तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

काठमाडौं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च… Continue reading तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द

बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित

काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ । मौसमविदहरुका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही… Continue reading बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित

बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?

काठमाडौं । उत्तरी बङ्गालको खाडीमा उत्पत्ती भएको शक्तिशाली ‘रेमल’ चक्रवातको असर नेपालमा समेत देखिने भएको छ । चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी… Continue reading बंगालको खाडीमा ‘रेमल’ चक्रवात, नेपालमा के पर्छ असर ?

गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको खबर छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । भारतीय सञ्चार… Continue reading गुजरातमा गेमजोनमा आगलागी, कम्तिमा २८ जनाको मृत्यु

कस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम

जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न काठमाडौंमा जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गर्ने भएको छ । संवादको तयारी अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय संवादबारे जानकारी दिएको हो । २ दिनसम्म सञ्चालन हुने… Continue reading जलवायु परिवर्तनबारे नेपालमा अन्तर्राष्ट्रिय संवाद आयोजना हुने

आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन

काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ… Continue reading आज विभिन्न क्षेत्रमा ठूलो वर्षाको आंकलन

तराईमा पुनः बढ्यो गर्मी, लुको सम्भावना

काठमाडौं । पानी पर्ने क्रम कम भएपछि पुनः गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुग्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर लगायतका ठाउँको तापक्रम ४० डिग्री आसपाससम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको… Continue reading तराईमा पुनः बढ्यो गर्मी, लुको सम्भावना

पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक… Continue reading पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

इण्डोनेसियामा चिसो लाभाको बाढी, दर्जनौं मानिस मारिए

EPA

काठमाडौं । पश्चिम इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढी र एउटा ज्वालामुखी पर्वतबाट बगेको चिसो लाभाका कारण दर्जनौँ मानिस मारिएका छन् । शनिवार मुसलधारे वर्षा भएपछि सुमात्राको सबैभन्दा सक्रिय ज्वालामुखी पर्वत मरापीबाट खरानी र चट्टान बगेको हो । चिसो लाभा र लेदोयुक्त बाढीले सुमात्राका दुई जिल्ला प्रभावित भए। बाढीमा परेर कैयौँ मानिसको मृत्यु भयो भने १०० वटाभन्दा… Continue reading इण्डोनेसियामा चिसो लाभाको बाढी, दर्जनौं मानिस मारिए

अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

काठमाडौं । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उनी अन्तिम चरणको मिर्गौला रोगबाट पीडित थिए । जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको… Continue reading अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

इन्टरनेट सेवा प्रदायकबाट कर उठाउने बाटो खुला

काठमाडौं । सरकारलाई इन्टरनेट सेवा प्रदायकबाट राजस्व असुलीको बाटो खुलेको छ। वर्ल्डलिंकले कर सम्बन्धमा सरकारविरूद्ध हालेको ८ वटै रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि इन्टरनेट सेवा प्रदायकबाट राजस्व असुलीको बाटो खुलेको हो। उक्त फैसलासँगै सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुलउपरगर्ने बाटो असुलीको बाटो खुलेको छ। महालेखा परीक्षकले आर्थिक वर्ष २०७२\०७३ को… Continue reading इन्टरनेट सेवा प्रदायकबाट कर उठाउने बाटो खुला

थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु

photo : The Nation

काठमाडौं । थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ । यो २०२३ को तुलनामा धेरै तातो भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण क्षेत्रमा यो सातासम्म अत्यधिक गर्मी भएको बताएको छ । हालैका साताहरूमा थाइल्यान्डमा असाधारण तातो मौसमको लहरले अधिकारीहरूले लगभग दैनिक आधारमा यसबारेमा चेतावनी जारी गर्नुपर्‍यो । स्वास्थ्य मन्त्रालयले शुक्रबार सन्… Continue reading थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले देशभर आंशिक बदली भई वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र… Continue reading आज कस्तो रहनेछ मौसम ?

नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स

काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले अनुमति पत्र प्रदान गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको थियो, ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको… Continue reading नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । आज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो… Continue reading आज कस्तो रहनेछ मौसम ?

नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब

काठमाडौं । नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ। जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए। नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो। सेवा लिएबापत कम्पनीले २०७६ सालमै तेस्रो नवीकरण दस्तुर बुझाउनुपर्ने थियो। तर सो रकम कम्पनीले… Continue reading नेपाल टेलिकमले एकै पटक तिर्यो २० अर्ब

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएको छ । बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम छ । १३ दशमलव तीन किलोमिटरमध्ये… Continue reading सुनकोशी-मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु

रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने

काठमाडौं । रातको समयमा शहरको सजावटका लागि काठमाडौं महानगरपालिकाभित्र विभिन्न ठाउँमा राखिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, शहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको अध्यक्षतामा मंगलबार बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले गाडी आउजाउ, रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावर तथा रुखबिरुवालाई कस्तो असर… Continue reading रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने

दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि ुड्रिलिङु को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा। याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ड्रिलिङ कार्य शुभारम्भ गरेका हुन् । नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार… Continue reading दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारकोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभाग र काठमाडौं उपत्यकामा वर्षा भएको हो । पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात् २१.८ मिलिमिटर पानी परेको छ। काठमाडौंको बुढानीलकण्ठ केन्द्रमा पछिल्लो एक घन्टामा २।४ मिलिमिटर वर्षा… Continue reading काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत

नेपालमा इन्टरनेट सेवा सूचारु

काठमाडौं । झन्डै सात घण्टा अवरुद्ध इन्टरनेट सेवा सुचारु भएको छ । अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सुचारु भएको हो । यसअघि मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको थियो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै… Continue reading नेपालमा इन्टरनेट सेवा सूचारु

सरकारले रोक्यो इन्टरनेटको भुक्तानी, भारतले काटिदियो सेवा

काठमाडौं । भारतबाट ब्यान्डविथ आपूर्ति रोकिएको छ । जसले गर्दा नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोकिरहेको छ । भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको छ । मुख्य… Continue reading सरकारले रोक्यो इन्टरनेटको भुक्तानी, भारतले काटिदियो सेवा

सूचना-प्रविधि दिवस आज, विविध कार्यक्रमसहित मनाइंदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष… Continue reading सूचना-प्रविधि दिवस आज, विविध कार्यक्रमसहित मनाइंदै

चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता

काठमाडौं । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ।यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो। कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने… Continue reading चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता

मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत्… Continue reading मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार

इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले सरकारलाई उक्त आग्रह गरेको हो। ब्यान्डविथको रकम नतिरेको भन्दै इन्टरनेट अवरूद्ध हुने चेतावनी आएको आइस्पानले जनाएको छ। त्यसैले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन उसले आग्रह गरेको हो। इन्टरनेट प्रदायक संस्थाहरूलाई सञ्चार तथा… Continue reading इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम

काठमाडौं । देशभर गर्मी बढ्दै जाँदा जनजिवन प्रभावित भएको छ । खासगरी तराई मधेशमा गर्मी उच्च तहमा पुगेको हो । यसले तातो हावा चल्दा लु लाग्ने सम्भावना समेत बढाउँछ । बाँके, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी मापन भएको छ ।… Continue reading तराई भेगमा गर्मीको कहर, भैरहवामा ४३.६ डिग्रि तापक्रम

नेपालमा निजी क्षेत्रले समेत हाइड्रोजन उत्पादन गर्ने

काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालयसँग ग्रिन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रबार एक सम्झौतामा हस्ताक्षर गरेको हो । यसअघि काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्डभित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो… Continue reading नेपालमा निजी क्षेत्रले समेत हाइड्रोजन उत्पादन गर्ने