कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

President Donald Trump speaks about the coronavirus in the James Brady Press Briefing Room of the White House, Monday, April 20, 2020, in Washington. (AP Photo/Alex Brandon)

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको दावि गरेका छन् । कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको र यसका लागि आधारहरु समेत रहेको उनले बताए । यद्दपी उनले त्यसको आधार सार्वजनिक गर्न भने नमिल्ने उल्लेख गरेका छन् । कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको पुष्टी हुने आधार रहेको तर, त्यसलाई सार्वजनिक भने… Continue reading कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

फाइल तस्वीर

काठमाडौं । बिहीबार देशभरको मौसममा परिवर्तन आउने भएको छ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना… Continue reading देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

नेपालमा ५५ हजारमा कोरोना परीक्षण, ५४ पुष्टी

काठमाडौं । नेपालमा कोरोना परीक्षणको कूल संखया करीव ५५ हजार पुगेको छ । मंगलबारसम्म देशभर ५४ हजार ८ सय २६ वटा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिमार्फत १० हजार ८ सय ७ र आरडिटीविधिमार्फत ४४ हजार १९ वटा परीक्षण भएको छ । यी परीक्षणबाट ५४… Continue reading नेपालमा ५५ हजारमा कोरोना परीक्षण, ५४ पुष्टी

नेपाल कोरोना जोखिमबाट एक तह सुधार

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह सुधार भएको छ । विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको अतिउच्च जोखिमपूर्ण क्षेत्रबाट सुधार गर्दै जोखिमपूर्ण क्षेत्रमा राखेको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा नेपालले लिएको निर्णय तथा गरेका कार्यबाट यसको जोखिम क्रमश कम हुँदै गएको संगठनको निष्कर्ष रहेको छ । छिमेकी मुलुक चीनको वुहान… Continue reading नेपाल कोरोना जोखिमबाट एक तह सुधार

राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

न्युयोर्क       लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए । ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि)… Continue reading राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी

काठमाडौं । नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यसमध्ये मंगलबार मात्र १२ जना थपिएका छन् । यी संक्रमित पत्ता लगाउने क्रममा कूल ३७ हजार मानिसमा कोरोनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार सम्म आजसम्म पीसीआर र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरी ३६ हजार… Continue reading नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी

आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेको वर्षा आज दिनभर जसो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातीदेखि जारी वर्षा मंगलबार बिहान केही सुस्ताएको छ । प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा बर्षा जारी रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । ती स्थानहरुमा मेघ… Continue reading आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा कोरोनाको परीक्षण शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍यापिड डायग्नोस्टिक विधिबाट ७५ जिल्लामा परीक्षण शुरु भएको छ । अब सोलुखुम्बु र डोल्पा जिल्लामा मात्र यस्तो परिक्षण शुरु हुन बाँकि रहेको छ । र्‍यापिड डायग्नोस्टिक विधिबाट पोजेटिभ आएको व्यक्तिको स्वाव संकलन गरी थप परीक्ष्णका लागि… Continue reading नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाको नयाँ संक्रमण फेला परेन । कुल ६ हजार भन्दा बढी मानिसमा भएको परीक्षणमा कोरोन संक्रमण भेटिएन । यससँगै नेपालमा अहिले मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । विभिन्न जिल्लामा र्यापिड टेस्टमा पोजेटिभ आएका रिपोर्ट पनि स्वाब परीक्षणमा नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि… Continue reading लगातार दोस्रो दिन नेपालमा देखिएनन् कोरोना संक्रमित

नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र अहिलेसम्मकै बढी मानिसमा कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । तर, यस परीक्षणबाट कुनै पनि मानिसमा कोरोनाको संक्रमण पुष्टी भएन । यसअघि मंगलबार दुई जनामा कोरोना पुष्टी भएसँगै नेपालमा कूल संक्रमित १६ पुगेको छ ।… Continue reading नेपालमा रेकर्ड ब्रेक परीक्षण, थपिएनन् संक्रमित

सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

काठमाडौं । भक्तपुरको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा आज करीव ३ जना व्यक्तिमा कोरोनाको परीक्षण भएको छ । कोरोना संक्रमण पुष्टी भएका दुई जना नागरिक बस्ने ब्लकमा आज र्यापिड टेस्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गरिएको हो । परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसले उक्त क्षेत्रमा दुई दिनदेखि व्याप्त डर केही हदसम्म कम भएको छ… Continue reading सनसीटीमा ३ सय जनाको आरडीटी टेस्टमा कोरोना नेगेटिभ

चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन

काठमाडौं । हावाहुरी र चट्याङले मुलुकभरको विद्यूत प्रसारण लाइनमा असर गरेको छ । बुधबार राती पौने ९ बजे देभैभर लाइन गएको हो । यसले करिब १५ मिनेट देश अन्धकार बनेको छ । राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । अवरुद्ध सेवा सूचारु गर्न तत्काल… Continue reading चट्याङको असर विद्यूत प्रसारणमा, देशभर एकै पटक गयो लाइन

नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो । यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै… Continue reading नेपालमा एकै दिन १८ सयमा कोरोनाको परीक्षण

मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

फाइल तस्वीर

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव पार्न थालिसकेको छ । जसले गर्दा मंगलबारसमेत देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार दिउँसो पुर्व, मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने विभागले उल्लेख गरेको छ । मौसम पुर्वानुमान… Continue reading मंगलबारसमेत हावाहुरी र चट्याङको सम्भावना

र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

पोखरा । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा अहिले द्रुत परिक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) जारी रहेको छ । आइतबार र्यापिड टेस्टले पोजेटिभ देखाएको एक नमुना अन्ततः नेगेटिभ सावित भएको छ । ६५ वर्षिय महिलामा पोजेटिभ देखिएको थियो । काठेखोला–६ मा कूल ५७ जनामा गरिएको परिक्षणबाट एक महिलामा पोजेटिभ देखिएको थियो । र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि… Continue reading र्यापिड टेस्टले पोजेटिभ देखिएको नमुना पिसिआर टेष्टमा नेगेटिभ

कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार

काठमाडौं । नेपालमा कोरोनाको परिक्षण ५२ जिल्लामा बिस्तार भएको छ । सरकारले ५२ जिल्लाबाट कोभिड–१९ को परीक्षण सुरु गरेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण शुरु गरिएको छ । अहिले पीसीआरबाट देशभर… Continue reading कोरोना परिक्षण ५२ जिल्लामा बिस्तार

एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको सरकारलाई बुझाउनु पर्ने सबै कर चुक्ता गरेको छ । एनसेल प्रालिबाट आइतबार मात्र १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको ठूला करदाता कार्यालयले जनाएको छ । अब कम्पनीले सरकारलाई तिनुपर्ने लाभकर चुक्ता भएको कार्यालयले जनाएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतबार… Continue reading एनसेलद्धारा सबै पूँजिगत लाभकर चुक्ता, एकै दिन बुझायो १४ अर्ब ३३ करोड

मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

काठमाडौं । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गरेका छन्। उक्त अवसरमा समन्वयलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आएका थिए । दोस्रो पटक मिगौला प्रत्यारोपणपछि… Continue reading मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ । यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ । सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ । सरकारले निजी स्वास्थ्य… Continue reading अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ । बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो । सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार… Continue reading वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् । तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ । राहत वितरणको सस्तो प्रचार… Continue reading राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

२४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन । २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ । जसमध्ये ९ जनामा मात्र… Continue reading २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४… Continue reading कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो । सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्‍यापिड टेष्टको तयारी थालेको हो । यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्‍यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय… Continue reading एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

न्यूयोर्क टि बी (ट्युबरक्लोसिस) रोग बिरुद्धको खोप अनिबार्य गरिएका देशहरुमा कोरोना भाईरसका कारण मृत्‍यु हुनेहरुको संख्या  निक्कै कम देखिएको एक अध्ययनले देखाएको छ ।  टि बि बिरुद्धको  खोप अनिबार्य  नगरिएका देशहरुमा कोरोनाको कारण मृत्‍यु हुनेको संख्या अधिक भएपनि यो खोप अनिबार्य भएका देशहरुमा भने कोरोना संक्रमित र मृत्‍यु हुनेको संख्या निकै न्युन भएको उक्त अध्ययनले… Continue reading के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?

न्यूयोर्क । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड १९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दावि गरेका छन् । यद्दपी यसलाई कुनै आधिकारिक निकायले पुष्टी भने गरेका छैनन् । डाक्टरहरुले प्रेस विज्ञप्ती जारी गर्दै खोपको परिक्षण सफल भएको बताएका छन् । उनीहरुले २१ जनवरीबाट खोपको विकास थालिएको उल्लेख गरेका छन् । डाक्टरहरुका… Continue reading कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?

अब चितवनमा पनि कोरोना परिक्षण

चितवन । अब चितवनमा समेत कोरोनाको परिक्षण सम्भव भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशालाको काम आजबाट संचालनमा आएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बिहीबार दिनभर स्थानको अध्ययनमा जुटेको थियो । प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र… Continue reading अब चितवनमा पनि कोरोना परिक्षण

भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ब्लाकआउट घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् । उनका अनुसार ५ अप्रिलका दिन रातको ९ बजे ९ मिनेटका लागि देशभर लाइट अफ गरिने छ । त्यसक्रममा मैनवत्ति र दियो बालेर कोरोना विरुद्धको अभियानमा ऐकिवद्धता जनाउन उनले… Continue reading भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने

अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ । सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् । प्रदेश १ को धरानस्थित… Continue reading अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने

कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्

न्युयोर्क कोरोना भाइरस संक्रमित तथा भाईरस संक्रमणको कारण हुने कोभिड -१९ को बिरामीको उपचार गर्ने निश्चित औषधि नबनेको कारण अहिले विश्व समुदाय आतंकित छ । झन्डै ५० हजार मानिसको ज्यान लिइसकेको भाइरस संक्रमणको जोखिममा लाखौं मानिस छन् । विश्वका शक्तिशाली मानिएका थुप्रै राष्ट्रहरु भाइरसका सामु निरिह देखिएका छन् । यद्यपी विश्वभर दर्जनौ औषधिहरुको परिक्षण उपचार… Continue reading कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्