslides in North Tapanuli Regency, North Sumatra, Indonesia, Nov. 27, 2025. Sri Wahyuni Pancasilawati, head of emergency handling, equipment and logistics at the Provincial Disaster Management Agency of North Sumatra, told Xinhua by phone on Thursday that 29 people have been killed after flash floods and landslides struck multiple regencies and cities across Indonesia's North Sumatra province. (Photo by Gatha Ginting/Xinhua)

जकार्ता, ११मङ्सिर (रासस–एएफपी) । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्प पछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले… Continue reading इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, ११ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया… Continue reading देशभरको मौसम सफा रहने पूर्वानुमान

बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत

काठमाडौं, ८ मंसिर २०८२ । सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् । मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना… Continue reading बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत

कास्कीको अन्नपूर्ण आसपास भूकम्प

काठमाडौँ, ७ मङ्सिर । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

file

काठमाडौँ, ५ मङ्सिर । सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशमार्फत राहदानी खरिद गर्न विभागलाई स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले बङ्गलादेशको ढाकामा यही… Continue reading सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

खोटाङ, ५ मङ्सिर । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष… Continue reading साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

आज विश्व टेलिभिजन दिवस

काठमाडौँ, ५ मङ्सिरः आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना… Continue reading आज विश्व टेलिभिजन दिवस

सफा रहनेछ आज देशभरको मौसम

काठमाडौँ, ५ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी,… Continue reading सफा रहनेछ आज देशभरको मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, ४ मङ्सिरः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी,… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालमा पुनः चल्ला ट्रली बस ? सम्भाब्यता अध्ययनमा सहयोग खोज्दै मन्त्री कुलमान

काठमाडौं,३ मंसिर २०८२ । ऊर्जा, जलस्रोत तथासिँचाइ, भौतिकपूर्वाधार तथायातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यताअध्ययनमा सहयोग गर्न एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग दिगो शहरी विद्युतीय परियोजना बारे जानकारी लिंदै मन्त्री घिसिङले ट्रली… Continue reading नेपालमा पुनः चल्ला ट्रली बस ? सम्भाब्यता अध्ययनमा सहयोग खोज्दै मन्त्री कुलमान

रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

(251117) -- ZHUHAI, Nov. 17, 2025 (Xinhua) -- Yang Liujing (C) of Shaanxi competes during the marathon race walk relay mixed of Athletics at China's 15th National Games in Zhuhai, south China's Guangdong Province, Nov. 17, 2025. (Xinhua/Ding Ting)

गुआङझाउ, २ मङ्सिर (रासस–सिन्ह्वा) । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटहरूले खेलाडीहरूलाई मेडल प्रदान गर्दै दर्शकहरूको ध्यान तानेका छन् । प्रविधिको शहरका रूपमा चिनिने शेन्जेनमा रोबोटहरूले पोडियमसम्म पदक पु–याउँदा दर्शकहरू उत्साहित हुँदै तस्बिर खिचिरहेका छन् । ९२ किलोग्राम बक्सिङका रजत पदक विजेता मेङ फानलोङ्ग भने, “म निकै आश्चर्यचकित छु… Continue reading रोबोट र एआईले बदलिदिएको चीनको १५औँ राष्ट्रिय खेलकुद

भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

BBC

तेहरान, १ मंसिर (रासस\एएफपी) । इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा उत्प्रेरणा गर्ने क्लाउड सिडिङ प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् । सरकारी मिडियाका अनुसार यो वर्षको जल चक्रमा पहिलोपटक यस्तो प्रक्रिया सञ्चालन गरिएको हो । इरना समाचार एजेन्सीले शनिबार राति सूचित गरेअनुसार सेप्टेम्बरमा सुरु हुने चालु जल वर्षअन्तर्गत उर्मिया ताल बेसिनमा… Continue reading भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

A South Korean flag, left, and Samsung Electronics flag fly outside the company’s headquarters in Seoul, South Korea, on July 5, 2019. Jean Chung | Bloomberg | Getty Images

सियोल, १ मंसिर, (रासस–एएफपी) । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतवार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र… Continue reading सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ : म्याक्रोँ

France's President Emmanuel Macron (L), his wife Brigitte Macron (C) and Paris' mayor Anne Hidalgo (2ndR) arrive to pay tribute to victims outside "La Belle Equipe" bar in Paris on November 13, 2025 during ceremonies across Paris marking a decade since the terror attacks of November 13, 2015 in which 130 civilians were killed. (Photo by Ludovic MARIN / POOL / AFP)

पेरिस, २८ कात्तिक (रासस–एएफपी) । रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन् । उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ,” म्याक्रोँले फ्रान्सको नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टर… Continue reading आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ : म्याक्रोँ

देशका अधिकांश भागमा मौसम सफा

काठमाडौँ, २८ कात्तिकः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली… Continue reading देशका अधिकांश भागमा मौसम सफा

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ, २७ कात्तिकः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

हुम्लामा चार दिनदेखी विद्युत् आपूर्ति बन्द

अदानचुली (हुम्ला), २७ कात्तिकः सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युत्को स्रोत नहुँदा विद्युत्बाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने… Continue reading हुम्लामा चार दिनदेखी विद्युत् आपूर्ति बन्द